विकासन्युज

कर्मचारी समायोजन अध्यादेश बिरुद्ध मन्त्रालय घेराउको कार्यक्रम स्थगित, ३ बजे बिरोध प्रदर्शन गर्दै

काठमाण्डौ । शुक्रबार सिंहदरवार क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । कर्मचारी समायोजन अध्यादेशको विरुद्धमा कर्मचारीहरुले सिंहदरबार क्षेत्र मै सामान्य प्रशासन मन्त्रालय घेराउ र विरोध प्रदर्शन गर्ने आयोजन आयोजना गरेपछि सुरक्षाकर्मीको उपस्थिति बाक्लो गराइएको छ । सुरक्षाकोकर्मीको उपस्थिति बढाएर आफूहरुको शान्तिपूर्ण आन्दोलनमा धरपक्कड गर्ने सरकारी रणनीति रहेको भन्दै मन्त्रालय घेराउ र विरोध प्रदर्शनको कार्यक्रम स्थगित गरिएको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार कर्मचारी समायोजन अध्यादेशका विरुद्धमा शुक्रबार दिउँसो ३ बजे माइतिघर मण्डलाबाट बानेश्वरसम्म जुलुस प्रदर्शन गरिनेछ ।

‘बससेवा डटकम’ले ल्यायो अफर, अनलाइनबाट टिकट काट्दा नि: शुल्क यात्रा

काठमाडौं । अनलाइनबाट बस टिकट काट् ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा नि: शुल्क बस यात्रा गर्न सकिने अफर सार्वजनिक गरेको छ । कम्पनीले उक्त योजना डिसेम्बर ३० तारिख देखि जवनरी २ तारिखसम्म लागु हुने जनाएको छ । योजना अवधिमा हरेक दिन ५ जनाले शतप्रतिशत क्यासब्याक पाएर निुशल्क यात्रा गर्न छन् । भने अन्य ५ जनाले ५० प्रतिशत क्यासब्याक पाउनेछन् । कम्पनीका अनुसार गोलाप्रथाबाट भाग्यशाली यात्रीको छनोट गरिने छ । बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालका अनुसार अन्तर्राष्ट्रिय रूपमा मनाइने नयाँ वर्ष भएकाले नेपालमा पनि यसलाई आधार मानेर कार्यक्रम हुनेहुँदा नेपाली यात्रुहरूमा नयाँ वर्षको खुसीयाली साट्नको लागि छुट योजना संचालन गरिएको बताएका छन् । नयाँ वर्ष मनाउन पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकिय क्षेत्रमा जाने प्रचलन रहेको भन्दै यात्रुहरूका लागि यो अफर ल्याएको खनालको भनाइ रहेको छ । यात्रुहरूले भने अनलाइनबाट टिकट काट्दा नियमित रूपमा पाउँदै आएको १७ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । मुलुकभर इसेवाका ४० हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् । साथै आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिने छ ।

राष्ट्रिय सभामा सांसदको माग-मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाऊ

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमा विशेष समयमा सांसद बलरामप्रसाद बाँस्कोटाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएकामा सराहना गरे । उनले सहमति र सहकार्यका आधारमा कार्यक्रम कार्यान्वयन भएको चर्चा गर्दै यसले निम्न आय भएका वर्गलाई विशेष फाइदा पुुग्ने विश्वास व्यक्त गरे । सांसद राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले आफ्नो प्रारम्भिक प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमक्ष बुझाएको भन्नेबारेमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउन माग गर्दै प्रतिवेदनको मस्यौदा सांसदको पिजनहोलमा कहिले राख्ने ? भन्ने प्रश्न गरे । उनले संविधानमा सार्वजनिक, निजी, सहकारीकामार्फत शिक्षा विकास गर्ने भनिएको छ तर सरकारले यो कुरालाई बिर्सिएको छ भने । सांसद वृषेशचन्द्र लालले विगतमा तराई–मधेश घटनाका बारेमा छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गराउन माग गरे । सांसद दीलकुमारी रावलले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटलियन कम्पनी सिएमसीले एकतर्फीरुपमा किन आफ्नो ठेक्का प्रक्रिया रद्द गरी आयोजनाको काम ठप्प ग¥यो रु यसका बारेमा खानेपानी मन्त्रीले सदनमा जानकारी गराउन माग गरे । सांसद बद्रीप्रसाद पाण्डेले हालै दाङ, नुवाकोटमा भएका सडक दुर्घटना, कालिकोटका आगलागीका घटनामा परी अकालमा मृत्यु भएका परिवारजनलाई उचित राहत प्रदान गर्न र घाइतेको शीध्र उपचारको व्यवस्था मिलाउन माग गर्दै बूढीगण्डकी स्वदेशी कम्पनीले बनाउने प्रबन्ध मिलाउनुपर्छ भने । उनले वैदेशिक रोजगारीका लागि मलेशिया जाने प्रक्रिया खोल्न र मेलम्ची खानेपानी आयोजनाका बाँकी काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद जीवन बुढाले कालिकोटको न्यौपाने बस्तीमा हालै आगलागी हुँदा त्यहाँका १७९ घरमध्ये ८७ घर जलेर नष्ट भएको, १३ जना घाइते भएको, रु तीन करोड छ लाख बराबरको क्षति भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै आगलागी भएको गाउँको पुनःनिर्माण प्रक्रिया अगाडि बढाउन सङ्घीय सरकारले प्राथमिकता दिन माग गरे । उनले भने, “कणाली प्रदेशका अधिकांश घरका छाना खरले छाएका छन्, आगलागीको उच्च जोखिम हुन्छ । यसैले कर्णालीलाई खरको छानामुक्त बनाउन ध्यान जाओस् ।” सांसद रामनारायण बिडारीले पुनःनिर्माण प्राधिकरणको समयावधि पुनःनिर्माणका लागि दुई वर्षमात्र भएको सन्दर्भमा हालसम्म प्राधिकरणले के काम गर्यो ? यसका बारेमा सदनलाई जानकारी दिन माग गर्दै राष्ट्रिय गौरवको आयोजना काठमाडौँ बारा जोड्ने द्रुतमार्गअन्तर्गतको खोकना क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद कोमल ओलीले पूर्व–पश्चिमअन्तर्गतको राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक आयोजनाको काम छिटो अगाडि बढाउन माग गरे । सांसद रामपृत पासवानले दलित जनजाति सूचीमा सूचीकृत गर्दा ध्यान दिन आग्रह गरे ।

२ लाख ५० हजार घुस लिने उत्तम चौधरी इच्छा होटलबाट समातिए

काठमाडौं । २ लाख ५० हजार घुस लिने उत्तम चौधरी पक्राउ परको छन् । राजापुर नगरपालिका वडा नं १० का वडा सदस्य उत्तम चौधरीले घुस लिदैं गर्दा इचछा होटलबाट पक्राउ परका हुन् । क्रसर उद्योगको दर्ता गर्न सहयोग गरिदिने भन्दै घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीलाई पक्राउ गरको हो । उनीमाथ थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।

सुडानमा मूल्यवृद्धिको विरोध, १९ जनाको मृत्यु

खार्तुम । सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् । सुडानका सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक सय ८७ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिए । उत्तर अफ्रिकी राष्ट्र सुडानमा मूल्यवृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छन् । गत साता सुडानको राजधानी सहर खार्तुममा प्रदर्शनकारीले नेसनल कङ्ग्रेस पार्टी (एनसीपी)को मुख्यालयमा आगजनी गरेपछि कफ्र्यु समेत लगाइएको थियो । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा मागेका छन् । सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ । उक्त मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकार विरुद्ध राष्ट्रव्यापी प्रदर्शन भइरहेका छन् । रासस/एएनआई

नेपालगञ्जमा गरिमा विकास बैंकको शाखा विस्तार

काठमाडौं । गरिमा विकास बैंकले बाँके जिल्लाको नेपालगञ्जमा शाखा कार्यालय विस्तार गरेको छ । शाखा कार्यालयको उद्घाटन नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा.धवल शमशेर जवराले गरेका हुन् । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको हाल उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । हाल गरिमा विकास बैंकले रु.२५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २२ अर्ब ३० करोड कर्जा लगानी गरेको छ । गरिमा विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने भएको छ ।

सिटिजन्स बैंकको प्रादेशिक कार्यालय प्रदेश नं. १ को बिराटनगरमा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पुस १३ गते प्रदेश नं. १ को प्रादेशिक कार्यालय बिराटनगरमा स्थापना गरेको छ । उक्त कार्यालयको उद्घाटन समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदेश नं १ अन्तर्गत बैंकका ११ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथ साथै शाखाहरु संगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरी फैलिएकाआफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

८ घण्टा भन्दा बढी सुत्नु हुन्छ ? होशियार ! चाँडै मृत्युको मुखमा पुगिएला

काठमाडौं। बयस्क उमेर समुहलाई ६-८ घण्टा सुत्न उपयुक्त मानिन्छ। युरोपेली हार्ट जर्नलमा बुधवार प्रकाशित एक विश्वव्यापी अध्ययनको अनुसार ६-८ घण्टा भन्दा बढि सुत्ने मानिसमा मृत्यु र हृदय रोगको जोखिम बढी हुने गर्दछ। अनुसन्धान टोलीले २१ वटा देशहरूको तथ्यांक अध्ययन गरे अनुसार उपयुक्त समय भन्दा बढी सुत्दा व्यक्तिहरूले हृदयघात जस्तै स्ट्रोक वा हृदय विफलता हुने खतराका साथै मृत्‍यु हुने सम्भावना ४१ प्रतिसतले बढेर जान्छ। अझै दिउँसो सुत्ने मानिसहरुमा यसको खतरा बढी देखिएको छ। धेरै सुत्ने बानीलाई कसरी हटाउने ? ‘बानी’ भनेको हामीले चाहेअनुसार परिवर्तन गर्न सकिने कुरा हो। यदि तपाईँको धेरै सुत्ने बानी छ भने त्यसलाई हटाउने एउटै उपाय भनेको ‘कम सुत्ने’ नै हो। तर कसरी? एकैदिनमा यो सम्भव छैन, समय लाग्न सक्छ। तर तपाईँको मुटु अनि शरीरको स्वास्थ्यको कुरा छ, जति समय लागेपनि त्यो बानीलाई हटाइहाल्नु उचित हुन्छ। तपाईँलाई आवश्यक पर्ने निन्द्राको समयको मूल्याङ्कन गर्नुहोस्। तर ८ घण्टा भन्दा बढि नहोस्। उठ्ने समयलाई निर्धारण गर्नुहोस्। कार्यालयको समय अथवा परिवारको चाहनाअनुसार आफ्नो उठ्ने समयलाई निर्धारण गर्न सकिन्छ। हरेक दिन त्यहि समयमा उठ्ने बानी गर्नुहोस्। बिदाको दिन होस् या कामको दिन, त्यहि समयमा उठ्नुहोस्। कोठाभरी नै आलरम घडी राख्नुहोस्। जब आलरम बज्छ, उठिहाल्नुहोस्। स्नुज गर्ने काम नगर्नुहोस्। सकेसम्म घडीलाई सुतेको ठाउँबाट टाढै राख्नुहोस्। हरेक रात एउटै समयमा सुत्ने गर्नुहोस्। यहि तालिकालाई दृढ भएर कम्तीमा पनि २ हप्ता पालना गर्नुहोस्। अनि आफैले फरक पाउन सक्नुहुन्छ। सिएनएनको सहयोगमा