अब काठमाडौको बसस्टपमा बस रोक्नै नपाउने

<p>काठमाडौँ । काठमाडाैंका सबै बस स्टपहरुमा अब &#8216;चढ्ने र अाेराल्ने मात्र&#8217; काे व्यवस्था लागु हुने भएकाे छ । काठमाडाैं उपत्यकाभित्र गुड्ने सवारीसाधनले बसस्टपमा लामाे समय पार्किङ गर्न थालेपछि महानगरले त्यस्ताे व्यवस्था गर्न लागेकाे हाे । अब काठमाडाै‌ंभित्रका सबै रुटहरु पिक एण्ड ड्रपकाे नियम लागु हुनेछ । काठमाडौं महानगरपालिकाले मंसिर २९ गते २४ औं महानगर दिवस [&hellip;]</p>

काठमाडौँ । काठमाडाैंका सबै बस स्टपहरुमा अब ‘चढ्ने र अाेराल्ने मात्र’ काे व्यवस्था लागु हुने भएकाे छ । काठमाडाैं उपत्यकाभित्र गुड्ने सवारीसाधनले बसस्टपमा लामाे समय पार्किङ गर्न थालेपछि महानगरले त्यस्ताे व्यवस्था गर्न लागेकाे हाे । अब काठमाडाै‌ंभित्रका सबै रुटहरु पिक एण्ड ड्रपकाे नियम लागु हुनेछ ।

काठमाडौं महानगरपालिकाले मंसिर २९ गते २४ औं महानगर दिवस मनाउँदैछ । साेही दिनदेखि उपत्यकामा यस्ताे नियम लागु हुने महानगरका मेयर विद्यासुन्धर शाक्यले बिहीबार पत्रकार समेलनमार्फत जानकारी दिए ।  कामपाले सवारी जामलाई न्युनीकरण गर्न सकिने भन्दै पिक एन्ड ड्रप नियम लागु गर्ने जनाएकाे हाे ।

उनले पुस १ गतेदेखि लागु हुने गरी उक्त नियम ल्याएको र सो दिनदेखि कुनै पनि सार्वजनिक सवारीसाधनहरुले आफ्नो स्टेशनमा यात्रुहरु नकुरी भएका यात्रु लिने र जाने नियम ल्याएको बताए । ‘यातायात व्यबस्था विभाग, ट्राफिक प्रहरी महाशाखा तथा सडक विभागसँगको सहकार्यमा उक्त नियम ल्याएका हौं,’ उनले भने, ‘यो नियम हाल काठमाडौंको रिङरोडभित्र धेरै जाम हुने स्थानमा लागु गर्ने र पछि त्यसलाई विस्तार गर्ने योजना बनाएका छौं ।’

दिवसको अवसरमा महानगरपालिकाले विभिन्न माहानगरपालिका भित्रका बाजाका गुरुहरुलाई पुरस्कार, महानगर भित्रका उत्कृष्ट ३ वटा विद्यालयलाई पुरस्कार, उत्कृष्ट करदाताहरुलाई पुरस्कार र खानाका परीकारहरु पनि आयोजना गर्ने भएको छ ।

Share News