सुनकोशी मरिन डाईभर्सन आयोजनाको निर्माण थालिने, फेरिँदै २ नम्बर प्रदेशको मुहार

<p>काठमाडौं । सरकारले सुनकोशी मरिन डाइभर्सन आयोजनालाई आगामी आर्थिक बर्षदेखि निर्माण आरम्भ गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्रै सुनकोशी मरिन डाइभर्सन आयोजनाको निर्माण आरम्भ गरिने उल्लेख गरिएको हो । यो परियोजनालाई २ नम्बर प्रदेशको मुहार फेर्ने आयोजनाका रुपमा हेरिएको छ । यो आयोजनाले सुनकोशी [&hellip;]</p>

काठमाडौं । सरकारले सुनकोशी मरिन डाइभर्सन आयोजनालाई आगामी आर्थिक बर्षदेखि निर्माण आरम्भ गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्रै सुनकोशी मरिन डाइभर्सन आयोजनाको निर्माण आरम्भ गरिने उल्लेख गरिएको हो ।
यो परियोजनालाई २ नम्बर प्रदेशको मुहार फेर्ने आयोजनाका रुपमा हेरिएको छ ।

यो आयोजनाले सुनकोशी नदिको पानी मरिन खोलामा झारेर २ नम्बर प्रदेशमा सिँचाई र विद्युत उत्पादन गर्नेछ । सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाबाट दुई नम्बर प्रदेशको १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ सुबिधा उपलब्ध हुनेछ । त्यस्तै, आयोजनाबाट ४२.५ मेगावाट विजुली उत्पादन हुने प्रक्षेपण गरिएको छ । सरकारले यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउनुपर्ने भन्दै २ नम्बर प्रदेशका सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र नै बुझाएका थिए । त्यसको नेतृत्व विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले गरेकी थिइन् ।

सुनकोशी र गोलन्जोर गाउँपालिकाकाको सिमाना नजिकै रहेको खुर्कोटबाट बाँध बाधी १३ दशमलव १०० किलोमिटर लामो सुरुङमार्फत् ६७ मिटर क्युसेक पानी मरिन खोलामा खसालिनेछ । सिन्धुलीको कमलामाई नगरपालिका २ मा निर्माण हुने विद्युत गृहबाट ४२ दशमलव पाँच मेगावाट विद्युत उत्पादन गर्ने र बारा, पर्सा, रौतहटका १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइने छ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) चालू आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न गर्ने तयारीमा सरकारको तयारी छ । वातावरणीय प्रभाव मूल्यांकन, जग्गा प्राप्ति तथा अन्य प्राविधिक काम अन्तिम चरणमा पुगिसकेको छ ।

आयोजनाको अनुमानित कूल लागत ८२ अर्ब रहेको छ । विद्युत गृह, सुरुङ निर्माणलगायतमा ५२ अर्ब ८८ करोड र सिँचाइतर्फ ३२ अर्ब लागत रहने अनुमान छ ।सुनकोशीबाट मरिन उपत्यकामा झारिने पानीमध्ये रौतहटका किसानलाई ४८ र सर्लाहीलाई ६४ क्युसेक पानी उपलब्ध गराउने लक्ष्य राखिएको छ

Share News