काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वटा गाडी सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले पूराना सवारी साधनहरु सिलवन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने सम्बन्धी सुचना जारी गर्दै पाँच वटा गाडी बिक्री गर्ने बताएको हो ।
राष्ट्र बैंकले पाँच वटा पुराना गाडीको मूल्य ५१ लाख ९४ हजार रुपैयाँ तोकेको छ । ‘राष्ट्र बैंकको स्वामित्वमा रहेका देहाय बमोजिमका पूराना सवारी साधनहरुजे जस्तो अवस्थामा छन्, सोही अवस्थामा लिलाम बिक्री गनूपर्ने भएकोले इच्छुक व्यक्ति वा फर्म/कम्पनीहरुबाट यो सुचना प्रकाशित भएको मितिले १५औं दिन भित्र बोलपत्र फारम खरिद गरी १६ औं दिनको १२ बजेभित्र (उक्त दिन बिदा परेमा कार्यालय खूलेको पहिलो दिन) देहायका शर्तहरुको अधिनमा रही सिलबन्दी बोलपत्र पेश गर्न यो सुचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकले स्वराजमज्दा बसको मूल्य ५ लाख ७० हजार, महेन्द्रा स्कारपियो पीकअपको ९ लाख ७० हजार, महेन्द्रा स्कारपियो जीपको १२ लाख १८ हजार र दुई वटा सेभ्रोलेट जीपको २४ लाख ४२ हजार रुपैयाँ न्यूनतम लिालम मूल्य तोकेको छ ।