अब काठमाडौको बसस्टपमा बस रोक्नै नपाउने
काठमाडौँ । काठमाडाैंका सबै बस स्टपहरुमा अब ‘चढ्ने र अाेराल्ने मात्र’ काे व्यवस्था लागु हुने भएकाे छ । काठमाडाैं उपत्यकाभित्र गुड्ने सवारीसाधनले बसस्टपमा लामाे समय पार्किङ गर्न थालेपछि महानगरले त्यस्ताे व्यवस्था गर्न लागेकाे हाे । अब काठमाडाैंभित्रका सबै रुटहरु पिक एण्ड ड्रपकाे नियम लागु हुनेछ । काठमाडौं महानगरपालिकाले मंसिर २९ गते २४ औं महानगर दिवस मनाउँदैछ । साेही दिनदेखि उपत्यकामा यस्ताे नियम लागु हुने महानगरका मेयर विद्यासुन्धर शाक्यले बिहीबार पत्रकार समेलनमार्फत जानकारी दिए । कामपाले सवारी जामलाई न्युनीकरण गर्न सकिने भन्दै पिक एन्ड ड्रप नियम लागु गर्ने जनाएकाे हाे । उनले पुस १ गतेदेखि लागु हुने गरी उक्त नियम ल्याएको र सो दिनदेखि कुनै पनि सार्वजनिक सवारीसाधनहरुले आफ्नो स्टेशनमा यात्रुहरु नकुरी भएका यात्रु लिने र जाने नियम ल्याएको बताए । ‘यातायात व्यबस्था विभाग, ट्राफिक प्रहरी महाशाखा तथा सडक विभागसँगको सहकार्यमा उक्त नियम ल्याएका हौं,’ उनले भने, ‘यो नियम हाल काठमाडौंको रिङरोडभित्र धेरै जाम हुने स्थानमा लागु गर्ने र पछि त्यसलाई विस्तार गर्ने योजना बनाएका छौं ।’ दिवसको अवसरमा महानगरपालिकाले विभिन्न माहानगरपालिका भित्रका बाजाका गुरुहरुलाई पुरस्कार, महानगर भित्रका उत्कृष्ट ३ वटा विद्यालयलाई पुरस्कार, उत्कृष्ट करदाताहरुलाई पुरस्कार र खानाका परीकारहरु पनि आयोजना गर्ने भएको छ ।
गण्डकी विकास बैंकको शाखा अब महेन्द्रनगरमा
काठमाडौं । गण्डकी विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रमुख अतिथि प्रदेश नंं ७ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय झपट बहादुर बोहोराले समुद्घाटन गरेका हुन् । बैंकका सञ्चालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्द, उद्योग वाणिज्य संघ कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष जितजंग मल्लले शुभकामना मन्तव्य गरेका थिए । आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासमा संचालन मुनाफा रु. १५ करोड ३० लाख आर्जन गर्न बैंक सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ७२ करोड र कर्जा तर्फ रु.२१ अर्ब २४ करोड पुर्याएको छ । बैंकले आकर्षक व्याजदरमा निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एविविएस्, एटिएम, सि एएस्वि, आईपीएस्, मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा प्रदान गर्ने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले गराएका छन् ।
सानिमा बैंकको १४ प्रतिशत नगद लाभांश पारित, संचालकमा दुई जना निर्वाचित
काठमाडौं । सानिमा बैंक लिमिटेडको प्रस्तावित १४ प्रतिशत नगद लाभांश पारित भएको छ । बिहीबार सम्पन्न बैंकको १४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रहेको छ । साथै, सभाले सर्वसाधारण समूह (समूह“ख”) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकमा भरतकुमार पोखरेल र महेश घिमिरे निर्बिरोध निर्वाचित भएका छन् । आर्थिक वर्ष २०७४/७५मा खुद नाफा १ अर्ब ७० करोड रुपैयाँ मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति ९१ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको कुल निक्षेप ७९ अर्ब १८ करोड तथा कर्जा सापटी खुद ६९ अर्ब २४ करोड रुपैयाँ रहेको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २३.२७, ३५.९९, ३४.०८, र ३२.१५ प्रतिशतले बृद्धि गरेको छ ।
कपडा उद्योगीलाई सरकारको राहतः भन्सार घट्यो, ५ प्रतिशत ब्याज अनुदान र निर्यातमा अनुदान पनि
काठमाडौं । सरकारले कपडा उद्योगीहरुलाई बिशेष राहत दिने निर्णय गरेको छ । मंसिर २४ गते सोमबार बसेको मन्त्रिपरिषदले कपडा उद्योगका लागि आयात गरिने मेसिनरी, स्पेयर पार्टस् र केमिकलहरुको आयातमा १ प्रतिशत मात्रै भन्सार लिने निर्णय गरेको हो । यसअघि त्यस्ता समान आयातमा १ देखि १५ प्रतिशतसम्म भन्सा शुल्क लाग्दै आएको थियो । त्यस्तै, सरकारले कपडा उद्योगहरुले लिएको र अब लिने बैंक ऋणमा ५ प्रतिशत ब्याज अनुदान दिने निर्णय पनि गरेको छ । त्यस बाहेक ५० प्रतिशत मूल्य अभिवृद्ध गरि निर्यात गर्ने उद्योगहरुलाई कुल निर्यातको ५ प्रतिशत नगद अनुदान दिने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै, सरकारी निर्णयबाट खरिद हुने कपडाहरु स्वदेशी उद्योगीबाट मात्रै खरिद गरिने निर्णय पनि सरकारले गरेको प्रवक्ता गोँकुल बास्कोटाले बताए ।
नेपाल र श्रीलङ्काबीच पर्यटन प्रवद्र्धनका सम्बन्धमा साझा अवधारणा
काठमाडौं । नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्णा परेराले दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न साझा अवधारणा अगाडी बढ्नुपर्ने बताएका छन् । पर्यटक तान्न दुई मुलुकबीच सिधा हवाई सम्पर्क विस्तार गरी प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइनुपर्ने खाँचो औँल्याउँदै कार्यक्रम बनाएर प्रवद्र्धन गर्नु पर्ने भनाई रहेको छ । नेपालका पूर्वपर्यटन राज्यमन्त्री याङकिला शेर्पा, टानका पूर्वअध्यक्ष चन्द्र रिजाल, पर्यटन व्यवसायी मोहन लम्साल लगायतले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धन गर्न साझा कार्यक्रम बनाएर जानुपर्ने बताएका छन् । सन् १९२० देखि कूटनीतिक सम्बन्ध रहेपनि पर्यटन प्रवद्र्धन नभएकाले दुई देशबीचका ‘टूर अपरेटर’ को सम्मेलन गराई प्रचारप्रसार गरिएको खण्डमा पर्यटक आवागमन वृद्धि हुने बताएका छन् । करीब ७४ बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलङ्काबाट वर्षेनी भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा वार्षिक ५० हजारको हाराहारीमा श्रीलङ्काका पर्यटक आउने गर्दछन् । दुई देशबीचको प्रवद्र्धनात्मक कार्यक्रमले सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्ष अभियानलाई सार्थक तुल्याउन महत्वपूर्ण सहयोग पुग्ने बताएका छन् । श्रीलङ्काको पर्यटन विकास प्राधिकरणका अनुसार सन् २०१६ मा ५७ हजार ५२७ र सन् २०१७ मा ४५ हजार ३७१ पर्यटक नेपाल आएका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले कमी हो । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार नेपालबाट सन् २०१६ मा १२ हजार ८३८ र सन् २०१७ मा ५९ प्रतिशतले घटेर जम्मा पाँच हजार १४४ पर्यटक श्रीलङ्का पुगेका छन् । रासस
२ सय, ५ सय र २ हजार दरका भारतीय नोटमाथी प्रतिबन्ध
काठमाडौं । सरकारले २ सय, ५ सय र २ हजार दरका भारतीय नोटमाथी प्रतिबन्ध लगाएको छ । मंसिर २४ गते बसेको मन्त्रिपरिषद बैठकले सो दरका भारतीय नोटलाई नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोँकुल बास्कोटाले जानकारी दिए । ती दरका भारतीय नोटको कारोबारमा नगर्न उनले नेपाली नागरिकहरुलाई आग्रह समेत गरेका छन् । नेपाली मद्राको विश्वसनियता अभिवृद्धिका लागि सरकारले भारतीय नोटमाथी प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
आक्रामक कर्जा लगानीले बैकिङ् क्षेत्र जोखिममा, राष्ट्र बैंकलाई कडा बन्न आइएमएफको सुझाव
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालमा बैंकहरुले आक्रामक कर्जा विस्तार गरी उच्च जोखिम निम्त्याई रहेको जनाएको छ । गत अक्टोवरमा बैंकहरुले २५ प्रतिशतले कर्जा विस्तार गरेको जनाउँदै आइएमएफले कर्जा नीतिमा कडाई गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ । छिमेकी देशहरुको तुलनामा नेपालमा बैंकहरुको खराब कर्जा कम देखिए पनि कर्जाको गुणस्तर शंकास्पद रहेको आइएमएफका टिम लिडर ग्रीर्ट अल्मेकिन्डर्सले जनाए । रियलस्टेट, ओभरड्राफ, रिभल्भिङ लगायत शीर्षकमा गएको कर्जाले वित्तीय क्षेत्रलाई जोखिममा पार्न सक्ने उनको तर्क छ । बैंकहरुले धितोको रुपमा स्वीकार गरेको सम्पत्तिको गुणस्तर पनि कमजोर रहेको उनले बताए । उत्पादन मुलक उद्योगहरु फस्टाउन नसकेको र ऋण लिएका कम्पनीहरुको वित्तीय अवस्था कमजोर रहेको उनको भनाई छ । ‘गत आर्थिक वर्ष २०७४/७५ मा नेपालको वैदेशिक व्यापार घाटा कुल ग्राहस्थ्य उत्पादन (जीडीपी)को ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ६.५ प्रतिशत थियो । हरेक वर्ष व्यापार घाटा बढ्दै गएको छ’ उनले भने-‘यसले नेपालको उत्पादन प्रणाली कमजोर रहेको देखाउँछ । यस्तो अवस्थामा बैंकहरुको कर्जा विस्तार २५ प्रतिशत हुनु राम्रो संकेत होइन ।’ कर्जा विस्तारले आर्थिक वृद्धिलाई माथि लैजान सहयोग गरे पनि यसले आर्थिक वृद्धिको स्थायीत्वमा सहयोग नगर्ने आइएमएफको निष्कर्ष छ । नेपाल राष्ट्र बैंकलाई सीसीडी रेसियो ८० प्रतिशतबाट ८५ प्रतिशत बनाउन दवाव परेको उल्लेख गर्दै आईएमएफले त्यसो नगर्न सुझाव दिएको छ । ‘राष्ट्र बैंकले बैंकहरुलाई अतिरिक्त पुँजी राख्न र कर्जाको सम्भावित जोखिमका लागि प्रोभिजन बढाउन प्रोत्साहित गर्ने नीतिमा जोड दिनुपर्छ’ आइएमएफको रिपोर्टमा उल्लेख गरिएको छ । बैंकहरुको पुँजी कम भएको हो कि भन्ने प्रश्नमा आईएमएफका टिम लिडर ग्रीर्ट अल्मेकिन्डर्सले ‘चुक्ता पुँजी वृद्धि गर्नु भन्दा पुँजी प्रयाप्तता अनुपात १ प्रतिशत वृद्धि गर्नु राम्रो हुने’ टिप्पणी गरे । आईएमफएफले चालु आर्थिक वर्षको आर्थिक वृद्धि ६.५ प्रतिशतले हुने प्रक्षेपण गरेको छ । ‘सरकारले लक्ष्य अनुसार राजश्व उठाउन सक्छ तर खर्च गर्न सक्दैन । बजेटको पूर्ण कायान्वयन नहुँदा सरकारी लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल हुन सक्दैन’ टिम लिडर अल्मेकिन्डर्सले भने । बैदेशिक व्यापार घाटा बढ्नु र विदेशी मुद्राको संचिति घट्नु नेपाली अर्थतन्त्रको लागि गम्भिर चुनौती भएको उनले टिप्पणी गरे । डिसेम्बर २ देखि १३ सम्म नेपाल भ्रमणमा रहेको आईएमएफ टोलीले अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर डा. चिरञ्जीवि नेपालसहित उच्च सरकारी अधिकारीहरु तथा काठमाडौं र पोखरा विभिन्न पक्षसँग अन्तरक्रिया गरि आफ्नो निष्कर्ष सार्वजनिक गरेको हो । नयाँ संविधान जारी सँगै राजनीतिक स्थायीत्व देखिएको, केन्द्रमा बलियो सरकार रहेको, तीन तहमा चुनाव सम्पन्न सँगै संघीयता कार्यान्वयन दुर्त गतिमा भएको, लगातार उच्चदरको आर्थिक वृद्धि भईरहेकोमा आइएमएफले नेपालको प्रशंसा गरेको छ । तर संघीयतामा धेरै नीति तथा कार्यक्रम दोहोरिएको, कर वृद्धि, पुराना नीतिले लगानीको वातावरण बन्न असहयोग गरेको आईएमएफले जनाएको छ ।
यूनिभर्सल पावरले ९६ करोड ६१ लाखको आईपीओ जारी गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । यूनिभर्सल पावर कम्पनीले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीयबासिन्दा र सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँको दरले कुल ९६ लाख ६१ हजार ६१० कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले स्थानीयबासिन्दालाई २१ लाख ३५० कित्ता र सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता गरी साे मात्राकाे आईपीओ बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्ड सो मात्राको सेयर निष्काशन गर्न कम्पनीलाई अनुमति दिइसकेको छ । कम्पनीकाे सेयर निष्कासन तथा बिक्री प्रवन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्ने भएको छ ।