काठमाडौं । पैसा नभएको बैंकको चेक काट्ने भक्तपुरका कृष्णभक्त मानन्धर पक्राउ परेका छन् । एनआइसी एशिया र माछापुच्छ्रे बैंकको पैसा नभएको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले काभ्रेपलान्चोकबाट सोमबार पक्राउ गरेको हो ।
४६ वर्षिय मानन्धरले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०७८र०९र०२ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएका थिए ।
उनलाई अदालतले साढे ९ लाख ५० हजार जरिवाना र ३ दिनको जेल सजाए सुनाएको थियो ।