‘बससेवा डटकम’ले ल्यायो अफर, अनलाइनबाट टिकट काट्दा नि: शुल्क यात्रा

<p>काठमाडौं । अनलाइनबाट बस टिकट काट् ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा नि: शुल्क बस यात्रा गर्न सकिने अफर सार्वजनिक गरेको छ । कम्पनीले उक्त योजना डिसेम्बर ३० तारिख देखि जवनरी २ तारिखसम्म लागु हुने जनाएको छ । योजना अवधिमा हरेक दिन ५ जनाले शतप्रतिशत क्यासब्याक पाएर निुशल्क यात्रा गर्न छन् । भने [&hellip;]</p>

काठमाडौं । अनलाइनबाट बस टिकट काट् ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा नि: शुल्क बस यात्रा गर्न सकिने अफर सार्वजनिक गरेको छ । कम्पनीले उक्त योजना डिसेम्बर ३० तारिख देखि जवनरी २ तारिखसम्म लागु हुने जनाएको छ ।

योजना अवधिमा हरेक दिन ५ जनाले शतप्रतिशत क्यासब्याक पाएर निुशल्क यात्रा गर्न छन् । भने अन्य ५ जनाले ५० प्रतिशत क्यासब्याक पाउनेछन् ।

कम्पनीका अनुसार गोलाप्रथाबाट भाग्यशाली यात्रीको छनोट गरिने छ । बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालका अनुसार अन्तर्राष्ट्रिय रूपमा मनाइने नयाँ वर्ष भएकाले नेपालमा पनि यसलाई आधार मानेर कार्यक्रम हुनेहुँदा नेपाली यात्रुहरूमा नयाँ वर्षको खुसीयाली साट्नको लागि छुट योजना संचालन गरिएको बताएका छन् । नयाँ वर्ष मनाउन पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकिय क्षेत्रमा जाने प्रचलन रहेको भन्दै यात्रुहरूका लागि यो अफर ल्याएको खनालको भनाइ रहेको छ ।

यात्रुहरूले भने अनलाइनबाट टिकट काट्दा नियमित रूपमा पाउँदै आएको १७ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । मुलुकभर इसेवाका ४० हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् । साथै आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिने छ ।

Share News