काठमाडौं । सरकारले राजधानीमा ३ हजार र ५ हजार जना हट्ने दुई वटा सम्मेलन केन्द्र निर्माण गर्ने भएको छ ।
दुई वर्षभित्र ३ हजार जना सहभागि हुन सक्ने र ५ वर्षभित्र ५ हजार जना सहभागि हुन सक्ने अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने सरकारले घोषणा गरेको छ ।
त्यस्तै, हरेक प्रदेशमा २ हजार जना सहभागि हुने सम्मेलन केन्द्रहरु निर्माण गरिने भएको छ ।
सरकारले नयाँ संसद भवन र विशिष्ट अथिति कक्ष निर्माण गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले बताईन् ।
लगानी सम्मेलनमा विदेशी पाउना बस्ने हल नभएपछि सरकार ठूला हल निर्माणमा जाेड दिएकाे हाे ।
नेपालका हाेटलहरूमा बढीमा १ हजार मानिस मात्र अट्ने हलहरू छन् । एक मात्र अन्तराष्टिय सम्मेलन केन्द्रमा हाल संसद बसेकाे छ ।