विकासन्युज

महेश बस्नेत भन्छनः कुलमान घिसिङमाथी अख्तियारले छानविन गर्नुपर्छ

काठमाडौं । नेकपाका युवा नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथी अख्तियारले छानविन गर्नुपर्ने बताएका छन् । संसदको शुन्य समयमा बोल्दै सांसद बस्नेतले कुलमानमाथी अख्तियारले छानविन गरि कारवाही गर्नुपर्ने बताएका हुन् । उनले सार्वजनिक लेखा समितिमा सांसद अमनलाल मोदीले ९ अर्ब बक्यौता र पथलैया ट्रान्समिसन लाइनबाट आयात भैरहेको २२५ मेगावाट विद्युत प्रयोग गरे पनि नगरेपनि प्रति युनिट ६.६८ भारु अर्थात १० रुपैंयाँ ६८ पैसा तिर्नुपर्ने कुरा उठाउँदा मोदीमाथी मिडिया मार्फत कुलमानले आक्रमण गराएको आरोप पनि लगाए । कुलमान घिसिङले नै मिडिया मार्फत आफुमाथी चौतर्फी आक्रमण भैरहेको गुनासो गरेर राम्रो कामको आडमा गलत काम ढाकछोप गर्ने प्रयास गरेको आरोप पनि बस्नेतले लगाए । सांसद मोदीलाई मिडिया तथा सामाजिक सञ्जालहरुमा तल्लो स्तरको गाली गरिनु पनि दुःखद भएको बस्नेतको तर्क थियो । कुलमानले गरेका राम्रा काममा आफ्नो पनि साथ रहेको बताउँदै बस्नेतले अमनलाल मोदीले उठाएका कुरामा गम्भिर बन्दै अख्तियार र सार्वजनिक लेखा समितिले छानविन गरि दोषीहरुलाई कारवाही गर्नुपर्ने माग पनि उनले गरे ।

नेशनल बाथरोग सेन्टर स्थापनाको छैठौं बर्षमा

काठमाडौं। नेशनल बाथरोग सेन्टर स्थापनाको छैठौं बर्षमा प्रवेश गरेको छ। ‘स्वास्थ्य तपाईको सेवा हाम्रो’ मुलनारा सहित २०६९ स्थापना भएको सालमा केही गरौं भन्ने उदेश्यको साथ काठमाडौंको कुलेश्वोर, ललितपुरको ग्वार्को र भक्तपुरको टोखापुखमा फार्मेसी स्थापना गरी व्यवसायिक यात्रा सुरु गरेको जनाएको छ। त्यसपछी गएर २०७० सालमा नेपालमा बाथरोगको उपचार प्रदान गर्ने केन्द्रको अभाव महशुस भएपछी २०७० सालमा नेशनल बाथ रोग सेन्टरको रुपमा स्थापित भएको सेन्टरले जानकारी दियो। भक्तपुरमा २ हजार एक सय ६१, जावालाखेलमा ६ हजार ४ सय दुई सय ७४, रातोपुलमा २६ हजार १ सय ५४, पोखरामा ४ हजार २ सय ४५, झापाको बिर्तामोडमा ६ सय १२ र निःशुल्क स्वास्थ्य शिविरहरुमा ४३ हजार दुई सय जना गरी कुल ८२ हजार ७ जनालाई बाथरोगको उपचार गरिएको अस्पतालले जनाएको छ। नेशनल बाथ रोग सेन्टरको प्रबन्ध निर्देशक रोशन कक्षपतिले नेपालमा ३० लाख भन्दा बढी बाथ रोगको बिरामी रहेको र त्यसमा १ लाख मानिस मात्र उपचारको पहुँचमा रहेको बताए। वार्षिकउत्सवमा सेन्टरले आफ्नो उत्कृष्ट कर्मचारीहरुलाई सम्मान पनि गरेको थियो।

रमदान र ईदको अवसरमा कतार एयरवेज नेपालद्वारा सिएसआर कार्यक्रम सम्पन्न

काठमाडौँ । रमदान र ईदको अवसरमा कतार एयरवेजले कतार च्यारिटीसंगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस) कार्यक्रम सम्पत्र गरेको छ । अन्डरप्रिभिलेज्ड चिल्ड्रेन्स एजुकेसन प्रोग्राम नेपाल, प्रयास नेपाल, साङ्ग्रीला अफ्र्यानेज होम, र मैंत्रेय फाउन्डेसन नेपालका एक सय बालबालिकाको लागी आयोजना गरिएको हो । होटल अन्नपूर्णमा भएको कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापाले गरेकी थिइन् । उक्त कार्यक्रममा बालबालिकाको मनोरञ्जनका लागी म्युजिकल चेयर, डोरी तान्ने (टग अफ वार), अनुहारमा चित्र बनाउनुका साथै अन्य थुप्रै खेलहरु खेलाइएका थिए । सहभागी हुने सबै बालबालिकाहरुलाई कतार एयरवेज नेपालका प्रमुख मोहम्मद एल इमामद्वारा उपहार वितरण गरिएको थियो ।

बहिर्गमित चार कार्यकारीलाई फर्काउने राष्ट्र बैंकको तयारी, कसको जागिर कति थपियो ?

काठमाडौं । सर्वोच्च अदातलको फैसलासँगै ३० वर्षे सेवा अवधिका कारण बहिर्गमनको संघारमा पुगेका चार कार्यकारी निर्देशकलाई फर्काउन राष्ट्र बैंकले तयारी थालेको छ । ३० वर्षे सेवा अवधिका कारण अनिवार्य एक महिने विदामा बसेका चार जना कार्यकारी निर्देशकहरू यहि जेठ २६ गतेबाट अवकास पाउँदै थिए । विदामा बसेका कार्यकारीहरूको अवधि चार दिन वाँकी हुँदा सर्वोच्च अदालतले ५८ वर्षे सेवा अवधि लागू गर्न बाटो खुला गरिदिएको हो । अवकाशको ३० वर्षे सेवा अवधि तथा ५८ वर्ष उमेर हद जुन अगाडि हुन्छ सोही लागू गर्ने विवाद सर्वोच्च पुगेको थियो । अदालतले ५८ वर्ष उमेर हद लागू गर्ने बाटो खोलिदिएपछि राष्ट्र बैंकले बहिर्गमनको संघारमा पुगेका चार कार्यकारी निर्देशकलाई फर्काउने तयारी थालेको हो । ‘फैसलाको पूर्णपाठ आउने बित्तिकै संचालक समिति बैठकमार्फत कार्यान्वयन गछौं, ’ राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले भने । अदालतबाट चिठ्ठी आएपछि कानुनी सल्लाह अनुसार बोर्ड बैठक बसेर निर्णय लिने उनले बताए । कहिलेको निर्णयलाई आधार मान्ने वा नयाँ निर्णय गरेर कार्यान्वयनमा लैजाने भन्ने विषयमा छिट्टै राष्ट्र बैंक बोर्ड बैठक बस्ने उनको भनाइ छ । राष्ट्र बैंक संचालक समितिको २०७४ असोज ८ गतेको बैठकले ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाश पाउने कानुनी व्यवस्था हटाएर उमेरहद र पदावधि विशेषको आधारमा मात्र अवकास पाउने गरी राष्ट्र बैक कर्मचारी सेवा विनियमावली–२०६८ मा संशोधन गरि पारित गरिसकेको अवस्था छ । सर्वोच्च अदालतले गत मंसिर १८ गते राष्ट्र बैंक नितान्त स्वायत्त अधिकार क्षेत्रभित्र पर्ने विषयवस्तु भएकोले विनियमावलीमा कर्मचारीको सेवा अवधि र उमेरको हद के कति राख्ने ? भन्ने विषय राष्ट्र बैंकले निर्णय गर्न सक्ने उल्लेख गरिएको छ । राष्ट्र बैंकले अहिले अवकाशको संघारमा पुगेका सक्षम कर्मचारीलाई पुनवहाल गर्न सके यसबाट कर्मचारी व्यवस्थापनदेखि नीति तथा योजना बनाउन सजह हुने सम्बद्ध क्षेत्रले बताएको छ । अहिले राष्ट्र बैंकले तल्लो तहका कर्मचारीलाई कार्यकारी निर्देशकको भार सुम्पिएर काम गरिरहेको अवस्था छ । यतिमात्र होइन ३० वर्षे कार्य अवधिको विवादपछि १२५ जना कर्मचारीले अवकास पाइसकेका छन् भने अबको ८/१० महिनाको अवधिमा अरु केहीले अवकाश पाउने अवस्था छ । चार दिनपछि अनिवार्य अवकाशमा जान लागेकाहरुको कति बढ्दै छ कार्यकाल ? हाल विदामा बसेका कार्यकारी निर्देशकहरु नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्य राष्ट्र बैंक फर्कन सक्ने अवस्था आएको छ । सर्वोच्चको फैसला राष्ट्र बैंकले तुरुन्त कार्यान्वयनमा ल्याए कार्यकारी निर्देशक पौडेलको सेवा अवधि साढे १ वर्ष थपिने भएको छ । नरवहादुर थापा, भीष्मराज ढुङ्गाना, भरत शर्मा आचार्यको सेवाअवधि १-१ वर्ष थपिने छ । लघुवित्त सम्हालेका अर्को कार्यकारी निर्देशक जनकवहादुर अधिकार भने ५८ वर्ष उमेर हदका कारण अवकाशमा परेका हुन् । ३० वर्षमा अनिवार्य अवकास नीति खारेज, राष्ट्र बैंकमा ४ जना कार्यकारी निर्देशक पुनः फर्कन सक्ने

विश्व वातावरण दिवसको अवसरमा कोका-कोलाले गर्यो फोहररहित विश्वको सिर्जना गर्ने संकल्प

काठमाडौ । विश्व वातावरण दिवसको अवसरमा कोका–कोला नेपालले फोहररहित विश्वको सिर्जना गर्न ‘वल्र्ड विथआउट वेस्ट’ को संकल्प गरेको छ । सन् २०३० सम्म बिक्री गरिएको प्याकेजिङको १०० प्रतिशत बराबरको संकलन र रिसाईकल गर्ने कोका–कोलाको प्रतिवद्धता रहँदै आएको छ । सोही प्रयोजनको लागि स्थानीय समुदाय, गैह्र सरकारी संस्थाहरु, उद्योग तथा उपभोक्ताहरुको साझेदारीमा रिसाइकल प्याकेजिङ संकलन गरी त्यसलाई सम्बन्धित ठाउँमा पुर्याउन कम्पनी लागि परेको हो । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कोकाकोला नेपालले आफ्ना सम्पूर्ण साझेदार संस्थाहरु संयुक्त रुपमा रिसाकलिङका लक्ष्य हासिल गर्न प्रयत्न गरेकोमा जोड दिएको छ । कोका–कोलाका साउथ वेस्ट एशियाको अप्सेसन भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भने–‘अबका दिनमा विश्व वातावरण दिवस मनाउने तरिका भनेको हामीले वातावरणका लागि के योगदान पुर्याउन सक्छौँ भन्नेमा केन्द्रित गर्नेछौँ ।’ ‘सगरमाथा सरसफाई अभियान २०१९’को बारेमा बोल्दै पर्यटन विभागका जनरल डन्डुराज घिमिरेले भने–‘नेपाली सेना, एसपीसीसी, कोका–कोला नेपाल र बोटलर्स नेपालले सगरमाथा सरसफाई अभियानको सहयोगी बन्न पाएकोमा खुशी व्यक्त गरेको छ ।’ कोका–कोला नेपालका कन्ट्री डाईरेक्टर अम्बुज सिंहले विश्वको सर्वाेच्च शिखर सगरमाथा हामी सबैको गौरब हो र यसको सरसफाईमा सहभागी हुन पाउनु एउटा अवसर समेत हो ।’ सिंहले नेपाली सेना, एसपीसीसी, नेपाल पर्वतारोहण संगठन तथा नेपाल सरकारलाई आभार प्रकट गरेका छन् । उनले निजी तथा सरकारी दुवै क्षेत्रको संयुक्त प्रयासमा यो सफल हुने बताएका छन् । साथै, कोका–कोला नेपालले २ वटा पीईटी रिसाइकिलिङ प्रोजेक्ट–नगरमित्र तथा रिसाइक्लर साथीसँग सहकार्य गरेको छ । हस्ताक्षर कार्यक्रम सम्पन्न: क्रियशनका सीईओ आनन्द मिश्रा, कोका कोला नेपालका कन्ट्री डाईरेक्टरअम्बुज सिंह र बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डाईरेक्टर प्रदीप पाण्डेले ‘वल्र्ड वीथ आउटवेस्ट’ मा एमओयूमा हस्ताक्षर गरेका छन् ।

प्राइमले कन्काईलाई एक्वायर गर्यो, अध्यक्ष भन्छन्-‘हामीबीच इन्गेजमेन्ट भयो अब छिट्टै भित्र्याउँछौं’

काठमाडौं । प्राइम कमर्शियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गर्ने सम्झौता गरेको छ । प्राइमले बुधबार एक कार्यक्रमबीच झापाको दमकस्थित रहेको कन्काई विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काई विकास बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष सेवक दाहलले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा प्राइमका अध्यक्ष श्रेष्ठले कन्काईलाई प्राप्त गर्न पाउँदा खुसी व्यक्त गर्दै भने, “हामीबीच इन्गेजमेन्टकाे काम सकियाे, अब राष्ट्र बैंकले स्वीकृति दिएपछि भित्र्याउने अर्थात एकिकृत कारोबार शुरू गर्ने छाैं। साथै, यस सम्झौताले अब पूर्वतिरको व्यापार विस्तार गर्न पनि सहयोग मिल्ने छ ।” सेयरधनीलाई प्रतिफल कति दिने भन्ने विषयलाई उठाउँदै उनले भने “हामीले स्थापनादेखि नै सेयरधनीहरुलाई निरन्तर राम्रो प्रतिफल दिँदै आएका छौं । अब आगामी दिनमा थप राम्रो प्रतिफल दिने प्रतिवद्धता गर्दछौं ।” त्यस्तै, कन्काई विकास बैंकका अध्यक्ष दाहलले भने, “वित्तीय संस्थामा नम्बर वान भन्ने प्रतिवद्धताका साथ करिब १३ वर्षसम्म छोरी जस्तै प्यारो गरी हुर्काएको संस्थालाई जिम्मा लगाउँदै छौं । १ र १ जोडेर २ नभई ११ बनाउने विश्वासका साथ हामीले जिम्मा लगाएका हाैं ।”  साथै, यस मर्जर प्रकृयाले सम्पूर्ण सेयरधनीहरु खुसी हुनुका प्राइम बैंकको थप प्रगतिमा सहयोग पुग्ने उनले बताए । त्यस्तै, हाल प्राइम बैंकको कर्मचारी संख्या ७२० रहेकाे छ । कन्काईलाई प्राप्ति पश्चात प्राइमको कर्मचारी संख्या ८०० नाघ्ने प्राइमका अध्यक्ष श्रेष्ठले बताए ।

अर्थमन्त्रीप्रति लक्षित गर्दै निर्यात व्यवसायीले भने-छोरो जन्मिन्छ भनेका थिए, छोरी जन्मि’

काठमाडौं । निर्यात मुलक ११ वटा बस्तुगत संस्थाले सरकारी बजेटको आलोचना गरेको छन् । उनीहरुले बजेट ल्याउनुपूर्व अर्थमन्त्रीले झूटो आश्वासन दिएको समेत टिप्पणी गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर नेपाल हस्तकला महासंघ, पश्मिना उद्योग संघ, नेपाल रेशम संघ, गलैंचा उत्पादक तथा निर्यातकर्ता संघ, तयारी पोसाक उद्योग संघ, हाते कागज संघ, जडिबुटी उत्पादक संघ, ऊन फेल्ट उत्पादक तथा निर्यातकर्ता संघ, चिया उद्योग संघ, उनी बस्तु विकास संघ, नेपाल निर्यात परिषद्ले सरकारी बजेटको आलोचना गरेका छन् । उनीहरुले निर्यात मुलक उद्योगमा ३ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने, यस्तो कर्जा कम्तिमा ७ वर्ष अवधिको हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको कम्तिमा १० प्रतिशत निर्यात मुलक उद्योगमा कर्जा प्रवाह गर्नु पर्ने, नयाँ उद्योगलाई ५ वर्षसम्म र चालु अवस्थामा रहेको उद्योगलाई ३ वर्षसम्म आयकरमा छुट दिनुपर्ने व्यवसायीको माग छ । निर्यातजन्य उद्योगलाई ३ देखि ५ प्रतिशत नगद अनुदान दिने पूर्व बजेट व्यवस्था कार्यान्वन नभएको, कार्यविधि निर्माण नभएको र यो सुविधाको निरन्तरताबारे नयाँ बजेट मौन भएकोमा व्यवसायीहरुले सरकारको आलोचना गरेका छन् । निर्यातबाट आर्जित रकमको १ प्रतिशत विदेशमा बजारीकरणमा खर्च गर्न पाउनुपर्ने, निर्यातजन्य बस्तुहरुको गुणस्तर जाँच गर्न आवश्यक ल्याव स्थापना गरिनुपर्ने, निर्यातजन्य उद्योगका लागि विशेष खालको श्रम ऐन आवश्यक भएको व्यवसायीहरुको माग छ । निर्यातजन्य उद्योगको लागि आवश्यक कच्चा पदार्थको उत्पादन तथा आयातलाई सहयोग गर्नुपर्ने, ब्राण्डिङ, लेवलिङ, कलेक्टिभ ट्रेड मार्क स्थापना जस्ता कार्यमा सरकारले सहयोग गर्नुपर्ने व्यवसायीहरुको माग छ । बजेटपछि व्यवसायीले गरेको यी मागको सान्दर्भिकता भने कम छ । तयारी पोशाक निर्यातकर्ता संघका अध्यक्ष चण्डिप्रसाद अर्यालले बजेट पूर्व नै आफ्ना मागहरु अर्थमन्त्रालयमा लिखित रुपमा दिएको, बजेट निर्माण टोलीले आश्वासन दिएको तर माग पुरा नभएको बताए । अर्थमन्त्री युवराज खतिवडाप्रति संकेत गर्दै उनले भने–‘ज्योतिषिलाई हेराउँदा छोरो जन्मिन्छ भनेको थिए । ढुक्कसँग हामी बस्यौ तर अन्तिममा छोरी जन्मिइन्, अब के गर्ने ?’ बजेटप्रति नेपाल उद्याेग वाणिज्य महासंघले स्वागत गरेकाे प्रति निर्यात व्यवसायी संघहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

‘वायु प्रदुषणका कारण दैनिक १०० नेपालीको मृत्यु’

काठमाडौं । वायु प्रदुषणको कारण हरेक दिन १०० जना भन्दा बढी नेपालीले आफ्नो ज्यान गुमाउने गरेका छन् । विश्व स्वास्थ्य संगठनको सर्वेक्षण अनुसार वर्सेनि ३७ हजार भन्दा बढी नेपालीले वायु प्रदुषण कै कारण ज्यान गुमाउने गरेका छन् । बुधबार भएको डिप्लोमा ईन्जिनियर्स एशोसियनशन नेपाल(डिन)को ३९ औं वार्षिकोत्सवमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । कार्यक्रममा ‘नेपालका शहरी क्षेत्रमा वायु प्रदुषण समस्या र समाधान’ बिषयमा कार्यपत्र प्रस्तुत गर्दै वाताबरणविद् तथा साझा यातायातका महाप्रवन्धक भुषण तुलाधारले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार ९० प्रतिशत मानिसहरु प्रदुषित हावामा सास फेरिरहेका छन् । ७० लाख भन्दा बढी मानिसको वाताबरण प्रदुषणका कारण मृत्‍यु भइसकेको छ । ९ जना मानिसको मृत्यु हुँदा एक जनाको मृत्‍युको कारण वायु प्रदुषण हुने गरेको छ । ३६ प्रतिशत फोक्सोको क्यान्सर, ३४ प्रतिशत मस्तिस्कघात र ६ प्रतिसत हृदयरोग वायु प्रदुषणको कारणले हुने गर्दछ।