नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

<p>काठमाडौं । सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर मात्र रहने विश्व बैंकले प्रक्षेपण सार्वजनिक गरेको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यसअघिको प्रक्षेपणभन्दा ०।२ प्रतिशत बिन्दुले अनुमान घटाएको हो । त्यस्तै अर्को वर्ष २०२३/२४ का लागि नेपालले ५.८ प्रतिशतको वृद्धिदर हासिल गर्ने विश्व बैंककाे अनुमान छ । नेपालले भने आर्थिक वर्ष [&hellip;]</p>

काठमाडौं । सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर मात्र रहने विश्व बैंकले प्रक्षेपण सार्वजनिक गरेको छ ।

विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यसअघिको प्रक्षेपणभन्दा ०।२ प्रतिशत बिन्दुले अनुमान घटाएको हो । त्यस्तै अर्को वर्ष २०२३/२४ का लागि नेपालले ५.८ प्रतिशतको वृद्धिदर हासिल गर्ने विश्व बैंककाे अनुमान छ ।

नेपालले भने आर्थिक वर्ष २०७८/७९ का लागि ५.८४ र आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

Share News