काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुँजी बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखेको छ । सरकारले छरिएर रहेका साना पुँजीहरुलाई एकिकृत गरि लगानी योग्य बनाउने भनेको छ ।
‘पुँजी बजारको विस्तार गर्दै छरिएर रहेका साना पुँजीहरु एकिकृत गरि लगानी योग्य बनाउन समिश्रित वित्त, सामुहिक लगानी र भेञ्चर क्यापिटल जस्ता संयन्त्र परिचालन गरिनेछ ’, सरकारको नीति तथा कार्यक्रममा लेखिएको छ ।
सरकारले नीति तथा कार्यक्रम र बजेटमा पुँजी बजारलार्इ प्रवर्द्धन गर्ने विश्वास लगानीकर्तामा बढेकाे देखिएकाे छ । परिणाम बैशाखदेखि सेयर बजार करिब २०० अंकले बढेकाे थियाे ।