काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ वटै वाणिजय बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई राष्ट्र बैंक बोलाएको छ । राष्ट्र बैंकले बैंकहरुलाई पत्र काट्दै दिउसो ३ बजेका लागि राष्ट्र बोलाएको हो ।
राष्ट्र बैंकले गत साता बैंकका अध्यक्ष र तथा सञ्चालक समितिको लेखा समितिकलाई बोलाएर असारपछि मर्जर तथा एक्विजिसनमा पाइने सुविधा कटौति हुने जानकारी गराएको थियो ।
यस्तै, असारपछि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्नु पर्ने राष्ट्र बैंकको व्यवस्था छ । सो विषयमा पनि छलफल गर्न राष्ट्र बैंकले बोलाएको हो ।