विकासन्युज

मसँग घुस माग्नेहरुको विवरण छिट्टै सार्वजनिक गर्छु- प्रा.डा ध्रुवराज अधिकारी

करिब १४ वर्षदेखि वीर अस्पतालमा कार्यरत न्यूरो सर्जरी यूनिटका प्रमुख प्रा.डा ध्रुवराज अधिकारीले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई खुला पत्र लेख्दै मंगलबार राजीनामा दिनु भएको छ । चाकडी र मागे जति घुस रकम पुर्याउन नसकेको कारण आफूले राजीनामा दिएको उहाँको राजीनामा पत्रमा उल्लेख गरिएको छ । यसभित्रको अन्तरकथा के के छन् ? प्रस्तुत छ विकासन्युजको लागि डोमी शेर्पाले डा अधिकारीसँग गरेको कुराकानी । तपाईले बीर अस्पतालमा कति वर्ष सेवा गर्नुभयो ? म स्वास्थ्य मन्त्रलायको ३० वर्षसम्म मेडिकल अफिसरको रुपमा कार्यरत थिए र अहिले पनि छु । गत बैशाख १४ गते मलाई नवौ तहको प्रमोसन गरिएको पत्र आयो । तर अहिलेसम्म मलाई त्यस पोस्टमा पोष्टिङ गरिएको छैन । मैले नवौं तहको तलब सुविधा पनि पाएको छैन । नवौ तहमा पोस्टिङ्क गरेर हाजिर पनि गराइएको छैन । म अहिले पनि आठौ तहको तलव सुविधामा काम गरिरहेको छु जुन चाहीँ एमबिबिएस पास गर्न साथ बन्ने मेडिकल अफिसर हो । म ३० वर्षदेखि एउटै पोस्टमा छु । ३० वर्षपछि गरिएको बढुवाको निर्णय पनि कार्यान्वयन भएन । म वीर अस्पातलमा २००४ देखि काम बीर अस्पतालमा काम गरिरहेको छु र अब मेरो कार्यकालका तीन महिना मात्र बाँकी छ । नवौं तहमा पोष्टिङ नगर्नुको कारण केही छ ? जिम्मेवार अधिकारीहरु के भन्छन् ? सरुवा गरिएको ठाउँमा नगएको भनिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐनको दफा नं २४ को ४२.१ नम्बर अनुसार सरुवा गराईेको खण्डमा वीर अस्पातलले यो व्यक्तिको यहाँ एकदम आवश्यक छ भनेर राख्ने प्रावधान छ । उहाँहरुले चिठ्ठी पनि पठाउनु भएको छ जसको आधारमा ५/६ जना अर्थोपेडिक सर्जनहरु आई पनि सक्नुभएको छ तर मेरो विषयमा उहाँहरुले कुनै पनि प्रतिकृया दिनु भएन । नवौ तहको पद खाली हुँदा हुँदै पनि मलाई पोस्टिङ् गरिएन, काजमा पनि गरिएन र ३ महिना भन्दा बढी जागिर अवधि पनि छैन । यो निर्णय म ६० वर्ष पुगिसकेको मान्छेलाई यताउता कुदाउने, दुःख दिने काम भयो । मानवताको नाताले पनि हेरिएन । कि त वीर अस्पातलमा बसेर रोगीहरुको सेवा गर्न पाउँदैनस् भनेर भन्नुपर्यो, वीर अस्पातलमा बसेर मैले पैसा आर्जन गर्न खोजेको देखिनु पर्यो । सरकारलाई तपाईं जस्तो दक्ष मानिसलाई पोखाराको खाँचो छ भन्ने लागेको होला । पोखरा जाँदा तपाईलाई के बिग्रन्छ ? मलाई खास कुनै पनि प्रकारको बेफाईदा छैन । मेरो कार्यकालको अन्तिम अन्तिम समय छ र मैले जुन आनन्दको साथ यहाँ बसेर बिरामीहरुलाई जाँच्न चाहन्छु , मेरो फलो–अपमा आएका बिरामीलाई जसरी जाँची रहेको छु, पोखरा जाँदा यी सेवा प्रभावित हुन्छ । यसरी अन्तिम समयमा सरुवा हुँदा न यता राम्रो काम हुन्छ न त उता । जान मानिन् भन्दा पनि मैले त्यहाँ गएर केही गर्न सक्दिन भने त्यहाँ जानुको पनि केही अर्थ छैन । मलाई पनि मेरो अन्तरआत्माले के गर्नुहुन्छ के गर्नुहुदैन भनेर भन्छ । ‘खाए खा नखाए घिच’ जस्तो शैली कसैले मन पराउँदैनन् । एक महिनाको लागि पोखरा गएर आए यहाँ पोस्टिङ् गर्दिन्छु भन्ने सुनेको छु । यहाँबाट १० ठाउँबाट टिप्पणी र फाईल बनाएर पोखरा गए पनि त्यहाँ हाजिर गर्ने बाहेक अरु केही काम हुँदैन । त्यहाँ गएर हाजिर मात्र गर्दा त्यस ठाउँलाई के फाईदा छ, मलाई के फाईदा छ, बिरामीलाई के फाईदा छ, मन्त्रालयलाई के फाईदा छ ? एकदिनमा मैले के सेवा दिन सक्छु होला ? तपाईं आँफै पनि सोच्नुहोस् । जहाँ दक्ष जनशक्ति छैन, पूर्वाधार छैन, त्यहाँ कसरी गएर काम गर्ने ? न्युरो सर्जरी छालाको रोग जाँचे जस्तो होईन । यसको लागि हरेक चिज दक्ष हुन जरुरी छ । हो यदि मेरो कार्यकाल अझै ५ वर्ष वा १० वर्ष भएको भए म त्यसको लागि जान तयार हुन्थेँ तर यहाँ त मेरो कार्यअवधि ३ महिना मात्र छ । यति समयमा यता उता गर्दा गर्दै समय सिद्धिन्छ । भिसी जस्तो मान्छेले मलाई यहाँ राखिदिनु पर्यो भनेर पत्र लेखिदिनु भएको छ । भिसी भनेको राज्यमन्त्री सरहको व्यक्ति हो । मैले उहाँको निर्णयको सम्मान गर्नुपर्छ । नेपाल सरकारको कर्मचारी भएपनि मैले बिरामी र मेरो विद्यार्थीको बारेमा पनि सोच्नुपर्छ । राजीनामामा मागेजति घुस बुझाउन असमर्थ भएको उल्लेख गुर्न भएको छ । घुस माग्ने व्यक्ति को हो ? घुस कति माग्यो ? त्यहाँ कोही बिचौलियाहरु छन् । म अहिले पनि नेपाल सरकारकै कर्मचारी छु र मेरो राजीनामा स्वीकृत भएको पनि छैन । मैले अवकास पनि पाएको छैन । समय र परिस्थितिले जुन दिन बताउन उपयुक्त हुन्छ म त्यो दिन यसबारे सबै खुलस्त बताउनेछु । कुकुरले मान्छेलाई टोक्यो भन्दैमा मान्छेले कुकुरलाई टोक्न उपयुक्त हुँदैन । म अहिले उनीहरुको नाम, ठेगाना यो समयमा भन्न उचित ठान्दिन । तपाईंले राजीनामा दिनुको खास कारण हो ? वीर अस्पतालमा हामी न्युरो सर्जरीको मुख्य ३ जना प्रोफेसर थियौं । एकजनाले बाध्य भएर एक वर्ष अगाडि राजीनामा दिनुभयो । आज आएर मलाई पनि राजीनामा दिन वाध्य पारियो । तेस्रो प्रोफेसरले पनि अब चाँडै नै राजीनामा दिने बाध्यता सिर्जना भईसकेको छ । न्युरोसर्जरी विभाग नै पूरै भताभुङ बनाएर यहाँ अध्ययनरत राष्ट्रिय तथा अन्तरास्ट्रिय विद्यार्थीको भविष्य लथालिङ पार्ने काम हुँदैछ । वीर अस्पातलदेखि न्युरो सर्जरी विभाग नै पूर्ण रुपमा खाली गराईदैछ । यसअघि गोपालराम सरलाई राजीनामा दिन बाध्य गराईयो । अहिले धुर्व अधिकारीलाई वाध्य गराईदैछ । तर अर्को न्युरो सर्जनले पनि यहाँ छोड्दैछन् । वीर अस्पतालको न्युरो सर्जरी विभागलाई खत्तम बनाउने प्रयास भएको छ । बीर अस्पतालको न्यूरो सर्जरी विभाग कमजोर बनाएर निजी अस्पताललाई लाभ दिन खोजिएको हो कि ? मैले यस बिषयको बारेमा केही पनि बोल्न सक्दिन । यो हुन पनि सक्छ र नहुन पनि सक्छ । तपाईको राजीनमाबारे के प्रतिक्रिया आएको छ मन्त्रालयबाट ? बल मन्त्रालयको कोर्टमा छ । उहाँहरुले स्वविवेकले धुर्वराज अधिकारीलाई बाँकी अवधि वीर अस्पातलमा बसेर बिरामी जाँच गर्न दिँदा राम्रो हुन्छ भन्ने लाग्यो भने सबै ठीक हुन्छ । नत्र वीर अस्पातलको न्युरो विभाग बिग्रिने बाहेक केही देख्दिन म । तपाईं तलब बिहिन भएर काम गरेको भन्नुभएको छ, किन यस्तो? मेरो अहिलेसम्म पोस्टिङ्मा गईसकेको छैन । त्यसैले मैले नवौ तहको तलब पाउने कुरा त हुँदै भएन । म अहिलेसम्म पनि आठौ तहको मेडिकल अफिसर कै तलब खान्छु किनभने हातमुख त जोड्नै पर्यो । मेरो अस्पातलबाट निस्किएर यो भन्दा अनेक अवसरहरु पाउछु तर मेरो एउटै मात्र ईच्छा भनेको यस अस्पातलमा आफ्नो कार्य अवधिसम्म काम गर्न पाउँ भन्ने हो । बीर अस्पतालप्रति तपाईको लगाब बढी किन ? म गरीब परिवेसबाट हुर्किएर आएको मान्छे हुँ । गाउँबाट हुर्किएर आएको मान्छे हुँ । त्यसकारणले पनि गरीब, दुःखीहरुसँग मेरो आत्मियता बढी छ । मैले दैलेखका नाङगा बिरामीहरु हेरेको छु, राउटेहरुलाई हेरेको छु र धेरै मानसिक रोगीहरुलाई पनि हेरेको छु । मैले मानसिक अस्पातलमा पनि १० वर्षको अनुभव छ र उनीहरुको ब्रेन कसरी खोले, कसरी न्युरोसर्जन बने भन्ने बेग्लै ईतिहास छ । अन्तिम समयमा म सन्यासी हुन खोजेको होईन तर देशले यत्रो वर्ष सेवा दिएको डाक्टरहरुको सम्मान गर्दिए हुन्थ्याे । न्युरो सर्जरीको सेवा कति महंगो छ भने सबैलाई थाहा नै छ । मैले वीरमा भन्दा बाहिर रहेर हजारौ गुण बढी पैसा, ईज्जत पनि कमाउन सक्छु । यत्रो वर्षसम्म काम गरिसकेपछि वीर अस्पतालमा मेरो जति साख पुग्नु छ त्यति पुगिसकेको छ । जसरी टाउको भन्दा माथि कुनै अंग छैन, त्यस्तै प्रोफेसर भन्दा माथि कुनै पोस्ट पनि छैन र म न्युरोसर्जरी युनिटको प्रमुख पनि छु ।  म जस्तो दुःखी परिवारबाट हुर्किएर आएको छु । त्यस्तै मानिसहरुको सेवा मेरो कार्य अवधिभर गर्न पाउँ भन्नको लागि मात्र मैले यो अनुरोध गरेको हुँ । बढुवा गरेको पत्र:

१२औँ वार्षिकोत्सवको अवसरमा गण्डकी विकास बैंकद्धारा दुई कार्यक्रम सम्पन्न

काठमाडौं । गण्डकी विकास बैंकले १२अाैँ वार्षिकोत्सवको अवसरमा दुई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरेको छ । बैंकले मानव जीवनलार्इ मध्यनजर गर्दै रक्तदानका साथै न्यायाे कपडा वितरण कार्यक्रम संचालन गरेको हो । बैंकले चिप्लेढुङ्गा पोखरामा क्षेत्रीय रक्त सञ्चार सेवा, रामघाट पोखराको सहयोगमा सञ्चालित उक्त रक्तदान कार्यक्रमबाट ८१ यूनिट रगत संकलन गरेको छ । बैंकका सञ्चालक पद्यप्रसाद पौडेलले पहिलो ब्लडब्याग पहिलो दाता कृष्ण पौडेललाई हस्तान्तरण गरेकाे थियाे ।कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । वार्षिकोत्सवकै अवसर पारेर बैंकले पोखरा ३२, लामेआहाल स्थित राधाकृष्ण बृद्धाश्रममा एक कार्यक्रमकाबीच खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ । कार्यक्रममा आश्रममा रहेका ४६ जना बृद्धबृद्धा तथा १८ जना बटुकलाई बैंकका सञ्चालक पौडेल र नारायणबहादुर बाँनियाद्धारा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । बृद्धाश्रमका अध्यक्ष  प्रेम लिगलले आफ्नो अपेक्षा गरे भन्दा पनि बढि सहयोग प्रदान गरेको जानकारी दिएका छन् ।

सिन्धु विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सिन्धु बिकास बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले हस्ताक्षर गरे । यस सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले सगरमाथा इन्स्योरेन्सका बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्पुर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सिन्धु बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन ।

एबीबी टेक्नोलोजीजद्धारा प्रविधि दिवसको आयोजना, भौतिक पूर्वाधार पारियोजना र स्वास्थ्यबारे संकेत गर्दै

काठमाडौं । एबीबी १३० वर्षको इतिहास बोकेको विश्वमै पावर ग्रिड्स एलेकट्रीफीकेसन प्रोडक्ट्स, इन्ड्रसट्री अल अटोमेसन् एंड रोबीटीक्स एंड मोसनमा अग्रगामीको भूमिका निर्वाह गरेको छ । नेपालमा सो कम्पनीले २५० कम्पनीहरुका लागि एबीबी टेक्नोलोजी डे को आयोजना गरेको हो । भौतिक, पूर्वाधार उपभोगि वस्तु, यातायात जस्ता उद्योग अन्तर्गतका नेपाली कम्पनीले एबीबीका विशेषज्ञसँग कार्यशालामा भाग लिएका छन् । एबीबीले २०२७ सम्म १५००० मेगावाट उर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । १० प्रतिशत उर्जाको रुपमा प्राप्त गरिने पावर ट्रान्समिसन र डिसट्रीबीयूसन लसमा आगामी दुई तीन वर्षमा १५ प्रतिशत कटौती गरिने भएको छ । एबीबीले विभिन्न हाइड्रो परियोजना निमित्त यूनिफाईड अटोमेसन सिस्टमस्, डिजिटल गभरनर्स, सीनक्रोनाईजर्स तथा पावर म्यानेजमेन्ट सोलुशनका माध्यमद्धारा थुप्रै प्रविधिहरुको समाधान प्रदान गर्दै आएको छ । २५० भन्दा बढी कम्पनीहरुको सहभागिताले यो पुस्टि गर्छ कि टेक्नोलोजी बारे अझै बुझ्न उत्सुकलाई ब्यवसायमा थप योगदान पुर्याउने भएको छ । आर्थिक कृष्णमुर्थी, एबीबी ईन्डियाका बिक्री तथा बजार ब्यवस्थापनका साथै खाता ब्यवस्थापनका कन्ट्री प्रमुख हुन् उध्योगहरु, यातायात या घरहरुमा सौर्य उर्जा र पावर ट्रान्समिसनलाई अझै बढी दक्ष बनाउन, ईनर्जी एक्सेस र त्यसको गुणस्तरमा अझै सुधार ल्याउन, कार्बोन उत्सर्जनलाई कम गर्ने, भएको छ । सिमेन्ट तथा स्टीलको उत्पादनले नै कुनै पनि देशको भौतिक पूर्वाधार पारियोजनाको स्वास्थ्यबारे संकेत दिएको छ । सिमेन्ट उत्पादन संघ नेपालका अनुसार, देशले आगामी एक बर्षमा क्लिंकर प्रोडक्ट्सन्मा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । निर्यात ब्रिद्धी गर्नका लागि यस्ता प्रविधीहरुलाई प्लान्ट, प्रोसेसेस ,र पीपल समावेश गरिएको उद्धम(ब्यापी प्रोसेस इनिसीएटिवस सँग मिलाएर लैजाने भएकाे छ । भने यस्ले सिमेन्ट उद्योगमा हुने बढी उत्पादन खर्चलाई कम गर्न सहयोग पुर्याउछ, जसको कारण नेपाली सिमेन्ट उद्योगको प्रतिस्पर्धिक छ्यमता बढ्नेछ। नेपालमा हाल ५३ सिमेन्ट कम्पनीहरु छन् जसको वार्षिक ब्रिद्धी दर १० देखि १५ प्रतिशत भित्र रहेको छ । नेपालमा हाल संचालित स्टील प्लान्टहरु सालाखाला ६० देखि ६५ प्रतिशत क्षमता उपयोग गर्दै आइरहेका छन्। यी कम्पनीहरु देशको स्थिर आन्तरिक मागलाई अङ्गालेरआत्मनिर्भर हुने दूर् -द्रिस्टीका साथ अघि बढ़दैछन् । कन्ट्रोल एंड इन्सट्रूमे न्टेशन देखि प्रोसेस कन्ट्रोल ,अटोमेसन् लाई उच्चस्तरिय मेजरमेंट एंड एनालाइटिक्स तथा ब्लास्ट फर्नेस सोलुशन्स सँग मिलेर एबीबी ले चीन, यूरोप, तथा ईन्डियाका बैश्र्विक संस्थाहरुको सन्चालन प्रणालीमा ठुलो योगदान रहेको छ । यस हिमाली देशको पर्यटन ब्यवसाय बढ्ने क्रममा सन् २०१६(१७ मा मात्रै यहाँको हस्पिटालिटी क्षेत्रमा ६००० भन्दा बढी रूम नाईट्स थपिएको छ। यो पुर्व अंकहरु भन्दा ९।ड प्रतिशत बढी हो। सन् २०२० सम्म काठमाडौं शहरमा मात्र ४००० रूम नाईट्स थपिनेछन्। मोडर्न तथा कम्प्याक्ट पावर प्रविधी तथा एबीबी कम्पनीका इन्टेलेजेन्ट बिल्डिङ अटोमेसन केएनयक्स आइ ( बस् प्रविधीको सहायता लिने हो भने, कसैले पनि तापक्रम सन्चालन गर्दा खपत हुने उर्जालाई तातो गर्दा २५प्रतिशत र चिसो गर्दा ४० प्रति भन्दा बढी बचत गर्न सक्दछन् । ईन्टरनेट तथा स्मार्ट फोनले मजबुतीका साथ प्रवेश गरेको नेपालमा हरेक २ व्यक्ती मध्ये १ सँग ईन्टरनेटको पहूँच छ। एबीबी ले डाटा सेन्टरहरुको पावर आवश्यकतालाई ध्यानमा राख्दै स्थानको अनुकुलता, सुरक्षा,लागत, तथा उर्जा बचत जस्ता कार्यमा प्राविधिक समाधानहरु उपलव्ध गराउदै आएको छ। डाटा सेन्टरहरु सबै डाटा, दूर( संचार तथा नयाँ स्टार्ट )अप्सहरुका लागि प्रयोग हुनेछन् । कम्पनीहरुका लागि भविष्यमा आउने प्रविधीहरुको झल्को हेर्न पाउनु र एबीबीका बिज्ञहरु सँग अन्तरक्रिया गर्न पाउनु भनेको राम्रो अवसरको रुपमा लिएका छन् ।

एनएमबी बैंकको लाभांश-१० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश

काठमाडौं । एनएमबी बैंकले ३० प्रतिशत लाभांश दिने भएको छ । बैंकले १० प्रतिशत बोनस सेयर र प्रतिशत नगद लाभांश दिन लागेको हो । मंसिर ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७४।७५ को नाफाबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । एनएमबी बैंकले गत आर्थिक बर्षमा एक अर्ब ८१ करोड रुपैंयाँ नाफा कमाएको थियो ।

अब त्रिभुवन विश्वविद्यालयको सूचना टेलिफोनबाटै प्राप्त गर्न सकिने

              काठमाडौं। अब देखि त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षा सम्बन्धि सूचना टेलिफोन मार्फत नै प्राप्त गर्न सकिने भएको छ । त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएको दुईवटा नम्बरमा विद्यार्थीले परीक्षा सम्बन्धि जानकारी लिन पाउने छन् । यसअघी फोन गरेर बुझ्ने प्रावधान परीक्षा नियन्त्रण कार्यालयमा थिएन। हरेक कामको बारेमा बुझ्नको लागि कार्यलयमै पुग्नुपर्ने, त्यसमाथि पनि सहि सूचना सम्प्रेषण नभएको कारणले पनि धेरैले दु:ख पाएका थिए। त्यसैले विद्यार्थीलाई सहि सूचना सम्प्रेषण गर्ने उद्देश्यले यस सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । विद्यार्थीले टेलिफोन नं ४६७२६३२ अथवा ४२८४१६९ मा संपर्क गरेर सुचना प्राप्त गर्नसक्ने छन्।

विरोधपछि नगरपालिका कर वृद्धिमा पछि हट्याे

काठमाडौँ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अस्वाभाविक रूपमा वृद्धि गरेको कर समायोजन गर्ने निर्णय गरेको छ । राजनीतिक दलको विरोधपछि कर वृद्धिमा नगरपालिका पछि हटेको स्रोतले जनाएको छ । बिशेष गरेर प्रतिपक्षी दलमा रहेको नेपाली काँग्रेससहितका सात राजनीतिक दलले संघर्ष समिति नै बनाइ अस्वभाविक रूपमा गरिएको कर वृद्धिको विरोधमा आन्दोलन चर्काएपछि नगरपालिका आफ्नु निर्णयबाट पछि हटेको हो । नेपाली कांग्रेस रत्ननगरका नगरसभापति रुपनराज घिमिरेले गत, असार १० गते सम्पन्न तेस्रो नगरसभाले वृद्धि गरेको एकीकृत सम्पत्ति कर नगरपालिकाको कात्तिक २८ गतेको विशेष नगरपरिषद्बाट घटाएको जानकारी दिए । विशेष नगरसभाले एकीकृत सम्पत्ति करसहित विभिन्न शीर्षकमा कर समायोजन गरेको घिमिरेले बताए । तेस्रो नगरसभाले एकीकृत सम्पत्ति करमा १६ सय प्रतिशत सम्म कर वृद्धि गरेपछि नेपाली काँग्रेस, राप्रपा, नेकपा माले, राप्रपा(प्रजातान्त्रिक), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा र नयाँ शक्ति पार्टीले गत साउन १४ गते संयुक्तरुपमा विरोधका कार्यक्रमहरु गरेका थिए । उनीहरुले करिव एक साता रिले अनशन समेत बसेका थिए । नगरपालिकाले सम्बोधन गरेको र बाँकी बुँदाहरु पनि दलीय स्वार्थभन्दा माथि उठेर वैज्ञानिक र व्यावहारिक दृष्टिकोण राखेर अघि बढ्न आग्रह गरे । संघर्ष समितिले नगरभित्रका पुराना सवारीसाधनलाई लिलामी नगरी अलपत्र छाडेको, भ्रष्टाचारविरुद्ध शून्यसहनशीलताको सिद्धान्तलाई आत्मसात् नगरेको, शिक्षा नियमावलीको मर्म र भावनाविपरीत विद्यालयमा हस्तक्षेप गरेकोलगायतका माग राखेको थियो । नगरको करको दर र दायरालाई वैज्ञानिक बनाउन कर विज्ञहरुले प्राविधिक विषयमा अध्ययन गरी सुझाव दिएका थिए ।

ब्रोकरको लाइसेन्स लिने प्रक्रियामा अघि बढ्यो सानिमा बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिमा व्यवस्था गरिएअनुरुप बैंकले सहायक कम्पनीमार्फत् शेयर ब्रोकेजको लाइसेन्स लिने प्रक्रियामा सानिमा बैंक अघि बढेको छ । उक्त कार्यका लागि बैंकले आगामी वार्षिक साधारणसभामा विशेष प्रस्ताव पेश गर्ने भएको हो । सानिमा बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २८ गते बिहीबारको दिन राष्ट्रिय सभाको हलमा बस्ने गरी साधारणसभा बोलाइएको छ । उक्त दिन बस्ने साधारणसभाले प्रस्तावित लाभांश पारित गर्नुका साथै दुई सञ्चालकको नियुक्ति समेत गर्नेछ । त्यस्तै, बैंकको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्त गर्ने लगायतका प्रस्तावहरु साधारण प्रस्तावअन्तर्गत साधारणसभामा पेश गर्नेछ ।