गिट्टी कुटेरै वार्षिक पाँच लाखसम्म कमाउँछन् खोटाङका महिला
खोटाङ। “घरको काम गरेर बचेको समय सदुपयोग गर्दा पनि दैनिक हजार रुपैया कमाइ हुन्छ ।” उनले थपिन्, “मेरो जेठा छोरा विदेशमा छ, उसले भन्दा बढी मैले कमाउने रहेछु ।” पाँच वर्षदेखि गिट्टी कुट्दै आउनुभएकी खोटाङ खाल्लेकी ४७ वर्षीया पूर्णमाया बस्नेतको भनाइ हो यो । दिनभर गिट्टी कुट्नमै व्यस्त रहनुहुने खाल्लेकी पूर्णमायाको तीन छोरी र दुई छोरा छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ स्थित दिक्तेल–खानीडाँडा सडक आसपासमा गिट्टी कुटिरहेको भेटिनुहुने पूर्णमायाँलाई उनको ५१ वर्षीय श्रीमान टेकबहादुर खड्काले सघाउँदै आएका छन्। खड्का दम्पतीले गिट्टी कुटेरै वार्षिक रु पाँच लाखसम्म कमाउने बताउँछन्। कमाएको पैसा छोराछोरीको पढाइ तथा माछा मासु खाएको खर्च कटाएर बचतसमेत गर्ने गर्दछन् । खड्का दम्पतीसँगै उक्त क्षेत्रमा ६०/७० अन्य महिला दिनहुँ गिट्टी कुटिरहेका भेटिन्छन्। सबैको कमाइ राम्रै हुने गरेको पाइएको छ । ओखलढुङ्गाकी निर्मण थापा दूधे बालक च्यापेर सोही ठाउँमा दिनहुँ गिट्टी कुट्छिन्। उनी भन्छिन्, “ बच्चाको हेरचाह गर्दै काम गर्दा पनि दैनिक रु एक हजार कमाइ हुन्छ ।” कम्तीमा चार दिन गिट्टी कुट्दा एक ट्र्याक्टर तयार हुन्छ । एक ट्र्याक्टरलाई ठेकेदारले रु चार हजार दिन्छन् । आफ्नो जग्गामा खानी भएकाले ढुङ्गाको समेत दुई हजार जोडेर लिन्छन् । तयार भएको गिट्टी खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुन्छ । दिक्तेल बजारमा धमाधम पक्की घर तथा सरकारी भवन निर्माण भइरहेकाले उनीहरुले तयार पारेको गिट्टीले राम्रो मूल्य पाएको छ । हेर्दा गिट्टी उत्पादन गर्ने उद्योगजस्तै देखिने उक्त क्षेत्रमा छिटफुटबाहेक अधिकांश सोही गाउँका महिलाले काम गर्ने गरेका छन् । दिनभर सरकारी कार्यालय तथा अन्य काममा व्यस्त रहने पुरुषले बिहान÷बेलुका उनीहरुका लागि खानीबाट ढुङ्गा निकाली दिने गरेका छन् । गिट्टी कुटेर कमाएको पैसा विशेषगरी छोराछोरीको पढाइमा लगानी गर्ने गरेको वडाध्यक्ष डिल्लीकुमार राईले बताईन्। “गिट्टी कुट्ने अधिकांश महिलाको श्रीमान् विदेशमा छन् ।” उनले भने, “उनीहरुले कमाएको पैसा घर खर्च गर्छन् र श्रीमान्ले कमाएको पैसा बचत गर्छन् ।” गिट्टी कुट्ने महिला सबैको घर जस्ताले छाएको छ । कतिपयले अन्यत्र घरघडेरीसमेत जोडेको स्थानीयवासी बताउँछन् । गिट्टी कुट्ने महिला आफूले गरेको कामप्रति गर्व गर्छन् । उनीहरु लजाउँदैनन् । एक महिलाले भनिन्, “आफ्नो खाएर काम गर्नु के को लजाउनु ! आफू त सानैदेखि दुःख गरेको मान्छे । समयको सदुपयोग पनि हुने कमाइ पनि हुने ।” उनी थप्छिन्, “ अरुको चोर्नु, अरुलाई ढाट्न पो लजाउनु पर्छ ।” धन कमाउन विदेश नै जानुपर्छ भन्ने सोच बनाएकाका लागि खाल्लेका ती महिला उदाहरणीय बनेका छन् । उनीहरुले बिना लगानी विदेशमा १२ घण्टा खट्ने कतिपय पुरुषले भन्दा बढी आम्दानी गर्दै आएका छन् । खाल्लेमा उत्पादन हुने गिट्टी अन्य ठाउँको भन्दा गुणस्तरीय भएकाले पनि अधिक मात्रामा खपत हुने गरेको प्राविधिको ठहर छ । मझुवागढीभन्दा केही तल्लो भागमा पर्ने खाल्लेमा ढुङ्गैढुङ्गा रहेको छ । रासस
‘गभर्नर’लाई डेपुटी गभर्नरको अण्डरमा राख्ने ? रेवत कार्कीले ठीक गरे : सुरवीर पौडेल
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षलाई सानो बनाउने प्रयास अहिलेमात्र भएको होइन । म बोर्डको अध्यक्ष हुनुभन्दा अगाडि २०६५ सालमा हालका गभर्नर चिरञ्जीवि नेपाल बोर्डको अध्यक्ष थिए । तात्कालिन डेपुटी गभर्नर बीरविक्रम रायमाझीको नेतृत्वमा धितोपत्र बोर्डका अध्यक्ष सदस्य, नेप्सेको महाप्रबन्धक सदस्य, बीमा समितिको अध्यक्ष सदस्य रहनेगरी एउटा समिति गठन भएको रहेछ । त्यस्तो अवस्थामा चिरञ्जीवि नेपाल डेपुटी गभर्नरको नेतृत्वमा सदस्य भएर बैठकमा सहभागी भइरहेका रहेछन् । म गएपछि मैले यस्तो हुनै सक्दैन, मेरो हैसियत गभर्नर जत्तिकै हो भनेर विद्रोह गर्दा तात्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेले मलाई हटाउन लागे तर मैले सर्वोच्च अदालतबाट स्टेअर्डर लिएर फेरि बोर्डमा फर्किएपछि पहिलेको समिति खारेज गरेर अर्थमन्त्रीले आफ्नै संयोजकत्वमा अर्थ मन्त्रालयका दुवैजना सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डको अध्यक्ष, बीमा समितिको अध्यक्ष र एकजना डेपुटी गभर्नरसहितको समिति बनाइएको थियो जसलाई उच्चस्तरीय वित्तीय सुधार समिति बनाइएको थियो । तर म हटेपछि समिति पनि त्यतिकै हरायो । मैले विद्रोह गरेर कायम गरेको हैसियतलाई अहिले फेरि तुहाउने काम भएको छ । यसमा म भएको भए पनि सहभागी हुने थिइँन, हालका अध्यक्ष सहभागी हुनु भएनछ, उहाँले राम्रो गर्नुभयो । नेपाल राष्ट्र बैंक सरकारको मौद्रिक सल्लाहकार मात्र हो । धितोपत्र बोर्ड पुँजीबजारको सल्लाहकार हो । बीमा बजारको सल्लाहकार बीमा समिति हुन्छ । यी तीनओटै अर्थ मन्त्रालयमातहत अन्तर्गत पर्छ । यी तीनऔटै निकायलाई समेटिएपछि मात्र वित्तीय क्षेत्र बन्छ । यी क्षेत्रमा एक अर्कामा परिपुरक छन् । कार्यक्षेत्र धेरै वा थोरै जे भए पनि यी तीनओटै क्षेत्रको एउटै हैसियत हुन्छ, हुनुपर्छ । (नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष सुरवीर पोडेलसँग गरिएको कुराकानीमा आधारित)
एनसीसी बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बीमा पोलिसी बिक्री गर्ने सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्स बीच बीमा पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । मंसीर २६ गतेको भएको उक्त सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिने भएको छ ।
सेञ्चुरी कमर्सियल बैंकद्धारा अनाथ बालबालिकाहरुलाई सहयोग
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हेल्पलेस चिल्ड्रेन होम’, किर्तिपुर नगरपालिका वडा नं. ६ चोभार स्थित एक आश्रमलाई सहयोग गरेको छ । ३८ जना अनाथ, असाहय, अपाङ्ग तथा विपन्न वर्गका बालबालिकाहरु रहेका छन् । उक्त आश्रममा सुत्ने र बस्ने कोठामा कार्पेटको आवश्यकता भएकोले बैंकले कार्पेट र खाद्यपर्दाथ दिई आश्रमलाई सहयोग गरेको हो । बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले हेल्पलेस चिल्ड्रेन होमका उपाध्यक्ष सुनिता साम्सोहाङ्गलाई हस्तान्तरण गरेका थिए ।
हिमालयन पावर पार्टनरको पुस १२ र १३ गते बुक क्लोज
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको आगामी पुस १२ र १३ गते बुक क्लोज हुने भएको छ । संस्थाले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दुई दिन सेयर दाखिला खारेज बन्द गर्न लागेको हो । संस्थाको आगामी वार्षिक साधारणसभा पुस २९ गते बस्दै छ । यो वर्ष संस्थाले बोनस, नगद लाभांश लगायत हकप्रद सेयर केही पनि नदिने भएको छ । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ६ करोड रुपैयाँ रहेको छ । बिहीबार यस संस्थाको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँ बढेको छ । बुधबार प्रतिकित्ता १८४ रुपैयाँ रहेको संस्थाको सेयर मूल्य बिहीबार बढेर प्रतिकित्ता १८९ रुपैयाँ भएको छ ।
अत्याधिक खुट्टा गन्हाउने मानिसले जान्नै पर्ने कुरा
काठमाडौं। गर्मीयाममा मात्र होईन जाडोयाममा पनि धेरै मानिसको खुट्टा गनाउने हुन्छ र यो एउटा टाउको दुखाइ विषय हो। तपाईमध्ये कतिपयले कार्यालय वा विभिन्न व्यक्तिसँग भेटघाटमा जाँदा जुत्ता खोल्नपर्ने समस्याले हैरानी व्यहोर्नुभएको होला । यदी तपाईको खुट्टा अत्याधिक गनाउँछ भने जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । सकेसम्म खुट्टा खुल्ला राख्नुपर्छ । लामो समयसम्म जुत्ता मोजा लगाइराख्दा छालामा परेका साना साना चिराहरु दुख्छन् र तिनीहरूमा संक्रमण हुन सक्छ । यस्तो बेलामा मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउनु पर्छ । नुन पानीले फंगसलाई बढ्नबाट रोक्छ । यसले छालामा आउने पसिनालाई पनि केही कम गर्छ । हरेक दिन तातो पानीले खुट्टा भिजाउँदा छाला केही नरम हुन्छ र फंगस हटाउने क्रीम छालाको भित्री तहसम्म सजिलो तरिकाले पुग्छ । नुन पानीमा भिजाउने क्रम ३–४ हप्तासम्म गरिरहनु पर्छ । खाने सोडाको प्रयोग तपाईंको खुट्टा अत्याधिक गनाउँछ भने सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केही बेर राखिदिने । एकछिनपछि खुट्टा सफासँग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउँदा राम्रो हुन्छ। जुत्ता सुख्खा पारेर लगाउने खुट्टा गनाउने व्यक्तिले कपडाको जुत्ता लगाउनु राम्रो हुन्छ । छालाको जुत्ता सकभर प्रयोग नगर्नुहोस् । विशेष गरी गर्मीको याममा त जुत्ताभन्दा चप्पल र स्लिपर जुत्ता लगाए नै बेश हुन्छ । जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ । जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नुपर्छ । तुना बाँध्ने जुत्ता छ भने तुना खोलेर सकेसम्म हावा खेल्ने ठाउँमा राखिदिनुपर्छ । सम्भव भएमा जुत्ता बेला बेलामा घाममा सुकाउनाले पनि राम्रो हुन्छ । सूतीको मोजाको प्रयोग मोजा गनाउने समस्या हुने व्यक्तिले सकेसम्म सूतीकै मोजा प्रयोग गर्नुपर्छ । सूतीको मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ । यस्तो समस्या हुनेले मोजा धुँदा सफा गरेर साबुन लगाएर घाममा सुकाउनु पर्छ, ताकी त्यसमा फंगसका कुनै चिन्ह नरहुन् । साथै पसिनाको गन्ध पनि जाओस् र खुट्टा नगनाओस् । खुट्टा सुख्खा राख्ने हिलो उछि«न नदिन र निको पार्न खुट्टा सुख्खा राख्नु अनिवार्य र मुख्य उपाय हो । नुहाइ सकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नु पर्छ र १०–१५ मिनेट घाममा राख्नु पर्छ । मोजा, जुत्ता लगाउनै पर्ने भएमा खुट्टामा पाउडर लगाएर काप कापमा पाउडर दलेर मात्र मोजा लगाउनु पर्छ । यसले पसिना आउन कम गर्छ र पसिना कम आएपछि फंगस पनि केही कम हुन्छ । मरेको छाला हटाउने यो समस्या भएमा डल्लो र फोका उठ्ने केही मात्रामा कम भएपछि देखापर्ने साना र सेता छाला हटाउनु पर्छ । किन भने यसबाट फेरि संक्रमण हुन सक्छ । नुहाउने बेलामा खुट्टालाई राम्रोसँग भिजाएर एउटा व्रसले वा खस्रो सूतीको कपडाले पुछेर खुट्टा सफासँग धुनुपर्छ । विशेष गरी खुट्टाको कापमा राम्रोसँग सफा गर्नुपर्छ र खुट्टा धोइसकेपछि सुख्खा हुने गरी पुछ्नु पर्छ। चप्पलको प्रयोग स्वीमिगं पुलको वरिपरी, व्यायाम गर्ने ठाउँमा र बाथरूममा चप्पलको प्रयोग गर्दा राम्रो हुन्छ किन भने यस्तो ठाउँबाट फंगस सर्ने बढी सम्भावना हुन्छ ।
बजार ७ अंकले बढ्दा ३२ करोडको सेयर कारोबार, सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको
काठमाडौं । यस साताको अन्तिम दिनकाे सेयर बजार हरियाली भएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको परिसूचक अन्तिममा ७.६० अंकले बढेर बजार बन्द भएको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ०.६७ प्रतिशतले बढेर ११४८.७८ अंकमा पुगेको छ । सो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार भएको छ । बिहीबार कुल १५४ कम्पनीको ३२ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा साढे ८ करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा कुल २६ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । त्यस्तै, बिहीबार सबैभन्दा बढी सेयर कारोबार गर्नेमा नेपाल इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको एकैदिन एक लाख ५ हजार ८९१ कित्ता सेयर ५ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५०३ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा १३ रुपैयाँले बढेको हो । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९० रुपैयाँ रहेको थियो । बजारमा अधिकांश समूहको सूचक हरिया भएका छन् । निर्जीवन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स, बैंकिङ्, विकास बैंक, हाइड्रोपावर र उत्पादनमूलक समूह उकालो लागेका छन् । बाँकी होटल, फाइनान्स र अन्य समूह सामान्य अंकले ओरालो लागेका छन् ।
हस्तकला महासंघको ४६ औं वार्षिकोत्सव शुक्रबार पाटन दरबारमा हुने
काठमाडौं । हस्तकला महासंघको ४६औं वार्षिकोत्सव शुक्रबार मनाउने भएको छ । पाटन दरवार स्क्यारमा हुने उक्त हस्तकलाकाे सार्वजनिकिकरण कार्यक्रममा कला घोषणा गर्ने जनाएका छन्र । कार्यक्रम औपचारिक रूपमा मंगलबजारमा दिन विहान ललितपुरका विभिन्न टोलटोलमा हुने जनाएका छन्र । सोही दिन साँझ टोलटोलका, संघ संस्था, देवालय, शिवालय, विहार, कार्यालय र हस्तकलाका पसलहरुमा दिपावली गर्ने तयारी भईरहेको छ । साथै ललितपुर महानगरले हस्तकला घोषणा गरिएकोमा भब्य खुशीयाली मनाइने कार्यक्रम रहेको छ । सो कार्यक्रम तथा प्रभात फेरीमा सहभागी पुराउन सर्वसाधारण तथा संचारमाध्यमकाे अनिवार्य रहेकाे अायाेजकले समितिले बताएकाे छ ।