बैंकहरूमा निक्षेप बढ्ने र सीडी रेसियो घट्ने क्रम जारी

<p>काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप संकलन बढ्ने क्रम जारी छ । जेठ महिना लागेसँगै बैंकहरुमा निक्षेप संकलन निरन्तर रुपमा बढीरहेको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार जेठ चौथो सातामा वाणिज्य बैंकहरुले ४३ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् । जुन पहिलो साताको तुलनामा १६ अर्बले बढी हो भने अघिल्लो साताको [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप संकलन बढ्ने क्रम जारी छ । जेठ महिना लागेसँगै बैंकहरुमा निक्षेप संकलन निरन्तर रुपमा बढीरहेको नेपाल बैंकर्स संघले जनाएको छ ।

संघका अनुसार जेठ चौथो सातामा वाणिज्य बैंकहरुले ४३ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् । जुन पहिलो साताको तुलनामा १६ अर्बले बढी हो भने अघिल्लो साताको तुलनामा ३ अर्ब रुपैयाँले बढी हो ।

जेठ तेश्रो साताको तुलनामा कर्जा लगानी भने घटेको छ । तेश्रो सातामा ४१ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका बैंकहरुले चौथो सातामा ४१ खर्ब ९४ अर्ब रुपैयाँ मात्रै ऋण लगानी गरेका छन् । जुन बैशाखको अन्तिमको तुलना भने बढी हो ।

त्यस्तै, बैंकहरुको सीडी रेसियो पनि घट्ने क्रममा छ । गत साता ९०.२३ प्रतिशत रहेको बैंकहरुको सीडी रेसियो यो साता घटेर ९०.२२ प्रतिशतमा सीमित भएको छ । जुन जेठको पहिलो साता ९०.६९ प्रतिशत थियो ।

Share News