विकासन्युज

अन्धोपन गराउने दोस्रो ठुलो रोग ट्रकोमा निवारण गर्ने नेपाल पहिलो देश

काठमाडौं। ट्रकोमा मानिसलाई अन्धोपन गराउने दोस्रो ठुलो रोग हो। ट्रकोमा रोग हाल नेपालमा निवारण भएको उपलक्ष्यमा स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बिहीबार एक कार्यक्रम आयोजना गरेको थियो। विश्व स्वास्थ्य  संगठन , आई टी आई र नेपाल नेत्रज्योति संघको सयूक्त आयोजनामा २००२ मा राष्ट्रिय ट्रकोमा कार्यक्रम शुरु भएको थियो। कार्यक्रममा बोल्दै ट्रकोमा नेपाल नेत्र ज्योति संघका अध्ययक्ष प्रा. डा. तिर्थ प्रसाद मिश्रले भने, ‘ ट्रकोमा रोगलाई हामीले निवारण गरेका छौँ जसले गर्दा आज छाति फुलेको छ ।  नेपाल सरकारले भारत , बङलादेश र  भुटान जस्ता देशहरुलाई पनि नेपालले यो सेवा प्रदान गरिरहेको मिश्रले बताए। नेपालका लागि एउटा ऐतिहासिक क्षण हो किनभने नेपाल विश्व संगठनको दक्षिणपूर्वी एशियाली समस्याको रुपमा रहेको ट्रकोमा निवारण गर्ने पहिलो देश बनेको छ । नेपाल सरकारको तर्फबाट  प्रतिनिधित्व गर्दै स्वास्थ्य तथा जनसख्यामन्त्री उपेन्द्र यादवले विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एशियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहको प्रमुख  आतिथ्यमा , अन्य सबै साझेदार र दाताहरुका बीच प्रमुख  योगदानकर्ताहरुलाई विश्व स्वास्थ्य  संगठनका तर्फबाट  सम्मान  सहित  प्रशंसा पत्र प्रदान गरे। नेपालले जनस्वास्थ्यको क्षेत्रमा पाएको  यो ऐतिहासिक  सफलताको खुसियाली मनाइरहेको भए तापनि ट्रकोमालाई फेरि उत्पन्न हुन नदिने प्रयासहरु भने जारी राख्नु पर्ने, ट्रकोमालाई फेरि उत्पन्न हुन नदिन वातावरणीय  र स्रोत बाडफाँडको स्तरमा परिवर्तनहरु  ल्याउन  अनिवार्य छ । ट्रकोमा सर्ने  मुख्य कारक तत्व भनेको झिङ्गा  हो  जसबाट  बच्न  उचित  खानेपानी र सरसफाइको आवश्यकता पर्ने उपप्रधानमन्त्री यादवले बताए।

२५ मेगावाट क्षमताको सेती खोला आयोजना बन्दै, तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडौँ । एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण हुने भएको छ । कास्कीको माछापुच्छ्रे गाँउपालिकाको भराभुरी भन्ने स्थानमा आयोजना निर्माण हुने भएको छ । करीब पाँच अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच विद्युत् खरीद सम्झौता भएको छ । प्राधिकरणमा आयोजित एक समारोहमा प्राधिकरणका योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका अध्यक्ष जगत पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार उक्त आयोजनाबाट उत्पादित विद्युत् बर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ । आयोजनालाई आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा स्थानीयबासीलाई समेत शेयर दिइने प्रवद्र्धक कम्पनीले जनाएको छ । बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न लुम्बिनी भिजनले सो आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड स्थापना गरेको हो । प्रवद्र्धक संस्थाका अध्यक्ष पोखरेलले एकाध व्यक्ति मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्यका लागि आफूहरुले बढीभन्दा बढी नागरिकलाई लगानीकर्ताको रुपमा सहभागी गराएको छ । आयोजनाको ३० प्रतिशत स्वपूँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ । स्वपूँजीमा बुटवल र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइनेछ । माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष कर्ण गुरुङले लामो समयदेखि बगीरहेको सेतीलाई आर्थिक विकास र समृद्धिको लक्ष्य पहिल्याउने गरी आयोजना निर्माण शुरु हुन लागेको छ । आयोजनाबाट उत्पादित विद्युत् कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सवस्टेशनमा जोडिनेछ । हस्ताक्षरपछि संक्षिप्त मन्तव्य दिनुहुँदै प्राधिकरणका उपकार्यकारी निर्देशक सिंहले धेरै नागरिकलाई सहभागी गराएर निर्माण गर्न लागिएको आयोजनालाई समयमै सम्पन्न गर्न अनुरोध गर्दै, आयोजनालाई प्राधिकरणको तर्फबाट सक्दो सहयोग हुने जाानकारी दिएका छन् । रासस

लक्ष्मी माइनिङ प्रालिलाई चितवनमा ४ हेक्टर जमिनको चुनढुङगा उत्खनन गर्न दिने

काठमाडौं । सरकारले लक्ष्मी माइनिङ प्रालिलाई चित्तवनमा चुन ढुङगा उत्खनन गर्न दिने निर्णय गरेकाे छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साे कम्पनीलार्इ उत्खनन् गर्न दिने निर्णय गरेकाे हाे । चित्तवनको कालिका नगरपालिकामा रहेको ४ हेक्टर जमिनमा १५ वर्षका लागि उत्खनन् गर्ने जिम्मा दिइएको हो ।

दुगड ब्रदर्सले एमकेजी ब्राण्डको बिक्री वितरण गर्ने, भित्र्यायो ५ किसिमका निर्माण उपकरण

काठमाडौं । भारतको सुप्रसिद्ध व्यवसायी घराना रजत ग्रुप अफ कम्पनीज अन्तर्गतको निर्माण सामाग्री एमकेजी ब्राण्डको बिक्री वितरण दुगड ब्रदर्स एण्ड सन्स् प्रा.लि. ले गर्ने भएको छ । आधिकारिक बिक्रेता भए लगतै अब दुगड ब्रदर्सले स्मार्ट प्रबिधिबाट छिटो र गुणस्तरीय ढङ्गले निर्माण कार्यलाई अगाडी बढाउँदै लैजाने प्रतिवद्धता जनाएको छ । नेपालका लागि प्रतिष्ठित औधोगिक तथा व्यापारीक घराना एम्. भि. दुगड अन्तर्गतको दुगड ब्रदर्सले नेपालमा ५ किसिमका निर्माण उपकरण भित्र्याएको छ । कम्पनीले कङ्कृट उपकरण, स्टिल बेन्डिङ्ग र कटिङ्ग मसिन, पेसेन्जर कम मेटरियल एलिभेटर, रोलर तथा लाईट उपकरण तर्फ कङ्कृट भाइब्रेटर, ट्रावेल, स्याण्ड स्क्रिनिङ्ग मेसिन नेपाली बजारमा भित्र्याएको हो । मंसिर ६ देखि ८ गतेसम्म भक्तपुरमा सञ्चालन हुने ३ दिने कनम्याक नेपाल २०१८को पहिलो दिन एमकेजीको लन्चिङ्ग भएको हो । ह्याङ्गर बि.बि २१८ स्टलमा भएको सोही कार्यक्रममा एम्. भि. दुगडका कार्यकारी अध्यक्ष मोतिलाल दुगड एमकेजी भारतका उपाध्यक्ष रबिन्द्र बङ्गार र एमकेजी नेपालका हेड अफ अपरेशन शम्भु कर्नले संयूक्त रुपमा उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । एम्. भि. दुगडले ३४ वटा शाखाहरुबाट एमकेजीको विक्री वितरण शुरु गरेको छ ।

सिजीको दशै तिहार योजना सम्पन्न हुँदै, इलेक्ट्रोनिक्स क्षेत्रमा पहिलो ब्राण्ड बन्न सफल

काठमाडौं । इलेक्ट्रोनिक्स क्षेत्रमा सि.जी को पहिलो ब्राण्ड बन्न सफल भए छ । सि.जी.ले नेपालीहरुको महान चाड दशैं तथातिहारलाई लक्षितगरि विभिन्न आकर्षक क्यास ब्याक उपहार योजनामा ल्याएको थियो । उक्त योजनामा देश भरीका विभिन्न क्षेत्रका मानिसहरुको ठूलो संलग्नता रहेको थियो । योजनाभन्दापनि धेरै सि.जी.का घरायसी सामाग्रीहरु विक्रीवितरण भएको सेल्स हेड विष्णु ज्ञवालीले बताएका छन् । तसर्थ सोही योजना (भाेली) ७ गते सम्पन हुन गइरहेको हँदा योजनाको फाईदा उठाउनु आग्रह गरेका छन् ।

माछापुच्छ्रे बैंकको १० प्रतिशत नगद लाभांश, प्रतिसेयर आम्दानी १५ रुपैयाँ

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भए उक्त लाभांश वितरण हुनेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रूपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रूपैयाँ ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ र साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित रहेकाे बैंकले जनाएकाे छ । बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुरसम्म, हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट बैंकिङ्ग सेवा प्रदान गदै आएको छ । साथै, बैंकको देशभर १०५ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर तिर्नेमा वोमी माइक्रोफाइनान्स

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ । हालै धादिङ्ग उद्योग वाणिज्य संघ र नेपाल सरकार, आन्तरिक राजश्व विभागको आयोजनामा धादिङ्ग उद्योग वाणिज्य संघ, धादिङ्ग बेशीमा आयोजित साताैँ राष्ट्रिय कर दिवसको कर दाता शिक्षा कार्यक्रम तथा कर सप्ताह समारोहमा यस वित्तीय संस्थालाई सबैभन्दा बढी कर दाखिला गरेकोमा उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृतले संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् । उक्त सम्मान पत्र आर्थिक वर्ष २०७३/७४ को लागि कदर स्वरुप प्रदान गरिएको व्यहोरा सम्मान पत्रमा उल्लिखित गरिएको छ । यस संस्थाले गत आर्थिक वर्षहरुमा समेत धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गरेका कारण दुई पटक सम्मानित भइसकेको छ । यस पटक समेत गरी तीन आर्थिक वर्षमा धादिङ्ग जिल्लाबाट उत्कृष्ट करदाताको रुपमा यस वित्तीय संस्थालाई नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट सम्मान गरिएको छ । संस्थाको हाल ३२ जिल्लाका विभिन्न ४० स्थानहरुमा शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ । संस्थाको साताैँ वार्षिक साधारण सभा गत कार्तिक १७ गते सम्पन्न भएको छ । उक्त साधारण सभाले सेयरधनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गरिसकेको छ ।

शुरु भयो बिल्डिङ कन्सट्रक्सन एक्स्पाे, घर बनाउन चाहिने सबै सामाग्री एकै ठाउँमा पाइने

काठमाडौं । भृकुटीमण्डपमा बिल्डिङ कन्सट्रक्सन एक्स्पाे शुरु भएको छ । युथ कम्यिुनिटी फर नेप्लिज कम्युनिटीले ४ दिने एक्स्पाेको आयोजना गरेको हो । मेलाको उद्घाटन शहरी विकास मन्त्री मोहमोद इस्तियक राईले गरेका हुन् । उद्घाटन समाहरोमा बोल्दै राईले मन्त्रालयले शहरी विकासका लागि ऐन निर्माण गरिरहेको र यसमा सबै पक्षको सुझाव आवश्यक रहेको बताए । एक्स्पाेमा घर बनाउन चाहाने एक जना व्यक्ति एक्पोमा आए सबै प्रकारका परामर्श तथा निर्माण सामाग्री पाइने नेपाल इन्जिनियरिङ एशोसियसनका कार्यकारीणी सदस्य इन्जिनिएर होमनाथ पोखरेलले बताए । मेलामा ५० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने उनले दाबी गरे । मेलामा अर्घाखाँची सिमेन्ट, शंकर ग्रुप, जगदम्बा ग्रुप, बरगर पेन्ट्स लगायत ६१ वटा स्टलहरु राखिएका छन् । एक्स्पाे घर बनाउँदा कस्तो निर्माण सामाग्री प्रयोग गर्ने, डिजाइन कसरी तयार गर्ने विषयमा रहेको छ ।