शाश्वत धाममा २० लाख दर्शनार्थी, धार्मिक पर्यटककाे लागि नयाँ गन्तव्य
काठमाडौं । नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा २० लाख भक्तजनले दर्शन एवं अवलोकन गरेका छन् । संचालनमा आएको २० महिनाको अवधिमा २० लाख भक्तजन एवं धार्मिक पर्यटक शाश्वत धाम पुगेका हुन् । सरकारले वेस्ट टुरिष्ट डेस्टिनेशनका रूपमा शाश्वत धामलाई अवार्ड दिइसकेको छ । नेपालमा पछिल्लो समयमा शाश्वत धाम सर्वाधिक लोकप्रिय गन्तव्य बनेको छ । शाश्वत धाममा स्वदेशी एवं विदेशी पर्यटकहरूको ओइरो नै लागेको छ । मंसिर २१ गते विहान ११ बजे हेटौडा नगरपालिका वडा नम्बर ४ पारिजात पथकी ७६ बर्षिया बृद्धा लोकलक्ष्मी आचार्य २०औं लाख दर्शनार्थीका रुपमा शाश्वत धाम प्रवेश गरेकी छिन् । उनलाई शाश्वत धामको विशेष दर्शन एवं परिक्रमाका साथ व्यवस्थापनले विशेष सम्मान गरेको छ । उनी लगायतका शुक्रबार शाश्वत धाम पुग्ने दर्शनार्थीलाई पञ्चेवाजा, स्वस्ती वाचन, भजन किर्तनले स्वागत गरिएको छ । ‘यो मेरो जीवनकै विर्सिन नसक्ने क्षण बनेको छ’ आचार्यले भनिन्, ‘शाश्वत धामको महत्व सुनेकी थिएँ । आज यस भगवानको मन्दिरमा मलाई प्राप्त भएको सम्मान मेरो हृदयमा सदा सदाका लागि रहनेछ ।’ पूर्व–पश्चिम राजमार्गस्थित सिजिआइपीसँगै रहेको यस धामको निर्माण ख्यातीप्राप्त उद्योगपति एवं नेपालकै एकमात्र डलर अर्बपति विनोद चौधरीले झण्डै डेढ दशक लगाएर गरेका हुन् । नेपाली कला, सँस्कृति एवं सनातन धर्मको प्रवर्धन गर्न शाश्वत धाम निर्माण गरिएको हो । शाश्वत धाममार्फत् आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षित गरि नेपालको पर्यटन उद्योगमा योगदान पु¥याउनु अर्को महत्वपूर्ण लक्ष रहेको छ । ‘हामी शाश्वत धाममा धेरैभन्दा धेरै दर्शनार्थी एवं पर्यटकलाई स्वागत गर्न चाहान्छौँ’ चौधरी ग्रुपका अध्यक्ष एवं शाश्वत धामका फाउण्डर ट्रस्टी विनोद चौधरीले भने, ‘सनातन धर्मप्रति आस्थावान सम्पूर्ण नेपालीहरूको भावनालाई सम्मान गर्दै हामी शाश्वत धाममा थप सम्पदाहरू विस्तार गर्न प्रतिवद्ध छौँ ।’ अध्यक्ष चौधरीले स्वदेशी एवं विदेशी पर्यटकहरूका लागि शाश्वत धाम नेपालकै सर्वाधिक आकर्षक गन्तव्यस्थलमध्येको एक बन्ने विश्वास पनि व्यक्त गरे । केही दिन अघि मात्रै शाश्वत धाममा बुद्ध चैत्य र बुद्धिस्ट सेन्टर समेत स्थापना गरिएको छ । यहाँ बुद्ध धर्मको इतिहास झल्काउने संग्राहलय रहेको छ । यसअघि नै यहाँ हिन्दू धर्मका बारेमा विस्तृत जानकारी दिने धार्मिक संग्राहलय स्थापना गरिएको थियो । शाश्वत धाम सनतन धर्मको रिसर्च सेन्टरका रुपमा समेत विकास भएको छ । पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्वरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातीको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् । मन्दिर अगाडि शिवप्रति भक्तिभावको मुद्रासहितको लुंकरणदास चौधरीको शालिक समेत निर्माण गरिएको छ । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्ने जोकोही रोमाञ्चक अनुभूति गर्न सक्दछन् ।
तयार भयो ब्रोकर–ग्राहक सम्झौतापत्र, कालोसूचिमा नपरेको प्रमाणपत्र बुझाउनु नपर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले युजरनेम र पासवर्ड लिएर कारोबारअघि ब्रोकर र ग्राहकबीच अनिवार्य रुपमा हुनुपर्ने सम्झौतापत्रलाई अन्तिम रुप दिएको छ । आइतबारदेखि ग्राहकले कारोबार प्रयोजनार्थ युजरनेम र पासवर्ड दिने भएपछि नेप्सेले उक्त सम्झौतापत्र तयार गरेको हो । उक्त सम्झौतापत्रमा यसअघि ब्रोकरले तयार पारेको ३० बुँदामध्ये २९ बुँदा समेटिएका छन् । ब्रोकरले दिएको नमूनामा रहेको अधिकांश बुँदा समेटिएको सम्झौतापत्रमा ग्राहकले बैंक तथा वित्तीय संस्थाको कालोसूचिमा परेको प्रमाणपत्र बुझाउनुपर्ने भन्ने प्रावधान हटाइएको छ । यस्ताे छ सम्झाैतापत्र
अशोक लेलैण्डको नयाँ शाखा अब पोखरामा, थ्री एस सेवा दिने
पोखरा । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्धारा प्रवद्र्धित अशोक लेलैण्ड गाडीको नयाँ शाखा स्वागतनगर चाउथे, १४–पोखरामा स्थापना गरिएको छ । यस शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिसर स्पेयर्स पार्टसहरु उपलब्ध हुने छ । उक्त थ्री एस (सेल्स,सर्भिस र स्पेयर्स) सेटअपको उद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा गरेका छन् ।
ओखलढुङ्गामा एनआईसी एशिया बैंकको २०औँ शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ओखलढुङ्गा जिल्लाको कुन्तादेवीपसल डाँँडामा २०औँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन यज्ञराज सुनुवारले गरेका छन् । बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा संजय खत्रीलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।
ज्योति विकास बैंक सल्यानको कपुरकोटमा, थप १० वटा खोल्ने तयारी
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सल्यान जिल्लाको कपुरकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेन तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् । हाल बैंकले ८० वटा शाखा कार्यालय संचालनमा ल्याएको छ । साथैं, बैंकले २२ वटा एटीएम मार्फत सेवा दिँदै आइरहेको छ । बैंकले यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने तयारी गरिरहेको छ ।
दोस्रो बजारमा वाणिज्य बैंकको सेयर मूल्य सस्तियाे, हेराैँ कसकाे कति पुग्याे ?
काठमाडौं । सेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आकर्षक मानिएका वाणिज्य बैंकको सेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको सेयर २०० रुपैयाँ भन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सिभिल बैंकको शेयर कमजोर देखिएको छ । सो बैंकको सेयर प्रतिकित्ता १५८ रुपैयाँमा कारोबार भएको थियो । यसैगरी सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता १७० रुपैयाँ, जनता बैंकको १७४ रुपैयाँ, एनसीसी बैंकको १९९ रुपैयाँ, नेपाल बङ्गलादेश बैंकको १८९ रुपैयाँ, मेघा बैंकको १८६ रुपैयाँमा कारोवार भएको छ । सिटिजन बैंकको रु २२२, कुमारी बैंक रु २४०, प्रभु बैंक रु २४०, सनराइज बैंकको प्रतिकित्ता रु २१६ मा कारोवार भएको छ । सिद्धार्थ बैंक रु ३०५, एनएमबी बैंंक रु ३५६, एनआइसी एशिया रु ३५७, नेपाल एसबिआइ बैंक रु ३९४, प्राइम कर्मसियल बैंक रु ३१५ मा खरीद बिक्री भएको छ । माछापुच्छ्रे बैंककाे रु २०४ र कुमारी बैंककाे सेयर प्रतिकित्ता २४० मा कारोवार भएको छ । कृषि विकास बैंक रु ३२७, बैंक अफ काठमाडौँ रु ३०५ मा कारोवार भएका छन् । ग्लोबल आइएमइ बैंक रु ३१४, हिमालयन बैंक रु ४४७ र सिद्धार्थ बैंकको सेयर मूल्य रु ३०५ रूपैयाँ रहेकाे छ । यस्तै, केही बैंकका सेयर मात्रै रु ५०० भन्दामाथि रहेका छन् । नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्डार्ड चार्टड बैंक, एभरेष्ट बैंकको सेयर मात्रै उक्त बिन्दुभन्दा माथि रहेको छ । बिहीबार कारोवार भएका आधारमा नवील बैंक रु ८५०, नेपाल इन्भेष्टमेन्ट बैंक रु ६१९, एभरेष्ट बैंक रु ५२४, स्ट्याण्डाड बैंकको सेयर प्रतिकित्ता ५६५ रुपैयाँमा खरीद बिक्री भएका छन् । विगत डेढ वर्षदेखि निरन्तर बजार ओरालो लाग्दा त्यसको प्रभाव लगानीकर्तामा समेत परेको छ । सरकारले बिहीबार मात्रै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजत्वमा वित्तीय क्षेत्र र पूँजी बजारमा देखिएका समस्या समाधानका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स सङ्घ, लगानीकर्ताका प्रतिनिधि सम्मिलित छन् । रासस
सन नेपाल लाइफ इन्स्योरेन्सले चार स्थानमा शुरु गर्यो बीमा जागरण अभियान
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन विभिन्न चार स्थानमा बीमाजागरण अभियान शुरु गरेको छ । कम्पनीले शुक्रबार लम्की, टिकापुर, भूरीगाँउ र कोहलपुरमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साथै कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे बताएका थिए ।
परिसंघको प्रश्नः जीडीपीको ३५ प्रतिशत पैसा निष्क्रिय राखेर देश कसरी बन्छ ?
काठमाडौं । नेपाल उद्योग परिसंघले जीडीपीको ३५ प्रतिशत रकम निष्क्रिय राखेर विकास र समृद्धिको सपना पुरा नहुने बताएको छ । लगानीयोग्य पुँजी अभावको विद्यमान परिस्थितीमा परिसंघले आफ्नो धारणा राँख्दै बैंक तथा वित्तिय संस्थाहरुले कूल निक्षेप तथा पूँजीको ८० प्रतिशतमात्र लगानी गर्न पाउने प्रावधानले देशको विकास नहुने बताएको हो । यस्तो व्यवस्थाले जीडीपीको करिब ३५ प्रतिशत रकम निस्कृय रहेको परिसंघको ठहर छ । राजस्व संकलनमा बृृद्धि हुनु तर पूँजीगत खर्च अत्यन्त न्युन रहनु पनि दुःखद भएको परिसंघले जनाएको छ । निजी क्षेत्रबाट कर्जाको मागमा बृद्धि भईरहने र सोहि समयमा ठूलो पुँजी निस्कृय रहदा तरलताको अभाव श्रृजना हुनाले देश विकासमा ठुलो अवरोध सृजना गरेको परिसंघको ठहर छ । २०७५ असार मसान्त सम्ममा ३ लाख ४५ हजार ठुला, मझौला, साना तथा घरेलु उद्योगहरु दर्ता भई करिव २० खर्व ३३ अर्व लगानीको प्रतिवद्धता भएको परिस्थितिमा त्यसलाई आवस्यक पर्ने कर्जा सहज तथा सरलरुपमा उपलब्ध हुन सक्ने परिस्थिति नरहेको पनि परिसंघले बताएको छ । न् ।