विकासन्युज

भिजि अटोमाबाइल्सको नयाँ स्कुटर ‘सुजुकी बर्गम्यान १२५’ को बिक्री शुरु, मूल्य २ लाख २९ हजार रुपैयाँ

काठमाडौं । नेपालको लागि सुजुकी टु ह्वीलर्सको आधिकारिक आयतकर्ता तथा वितरक भिजि अटोमोबाइल्स प्रा.लि.ले नयाँ स्कुटर ‘सुजुकी बर्गम्यान १२५’ लाई नेपाली बजारमा भित्र्याएको छ । सुजुकीको प्रिमियम स्कूटर समूहमा यो नयाँ संस्करण हो । सुजुकी बर्गम्यान १२५ नेपालमा रहेका सबै सुजुकीशोरुमहरुमा आजबाटसजिलै उपलब्ध छ । यो स्कुटरमा १४ इन्चको आकारको ठूला पाँग्राहरु र ट्युबरहित टायर छन् । सुजुकी बर्गम्यान १२५ मा७५०० आरपिएममा ८.७ बिएचपि उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसिको शक्तिशाली इन्जिन जडित छ । स्कूटरको अग्रभागमा डिस्क ब्रेक र पछाडिपट्टी ड्रम युनिट रहेका छन् । सुजुकी बर्गम्यान १२४.३ मा रहेको इन्धन ट्याँकमा ५.६ लिटर इन्धन अट्ने क्षमता रहेकाे छ । यसैगरी, यो म्याक्सी स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् भनें हावाको बहाव फेर्ने, क्रोम फिनिसिङ, मध्यवर्ती लक प्रणाली, युएस बिचार्ज गर्ने स्थानएवं पञ्जा राख्ने खण्ड जस्ता विविध सुविधाजनक विशेषताहरु पनि अवस्थित छन् । यो स्कूटर सबै १२५ सिसिका स्कुटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापित हुन सक्दछ । नेपालमा आज(शुक्रबार)बाट बिक्री शुरु भएको यस स्कुटरको मूल्य २ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

उत्साह जगायो इलामको अदुवाले, मेसिनकाे प्रयोगले उत्पदान क्षमतामा ५० प्रतिशत बृद्धि

इलाम नगरपालिका ८ निवासी उषा निरौला केहि समयअघि महिला अधिकार सम्बन्धीका विभिन्न कार्यक्रममा बढि समय दिन्थिन् । बचेको समय आफैले संचालन गरेको इलाम अदुवा प्रसोधन उद्योगमा बिताउथिन् । तर, अहिले उनलाई आफ्नो उद्योगमा नै काम भ्याइनभ्याई छ । डेनमार्क सरकारको सहयोगमा संंचालित उन्नती परियोजनासंगको सहकार्यमा उद्योगलाई आवश्यक पर्ने पाँच किसिमका उपकरण खरिद गरेपछि उनको उद्योगको उत्पादन क्षमता बढ्यो र यसका लागि उनले समय पनि बढाउनु पर्यो । उनी भन्छिन्–“पहिले मेसिन नहुदा एक जनाले एक दिनमा ५ केजी अदुवाको काम गर्न सकिन्थ्यो, अहिले मेसिन प्रयोग गरेपछि एक जनाले दिनमा २० केजी सम्मको काम गर्न सकिन्छ । यसले गर्दा स्वभाविक रुपमा आफूले बढि समय दिनै पर्ने हुन्छ । त्यसैले अहिले उद्योगमा नै बढि समय बित्छ ।” इलाम प्रसस्त अदुवा उत्पादन हुने जिल्ला हो । यसमध्ये पूर्वी पहाडका सात जिल्लाहरु (इलाम, पाचथर, ताप्लेजुंग, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर) मा हाल ५ हजार हेक्टर भन्दा बढि जमिनमा अदुवा खेती गरी वार्षिक करिव ७० हजार टन अदुवा उत्पादन हुन्छ । त्यसमध्ये सबै भन्दा बढि इलाममा साढे ६ सय हेक्टर बढी जमिन अदुवा खेती गरिन्छ र ४६ हजार टन भन्दा बढी अदुवा उत्पादन हुन्छ । यी सात जिल्लामा उन्नती परियोजना संचालित छ । उत्पादन भएको अदुवा प्रसोधन गर्ने ठूलो उद्योग नेपालमा नभएका कारण यसको बिक्रीका लागि अझै पनि भारतीय बजारमा नै निर्भर हुनु परेको छ । यस्तो अवस्थामा उषाले संचालन गरे जस्ता उद्योगले एउटा नमूना प्रस्तुत गरिरहेका छन् कि साना–साना उद्योग संचालनबाट पनि अदुवाका तयारी उपभोग्य वस्तु बनाउन सकिन्छ र यसले केहि मात्रामा भए पनि किसानहरुको अदुवा नेपाली बजारमै खपत गर्न सकिन्छ । उनको अनुभवलाई सिकाइलाई आधार मान्ने हो भने अदुवा प्रसोधन गर्दा सबै भन्दा बढी समय अदुवा पखाल्ने, यसको बोक्रा फाल्ने र चाना पार्ने काममा लाग्छ । तर अहिले यी सबै कामका लागि मेसिन प्रयोग गर्दा उद्योगको उत्पदान क्षमतामा ५० प्रतिशत भन्दा बढि बृद्धि भएको र ८० प्रतिशतसम्म समय बचत भएको छ । अदुवा प्रसोधन प्रक्रियामा अर्को संवेदनशील पक्ष भनेको यसलाई सुकाउने काम हो, उषा भन्छिन् । पहिले अदुवाका परिकार सुकाउनका लागि घाममा निर्भर हुनु पर्ने बाध्यता थियो तर छिनछिनमा हुने मौसमी परिवर्तनले सुकाउने प्रक्रियामा बाधा व्यवबधान खडा हुने गर्दथ्यो । अहिले उनीसंग सुकाउने मेसिन पनि छ । यसले गर्दा काम गर्न निकै सजिलो भएको छ । यस बारेमा उनी भन्छिन् “इलाम मौसम परिवर्तन भइरहने ठाउँ हो । त्यसैले पहिले त कतिपय समयमा घाम नलागेर अदुवाका तयारी परिकारहरु खेर गए । अर्को कुरा चिनी राखेर बनाइने क्याण्डी सुकाउदा माहुरीले यसको रस चुसेर क्याण्डी नै काम नलाग्ने बनाउने गर्दथ्यो । यस किसिमका धेरै समस्या भोगेकोले उत्पादनको मात्रा र गुणस्तर निकै कम थियो । अहिले मेसिनको प्रयोग पछि यी दुबैमा धेरै बृद्धि भएको छ जसले गर्दा पहिला मासिक २ देखि ३ लाख रुपैयाँको कारोबार हुने गरेको मेरो उद्योगमा अहिले मासिक साढे पाँच लाख रुपैयाँको कारोबार हुन्छ । मेसिनमा आधारित उत्पादन भएपछि यसको बजार माग पनि बढेको छ । मलाई त कतिपय वस्तुमा बजार माग पुरा गर्नै गाह्रो परेको छ ।” उन्नती परियोजनाबाट उनले १४ लाख रुपैयाँ सहयोग पाइन् र सोही परिमाणको लगानी आफूले पनि थपेर पाँच किसिमका उपकरणहरु खरिद गरिन् । पहिले उनको उद्योगमा मासिक पाँच सय केजी अदुवा खपत हुने गरेकोमा अहिले मासिक दुई हजार देखि तीन हजार के जीसम्म खपत हुन्छ । उद्योगको यो क्षमता बढेपछि अहिले इलामका किसानले उत्पादन गरेको २४ हजारदेखि ३६ हजार केजी सम्मको अदुवा उनको उद्योगले खरिद गर्न सक्ने भएको छ । उनको अनुभवमा गुणस्तरीय अदुवाका उत्पादनको बजार पनि प्रसस्त भएकाले यस्तै साना उद्योग मात्र पनि विभिन्न स्थानमा संचालन गर्न सकियो भने किसानहरुले उत्पादन गरेको केहि अदुवा नेपालमै खपत गर्न सकिन्छ । अदुवाका उत्पादनमा कच्च अदुवामा भन्दा करिव ५० प्रतिशत भन्दा बढि मूल्य थपिने भएकाले यसको लाभ नेपालमा लिन सकिने उषाको भनाई छ । अहिले हामीले यो कच्चा अदुवा भारतमा निर्यात गर्दा यो संभाव्य मूल्य गुमाइरहेका छौ । उषाले भविष्यमा आफ्नो उद्योगलाई थप मजबुत बनाउदै अझ धेरै किसिमका उत्पादनहरु बढाउने र बजार विस्तार गर्ने योजना बनाएको बताइन् । तालिमले सघायो उत्पादन बढाउन उन्नती परियोजनाले मूल्यश्रृंखला कृषि उपजमा अदुवालाई राम्रो संभाव्यता भएको वस्तुमा राखी किसानस्तरमा पनि कार्यक्रम गरेकाले यो प्रयासले अदुवा उत्पादनमा पनि बृद्धि भएको छ । ईलाम नगरपालिका सोयाकका किसान गुन्जमान बस्नेत भन्छन्, “मैले अदुवा खेती गर्न थालेको ३० वर्ष बढि भयो तर मलाई जहिले पनि अदुवाको गाना कुहिने रोगले सतायो । पोहोर साल म सहित तीन सय बढि किसानले अदुवा खेती सम्बन्धी तालिम लियौं । तालिममा सिके अनुसार खेति गर्दा यस पटक अदुवा पनि कुहिएन, उत्पादन पनि करिब २० प्रतिशत बढ्यो । त्यति मात्र होइन हाम्रो गाउसम्म उन्नतीले मोटर बाटो पनि बनाइदिएको छ । यसले गर्दा ब्यापरीहरु हम्रै घरआगनमा अदुवा लिन आउँछन्, मूल्य पनि बढि पाएका छौ । पोहोर साल प्रति मन (चालिस केजी ) आठ सय रुपैयाँमा अदुवा बेच्नु पर्यो । तर यस पटक भने घरमै आएर व्यापरीले प्रति मन २२ सय रुपैयाँमा खरिद गरेका छन् ।” किसानहरुको भनाइ अनुसार सधै एकै किसिमको भाउ पाइन्छ भन्ने ग्यारेन्टी छैन, तर पनि बाटोको सुविधा भएकाले पहिले भन्दा राम्रो हुन्छ र बजार समस्या हुदैन भन्ने आशा बढाएको छ । अर्का किसान टीका धिताल पनि बस्नेतको कुरामा सहमत हुदै भन्छन् , अदुवाको बजार भाउको स्थायी समाधान नेपालमै प्रसोधन गर्ने हो । तर यहाँ बनाएको बाटो र हामीले पाएको तालिम अदुवा किसानका लागि ठूलो र प्रत्यक्ष राहत बनेको छ । उन्नती परियोजना संगको सहकार्यमा तीन सय स्थानीय किसानहरुलाई तालिम दिएका सिंहदेबी कृषि सहकारी संस्था लि. का अध्यक्ष तेज बहादुर घोर्सांई भन्छन्, तालिम पाएका मध्ये ९० प्रतिशत किसानहरुले १५ देखि २० प्रतिशत उत्पादन बढाएका छन् । अदुवाको उत्पादन बढेकोले भविष्यमा यो सहकारीले अदुवा प्रसोधनको सोच पनि बनाएको छ । यदि अदुवा प्रसोधन गर्न सकियो भने हाल बिक्रि भएको कच्चा अदुवालाई कैयौ गुणा बढि मूल्य पर्ने उत्पादन बनाएर बजार पुर्याउन सकिन्छ । उन्नती संग काम गर्दा हामीलाई भविष्यमा अदुवा प्रसोधन गर्ने उर्जा र उत्साह पनि पलाएको छ । उत्पादन, प्रसोधन र सडक पूर्वाधार अदुवाको विकासका आधारभूत र अन्तरसम्बन्धित् विषय भएकोले यी सबै पक्षलाई जोडेर काम गर्दा यसले अदुवको विकासमा सहयोग पुग्ने किसानहरुको भनाइ छ । नेपालमा अदुवा खेतीमा करिव दुई लाख ७० हजार बढी कृषकहरु संलग्न छन् । देशभर झण्डै २२ हजार हेक्टर जमिनमा दुई लाख ७१ हजार मेट्रिक्टन भन्दा बढी अदुवा उत्पादन हुन्छ ।

जञ्जिरले बाँधेकाे उमाकान्त चाैधरीको जवानी

सप्तरी । पूरै जवानी फलामे साङ्लो (जञ्जिर) मा बाँधिएरै बित्यो । उनकै अगाडि बाँधिएका पशुचौपायालाई चर्न दिन बेला–बेलामा खोलिन्छ तर, १२ वर्षअघि बाँधिएका सप्तरीको अग्नीसाइर कृष्णसवरण–१, घोघींदाहा भवानीपुरका ४७ वर्षीय उमाकान्त चौधरीले त्यस्तो अवसर पाएका छैनन् । घोंघीदाहाकी ४१ वर्षीया सुशीलादेवी चौधरीले नै आफ्ना श्रीमान्लाई १२ वर्षदेखि फलामे साङ्लोको हतकडी लगाएर राखेकी हुन् । क्षणभरमै रिसाउने, कराउने, मान्छेलाई देख्नासाथ छोप्ने, कुट्ने, मान्छेमाथि ढुङ्गा फ्याक्ने, जे भेट्यो त्यसैले हिर्काउने गर्न थालेपछि आजित भएर श्रीमतीको आग्रहमा गाउँलेहरुले नै हतकडी लगाएको र त्यो नखोलिएको सुशीलाले बताइन् । मानसिक रोगबाट पीडित बनेका उमाकान्तले एकपटक आफ्नी आमाको हात नै भाँचिदिए । एकपटक घाँस काट्ने हँसियाले खसीको गर्दन रेटे र कान काटेर पोलेर खाए । बाटो हिँड्नेलाई लाठी, ढुङ्गाले हिर्काउने, छरछिमेक र परिवारमै पनि दुःख दिने गर्न थालेपछि परिवारले नै उनलाई २०६३ सालमा बन्धक बनाएको भतिजी ललिता चौधरीले जानकारी दिइन् । उमाकान्तलाई राख्न घर अगाडि फोहर बग्ने नालामाथि टिनको पाताले छाएको सामान्य टाँटीले बेरेको खुला कटेरो बनाइएको छ । हतकडीमा बाँधिएका उमाकान्तको शरीरमा जुनसुकै मौसममा पनि एउटा कट्टु बाहेक केही हुँदैन । जाडो मौसममा पनि नाङ्गै शरीरमा रहनुपर्ने उनलाई ओढ्नका लागि एउटा मैलो सिरक छ । घरबाहिर एउटा खाट अट्ने खुला सानो कटेरोमा रहेको चिसो खाली खाटमा उनी बस्छन्, सुत्छन् । हथकडीले गर्दा उभिन भने सक्दैनन् । त्यही छाप्रो नै उनको संसार हो । दिसापिसाब पनि छाप्रोभित्रै गर्छन् । तल बग्ने गरेको फोहर नाली छिमेकीले बन्द गरिदिएका छन् । कपाल, दाह्री, नङ्ग १२ वर्षदेखि काटिएका छैनन् । हातमा लगाइएको हतकडी पनि १२ वर्षदेखि खोलिएको छैन जसले गर्दा उनको बायाँ हातमा गहिरो घाउको दाग नै बनेको छ । कसैले भनेको नमान्ने, बाटोमा हिँड्ने, छरछिमेकी देख्नासाथ पिट्ने, ढुङ्गामुढा गर्ने, परिवारका सदस्यलाई देख्नै नहुने, जे भेट्यो त्यसैले आक्रमण गर्ने भएपछि १२ वर्ष अघिदेखि उनलाई घरअगाडि कटेरोमा बाँधेर राखिएको हो । उनकै अगाडि बाँधिएका खसीबाख्रा बेलाबेलामा खोलिए पनि उनको हातमा लागेको हतकडी १२ वर्षदेखि खुलेको छैन । छाप्रो नजीक रहेको उनको घरमा श्रीमती र तीन छोरी बस्छन् । घोघींदाहाका टुरन र पल्टीदेवी चौधरीका दुई छोरामा उमाकान्त जेठा हुन् । बुबाआमा छुट्टै घरमा कान्छा रमाकान्तसँग बस्छन् । ठिक हुँदासम्म सगोलमै रहेका उनको मानसिक सन्तुलन गुमेपछि उमाकान्तकै ढिपीले अलग भएका हुन् । खेत रुग्न बस्दा रातभरी आँखा नझिम्काई जाग्राम बस्ने गरेका उनी विस्तारै बिरामी पर्दै गएको आमा पल्टीदेवीले बताइन् । शुरुका दिन साङ्लो चुँडालेर भाग्ने प्रयत्न असफल भएपछि उनी श्रीमतीलाई बेलाबेला हतकडी खोली दिन आग्रह गर्छन् । कुनै बेला त खोलिदिउँ झै पनि लाग्छ रे सुशीलालाई तर, खोल्नासाथ कुनै अप्रिय घटना हुने डर छ । साङ्लोको डाम देब्रे हातमा मज्जैले गढेर घाउ नै भएको छ  । सुशीलाले बिहान–बेलुका पाकेको भात लगिदिन्छन् । खान मन नलागे झिङ्गा भन्किरहेका हेर्छन्, भोक लागे खान्छन् । सामाजिक परम्पराअनुसार २०५४ सालमा विवाह हुनु अगावै उमाकान्तमा मानसिक समस्या देखिइसकेको रहेछ । एकहोरो टोलाएर बस्ने, भांैतारिएर हिँड्ने, एक्लै कुरा गर्ने, रिसाउने, कराउने गर्थे । आमाबुबाले थाहा पाएर ‘माइतमै बस, घर जानुु पर्दैन, अर्को विवाह गरिदिउँला’ पनि भनेका थिए तर, सुशीलाले ‘एकपटक जोसँग विवाह भयो उसैसँग जीवन बिताउने’ भन्दै आँट गरिन् । सुशीला भन्छिन् – “बुबा बनेर कमाएर ल्याउँछु, आमा बनेर पकाएर खुवाउँछु ।” ज्याला मजदुरी गरेर नै सुशीलाले तीन छोरी हुर्काइन् । तीनै छोरी घरनजीकैको विद्यालयमा पढ्छन् । कक्षा १० मा अध्ययनरत कान्छी छोरी १३ वर्षीया दिपीकालाई त उनका बुबाले बोक्न पनि पाएका छैनन् । दिपीका जन्मेलगत्तै जञ्जिरमा बाँधिएकाले दिपीकाले बुबाको माया अनुभव गर्न पाइनन् । कक्षा ३ मा पढ्दादेखि नै उनी पनि आमासँगै जङ्गलबाट दाउरा बोकेर ल्याई बेच्ने गर्थिन् । तीन छोरी हुर्काएकी सुशीलाको घरपरिवारमा पुरुष मान्छे अभिभावक नहुँदा घरपरिवार र व्यवहार धान्न उनलाई समस्यै समस्या छ । “छोरीहरुको आमा पनि मै, बुबा पनि मै,” सुशिला भन्छिन् – “मजदुरीका सबै काम पुरुषले झै गरे पनि ज्याला भने कम पाइन्छ ।” सङ्घर्षपूर्ण जीवनले सुशीलालाई सबै काम गर्न सिकाएको छ । उनी खेतीको कामदेखि निर्माण मजदुरको कामसमेत गर्छिन् । सबै काम पुरुषले झै गरेपनि ज्याला भने कमै पाउँछिन् । धान रोप्ने, काट्ने गर्दा दैनिक तीन सय र निर्माण मजदुरी गर्दा चार सय रुपैयाँ मात्र पाइने गरेको उनी सुनाउँछिन् । बाँदरले हैरान गरेपछि आफ्नो तीन कठ्ठा खेतमा यसै वर्ष आँपको बिरुवा लगाएकी सुशीलाले शम्भु साहको चार कठ्ठा खेत बटिया (अँधिया) गर्छिन् । घरपरिवारले उपचार गराए, धामीझाँक्री पनि देखाए । उपचार गर्न लगेको अस्पतालबाटै भाग्ने, डाक्टरको सल्लाहबमोजिम औषधि नखाने र रातभरी सुत्न छाडेपछि उनको मानसिक अवस्था गम्भीर बन्दै गयो । युवावस्थामा बलिया र सुन्दर रहेका उमाकान्त मानसिक रोगबाट पीडित भएपछि पशु झै जीवन बिताउँछन् । “युवा उमेरमा घरखेतको सबै काम गर्ने बलिया र गाउँकै सुन्दर युवक थिए,” उनका ठूलो बुबा ढोढन दास सम्झनुहुन्छ – “उपचार हुन नसकेपछि उमाकान्तको पूरै जवानी बन्धनमै बित्यो ।” “लामो समय भएकाले उपचारमा निकै खर्च हुन्छ होला,” वडाध्यक्ष सुशीलकुमार चौधरीले भने – “उपचार गराउन आर्थिक समस्याका साथै कहाँ लैजाने, कसले लैजाने भन्ने विषयमा पनि समस्या छ ।” चार कठ्ठा खेत अँधियामा गरी बाँकी समय ज्याला मजदुरी गरिरहेकी सुशीलालाई घरखर्च चलाउनै हम्मे छ । उपचारका लागि आफ्नो सामथ्र्य नभएको सुशीलाको भनाइ छ । “आफ्नो त जीवित भएर पनि बुबा नभए झै छ,” जेठी छोरी अस्मिताले अनुरोध गरिन् – “पशुभन्दा नारकीय जीवन बिताइरहेका बुबाको उपचारका लागि कुनै उपाय भए सहयोग गरी दिनुहोस् ।”

धुलिखेल अस्पतालमा सौर्य प्रणाली सञ्चालन

काठमाडौँ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु नौ करोड अनुदान सहयोगमा धुलिखेल अस्पतालले ३३५ किलोवाट क्षमताको सौर्य प्रणाली सञ्चालनमा ल्याएको छ । सो प्रणालीको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरेका छन्। अस्पतालमा नवीकरणीय ऊर्जाको प्रयोगलाई बढावा दिने लक्ष्यका साथ अस्पतालले सौर्य प्रणाली जडान गरेको हो । अस्पतालले सो प्रणालीको क्षमता बढाएर एक मेगावाट पु¥याउने लक्ष्यसमेत राखेको छ । कूल लागतमध्ये केन्द्रले ८० प्रतिशत अनुदान उपलब्ध गराएको हो भने बाँकी २० प्रतिशत काठमाडौँ विश्वविद्यालय र अस्पतालले नै जुटाएको हो । सो परियोजनामा हालसम्म करीब रु १२ करोड खर्च भएको छ । अस्पतालले दुई चरणमा गरेर सौर्य प्रणाली जडान गरेको हो । पहिलो चरणमा १७५ किलोवाट र दोस्रो चरणमा १६० किलोवाट क्षमताको सौर्य ऊर्जा उत्पादन गरिएको छ । निकट भविश्यमा सौर्य प्रणालीलाई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जडान गर्ने तयारीसमेत गरिएको काठमाडौँ विश्वविद्यालयका स्कूल अफ मेडिकल साइन्सका डिन प्रा डा राजेन्द्र कोजूले जानकारी दिए। सो अवसरमा मन्त्री पुनले सरकारले जलविद्युत् आयोजनाको विकास र प्रवद्र्धनसँगै नवीकरणीय ऊर्जालाईसमेत अगाडि बढाइएको बताए। सरकारले हरेक घरलाई ऊर्जा घरको नारासमेत अगाडि सारेको सन्दर्भमा अस्पतालले उदाहरणीय काम गरेको उल्लेख गर्दै उहाँले अन्य क्षेत्रमा समेत सौर्य प्रणालीको जडानमा विशेष सक्रियता देखाउनुपनमा जोड दिए। मन्त्री पुनले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सो विषय समावेश गरिएको उल्लेख गर्दै नेपालले विकास र समृद्धिका लागि यस क्षेत्रमा नमूनायोग्य काम गरिरहेको बताए। ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सबै नेपालीलाई यसमा जोड्ने कार्ययोजनाका साथ सरकार लागिपरेको पनि उनले बताए। काठमाडौँ विश्वविद्यालयका उपकूलपति डा रामकण्ठ मकाजूले आफूहरुले वैकल्पिक ऊर्जालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको र सरकारबाट यसमा थप सहयोग रहने विश्वास व्यक्त गरेका छन्। सौर्य प्रणालीलाई थप विस्तार गरेर एक मेगावाट बनाइदिन आग्रह गर्दै उनले त्यसबाट अस्पतालको आवश्यकता परिपूर्ति हुने धारणा व्यक्त गरेका छन्। विश्वविद्यालयले प्राधिकरणको विद्युत्गृहका रुपमा परिचित पनौतीमा रहेको विद्युत् केन्द्रलाई संरक्षण गर्दै अध्ययन केन्द्र बनाउन यसअघि नै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकालले वैकल्पिक ऊर्जाका विषयमा अध्ययन गर्ने विद्यार्थीका लागिसमेत परियोजना महत्वपूर्ण अध्ययन सामग्री भएको बताए। उनले विश्वविद्यालय र अस्पतालले शिक्षा र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै आगामी दिनमा प्राधिकरणको प्रसारण प्रणालीमा समेत जोड्ने भन्ने कार्ययोजनाले विद्यार्थीलाई थप अध्ययन सामग्री बन्ने स्पष्ट पारेका छन्। केन्द्रले यसअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत सौर्य प्रणालीको जडानमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ । त्यस्तै नवलपरासीमा एक मेगावाट क्षमताको सौर्य प्रणाली जडानका लागि पनि केन्द्रले सहयोग उपलब्ध गराएको छ । रासस

पत्रकार प्रतिपक्षी दल होइन, सरकारलाई आलोचनात्मक सहयोग गर्नुस् : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले पत्रकारहरु प्रतिपक्षी दल नभएको भन्दै उनीहरुलाई सरकारले गर्ने हरेक काम कारबाहीको निगरानी गर्दै राम्रो र नराम्रा दुवै पक्षलाई उत्तिकै पश्रय दिएर समाचार लेख्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को चौथो महासभालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले पत्रकारहरुमा विज्ञापनदाता बाहेक अरुलार्इ विरोधमात्र गर्ने प्रवृत्ति रहेको भन्दै आलोचनात्मक सहयोग गर्नुपर्ने टिप्पणी गरे । नेपाल आर्थिक पत्रकार संघको चौथो महासभा राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा चलिरहेको छ । महासभाले यसअघिको समितिलाई विस्थापन गर्दै नयाँ कार्यसमिति गठन गर्नेछ । आर्थिक क्षेत्रका पत्रकारहरुको हित र उनीहरुको क्षमता तथा वृत्ति विकासमा सहयोग पुर्याउने उद्देश्यले करिब १० वर्षअघि उत्त संस्था स्थापना भएको थियो । उद्घाटन सत्रलाई अर्थमन्त्री खतिवडाले सम्बोधन गरेसँगै नाफिजको बन्दसत्र सुरु भएको छ । उक्त सत्रले पलाधिकारीहरु चयन गरेसँगै समापन समारोह आयोजना गर्ने र उक्त समारोहमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ ।

‘भारतले मापदण्ड पुरा नभएको औषधी निर्यात गरिरहेको छ’, उपचार गराउँदा झनै राेगी बन्दै नेपाली

काठमाडौं। भारतबाट निर्यात हुने अाैषधिहरु मापदण्ड पूरा नहुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएकाे छ । डब्लुएचअाेले केही दिनअघि प्रकाशित गरेकाे तथ्याङ्कका अनुसार भारत सबैभन्दा धेरै गुणस्तरहीन अाैषधि निर्यात गर्ने देश रहेकाे समेत उल्लेख गरेकाे छ । रिपाेर्टले भनेको छ, भारत विश्वकै सबैभन्दा ठूलाे अाैषधि निर्यातकर्ता हाे तर उसले निर्यात गर्ने कम्तिमा १० प्रतिशत अाैषधिले न्यूनतम अन्तराष्ट्रिय मापदण्ड समेत पूरा गरेकाे हुँदैन । त्यस्ताे अाैषधिहररु कति नक्कली हुन्छन् भने कतिकाे म्याद सिद्धिएको, बिग्रिएको, अावश्यकताभन्दा बढी वा कम मात्रा भएकाे र नक्कली प्याकेजिङ र लेबलिङ गरिएकाे समेत भएको पाइएकाे छ । विशेषगरी एन्टिबायोटिक्स, गर्भनिराेधक अाैषधि, खाेकी र दुखार्इसम्बन्धी अाैषधिमा अत्यधिक मात्रामा त्यस्ताे कैफियत भेटिएकाे समेत  डब्लुएचअाेले जनाएकाे छ । त्यस्ता अाैषाधिहरु विशेषगरी मध्यम र कम अाय भएका मुलुकहरुमा निर्यात गर्छ । भारतले निर्यात गर्ने यस्ता नक्कलीहरुकाे औषधीको बजार हिस्सेदारी एशिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुकहरुमा बढी पठाइने गरेकाे समेत रिपाेर्टमा उल्लेख छ ।   यी क्षाेत्रहरुमा भारतले कुल निर्यातकाे ३० प्रतिशत अाैषधि पठाउँछ। नक्कली र मापदण्ड पुरा नभएका भएका औषधिहरु कमजोर सरकार,कमजोर टेक्नोलोजीको र गुणस्तरीय औषधिको बारेमा अनविज्ञताका कारण अल्पविकसित र विकासाेन्मुख राष्ट्रहरूमा विक्री गर्न सजिलाे हुने भएकाेले त्यस्ताे देशमा पठाइने दाबी समेत गरेकाे छ ।  खोकीको लागि प्रयोग हुने भारतले पठाएकाे सिरप नामक अाैषधि खाएर पाराग्वे र पाकिस्तानमा हजाराैं मानिस बिरामी भएको  तथ्य समेत रिपोर्टले प्रस्तुत गरेको छ। अनुसन्धान पछि उक्त सिरपमा प्रयोग भएको डक्स्रोम्रोथोरफन भारतबाट आयात भएको भनेर पत्ता लागेको थियो। त्यस्ताे अाैषधिमा प्रयाेग भएकाे मार्फिन अावश्यकताभन्दा पाँच गुणा बढी थियाे । अाैषधिकाे ढुवानी र भण्डारणका सन्दर्भमा समेत डब्लुएचअाेले भारतकाे रवैयामा असहमति जनाएकाे छ । अाैषधि अायात तथा निर्यात गर्दा समेत त्यसमा उपयुक्त प्रकाश र तापक्रम मिलाउनुपर्नेमा त्यसाे हुन नसकेकाे बताएकाे छ । त्यस्ता औषधीभण्डारण गर्ने डिलरहरु न त कानूनी रुपमा अनुमतिप्राप्त हुन्छन्, न त गुणस्तरीय । र, यसलाई रोक्न कुनै प्रकारको कानुन पनि छैन। उपचार गर्दा झन् राेगी बन्दै नेपाल नेपालले बार्षिक रुपमा बीसाैं अर्बकाे अाैषधि अायात गर्दै अाएकाे छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रकाे तथ्याङ्क अनुसार चालु अार्थिक वर्षकाे पहिलाे चाैमासमा कुल १० अर्ब २८ कराेडकाे अाैषधि अायात गरेकाे छ, याे हिस्सा गत अार्थिक वर्षकाे साेही समयभन्दा १४ प्रतिशत बढी हो । अघिल्लाे अार्थिक वर्षमा कुल २७ अर्ब २८ कराेड बराबरकाे अाैषधि अायात भएकाे थियाे । नेपालमा अायात हुने अाैषधिकाे अधिकांश हिस्सा भारतकाे रहने गरेकाे छ । मध्य अाय भएकाे गरिब राष्ट्रमा पर्ने नेपाल विश्व स्वास्थ्य संगठनकाे रिपाेर्टअनुसार गुणस्तरहीन अाैषधि निर्यात हुने प्रमुख देशहरुमध्ये एक हो । अझ सामरिक रुपमा नजिक रहेकाे नेपालमा यस्ताे सम्भावना अत्यन्त बढी छ । नक्कली अाैषधिकाे प्रयाेगले तत्काल राेग निको हुने भए पनि दीर्घकालमा यसले ठूला र जटिल राेगकाे कारक बन्ने गरेकाे विज्ञहरु बताउँछन् ।

ओरेन्टलपीडितको रकम फिर्ता गर्न २ लाख ३३ हजार कित्ता शेयर लिलामी गरिँदै

काठमाडौं । समस्याग्रस्त ओरेन्टल कोअपरेटिभ लिमिटेडका तात्कालिन दुई कर्मचारीले खरिद गरेको शेयर लिलामी गरी बचतकर्ताहरुको रकम फिर्ता गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रक्रिया अघि बढाएको छ । संस्थाका कर्मचारीहरु नितु थापा बस्नेत र राजेश श्रेष्ठले खरिद गरेको ग्लोबल आईएमई बैंकको क्रमशः ४७ हजार ५९ कित्ता र १ लाख ८६ हजार ६११ कित्ता गरी कुल २ लाख ३३ हजार ६७० कित्ता शेयर लिलामी बढाबढमा बिक्री गरी आएको रकम फिर्ता गर्ने तयारी गरिएको हो । उक्त शेयरमध्ये ६३ हजार ३८८ कित्ता शेयर साधारण शेयर हो भने बाँकी संस्थापक समूहको शेयर हो । समितिले उक्त शेयर जफत नगर्नुपर्ने कारण भए सात दिनभित्र प्रमाण पेश गर्न आग्रह गरेको छ । यद्यपि, लिलामी गर्न लागिएकाे उक्त शेयर कुल बचतकाे नगन्य हिस्सा मात्र हाे । बचतकर्ताहरुको बचत फिर्ता समेत गर्न नसकेपछि अघिल्लो वर्षको कात्तिकमा सहकारी तथा गरिबी निवारण मन्त्रालयले ओरेन्टल सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यसको दुई महिनापछि मन्त्रीपरिषद्ले समस्याग्रस्त सहकारीहरुको व्यवस्थापन गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी समितिलाई नै त्यस्तो व्यवस्थापन गर्न जिम्मा दिएको थियो । उक्त सहकारीमा ११ हजार भन्दा बढी बचतकर्ताका साढे ५ अर्ब भन्दा बढी बचत फसेको थियो । उक्त संस्थामा सुधीर बस्नेत अध्यक्ष थिए । उनले हाउजिङ व्यवसायमा असाधारण लगानी गरेका थिए । हाउजिङ क्षेत्रमा आएको मन्दीसँगै उनी बचतकर्ताको रकम समेत फिर्ता गर्न नसक्ने अबस्थामा पुगेपछि सहकारी बन्द गरेका थिए ।

ग्रिन टि खाने कि ब्ल्याक टि?

काठमाडौं। ‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ एउटै चियाको बोटका पातबाट बनाइन्छन् तर यी दुई बिचमा निकै भिन्नता हुन्छ। बिभिन्न अनुसन्धानले धेरैजस्तो चियाको फाइदाहरु उस्तै हुने बताउँछ। तापनी ग्रिन टी र ब्ल्याक टीका केही मुख्य फाइदाहरु भने केही फरक छन्। ग्रिन टीः एउटै पातबाट बन्ने भएतापनि ‘ग्रिन टी’, ‘ब्ल्याक टी’ जस्तो ‘फर्मेन्टेसन’ प्रक्रियाबाट गुज्रदैन, अर्थात ‘ब्ल्याक टी’ झै ‘ग्रिन टी’ बनाउँदा ‘अक्सिडेसन’ प्रक्रिया भएको हुदैन। त्यसैले ग्रिन टीमा ‘इजीसीजी’ नामक एक ‘एन्टीअक्सिडेन्ट’ पाइने हुन्छ जसले क्यान्सर र कार्डियोभास्कुलर (मुटु र रक्तवाहिनी नली) सम्बन्धि रोग प्रतिरोधमा सहयोग पुर्याउँछ। अक्सिडेसन नहुनाले ग्रिन टीमा धेरै ‘पोलीफिनोल्स’ सुरक्षित हुने विश्वास गरिन्छ। जसले तौल घटाउन गरिने कसरत अनि ‘डाएट’ संगैसंगै काम गर्छ। दिउँसोको आरामको समय र बेलुकाको ध्यानको समयमा ग्रिन टीलाई निकै लाभदायक मानिन्छ। यो कम ‘एसिडिक’ हुने हुनाले पेटका अम्ल (एसिड) हरुलाई सफा गर्ने काम पनि गर्छ। शुद्ध अर्गानिक ग्रि टीको ‘डिटोक्सीफाइङ इफेक्ट’ ले छाला चम्काउनुको साथै रोग प्रतिरोध गर्ने क्षमतालाई बढाउँछ। ब्ल्याक टीः यो चिया बनाउँदा फर्मेन्टेसन हुने भएकाले यसमा ग्रिन टीको जस्तो ‘एन्टीअक्सिडेन्ट’ पाइदैन। कफिमा पाइने क्याफिन ब्ल्याक टीमा पनि पाइन्छ, तर केही थोरै मात्रामा। क्याफिनले शरिरमा पानीको मात्रा कायम गर्न मद्धत गर्छ। साथै मष्तिष्कमा रगतको बहाव बढाउन मद्धत गर्छ अनि ब्याक्टेरियासंग ‘फाइट’ गर्ने एन्टीअक्सिडेन्टको कारणले प्रतिरक्षा प्रणालीलाई पनि मजबुत बनाउँछ। ब्ल्याक टीले ध्यान अनि दिमाग केन्द्रित गर्न मद्धत पुर्याउँछ। ब्ल्याक टी र कफि बढी एसिडिक हुन्छ। तर मनतातो ब्ल्याक टीमा कागती राख्नाले शरिरलाई हानिकारक ती एसिड घुलाइदिन्छ। चिया बनाउँदा फरक फरक चियापत्ती एकै ठाँउमा प्रयोग गर्न हुदैन। पानीलाई अत्याधिक उमाल्न हुदैन। ग्रिन टीलाई अत्याधिक उमाल्दा त्यसबाट पाइने फाइदा लिन सकिदैन