
काठमाडौ । विश्व वातावरण दिवसको अवसरमा कोका–कोला नेपालले फोहररहित विश्वको सिर्जना गर्न ‘वल्र्ड विथआउट वेस्ट’ को संकल्प गरेको छ । सन् २०३० सम्म बिक्री गरिएको प्याकेजिङको १०० प्रतिशत बराबरको संकलन र रिसाईकल गर्ने कोका–कोलाको प्रतिवद्धता रहँदै आएको छ । सोही प्रयोजनको लागि स्थानीय समुदाय, गैह्र सरकारी संस्थाहरु, उद्योग तथा उपभोक्ताहरुको साझेदारीमा रिसाइकल प्याकेजिङ संकलन गरी त्यसलाई सम्बन्धित ठाउँमा पुर्याउन कम्पनी लागि परेको हो ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कोकाकोला नेपालले आफ्ना सम्पूर्ण साझेदार संस्थाहरु संयुक्त रुपमा रिसाकलिङका लक्ष्य हासिल गर्न प्रयत्न गरेकोमा जोड दिएको छ । कोका–कोलाका साउथ वेस्ट एशियाको अप्सेसन भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भने–‘अबका दिनमा विश्व वातावरण दिवस मनाउने तरिका भनेको हामीले वातावरणका लागि के योगदान पुर्याउन सक्छौँ भन्नेमा केन्द्रित गर्नेछौँ ।’
‘सगरमाथा सरसफाई अभियान २०१९’को बारेमा बोल्दै पर्यटन विभागका जनरल डन्डुराज घिमिरेले भने–‘नेपाली सेना, एसपीसीसी, कोका–कोला नेपाल र बोटलर्स नेपालले सगरमाथा सरसफाई अभियानको सहयोगी बन्न पाएकोमा खुशी व्यक्त गरेको छ ।’
कोका–कोला नेपालका कन्ट्री डाईरेक्टर अम्बुज सिंहले विश्वको सर्वाेच्च शिखर सगरमाथा हामी सबैको गौरब हो र यसको सरसफाईमा सहभागी हुन पाउनु एउटा अवसर समेत हो ।’ सिंहले नेपाली सेना, एसपीसीसी, नेपाल पर्वतारोहण संगठन तथा नेपाल सरकारलाई आभार प्रकट गरेका छन् । उनले निजी तथा सरकारी दुवै क्षेत्रको संयुक्त प्रयासमा यो सफल हुने बताएका छन् । साथै, कोका–कोला नेपालले २ वटा पीईटी रिसाइकिलिङ प्रोजेक्ट–नगरमित्र तथा रिसाइक्लर साथीसँग सहकार्य गरेको छ ।
हस्ताक्षर कार्यक्रम सम्पन्न:
क्रियशनका सीईओ आनन्द मिश्रा, कोका कोला नेपालका कन्ट्री डाईरेक्टरअम्बुज सिंह र बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डाईरेक्टर प्रदीप पाण्डेले ‘वल्र्ड वीथ आउटवेस्ट’ मा एमओयूमा हस्ताक्षर गरेका छन् ।
