विकासन्युज

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पौडेल पुनः नियुक्त

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश पौडेल थप कार्यकालका लागि नियुक्त भएका छन् । पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । पाैडेलको नयाँ कार्यकाल माघ १ गतेबाट शुरु हुनेछ ।

संसदमा सरकारी बैंकको आलोचना, सेवा प्रभावकारी भएन

काठमाडौँ । सरकारी बैंकको सेवा प्रभावकारी नरहेको नागरिक स्तरमा गुनासो थियो । यो गुनासो अब संसदमा पनि पुगको छ । शुक्रबार संसद बैठकमा सरकारी लगानीका बैंक तथा वित्तीय संस्थाले नागरिकलाई प्रभावकारी सेवा दिन माग गर्दै सांसद रेनुका गुरुङले निजी बैंकको तुलनामा सरकारी बैंकलाई प्रभावकारी बनाउन आग्रह गरिन् । उनले सरकारी लगानीका बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका एटिएम मेसिनको सेवा प्रभावकारी नभएको, नागरिकले हैरानी मात्रै पाएकाले राष्ट्र बैंकले आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउन माग गरे । उनले एटिएम मेसिनमा पैसा नराखी नागरिकलाई दुःख दिने बैंकका कर्मचारीलाई कारवाही गर्नुपर्नेमा जोड दिइन् ।

उद्योगपति दुगडको ७५ औं जन्मोत्सवमा “द रेनेसेन्स म्यान” नामक आत्मकथा विमोचन

काठमाडौं । औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगडको ७५ औं जन्मोत्सव पारेर “द रेनेसेन्स म्यान” आत्मकथा समेटिएको पुस्तक विमोचन गरिएका छन् । विमोचन भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका छन् । उक्त पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्यक्तिको रुपमा चित्रण गरिएको छ । किसनलाल दुगडको जन्म वि.स. २००० सालमा भएको थियो र १३ वर्षको उमेरबाट नै पढाइको साथ साथै उद्योग व्यवसायलाई पनि अगाडि बढाउन निरन्तर रुपमा लागि रहेका छन् । कृषि प्रधान देश नेपालको विकासमा कृषि सम्बन्धि उद्योगहरु खोलि विस्तार गर्यो भने देश विकासमा सहयोग पु¥याउन सकिन्छ । के.एल. दुगड समुह नेपालकै अग्रणी औद्योगिक व्यवसायिक घरानामा पर्दछ । नेपालमै कच्चापदार्थ पाइने उद्योगहरुको स्थापना ग¥यो भने देशको विकासमा भरपुर सहयोग पुग्छ भन्ने मान्यता राख्ने के.एल. दुगड समुह पछिल्लो समय सिमेन्ट उद्योग तथा हाइड्रोपावरहरुमा लगानी गरेको छ । अन्तर्राष्ट्रिय आयातको प्रतिस्थापन गरि स्वदेशी उद्योगहरुको विकासमा के.एल. दुगड समुह लागी परिरहेको छ । उक्त समुहले हजारौंको संख्यामा रोजगारी प्रदान गर्दै आएको छ ।

संसदमा गर्जिए गगनः कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन माग

काठमाण्डौ । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले कर्मचारी समायोजन अध्यादेश फिर्ता दिन माग गरेका छन् । सांसद थापाले कर्मचारी समायोजन अध्यादेशका कारण देशव्यापी रुपमा कर्मचारी आन्दोलित भएको भन्दै विगतमा नै ल्याइएको कर्मचारी समायोजन ऐन कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । प्रदेश लोक सेवा आयोग, कर्मचारी समायोजन ऐन ल्याइएको भए हाल समस्या नआउने भन्दै उनले सरकारले कर्मचारी समायोजनमा ध्यान नदिइएकामा आपत्ति जनाए । उनले अध्यादेश फिर्ता लिएर तीन वटै तहको कर्मचारी समायोजनसम्बन्धी ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराए । सांसद थापाले आफूहरु सरकारसँग मिलेर नै काम गर्न तयार रहेकाले आवश्यक कानून ल्याउन अनुरोध गरे ।

तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं।गुरुङ जातिको नयाँ बर्ष “तमु ल्होसार” पर्वको अवसरमा पुस १५ गते आइतवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रवार सूचना जारी बिदा दिने निर्णय गरेको हो। उक्त दिन गण्डकीस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराइएको छ । ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

सरकारसँग ट्याक्सी चालकको मागः भाडा दर कम भो, सुरक्षा चाहियो

काठमाडौँ । उपत्यकामा चल्ने ट्याक्सी चालक तथा व्यवसायीले बदलिँदो परिस्थितिअनुसार वैज्ञानिक भाडादर कायम गर्न तथा ट्याक्सी चालकको सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् । बारम्बार ट्याक्सी चालकमाथि साङ्घातिक आक्रमण हुन थालेपछि उनीहरूले सरकार समक्ष चालकको सुरक्षाको सुनिश्चितता गर्न र २०६९ सालमा तोकिएको भाडादर परिमार्जन गरेर वैज्ञानिकरुपमा भाडादर कायम गर्न सरकारसँग माग गरेका हुन् । वैज्ञानिक भाडादर कायम नहुँदा बाध्यतावश यात्रु ठगिने गरेको बताउँदै यात्रु ठगिनबाट जोगिन पनि भाडादर समायोजन हुनुपर्ने उनीहरुको माग छ । “२०६९ सालदेखि भाडा समायोजन भएको छैन । छिमेकी मुलुकहरूमा मिटरको शुरुआत कल तीन किलोमिटर बराबर हुन्छ । त्यो हिसाबले हाम्रो यहाँको मिटरमा शुरुमा कल एकदमै कम छ’’, व्यवसायी एवं चालक पूर्ण तामाङले बताए । शुरुमा कल एकदमै कम भएकाले यहाँका छोटो दूरीमा ट्याक्सीले मिटरमा यात्रु लैजान समस्या भइरहेको उनको भनाइ छ । “मूल्यवृद्धिको आधारमा किमीको भाडा पनि कम छ, पर्याप्त ट्याक्सी पार्किङ तथा ट्राफिक प्रहरीले गर्ने व्यवहार समेत राम्रो छैन”, उनले भने । सुरक्षाका सवालमा ट्याक्सी चालक असुरक्षित रहेको बताउँदै तामाङले २०७४ सालमा भक्तपुर मनोहरा किनारामा चालक यज्ञ खड्काको गाडीभित्र हत्या र गत कात्तिक २४ गते चालक भरत मल्ललाई सोही स्थानमा लगेर आक्रमण गरी गम्भीर घाइते बनाइएको जानकारी दिए । यही पुस १ गते चालक डम्बर खड्कालाई ट्याक्सी चलाइरहेका बेला ललितपुरको पुल्चोकबाट बालकुमारी खोला किनारामा लगेर कुटपिट गरी गम्भीर घाइते बनाइएको घटनाका दोषी पत्ता नलाग्नु गम्भीर विषय भएको तामाङले बताए । व्यवसायी तथा चालक समाजसेवाका अभियानकर्ता सानु पूर्वाछाने मगर, आफूलगायत व्यक्तिले करीब रु ५७ हजार चन्दा उठाएर घाइतेको उपचार गरेको बताउँदै तामाङले कुटपिटबाट ट्याक्सी चालकले आँखा गुमाउनु परेको जानकारी दिए । “अर्का घाइते बा १ ज ६१ ५६ नंं का चालक डम्बर खड्कालाई रु २५ हजार सहयोग गरियो । प्राइभेट गाडीले ट्याक्सीको काम गर्दा पनि समस्या भएको छ । यसबारेमा पटक÷पटक उजुरी गरे पनि सम्बन्धित निकायले समस्या समाधानका लागि पहल गरेको छैन”, चालकहरूको भनाइ छ । हरेक चिजको मूल्यवृद्धि भएको अवस्थामा ट्याक्सी भाडा पनि समायोजन हुनुपर्ने बताउँदै तामाङले भने, “२०६९ सालमा ट्याक्सीको रुट परमिट लिँदा २५० तिर्नुपथ्र्यो, अहिले पाँच सय तिर्नुपर्छ, तेस्रो पक्ष बीमा ५०० बाट अहिले रु सात हजार ८०० छ, यस्तो अवस्थामा ट्याक्सीको भाडा बढाउनु आयश्यक छ ।” अधिकांश ट्याक्सी चालकले उपभोग्य वस्तुको मूल्यवृद्धि भएकाले सरकारले वैज्ञानिक र उपयुक्त संयन्त्रबाट मूल्य समायोजन गर्नुपर्ने तथा चालकमाथि आक्रमण गर्नेलाई कारवाही गर्नुपर्ने, रात्रिकालीन समयमा ट्याक्सी चलाउने चालकको सुरक्षा गरिनुपर्ने, उचित रुपमा सङ्ख्यागत आधारमा ट्याक्सीको पार्किङ गर्ने व्यवस्थापन हुनुपर्नेलगायत माग राख्दै आएका छन् । रासस

आशा लघुवित्तले एकैदिन खोल्यो चार नयाँ शाखा, २८ जिल्लामा सेवा विस्तार

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले एकैदिन थप चारवटा शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ । संस्थाले बिहीबार मात्रै महोत्तरीको एकडारा गाउँपालिका, धनुषाको मुखियापट्टी मुसहर मनिया गाउँपालिका, सिराहाको सखुवानान्कार कट्टीगाउँपालिका तथा सप्तरीको रुपनी गाउँपालिकाबाट कारोबार शुरु गरेको हो । यी सहित संस्थाको शाखा संख्या ४५ पुगेको छ । त्यस्तै, संस्थाले २८ वटा जिल्लाहरुमा विस्तार भएको छ । एकडारा गाउँपालिकाका प्रमुख राम छविलाल साह, मुखियापट्टी मुसहर मनिया गाउँपालिकाका उपाध्यक्ष मीरादेवी महतो, रुपनी गाउँपालिकाका उपाध्यक्ष सरिता यादव तथा सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले शाखा कार्यालयहरुको उद्घाटन गरेका हुन् । संस्थाले विपन्न वर्गलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्ने उद्देश्यका सहित विभिन्न स्थानमा नया नया शाखा विस्तार गरिरहेको छ । साथै, संस्थाले आगामी दिनहरुमा अझ सहज र प्रभावकारी रुपमा वित्तीय सेवा प्रवाह गर्ने प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले जानकारी दिए । संस्थाले हालसम्म १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । साथै, सदस्यहरुबाट ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

सरकारलाई सेयर लगानीकर्ताको प्रश्नः फूलले हानौं कि बञ्चरोले ?

काठमाडौं । सेयर लगानीकर्ताहरुले सरकारलाई फूलले हानौं कि बञ्चरोले भनि प्रश्न गरेका छन् ।  आफ्ना जायज मार्गहरु शान्तिपूर्ण तरिकाले सम्बोधन गरिदिन आग्रह गर्दा नटेरेको भन्दै लगानीकर्ताहरुले फुलले हान्दा नटेरे आफुहरुसँग बञ्चरो समेत रहेको बताएका हुन् । राजधानीमा शुक्रबार भेला भएका अधिकांश लगानीकर्ताहरुले   समूहको तर्फबाट यसअघिका आन्दोनहरुमा सहभागी हुनेहरुप्रति आभार व्यक्त गर्दै आफूहरुलाई वेवास्ता गरिएकोमा सरकार र नियामक निकायहरुप्रति रोष प्रकट गरेका थिए । बैठकमा सहभागी एक सदस्यले आफूहरुले सरकारलाई ध्यानाकर्षण गर्न फूलले हानेको भन्दै आफूहरुसँग बञ्चरो पनि भएको र परिआए त्यो पनि चलाउनसक्ने चेतावनी दिए । अर्का सदस्यले माओवादी सशस्त्र युद्धपनि दवाव समूहबाट नै जन्म भएको भन्दै आफूहरुलाई कमजोर नआक्न चेतावनी दिए । बैठकमा वक्ताहरुले बजारमा हालसम्म क्रियाशील लगानीकर्ता नेताहरुले सरकारको दलाली गरेको आरोप समेत लगाए । उनीहरुले शेयर बजारको विश्लेषकको नाममा विष्णुप्रसाद बस्यालले २ करोड रुपैंया लिएर बजार परिसूचकलाई ९०० अंकमा ल्याउने जिम्मा लिएको आरोप समेत लगाए । नयाँ संघप्रतिको आलोचनात्मक टिप्पणी शेयर बजार दवाव समूहको नामबाट करिब १ महिना अघिदेखि बजारमा आन्दोलन गर्दै आएका लगानीकर्ताको समूहले शुक्रबार भृकुटीमण्डपमा भेला गरे। यसअघि गरिएको आन्दोलनको समीक्षा गर्ने र थप दवावका कार्यक्रम तय गर्ने भनेर डाकिएको भेला भए पनि भेलाले न त यसअघिको आन्दोलनको समीक्षा नै राम्राेसँग तय गर्न सक्याे, न त भावी रणनीति नै । भेलाकाे पहिलाे चरण भनेर छुट्याइएकाे समयमा उपस्थितमध्ये केहीले अाफ्ना अनुभव साट्नु र सरकारकाे अालाेचना गर्नुबाहेक केही गरेनन् । बरु भेलाले १५ सदस्यीय कार्यसमितिको चयन गरी नयाँ संस्था दर्ता प्रक्रिया सुरु गरेको छ । करिब १०० जना लगानीकर्ताको उपस्थिति रहेको उक्त भेलामा उठेर बोल्ने अधिकांश व्यक्तिहरु कार्यसमितिमा अटाए । विशेषगरी उपाध्यक्ष र सदस्यहरु चयन गर्ने क्रममा केही विवाद देखिए पनि अन्तमा सबै सदस्यहरु सर्वसम्मत रुपमा चयन भए । नयाँ कार्यसमिति चयनअघि बोल्ने अधिकांश वक्ताहरुले दवाव समूहको रुपमा गरिएको यसअघिको रिले अनसन, आमरण अनसन लगायतका आन्दोलनहरुले नै सरकारले बजारकाे एजेन्डा स्थापित गराउन सफल भएकाे भनेर दाबी गर्नसक्ने ठाउँ थियाे, त्यसमा समूहका नेताहरु फेरि पनि चुकेका छन् । भेलाले यसअघिका अान्दाेलनहरुले लगानीकर्तालाई व्युँझाउन सफल भएको भन्दै आन्दोलनमा सहभागी हुने सबैलाई धन्यवाद दिए पनि निर्वाचित कार्यसमितिले त्यसबारे आधिकारिक धारणा भने बनाउन सकेन । बैठकमा यसअघि समूहले उठाएका १४ बुँदै मागहरुमा जुन रुपमा छलफल हुनुपर्थ्याे त्याे गर्नबाट समेत समूह चुकेकाे छ ।