प्रधानमन्त्रीसहित उच्च पदमा रहेका व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रपति तथा प्रधानमन्त्रीसहित उच्च पदमा रहेको व्यक्तिहरुको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धि एकीकृत निर्देशिका संसोधन गर्दै नेपाल राष्ट्र बैंकले उच्च पदस्त अधिकारीको खातालाई निगरानी गर्न निर्देशन दिएको हो । याेसँगै बैंक तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रपति तथा प्रधानमन्त्रीसहित उच्च पदमा रहेको व्यक्तिहरुको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धि एकीकृत निर्देशिका संसोधन गर्दै नेपाल राष्ट्र बैंकले उच्च पदस्त अधिकारीको खातालाई निगरानी गर्न निर्देशन दिएको हो ।

याेसँगै बैंक तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी उच्चपदस्थ व्यक्ति, सदका सदस्य, संवैधानिक निकायका प्रमुख तथा उच्च सरकारी कर्मचारीको खाता निगरानीमा गर्नुपर्नेछ ।

यति मात्र नभएर बैंक तथा वित्तीय संस्थाले साथै कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दिनसक्ने अधिकारीको खाता समेत निगरानीमा राख्नुपर्ने छ ।

[pdf id=332915]

Share News