बैंक अफ काठमाण्डूको वाग्मती प्रदेशमा घरदैलो कार्यक्रम सम्पन्न
काठमाडौं । बैंक अफ काठमाण्डूले ग्राहकलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले वाग्मती प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बैंकको बागमती प्रदेश अन्तर्गतको शाखाहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरी बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजना तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले उक्त घरदैलो कार्यक्रममा गरिएको बैंकले जनाएको छ । बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाताका साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८।०३ प्रतिशतको वार्षिक ब्याजदर सहित थुप्रै आर्कषक विशेषताहरु समावेश गरी सार्वजनीक गरेको थिये । बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
राष्ट्र बैंकले यस कारण बोलायो २७ वटै बैंकका सीईओ
काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ वटै वाणिजय बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई राष्ट्र बैंक बोलाएको छ । राष्ट्र बैंकले बैंकहरुलाई पत्र काट्दै दिउसो ३ बजेका लागि राष्ट्र बोलाएको हो । राष्ट्र बैंकले गत साता बैंकका अध्यक्ष र तथा सञ्चालक समितिको लेखा समितिकलाई बोलाएर असारपछि मर्जर तथा एक्विजिसनमा पाइने सुविधा कटौति हुने जानकारी गराएको थियो । यस्तै, असारपछि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्नु पर्ने राष्ट्र बैंकको व्यवस्था छ । सो विषयमा पनि छलफल गर्न राष्ट्र बैंकले बोलाएको हो ।
गुहेश्वरी मर्चेन्टको २० वर्षको यात्रा, सात अर्ब २ करोड निक्षेप संकलन
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले आफ्नो २० औं वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । फाइनान्स सोमबार २१ औं वर्षमा प्रवेश गरेको हो । फाइनान्सले २०७८ साल चैत्र मसान्तसम्म ७ अर्ब २ करोड निक्षेप संकलन गरेको छ । विगत २० वर्ष देखि निरन्तर बैकिङ्ग सेवा प्रदान गर्दै आएकोले ६ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ भने ४ करोड ६ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथै फाइनान्सको निस्कृय कर्जा १.१५ प्रतिशत, चुक्ता पूँजी ९५ करोड ४ लाख र जगेडा कोषमा ४५ करोड ११ लाख रहेको छ । वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले अपांङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । फाइनान्सले विगत ४ वर्षदेखि उक्त संस्थालाई सहयोग गर्दै आएको छ । यस संस्थाको प्रधान कार्यालय समेत २३ शाखा कार्यालयहरु र ४ एक्सटेन्सन काउन्टरहरुबाट बैंकिङ्ग सेवाहरु दिँदै आएको छ ।