काठमाडौं। नेशनल बाथरोग सेन्टर स्थापनाको छैठौं बर्षमा प्रवेश गरेको छ।
‘स्वास्थ्य तपाईको सेवा हाम्रो’ मुलनारा सहित २०६९ स्थापना भएको सालमा केही गरौं भन्ने उदेश्यको साथ काठमाडौंको कुलेश्वोर, ललितपुरको ग्वार्को र भक्तपुरको टोखापुखमा फार्मेसी स्थापना गरी व्यवसायिक यात्रा सुरु गरेको जनाएको छ। त्यसपछी गएर २०७० सालमा नेपालमा बाथरोगको उपचार प्रदान गर्ने केन्द्रको अभाव महशुस भएपछी २०७० सालमा नेशनल बाथ रोग सेन्टरको रुपमा स्थापित भएको सेन्टरले जानकारी दियो।
भक्तपुरमा २ हजार एक सय ६१, जावालाखेलमा ६ हजार ४ सय दुई सय ७४, रातोपुलमा २६ हजार १ सय ५४, पोखरामा ४ हजार २ सय ४५, झापाको बिर्तामोडमा ६ सय १२ र निःशुल्क स्वास्थ्य शिविरहरुमा ४३ हजार दुई सय जना गरी कुल ८२ हजार ७ जनालाई बाथरोगको उपचार गरिएको अस्पतालले जनाएको छ।
नेशनल बाथ रोग सेन्टरको प्रबन्ध निर्देशक रोशन कक्षपतिले नेपालमा ३० लाख भन्दा बढी बाथ रोगको बिरामी रहेको र त्यसमा १ लाख मानिस मात्र उपचारको पहुँचमा रहेको बताए।
वार्षिकउत्सवमा सेन्टरले आफ्नो उत्कृष्ट कर्मचारीहरुलाई सम्मान पनि गरेको थियो।