
काठमाडौं । सरकारले २ सय, ५ सय र २ हजार दरका भारतीय नोटमाथी प्रतिबन्ध लगाएको छ ।
मंसिर २४ गते बसेको मन्त्रिपरिषद बैठकले सो दरका भारतीय नोटलाई नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोँकुल बास्कोटाले जानकारी दिए ।
ती दरका भारतीय नोटको कारोबारमा नगर्न उनले नेपाली नागरिकहरुलाई आग्रह समेत गरेका छन् । नेपाली मद्राको विश्वसनियता अभिवृद्धिका लागि सरकारले भारतीय नोटमाथी प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।