विकासन्युज

इप्पान प्रतिनिधि मण्डलले गर्यो बंगलादेश भ्रमण, ‘जलविद्युतमा लगानी गर्न तयार’

काठमाडौँ । नेपाल र बंगलादेशबीच विद्युत ब्यापार बिस्तार गर्ने मूल उद्देश्यले बंगलादेशका निजी बिद्युत ब्यवसायीको निमन्त्रणामा, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को १४ सदस्यीय प्रतिनिधि मण्डलले बैशाख १५ देखि १८ गतेसम्म बंगलादेशको भ्रमण सम्पन्न गरेको छ । प्रतिनिधि मण्डलको नेतृत्व इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले गरेका थिए । भ्रमणका क्रममा नेपाली प्रतिनिधि मण्डलले बंगलादेशको उर्जा राज्य मन्त्री, बंगालादेश पावर डेभलेपमेन्ट बोर्डका अध्यक्ष, बंगलादेश उर्जा नियमन आयोगका अध्यक्ष, सरकारी स्वामित्वमा रहेको पूर्वाधार विकास कम्पनी (इड्कोल), निजी उर्जा उत्पादक कम्पनीहरु, तथा पूर्वाधार क्षेत्रमा परामर्श दिइरहेका विभिन्न कम्पनीहरुसंग भेट गरी बंगलादेशको हालको विद्युत उत्पादनको अवस्था, माग प्रक्षेपण, प्रसारण लाइनको अवस्था, लगानीका अवसर र चुनौतीहरुबारे विचार गरेको जनाएको छ । भ्रमणमा क्रममा भारतले छिमेकी राष्ट्रहरुबीच विद्युत आदान–प्रदानको लागि अङ्गिकार गरेको उदार नीतिहरुले गर्दा नेपाल र बंगलादेशबीच विद्युत ब्यापार बिस्तार गर्ने वातावरण बनेको अध्यक्ष गुरागाईँले बताए । छलफलका क्रममा नेपालमा जलविद्युतमा लगानी गर्न लगानीकर्ताहरुले चासो देखाएको अध्यक्ष गुरागाईँले बताए । नेपाली प्रतिनिधिमण्डलको बंगलादेशको भ्रमण सफल पार्न सहयोग गर्ने बंगलादेशका उर्जा राज्य मन्त्री, ढाका स्थित नेपाली दूतावास, काठमाडौं स्थित बंगलादेशका राजदूत, बंगलादेशका सरकारी तथा निजी संघ संस्था तथा अन्य सबैलाई इप्पान हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

समस्या पर्दा मद्दत नपाएको गायिका बिमाकुमारी दुराकाे गुनासो (भिडियो सहित)

काठमाडौँ । चर्चित लोक गायिका बिमाकुमारी दुरा अति मार्मिक गीत “पातिले बारेको घर’ मार्मिक गीत लिएर बजारमा आएको छिन। यस गीतमा दुर्गा बिरही र बिमा कुमारीको आवाजमा रहेको सो गीत रहेको छ । धेरै समय पछी संगीत क्षेत्रमा फर्केकी बिमा मिडियामा आएर यस्तो कुराकानी गरिरहेकी छिन्र। पहिले र अहिलेको संगीत क्षेत्रमा भएको फरकबारे पनि उनले यसरी विश्लेषण गरेकी छिन उनलाई दुख र समस्यामा पर्दा कोहिबाट पनि मद्दत नपाएको उनले दुख ब्यक्त गरेकी छिन्र । एक्लै भ्एको अवस्थामा मद्दत नपाएको तर त्यो बेला उनलाई कसैले पनि सपोर्ट नगरेको उनले बताउँ छिन् । सरकारको पनि ध्यानाकर्षण होस् भन्ने धारणामा ‘अन्त्यमा नेपाली गीत संगीतलाई माया गर्दिनु साथै यस क्षेत्रमा सरकारको पनि ध्यान रहोस भन्ने सन्देश दिईएको छिन्र। भिडियाे हेर्नका लागि तल क्विलक गर्नहोस

“भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५” बरिष्ठ गायक प्रेमध्वज र संगीतकार शम्भुजीतलाई

काठमाडौं । “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५” बरिष्ठ गायक प्रेमध्वज र बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई प्रदान गरिने भएको छ। भक्तराज आचार्य संगीत प्रतिष्ठानद्धारा हरेक वर्ष प्रदान गरिँदै आएको यो सम्मान यस वर्षका लागि प्रधान र बॉस्कोटाले पाउने भएका छन् । यहि वैशाख २८ गते एक भब्य कार्यक्रम आयोजना गरि गायनतर्फ बरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई सम्मानित गरिने छ । हरिप्रसाद रिमाल र चन्द्रराज शर्मालाई सम्मानित गर्दै गत वर्ष देखि यो सम्मानको सुरुवात गरिएको हो । प्रतिष्ठानाले गत वर्ष संगीतकर्मी कल्याणकारी कोषलाई आर्थिक सहयोग र रोयल्टी समेत प्रदान गरेको थियो । सामाजिक र साङ्गितिक कार्यहरुमा क्रियाशील रहेको भक्तराज आचार्य संगीत प्रतिष्ठानले गायन र संगीत क्षेत्रका श्रस्टाहरुलाई हरेक वर्ष सम्मान गर्दै जाने चर्चित गायक स्वरुपराज आचार्यले बताए । यस वर्षको सम्मान कार्यक्रम प्रतिष्ठानले सिटी एक्सप्रेस मनि ट्रान्सफरको मुख्य सहयोगमा आयोजना गर्दै छ।

नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड

काठमाडौं । यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । साथै उक्त अवसरमा छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६बाट करिव तीन दशकदेखि आधुनिक गिती गायन तथा मुलत चलचित्र पाश्र्व गायन गर्दै आएकी गायिका देवीका बन्दना तथा विगत २५ वर्षदेखि चलचित्र निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिने भएको छ । यसै अवसरमा छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट विगत ३ दशकदेखि रंग पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टकर्मी अनन्त वाग्ले पुरस्कृत हुने भएका छन् । ११औं इएनआई छायाँछवि डि सिने अवार्ड –०७६का अवसरमा ४ चलचित्रकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गर्न लागिएको हो । कार्यक्रम यहि वैशाख २१मा काठमाडौंमा आयोजना हुँदैछ । छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड –०७६का पुरस्कृत व्यक्तित्व नीर शाह पूसस्त चलचित्रमा अभिनय गर्नुका अलावा बसन्ती, राजमति, सेतोबाध जस्ता अव्वल चलचित्र निर्देशक हुन् । विगत ५० वर्षभन्दा लामो अवधिदेखि टेलिभिजन एवं चलचित्रमा सक्रिय नीर शाह अब्वल कलाकार एवं निर्देशकका रुपमा परिचित छन् । छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६ (महिला) बाट सम्मानीत हुँदै गरेकी देवीका बन्दना पाश्व गायनमा सम्मानित नाम हो । यस्तै छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६ (पुरुष)बाट पुरस्कृत हुँदै गरेका शोभित बस्नेत उम्दा निर्देशकका रुपमा चिनिन्छन् । राजकुमार नामक चलचित्रबाट २०५१ सालदेखि निर्देशन यात्रा प्रारम्भ गरेका शोभितले –०७६ सम्म आइपुग्दा २९ चलचित्रको निर्देशन गरिसकेका छन् । यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार –०७६बाट पुरस्कृत हुँदै गरेका रंग पत्रकारि हुन् –अनन्त वाग्ले । २०४७ सालमा माधुरी नामक पत्रिकारबाट रंगपत्रकार प्रारम्भ गरेका अनन्तले कान्तिपुर साप्ताहिक, गोरखापत्र, स्टारडम, गीताञ्जली जस्ता मिडिया हुँदै यहिले अन्नपूर्ण पोष्टमा मनोरञ्जन विभाग प्रमुख भएर कार्य सम्पादन गरिरहेका छन् । ११औं इएनआई छायाँछवि डि सिने अवार्ड ०७६का अवसरमा प्रदान गरिनेसम्मान एवं पुरस्कार अन्तर्गत छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्डमा नगद रु.२५०२५।– सहित प्रमाण–पत्र प्रदान गरे, भने छायाँछवि चलचित्रकर्मी रजत सम्मान–०७६मा प्रमाण–पत्र तथा दोसल्लाद्वारा सम्मान गरिनेछ । यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारमा नगद रु.११ हजार १सय ११ रुपैयाँ सहित प्रमाण–पत्र एवं दोसल्ला सम्मान गरिने कुरा आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

च्वाडी पब्लिक माविका भूतपूर्व विद्यार्थीहरुको भेटघाट कार्यक्रम सम्पन्न

नुवाकोट । च्वाडी पब्लिक मावि माझीटारमा अध्ययन गरी विभिन्न पेशा व्यवसायमा सकृय भूतपूर्व विद्यार्थीहरुको भेटघाट कार्यक्रम देवीघाट, नुवाकोटमा सम्पन्न भएको छ । भेटघाट कार्यक्रममा च्वाडी माविका शिक्षकहरु लवबहादुर डंगोल, रामप्रसाद जोशी, शिवकुमार मिश्र, निर्मल केसी र राजु श्रेष्ठलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा देवीघाट जेष्ठ नागरिक संरक्षण प्रतिष्ठानको लागि ११ हजार रुपैयाँ बराबरको खाद्य सामाग्री समेत हस्तान्तरण गरिएको थियो । जेहन्दार एवं गरिव असहाय विद्यार्थीहरुको लागि छात्रवृत्ति र सामाजिक सेवाको कार्यक्रम संचालन गर्ने उदेश्यले ‘च्वाडी पब्लिक पूर्व विद्यार्थी समाज २०४८’ नामक संस्था दर्ता गरिएको अध्यक्ष शिव प्रसाद आचार्यले जानकारी दिए । कार्यक्रममा पूर्व विद्यार्थीहरु शम्भु नेपाल, राजेन्द्र थपलिया, प्रकाश अधिकारी, लिलादेवी गजुरेलले आफ्नो बाल्यकालको सस्मरण सहित मन्तव्य व्यक्त गर्दै सामाजिक सेवामा विद्यार्थीहरुको भूमिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा देवीघाट बृद्धाश्रमका अध्यक्ष बिष्णु नेपालले समाज परिवर्तनको लागि युवा विद्यार्थीहरुको गहन भूमिका रहने बताए । च्वाडी माविका तत्कालीन प्रधानाध्यापक लवबहादुर डंगोलले आफुले अक्षर सिकाएको विद्यार्थीहरुबाट सम्मानित हुन पाउँदा खुशी भएको बताए । गत सालबाट अक्षयकोष निर्माणका लागि शुरु गरिएको अभियानमा अहिलेसम्म ५ लाख १५ हजार ७ सय ५ रुपैयाँ जम्मा गर्न सफल भएको र २०७७ सालदेखि अक्षयकोषबाट प्राप्त प्रतिफलले असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने र केही रकम सामाजिक सेवामा खर्च गरिने जानकारी संस्थाका सचिव अनुजकुमार श्रेष्ठले बताए । अक्षयकोषमा आगामी वर्ष सम्म दस लाख पुर्‍याउने योजना रहेकोले च्वाडी माविमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरु तथा सम्पूर्ण नागरिक समाजलाई सहयोग गर्न र सहभागी हुन सचिव श्रेष्ठले आह्वान गरे ।

ज्योति लाईफका ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा विशेष छुट

काठमाडौँ । ज्योति लाइफ इन्स्यारेन्स कम्पनी र हरिसिद्धी, ललितपुर स्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौता पश्चात ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरीय स्वास्थ्य उपचार सेवामा प्राथमिकता तथा भुक्तानी गरिने बिल रकममा विशेष छुट प्राप्त गर्ने छन् । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्री र अस्पतालका कार्यकारी अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठले हस्ताक्षर गरेका छन् भने उक्त कार्यक्रममा अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

कलंकीमा अब गाडी रोक्न पाइदैन, कुन रुटका गाडी कहाँ रोक्ने ? (सूची सहित)

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कलंकीमा गाडी रोक्न नदिने भएको छ । ट्राफिक जाम अत्याधिक हुन थालेपछि यातायातको व्यवस्थापन गर्न बैशाख २२ गतेदेखि कंलकीमा गाडी रोक्न नपाइने ट्राफिक प्रहरीले जनाएको छ । कलंकीमा अन्डर पास सञ्चालमा आएपनि कहाँ गाडी रोक्ने भन्ने नियम नहुदा जामको समस्या हुँदै आएको थियो । शनिवार सवारी चालकलाई जानकारी गराउने र आइतवारदेखि कलंकीमा गाडी रोक्न नदिने नियम कार्यान्वयन हुनेछ । बल्खुतर्फबाट आउने यातायात साधन खसीबजारमा, कालिमाटी तर्फबाट आउनेलाई कलंकी मन्दिरमा, थानकोटतर्फबाट आउने यातायातलाई ढुङ्गे अड्डामा र स्वयम्भुबाट आउने गाडी स्वीचाटारमा रोक्ने व्यवस्था मिलाउन लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक प्रमुख बसन्त पन्तले जानकारी दिए । यातायात मजदुरलाई परिचय पत्र र पोशाक यसैगरी, ट्राफिक प्रहरीले यातायात मजदुरहरुलाई व्यवस्थित र मर्यादित बनाउन परिचयपत्र र छुट्टै पोशाक प्रयोग गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, यातायात व्यवसायी, चन्द्रागिरि नगरपालिका र यातायात व्यवसायीको सहयोगमा ट्राफिक प्रहरीले अव्यवस्थित रुपमा खोलिएका काउन्टर हटाउने जनाएको छ । सरकार र यातायात व्यवसायीहरुको सहकार्यमा यातायात मजदुर हो भनेर चिन्नका लागि ड्रेस र परिचय पत्रको व्यवस्था गर्न लागेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । पहिले चरणमा काठमाडौंमा लागु हुने र त्यसपछि देशैभर लागु हुने उनले बताए । अव्यवस्थित टिकट काउन्टर हटाइने यता, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उपत्यका क्षेत्रको यातायात व्यवस्थापन गर्नका लागि अव्यवस्थित टिकट काउन्टर हटाउन लागेको बताए । सडक सुरक्षालाई नै असर पुग्ने गरी अव्यस्थित रुपमा सञ्चालनमा रहेका टिकट काउन्टरहरुलाई व्यवस्थित गरिने र उपत्यका भित्र नियम विपरित सञ्चालन भइरहेको पेट्रोल पम्महरुलाई पनि बन्द गराउने आचार्यले बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले अव्यवस्ति तरिकाले सञ्चालन भइरहेको टिकट काउन्टर हटाउने निर्णय गर्दा कसैले विरोध गर्नु औचित्य नहुने बताए । नयाँ बसपार्कमा विभिन्न सपिङ सेन्टर र मलले साँघुरो पारेकाले नयाँ बसपार्कमा सबै बसहरु राख्न नसकिएकोमा यातायात व्यवसायीहरुले गुनासो गरेका छन् ।

ललितपुरको कुमारीपाटीमा डब्लु के डिजाइनको नयाँ स्टोर

काठमाडौँ । विश्व चर्चित अन्र्तराट्रिय ब्राण्ड डब्लु के डिजाइनको दोस्रो नयाँ स्टोर ललितपुरको कुमारीपाटीमा खुलेको छ । नेपाली राट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काद्वारा एक समारोहका बिच स्टोरको उद्घाटन गरिएको छ । युवापुस्ताहरु प्रति लक्षित विभिन्न आधुनिक इलेक्ट्रोनिक्स ग्याजेट तथा एसोसिरिजहरु स्टोरमा राखिएको छ भने प्रयोगकर्ताहरुको मन जित्न सफल हुने कम्पनीको दावी छ । दक्षिण पुर्वी एशिया सहित अन्य ६० भन्दा बढी मुलुकहरुमा बजार रहेको कम्पनीको नेपालको आधिकारिक बिक्रेता टेकम्याक्स इन्टरनेशनल हो । कम्पनीका उत्पादनहरु अनलाइनमा दराज मार्फत पनि खरिद गर्न सकिने छ । सुरुवाती मूल्य रु. २ सयदेखि ६० हजारसम्म सुलभ मूल्यमा उपलब्ध कम्पनीका विभिन्न सामानमा ६ महिनाको रिप्लेसमेन्ट वारेण्टीपनि दिइएको छ । कम्पनीले चाँडै नै काठमाडौँमा बानेश्वर, बौद्ध, न्यूरोड, पोखरा, नारायणघाटको सिजी मल लगायत देशभरीमा आधिकारिक आउटलेटहरु स्थापना गरिने बताएको छ ।