निजगढ विमानस्थल र बुढिगण्डकी जलविद्युत आयोजना फेरी अनिश्चित

<p>काठमाडौं । निजगढ अन्तराष्ट्रिय विमानस्थल र बुढिगण्डकी जलविद्युत आयोजना फेरी अनिश्चित भएको छ । सरकारले यी दुबै आयोजनालाई कम प्राथमिकता दिएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपछि विद्यादेवी भण्डारीले विभिन्न ठूला परियोजनाको काम थालनी गर्ने र निर्माण सम्पन्न हुने परियोजनाको मिति नै तोकेकि छिन् । उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सन् २०१९ मा [&hellip;]</p>

काठमाडौं । निजगढ अन्तराष्ट्रिय विमानस्थल र बुढिगण्डकी जलविद्युत आयोजना फेरी अनिश्चित भएको छ । सरकारले यी दुबै आयोजनालाई कम प्राथमिकता दिएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपछि विद्यादेवी भण्डारीले विभिन्न ठूला परियोजनाको काम थालनी गर्ने र निर्माण सम्पन्न हुने परियोजनाको मिति नै तोकेकि छिन् ।

उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सन् २०१९ मा निर्माण सम्पन्न गरिने बताईन । साथै पोखरा विमानस्थल सन् २०२१ को शुरुमा नै सम्पन्न गर्ने बताईन ।

त्यस्तै, मेलेम्ची आगामी आर्षिक वर्षभित्र निर्माण सम्पन्न गर्ने बताईन् छ ।

उनले पूर्वपश्चिम रेलमार्ग, उत्तर–काठमाडौं–दक्षिण रेलमार्ग निर्माण थालनी गरिने मिति नै तोकिकी छिन् । तर निजगढ अन्तराष्ट्रिय विमानस्थल र बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने सरकारी प्रतिवद्धता मात्र जनाइन् ।

अरु परियोजना निर्माण सम्पन्न गर्ने वा काम थालनी गर्ने मिति नै तोकिए पनि यी दुई ठूला परियोजनाको बारेमा सरकार मौन बस्नुले यी परियोजना सरकारको प्राथमिकता कम परेको जानकारहरुले बताएका छन् ।

Share News