एनएमबि बैंकले लालबन्दीका कृषकहरुलाई दियो वित्तिय साक्षरता तालिम

काठमाडौं । एनएमबि बैंकले लालबन्दीका तरकारी उत्पादक कृषकहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । कार्यक्रममा तरकारी उत्पादक समूहका करिव १५० जना कृषकहरुको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित कृषकहरुलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गर्नुको साथै किसानहरुसँग अन्तरकृया समेत गरी उनीहरुको जिज्ञासा तथा सुझावहरु संकलन गरिएको थियो । कार्यक्रममा एनएमबि बैंकका तर्फबाट लघुवित्त विभागका प्रवन्धक श्री शरद पौडेलले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको संयोजन बैंकको लालबन्दीका शाखा प्रमुख अरुण कुमार आचार्यले गरेका थिए । सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागि अत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका करिव १५ सय किसानहरु प्रत्यक्ष रुपमा व्यवसायीक तरकारी खेतीमा लागेका छन । यस क्षेत्रमा उत्पादित तरकारीहरु नेपालका काठमाडौं, पोखरा, बिराटनगर, नारायणगढ लगायतका विभिन्न शहरहरुमा पठाईने गरिन्छ ।

बैंक अफ काठमाण्डूको क्युआर सेवा तनहुँ मासु व्यवसायी समितिको पसलहरुमा

काठमाडौं । बैंक अफ काठमाण्डूले व्यास नगरपालिका वडा नं. ३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी सेवाको सुरुवात गरेको छ । एक औपचारीक कार्यक्रमकाबीच तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीले संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरे । तनहुँ मासु व्यवसायी समितिद्वारा ३२ वटा भन्दा बढि थोक तथा खुद्रा पसलबाट माछा तथा मासुहरुको खरिद बिक्री भईरहेको छ । बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा विभिन्न स्थानहरुमा विशेष छुटको व्यवस्था समेत बैंकले गरेको छ । ग्राहकहरुले बैंकको वेब साइटमार्फत उक्त छुटबारे जानकारी लिन सक्नेछन् । हालसम्म बैंक अफ काठमाण्डूले १०१ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई अलफ्ट होटलमा छुट

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक र ठमेलस्थित अलफ्ट हाेटलबीच सम्झाैता भएकाे छ । बैंक र हाेटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान दिने सम्झाैता भएकाे हाे । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलफ्ट, ठमेलको नुक, डब्लुएक्सवाइजेड र रिफ्युल रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र एलोफट होटेल काठमाडाैंकाे तर्फबाट बजार प्रमूख पवन राजभण्डारीले हस्ताक्षर गरेका छन् । सेञ्चुरी कमर्सियल बैंकका १४४ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।