मन्त्रीहरू चढ्छन् ईभी, कुन मन्त्रीको रोजाइमा कुन ब्राण्ड ?
काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधन (ईभी) प्रतिको आकर्षण ह्वात्तै बढेको छ । सरकारले प्रदान गरेको कर सहुलियत, तुलनात्मक रूपमा सस्तो मूल्य र आधुनिक प्रविधिको उपलब्धताले गर्दा आम सर्वसाधारणदेखि देशको नीति निर्माण गर्ने तहसम्म ईभीको प्रयोग व्यापक बनेको हो । वर्तमान मन्त्रीहरूको सम्पत्ति विवरणलाई हेर्दा आधा मन्त्रीहरूले विद्युतीय कार रोजेको पाइएको छ । उनीहरूले एमजी, बीवाइडी, किया, डोङफेङ र स्काइवेल जस्ता ब्रान्डका ईभी चढिरहेका छन् । मन्त्रीहरूमध्ये सबैभन्दा धेरैको रोजाइमा एमजी ब्राण्ड परेको छ । सुधन गुरुङ (गृहमन्त्री) र प्रतिभा रावल (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री) सँग एमजी एस ५ मोडलको ईभी रहेको छ, जसको बजार मूल्य ४४ लाखदेखि ५५ लाख रुपैयाँसम्म पर्छ । यस्तै, विराजभक्त श्रेष्ठ अर्थात् ऊर्जामन्त्रीले पनि आफूसँग एमजीकै ईभी रहेको उल्लेख गरेका छन् । शिक्षामन्त्री सस्मित पोखरेलसँग दुइवटा ईभी छन् । यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ४० लाख रुपैयाँमा बैंक ऋणमार्फत डोङफेङ भिगो ईभी खरिद गरेका छन् । गौरीकुमारी यादव अर्थात् उद्योगमन्त्रीले ५७ लाख रुपैयाँमा हुन्डाई कोना ईभी खरिद गरेकी छिन् । कानुन मन्त्री सोविता गौतमसँग ९५ लाख रुपैयाँ बराबरको स्काइवेल ईटी ५ ईभी रहेको बताइएको छ । मन्त्रिपरिषदका सबै सदस्यहरू सवारी धनी भने छैनन् । सरकारका प्रमुख बालेन्द्र शाह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीहरूको नाममा कुनै पनि निजी सवारीसाधन छैन । त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ९४ लाखको जापानिज गाडी सुवारु एक्सभी कार चढ्छन् भने स्वास्थ्यमन्त्री निशा मेहतासँग हुन्डाई ब्राण्ड आई १० रहेको छ । अन्य कतिपय मन्त्रीहरू भने अझै पनि पेट्रोल/डिजेल सवारी वा दुईपांग्रेमा सीमित छन् ।
यामाहाले ल्यायो एफजेट एफआई न्यू जेन, ब्लू फेस्ट सम्पन्न
काठमाडौं । यामाहा नेपालले आधिकारिक वितरक एमएडब्लु ग्रुप मार्फत ‘यामाहा ब्लू फेस्ट’ सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकलप्रेमीलाई एकै स्थानमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमको उद्घाटन विष्णु कुमार अग्रवाल र ब्रान्ड एम्बेसडर अनुप विक्रम शाही ले संयुक्त रूपमा गरेका थिए । ब्लू फेस्टको मुख्य आकर्षण ‘लिड द नेक्स्ट’ थीमअन्तर्गत नयाँ यामाहा एफजेट एफआई न्यू जेनको आधिकारिक सार्वजनिकरण रहेको थियो । अध्यक्ष अग्रवालले उक्त मोडल सार्वजनिक गर्दै नेपालमा लोकप्रिय एफजेट सिरिजको नयाँ अध्याय सुरु भएको बताए । कार्यक्रममा बोल्दै उनले यामाहा मोटरसाइकलहरू प्रदर्शन, स्टाइल र उत्साह प्रदान गर्ने गरी निर्माण गरिएको उल्लेख गर्दै एफजेट सिरिज नेपाली राइडरहरूको विश्वासिलो रोजाइ बन्दै आएको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल ले नयाँ मोडलमा ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एबीएस र वाई–कनेक्टजस्ता विशेषता समावेश गरिएको जानकारी दिए । उनका अनुसार एफजेट एफआई न्यू जेन स्टाइल, प्रविधि र प्रदर्शनको संयोजन खोज्ने नयाँ पुस्ताका राइडरलाई लक्षित गरी तयार गरिएको हो । कार्यक्रममा सेल्स हेड शैलेन्द्र अधिकारी ले ब्लू फेस्ट अन्तर्गत उपलब्ध अफर, मूल्य संरचना तथा नयाँ मोडलका विशेषताबारे जानकारी दिएका थिए । ब्लू फेस्टअन्तर्गत आयोजित एक्सचेन्ज कार्निभलमा ग्राहकले आफ्ना पुराना मोटरसाइकल साट्न सक्ने सुविधा पाएका थिए । ५० भन्दा बढी रिकन्डिसन हाउसको सहभागितामा बजारअनुसारको मूल्याङ्कनसहित एक्सचेन्ज सुविधा उपलब्ध गराइएको थियो । त्यसैगरी, ग्राहकले नागरकितामार्फत तुरुन्त फाइनान्सिङ सुविधा, अधिकतम ४० महिनासम्मको ईएमआई विकल्प तथा ब्लू फेस्ट योजनाअन्तर्गत अधिकतम ५ लाख रुपैयाँसम्म क्यासब्याक सुविधा प्राप्त गरेका थिए । कम्पनीले ब्लू फेस्टमार्फत ग्राहकलाई पूर्ण ब्रान्ड अनुभव प्रदान गर्नुका साथै इनोभेसन र राइडर सन्तुष्टिप्रतिको प्रतिबद्धता दोहोर्‍याएको जनाएको छ ।
अटो बजारमा नयाँ वर्षलक्षित अफर : चारपांग्रेमा गाडी नै उपहार, दुई पांग्रेमा ५ वर्षसम्म निःशुल्क पेट्रोल
काठमाडौं । नयाँ वर्ष २०८३ सुरु हुन लागेसँगै नेपाली अटो बजारमा ग्राहक आकर्षित गर्ने होडबाजी सुरु भएको छ । बजारको सुस्तता तोड्न र नयाँ वर्षलाई उत्साहजनक बनाउन चारपांग्रे र दुईपांग्रे सवारी विक्रेता कम्पनीहरूले नगद छुट, एक्सचेन्ज बोनस, वैदेशिक भ्रमणदेखि निःशुल्क पेट्रोल र गाडी उपहारसम्मका आकर्षक योजनाहरू सार्वजनिक गरेका हुन् । चारपांग्रे सवारीतर्फ सबैभन्दा आक्रामक अफर फोर्डले ल्याएको छ । फोर्डको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले एभरेष्ट, र्याप्टर वा रेन्जर जस्ता प्रिमियम गाडी खरिद गर्दा केयी ब्राण्डको ई-क्युट ०२ मोडलको विद्युतीय गाडी (ईभी) उपहार दिने घोषणा गरेको छ । यस्तै, टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ अफरस्वरुप लक्की ड्रमार्फत टाटा आईपीएल हेर्न भारत जाने अवसर, नगद छुट र लाइफटाइम डीसी फास्ट चार्जिङको सुविधा ल्याएको छ । कम्पनीका अनुसार ग्राहकहरूलाई निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर, होम चार्जिङ इन्स्टलेसनजस्ता विशेष सुविधा पनि दिइनेछ । हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ अफर ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले हुण्डाई मोडलका गाडीहरूको खरिदमा १ लाख ७५ हजारसम्म नगद छुट, ९६ हजार बोनस र ३ वर्षको वारेन्टी उपलब्ध छ भने एक वर्षका लागि निःशुल्क बीमा र सवारी कर (रोड ट्याक्स) को सुविधा समेत उपलब्ध गराइएको छ । नयाँ वर्षको सुरुवातसँगै नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले आकर्षक नगद छुट र विभिन्न बोनस सुविधाहरू सहितको यो योजना ल्याएको जनाएको छ । ग्राहकको सहजताका लागि कम्पनीले स्पट एक्सचेन्ज र मूल्यांकनको सुविधा पनि प्रदान गर्नेछ, जसले पुरानो गाडी साटेर नयाँ लिन चाहनेहरूलाई थप मद्दत पुग्ने कम्पनीले जनाएको छ । यस्तै, केयी गाडीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटीले ‘केयी एक्सचेन्ज क्याम्प’ अफरमार्फत होटल दुसित थानीमा एक रातको स्टे प्याकेज र आकर्षक एक्सचेन्ज बोनस दिने भएको छ । कम्पनीले देशभर तीन दिने ‘केयी एक्सचेन्ज क्याम्प’ सञ्चालन गर्ने गर्दै ग्राहकहरूलाई सहज, आकर्षक तथा प्रतिस्पर्धी मूल्यांकनमार्फत आफ्ना सवारीसाधन स्तरोन्नति (अपग्रेड) गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ । यसमा ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर नयाँ केयी मोडलका गाडी विशेष नयाँ वर्ष अफरसहित खरिद गर्न सक्नेछन् । नेपालमा किफायती तथा मूल्यअनुसार लाभदायी (भ्यालु–फर–मनी) सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्दै आधुनिक आवागमन (मोडर्न मोबिलिटी) मा पहुँच सहज बनाउने लक्ष्यसहित अभियान सुरु गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरूले नयाँ वर्ष विशेष नगद लाभ, आकर्षक एक्सचेन्ज बोनस, व्यावसायिक सवारी मूल्यांकन, वित्तीय सुविधा (फाइनान्सिङ), सवारी बीमा सेवा तथा ७ किलोवाट वा ३ किलोवाट क्षमताका चार्जर विकल्प प्राप्त गर्नेछन् । साथै प्रत्येक बुकिङमा जोडीका लागि धुलिखेलस्थित दुसित थानी होटलमा एक रातको निःशुल्क बसाइ प्याकेज प्रदान गरिनेछ । यसैगरी निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसान म्याग्नाइट प्रतिदिन मात्र ९९९ रुपैयाँमा चढ्न सकिने योजना ल्याएको छ । यसमा ग्राहकहरूले यस सिजनमा निसान म्याग्नाइट खरिद गर्दा आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । नयाँ वर्ष अफरअन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्म नगद छुट, २ लाखसम्म एक्सचेन्ज बोनस, एक वर्षको बीमा तथा चालु आर्थिक वर्षको रोड ट्याक्स प्राप्त गर्नेछन् । दुईपांग्रेमा प्रतिस्पर्धाः निःशुल्क पेट्रोलदेखि क्युआर गेमसम्म दुईपांग्रे सवारी वितरकहरूले बढ्दो इन्धनको मूल्यलाई लक्षित गर्दै राहतमूलक योजना ल्याएका छन् । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले लक्की ड्रमार्फत भाग्यशाली विजेतालाई ५ वर्षसम्म निःशुल्क पेट्रोल उपलब्ध गराउने भएको छ । यस्तै, होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘२०८३ को सपना मेरो होण्डा’ अफर ल्याउँदै स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म जित्न सकिने र ७ वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा ल्याएको छ । बजाजको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज न्यू इयरको क्यूआर’ अफर मार्फत क्यूआर स्क्यान गरेर गेम खेल्दा स्मार्ट वाच र १ लाखसम्म नगद जित्ने मौका ल्याएको छ । यस्तै, हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले १ लाखसम्म नगद छुट र उत्ति नै बराबरको एक्सचेन्ज बोनसका साथै सजिलो फाइनान्स सुविधा ल्याएको छ । सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ३०० एनके मोडलमा १ लाख ५ हजारको भारी छुटसहित हेल्मेट र हुडी निःशुल्क दिइने कम्पनीले जनाएको छ । इटालियन स्कुटर ब्राण्ड भेस्पा/एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ४.९९ प्रतिशतको न्यून ब्याजदर र रूपाकोट रिसोर्टमा बस्ने प्याकेजको अफर ल्याइएको छ । सेगवेको आधिकारिक वितरक आइहब प्रालिले पहिलो २५ ग्राहकका लागि ४१ हजारसम्मको ‘अर्ली बर्ड’ डिस्काउन्ट र डिजिटल ट्याब उपहार राखिएको छ । यस्तै, यामाहाको आधिकारिक वितरक एमएडब्लूले ‘यामाहा ब्लु फेस्ट’ अफर ल्याउँदै नयाँ हाइ(टेक मोटरसाइकल तथा स्कुटरहरू अवलोकन गर्न दिने भएको छ । यसमा आगन्तुकहरूले आफ्ना हाल चढिरहेका मोटरसाइकल ल्याएर ५० भन्दा बढी व्यवसायिक रिकन्डिसन हाउसहरूको सहयोगमा मूल्यांकन गराउन सक्नेछन् । ग्राहकहरूको पहुँच थप सहज बनाउन यामाहाले सरल र लचिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ। ग्राहकहरूले नागरिकतामार्फत फाइनान्स सुविधा लिन सक्नेछन् । साथै ४० महिनासम्म विस्तार हुने सस्तो ईएमआई योजनाको लाभ पनि उठाउन सक्नेछन् । फेस्टमा खरिदकर्ताहरूले ५ लाखसम्मको क्यासब्याक अफर पनि पाउने जनाइएको छ । अटो व्यवसायीहरूका अनुसार नयाँ वर्षमा सवारी साधन खरिद गर्दा ग्राहकले अधिकतम लाभ लिन सक्नेछन् । प्रायः सबै कम्पनीले पुराना सवारी साधनसँग नयाँ साट्न चाहनेका लागि स्पट एक्सचेन्ज र उत्कृष्ट मूल्यांकनको सुविधालाई प्राथमिकता दिएका छन् । बैंकिङ तरलता र व्यवसायीहरूको प्रतिस्पर्धाका कारण यो समय गाडी वा मोटरसाइकल जोड्न चाहनेका लागि निकै सस्तो र उपयुक्त देखिएको छ । यी सबै योजनाहरू नेपालभर रहेका सम्बन्धित ब्राण्डका आधिकारिक शोरुमहरूमा सीमित अवधिका लागि लागू हुने कम्पनीहरूले जनाएका छन् ।