काठमाडौँ । सरकारले आगामी वर्ष पूर्वपश्चिम रेल मार्गको निर्माण कार्य शुरु गर्ने भएको छ । शुक्रबार आव २०७६/७७ को नीति कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रेल मार्गको निर्माण कार्य शुरु गर्ने बताएकी हुन् ।
निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य छिट्टै शुरु गर्ने र काठमाण्डौ–तराई मधेस द्रुत मार्ग ४ वर्ष भित्र निर्माण सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ । ठूला आयोजनामा नागरिकको लगानी आह्वान गर्ने नीति सरकारले लिएको नीति कार्यक्रम पेश गर्दै राष्ट्रपति भण्डारीले बताइन् ।