विकासन्युज

नेपाल मेडीसिटीमा थाइरोइड समस्या व्यवस्थापन वर्कसपको उद्घाटन

काठमाडौं। शुक्रबार भैसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा थाइरोइड समस्या व्यवस्थापन विषयक २ दिने वर्कसपको उद्घाटन भएको छ ।प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित भएका सांसद तथा नेपाली कंग्रेसका नेता प्रदीप गिरीले समयमै समस्या पत्ता लगाई सहि उपचार पाउनसके थाइरोइड व्यवस्थापन सहज बन्न सक्ने धारणा राखेका छन्। पहिलोपटक प्रमुख अतिथि बन्न स्विकार गरेको बताउदै गिरीले थाइरोइड विशेषज्ञहरुबाट प्रभावित भएको बताए। सिग्मन फ्रडको साइकोलोजी फर एभरी डे अफ लाइफबाट साभार गर्दै वहाँले हरेक चिकित्सकले सहि परामर्श दिदै बिरामीलाई भयबाट टाढा राख्नुपर्ने बताए। देशभर तथा भारतबाट समेत गरि ४० सहभागी रहेको कार्यक्रम नेपाल मेडीसिटीको आयोजनामा भएको हो भने, पब्लीक हेल्थ फाउण्डेसन अफ इण्डिया, चेल्लाराम डायबेटिस इन्स्टिट्युट तथा डायबेटिस एण्ड इन्डोक्राइनोलोजी एशोसिएसन अफ नेपाल “डिन” को समेत सहयोग रहेको छ । नेपाल मेडीसिटी वेलनेस विभाग प्रमुख डा. मिमि गिरीले २ दिने कार्यक्रममा ४ शत्र रहेको र थाइरोइड व्यवस्थापनमा सक्रिय चिकित्सकहरुलाई यसले धेरै मद्धत गर्ने अपेक्षा रहेको बताए। ४ मोड्युलमा विभाजित कार्यक्रमको पहिलो दिन थाइरोइड समस्याको परिचय र हाइपोथाइरोइडिजम्का केन्द्रित रहेको छ । त्यस्तै शनिबार अर्थात दोश्रो दिन भने हाइपर थाइरोइडिजम् व्यवस्थापन तथा थाइरो टक्सीकोसीस् र थाइरोडियोलोजी विशेषमा छलफल हुनेछ । कार्यक्रमको समापन अघि वरिष्ठ थाइरोइड रोग विशेषज्ञ, नाक कान तथा घाँटी विशेषज्ञ सहित रेडियोलोजीप्स्ट र प्याथोलोजीस्ट सहितको प्यानल डिस्कसन गरिनेछ । देशभरका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु सहभागी यस कार्यक्रममा भारतबाट आउनुभएका डा.हरिश चाँदवानीले यस किसिमको कार्यक्रमले नयाँ नयाँ अध्ययन र उपयोगी प्रविधिका बारेमा जानकारी हासील गर्न सहयोग पुर्याउने प्रतिक्रिया दिएका छन्। उनले कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका छन्। शनिबार सम्पन्न हुने कार्यक्रमले विभिन्न स्थानमा छरीएर रहेका चिकित्सकहरु मार्फत थाइरोइडको उपचार अझ उन्नत हुने अपेक्षा आयोजकको रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले टिच फर नेपाललाई १० लाख आर्थिक सहयोग गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सामुदायिक विद्यालयका स्वयम सेवक शिक्षकहरुको व्यवस्थापनको लागि टिच फर नेपाललाई १० लाख रुपैंया आर्थिक सहयोग गर्ने भएको छ । उक्त सहयोग गर्ने सम्बन्धि शुक्रबार दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरेका छन् । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक, सामाजिक तथा मानविय क्षेत्रमा सहयोग गरिरहेको र भविश्यमा थप सहयोग गर्ने बताएका छन् । टिच फर नेपाल संस्थाले दाङ्ग, लमजुङ्ग, पर्सा, धनुषा, ललितपुर र सिन्धुपाल्चोक जिल्लामा रहेका ५१ वटा सामुदायिक विद्यालयका ११० स्वयम सेवक शिक्षक मार्फत १० हजार विद्यार्थीहरुलाई अध्यापन गराई शैक्षिक गुणस्तर बृद्धिका लागि कार्य गरिरहेको छ ।

सिक्टा सिंचाइ आयोजनामा २ अर्ब भ्रष्ट्राचार, बिक्रम पाण्डे सहित २१ जना विरुद्ध मुद्दा को-को परे हेर्नुहाेस् (सूचिसहित)

काठमाडौं । सिक्टा सिंचाइ आयोजनामा भ्रष्ट्राचार भएको प्रमाणित भएपछि २१ जना विरुद्ध मुद्दा दायर गरिएको छ । २ अर्ब माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । आयोजनाकाे नहर भत्किएको, मूलनहरको डिजाइनमा नै त्रुटि तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरिय कार्य हुन नसकेको आयोगले दाबी गरेको छ । यसअघि एक पटक परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनस्परीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको भन्ने आयोगमा उजुरी परेको थियो । उजुरीको आधारमा आयोगबाट अनुसन्धान हुँदा आयोजनाको कार्यरत रहेका कर्मचारीहरु समेतको मिलेमतो रहेको प्रमाणित भएको छ । सोहि आधारमा आयोगले शुक्रबार २१ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । यस्ता छन् अख्तियारले मुद्दा दायर गरेका व्यक्तिहरु

सेञ्चुरी बैंकले मुद्दती खातामा १३ प्रतिशत व्याज दिने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले ६ महिनादेखि २ वर्षसम्मको विशेष मुद्दती खाताको लागि वार्षिक १३ प्रतिशत ब्याज दिने भएको छ । साथै, बैंकले १ महिनादेखि २ वर्षसम्मको साधारण मुद्दती खाताको लागि वार्षिक व्याजदर १२ प्रतिशत प्रदान गर्ने गरि दुई नयाँ योजना ल्याएको छ । विशेष मुद्दती खातामा बैंकले मासिक रुपमा ब्याज भुक्तानी गर्नेछ ।

माछापुच्छ्रे बैंकले एकैसाथ खोल्यो ३ नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकैसाथ ३ शाखा कार्यालयको विस्तार गरेको छ । बैंकले शुक्रबार मकवानपुरको हेटौंडा, चितवनको इच्छा कामना र चितवनको कालिका शाखा कार्यालयको शुरुवात गरेको छ । हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जय मुकुन्द खनाल र हेटौंडा उप-महानगरपालिकाका मेयर हरिबहादुर महतले संयुक्त रुपले गरेका हुन् । त्यसैगरी इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले तथा कालिका शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक गोपीकृष्ण न्यौपाने र कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । हाल बैंकले ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैकिङ्ग सेवा मार्फत बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको १०६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

आर्थिक पत्रकार संघमा १९ सदस्यीय नयाँ कार्यसमिति

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । शुक्रबार राजधानीमा आयोजित संघको चौथो महासभाले सीताराम भट्टराईको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । त्यस्तै, उपाध्यक्षहरुमा इन्द्र बाँनिया, राजेश बर्मा र छविलाल बगाले निर्वाचित भएका छन् । यसैगरी संस्थाको महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की र सहसचिवमा विजय दमासे निर्वाचित भएका छन् । कार्यसमितिको कोषाध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् । महासभाले १९ सदस्य केन्द्रीय कार्यसमिति चयन गरेको छ । कार्यसमिति सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रिना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणिन्द्र दाहाल सर्वसम्मतले निर्वाचित भएका छन् । नाफिजको महासभाको उद्घाटन अर्थमन्त्री डा। युवराज खतिवडाले गरेका थिए भने सूचना तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले महासभाको समापन गरेका थिए ।

एनसेललार्इ पैसा लैजान दिने डेपुटी गभर्नरका पक्षमा राष्ट्र बैंक, अर्थले भन्याे-‘हामी निरीह भयाैं’

काठमाडौं । नेपाल राष्ट्र बैंकले एनसेललाई लाभकर लैजान दिने सम्बन्धमा नेपाल राष्ट्र बैंकले दिएको अनुमतिको बचाउ गरेको छ । बैंकले एनसेललाई लाभांश लैजान दिनू भन्ने सन्दर्भमा सर्वोच्च अदालतबाट आदेश जारी भएको र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि कुनै किसिमको निर्देशन नआएकोले लाभकर लैजान दिएको स्पष्ट पारेको छ । त्यस्तै लाभकर लैजान दिने प्रक्रियाका सन्दर्भमा पनि राष्ट्र बैंकले आफ्नो कदमको बचाउ गरेको छ । देशमा अर्थमन्त्री, गभर्नर र डेपुटी गभर्नर नभएको बेलामा कायम मुकायम गभर्नरको जिम्मेवारी पाएका चिन्तामणि शिवाकोटीले लाभांश लैजाने अन्तिम स्वीकृति दिएका थिए । कामु गर्भरनरले त्यतिबेला एनसेललाई १२ अर्ब ५४ करोड लाभांश लैजान दिएको र त्यो गैरकानूनी भएको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो । बिहीबार सार्वजनिक लेखा समितिमा नेपाल राष्ट्र बैंकले पठाएको जानकारी अनुसार २०७५ साल असोज ६ गते अर्थमन्त्री, गभर्नर र एकजना डेपुटी गभर्नर नेपालमा नरहेको अवस्थामा लाभकर लैजान दिने सम्बन्धमा गरिएको निर्णय वैधानिक भएको जानकारी गराएको हो । ‘लाभकर लैजान दिने सम्बन्धमा निर्णय गर्न गभर्नर र दुवैजना डेपुटी गभर्नर आवश्यक पर्दैन, कामुको भूमिकामा रहेका डेपुटी गभर्नरले उक्त निर्णय गर्न सक्छन्’ राष्ट्र बैंकको पत्रमा भनिएको छ । उता राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले भने अदालतको आदेशका कारण आफूहरुले चाहेर पनि लाभकर लैजान रोक्न नसकेको प्रष्टोक्ति दिएका छन् । एनसेलको खरिदबिक्रीबापत तिर्नुपर्ने लाभकर भनेको त्यो अहिले ब्याज र जरिवाना ६४ अर्ब राजश्व तिर्न बाँकी छ । एनसेलले ७२ अर्ब लाभांश लैजाने प्रक्रिया अघि बढाएकाेमा हालसम्म ४० अर्ब लगिसकेकाे छ भने बाँकी ३२ अर्ब लैजाने प्रक्रियामा छ । त्यति बक्यौता बाँकी हुँदा हामीले एनसेलको लाभांश रोकेका हौ तर अदालतबाट आदेश आएपछि हामीले केही गर्न सकेनौं’– सचिव ढुङ्गानाले भने । ढुङ्गानाले एनसेलको डीडीए गर्ने प्रक्रिया अघि बढिसकेको समेत जानकारी दिए ।

नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा ध्रुव तिमिल्सिना, नयाँ कार्य समितिमा ७ सदस्य निर्वाचित

काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिना निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको नवौँ वार्षिक साधारणसभाले नयाँ कार्यसमितिमा ७ सदस्य निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, उपाध्यक्षमा एनआइबिएलएस क्यापिटल लिमिटेडका महाप्रवन्धक मेघबहादुर थापा, महासचिवमा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र कोषाध्यक्षमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा कृति क्यापिटल लिमिटेडका प्रवन्ध निर्देशक दिपेशकुमार वैद्य, नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सविर वादे श्रेष्ठ र आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारी निर्विरोध निर्वाचित भएका छन् । साधारण सभाबाट संघको विधान संशोधन गरी पुँजीबजारमा कार्यरत अन्य संघ संस्थाहरुलाई एशोसियट सदस्यको रुपमा संघमा आवद्य हुने मार्ग प्रशस्त गरिएको छ । त्यस्तै, पुँजीबजारको विकासमा अग्रसर हुने तथा यसलाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न कार्यक्रमहरु गर्ने प्रतिवद्धता गरेको छ । साथै, सभामा संघ मर्चेन्ट बैकिङ्ग सम्बन्धी एशीयाली राष्ट्रहरुको संगठन एशियन सेक्युरीटीज फोरममा आवद्ध हुन प्रकृया अगाडि बढाउने कार्यक्रम समेत पारित गरिएको छ ।