महालक्ष्मी विकास बैंककाे नयाँ बचत खाता : एक हजारमै मुद्दतीको व्याजदर पाईने
काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो । मात्र एक हजारमै मुद्दती खाता खोल्न सकिने यस बचत खातामा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा सँवामा गाभि एकमुष्ठ रुपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । यस योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुले ५ वर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन् । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी क्रमिक बचत खाता खोल्न सक्ने बैंकले जनाएको छ । बैंकको अनुसार देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने छ ।
कामना सेवा विकास बैंककाे १३ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन
काठमाडौं । कामना सेवा विकास बैंकले बुधबारबाट झापा जिल्लाको कमल गाउँपालिकाको गेउरियामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सन्तोष राईलाई उक्त शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । वडा नं. ०७ का अध्यक्ष पृथ्विपती राईले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा कामना सेवा विकास बैंक प्रदेश नं. १ का प्रमुख खिमलाल भुसाल, गेउरिया बजार समितीका अध्यक्ष नारायण प्रसाद निरौला लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो । बैंकको अनुसार उक्त शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको जनाएको छ ।
बालेनलाई बैंकहरुको पनि साथ, नबिलको १८ शाखाका शौचालय अब ‘पब्लिक ट्वाइलेट’
काठमाडौं । नबिल बैंकले उपत्यकामा आफ्नो शाखाका शौचालय सार्वजनिक बनाउने भएको छ । बैंकले काठमाडौ उपत्यकामा रहेका १८ वटा शाखा कार्यालयमा रहेको शौचालयलाई सार्वजनिक बनाउने भएको हो । बुधबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएको हो । सम्झौतामा नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाह र काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन् । काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो । महानगरका अनुसार हाटल रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैर सरकारी सघं संस्थाले सात दिनभित्र प्रस्ताव पेश गर्न सक्ने छन् ।