
काठमाडौं। ट्रकोमा मानिसलाई अन्धोपन गराउने दोस्रो ठुलो रोग हो। ट्रकोमा रोग हाल नेपालमा निवारण भएको उपलक्ष्यमा स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बिहीबार एक कार्यक्रम आयोजना गरेको थियो। विश्व स्वास्थ्य संगठन , आई टी आई र नेपाल नेत्रज्योति संघको सयूक्त आयोजनामा २००२ मा राष्ट्रिय ट्रकोमा कार्यक्रम शुरु भएको थियो।
कार्यक्रममा बोल्दै ट्रकोमा नेपाल नेत्र ज्योति संघका अध्ययक्ष प्रा. डा. तिर्थ प्रसाद मिश्रले भने, ‘ ट्रकोमा रोगलाई हामीले निवारण गरेका छौँ जसले गर्दा आज छाति फुलेको छ । नेपाल सरकारले भारत , बङलादेश र भुटान जस्ता देशहरुलाई पनि नेपालले यो सेवा प्रदान गरिरहेको मिश्रले बताए।
नेपालका लागि एउटा ऐतिहासिक क्षण हो किनभने नेपाल विश्व संगठनको दक्षिणपूर्वी एशियाली समस्याको रुपमा रहेको ट्रकोमा निवारण गर्ने पहिलो देश बनेको छ ।
नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै स्वास्थ्य तथा जनसख्यामन्त्री उपेन्द्र यादवले विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एशियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहको प्रमुख आतिथ्यमा , अन्य सबै साझेदार र दाताहरुका बीच प्रमुख योगदानकर्ताहरुलाई विश्व स्वास्थ्य संगठनका तर्फबाट सम्मान सहित प्रशंसा पत्र प्रदान गरे।
नेपालले जनस्वास्थ्यको क्षेत्रमा पाएको यो ऐतिहासिक सफलताको खुसियाली मनाइरहेको भए तापनि ट्रकोमालाई फेरि उत्पन्न हुन नदिने प्रयासहरु भने जारी राख्नु पर्ने, ट्रकोमालाई फेरि उत्पन्न हुन नदिन वातावरणीय र स्रोत बाडफाँडको स्तरमा परिवर्तनहरु ल्याउन अनिवार्य छ । ट्रकोमा सर्ने मुख्य कारक तत्व भनेको झिङ्गा हो जसबाट बच्न उचित खानेपानी र सरसफाइको आवश्यकता पर्ने उपप्रधानमन्त्री यादवले बताए।