पत्रकार प्रतिपक्षी दल होइन, सरकारलाई आलोचनात्मक सहयोग गर्नुस् : अर्थमन्त्री

<p>काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले पत्रकारहरु प्रतिपक्षी दल नभएको भन्दै उनीहरुलाई सरकारले गर्ने हरेक काम कारबाहीको निगरानी गर्दै राम्रो र नराम्रा दुवै पक्षलाई उत्तिकै पश्रय दिएर समाचार लेख्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को चौथो महासभालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले पत्रकारहरुमा विज्ञापनदाता बाहेक अरुलार्इ विरोधमात्र गर्ने प्रवृत्ति रहेको भन्दै आलोचनात्मक सहयोग गर्नुपर्ने [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले पत्रकारहरु प्रतिपक्षी दल नभएको भन्दै उनीहरुलाई सरकारले गर्ने हरेक काम कारबाहीको निगरानी गर्दै राम्रो र नराम्रा दुवै पक्षलाई उत्तिकै पश्रय दिएर समाचार लेख्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को चौथो महासभालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले पत्रकारहरुमा विज्ञापनदाता बाहेक अरुलार्इ विरोधमात्र गर्ने प्रवृत्ति रहेको भन्दै आलोचनात्मक सहयोग गर्नुपर्ने टिप्पणी गरे ।

नेपाल आर्थिक पत्रकार संघको चौथो महासभा राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा चलिरहेको छ । महासभाले यसअघिको समितिलाई विस्थापन गर्दै नयाँ कार्यसमिति गठन गर्नेछ । आर्थिक क्षेत्रका पत्रकारहरुको हित र उनीहरुको क्षमता तथा वृत्ति विकासमा सहयोग पुर्याउने उद्देश्यले करिब १० वर्षअघि उत्त संस्था स्थापना भएको थियो ।

उद्घाटन सत्रलाई अर्थमन्त्री खतिवडाले सम्बोधन गरेसँगै नाफिजको बन्दसत्र सुरु भएको छ । उक्त सत्रले पलाधिकारीहरु चयन गरेसँगै समापन समारोह आयोजना गर्ने र उक्त समारोहमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ ।

Share News