विकासन्युज

सहकारी संस्था संचालन गरी रकम ठगी गर्ने ४२ बर्ष श्रेष्ठ पक्राउ

काठमाडौं । सहकारी संस्था संचालन गरी ठगी गर्ने चाबहिल स्थित शाइन बचत तथा ऋण सहकारी संस्थाका संचालक ४२ वर्षका रोशन श्रेष्ठ पक्राउ परेका छन् । दिलशोभा खड्की समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रोशन श्रेष्ठ समेत भएको ठगी मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७३ साल जेष्ठ २५ गतेको फैसलाले गणेश बहादुर श्रेष्ठको छोरा जिल्ला काठमाण्डौं का.म.न. ७ बस्ने प्रतिवादी रोशन श्रेष्ठलाई ८ लाख ४६ हजार २ सय ५० जरिवाना र २ बर्ष कैद हुने ठहर भएकोमा उल्लेख छ । सजाय बेरुजू रही फरार रहेका निज प्रतिवादीलाई यस ब्यूरोको टोलीले मिति २०७६ असार ४ गते कुपण्डोल, ललितपुरबाट पक्राउ गरेको छ । जाहेरवाला लगायतका सर्वसाधारण वचतकर्ताहरुलाई उक्त संस्थामा रकम जम्मा गरे रकमको बढी ब्याज पाईन्छ र दिने भन्ने झुठ्ठा प्रलोभनमा पारी झुक्याई जम्मा ३३ लाख ८५हजार ५सय रकम जाहेरवालाहरुबाट प्राप्त गरी साँवा रकम समेत फिर्ता गरेन । उक्त संस्था नै बन्द गरी ठगी गरेको भन्ने ठहर हुन आएको कसूरमा अदालतले प्रतिवादी रोशन श्रेष्ठको हकमा दामासायीबाट हुन आउने रकम रु ८लाख ४६ हजार २ सय ५० रुपैयाँ विगो कायम गरी सोही बमोजिम जरिवाना गरेको थियो । पक्राउ प्रतिवादी रोशन श्रेष्ठलाई मिति २०७६र०३र०५ गते फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएको छ ।

सगरमाथा इन्स्योरेन्सलाई बीमा क्षेत्रको अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले बीमा क्षेत्रको लागि प्रदान गरिने अन्तराष्ट्रिय अवार्ड पाएको छ । इन्स्योरेन्सले थाइल्यान्डको बैंकमा सम्पन्न एशियाली विकासशील राष्ट्रहरुको बीमा कम्पनीहरु सहभागी प्रतियोगिता इमर्जिङ इन्स्योरेन्स अवार्ड एण्ड कन्क्लेभ २०१९ मा सगरमाथाले जनरल इन्स्योरेन्सका लागि प्रदान गरिने ‘स्पेशल रिकग्निसन अवार्ड फर जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर २०१९’ विधाबाट पुरस्कृत भएको हो । अघिल्लो वर्ष पनि सगरमाथाले सोही सस्थाबाट निर्जीवन बीमाहरुमध्ये उत्कृष्ठ प्रोडक्ट ल्याउने कम्पनीलाई दिइने प्रोडक्ट इनोभेसन इन जनरल इन्स्योरेन्स कम्पनी विधामा पुरस्किृत भएको थियो । अवार्ड ग्रहणासँगै कार्यक्रममा सहभागी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्रीले अवार्डबाट सगरमाथा इन्स्योरेन्सलाई निर्जीवन बीमा क्षेत्रमा अझै उत्साहसाथ सेवा प्रदान गर्ने हौसला मिलेको बताए । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा दुई अर्ब रुपैंया बीमाशुल्क संकलन गरेको छ ।

मेगा बैंकको क्यूआर कोड शुरू, किराना व्यवसायीहरुलाई आकर्षक अफर

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको छ । बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ मेगा बैंकले क्यूआर कोड प्रवर्धन गर्न किराना व्यवसायीहरुका लागि अफर ल्याएको हो । यस योजना अन्तर्गत किराना पसलले आफ्ना ग्राहकलाई सामान बिक्री गर्दा ग्राहकको ‘फोन पे’ सञ्जाल भित्र रहेको कुनैपनि बैंकका मोबाइल बैंकिङ मार्फत मेगा बैंकको क्यूआर कोडलाई स्क्यान गरि भुक्तानी लिनुपर्नेछ । किराना पसलले प्रति महिना ग्राहकबाट कम्तीमा एक सयवटा कारोबारको भुक्तानी मेगा बैंकको क्यूआर कोडमार्फत गरेमा त्यसबापत पाँच हजार रुपैँया पाउनेछन् । यसैगरी, महिनामा एक सय भन्दा बढी क्यूआर कोडमार्फत भुक्तानी लिएमा प्रत्येक कारोबार बराबर किराना पसललाई ५० रुपैँया प्रदान गरिने मेगा बैंकले जनाएको छ । नगदबाट हुने भुक्तानीलाई निरुत्साहित गर्दै ‘क्यासलेस’ बैंकिङलाई प्रवर्धन गर्ने नेपाल सरकारको नीतिलाई साथ दिँदै मेगा बैंकले यो योजना ल्याएको हो । यो योजना तत्कालका लागि असार १ गतेदेखि सुरु भई भदौ अन्तिमसम्म लागू हुनेछ । यस योजनामा सहभागी हुन चाहने किराना पसललाई मेगा बैंकको नजिकको शाखा कार्यालय वा टोल फ्री नम्बर १६६००१०००२५ वा ९८५१२०७७१५ मा सम्पर्क गर्न सक्ने बैंकले जानकारी दिएकाे छ ।

सफा शान्त महानगरको तयारी तीव्र गराउनेमा जोड, ४७ परियोजना निर्माण

काठमाडौं । काठमाडौं महानगरपालिकाको पाचौं अधिवेशनमा आर्थिक वर्ष २०७६/७७ कार्ययोजना प्रस्तुत भएको छ । राष्ट्रिय सभा गृहका भएको उक्त नगर सभामा बोल्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले आगामी वर्षको कार्य योजनामा ठूला कार्यलाई ३ करोड, मझौला कार्ययोजनालाई २ करोड र साना कार्ययोजना निर्माणका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ । करिब २५ योजना कार्यन्वयन भईरहेको र ४७ परियोजना निर्माण गरेको बताए । नगरवासीको सेवा सुविधालाई मध्यनजर गरि स्वास्थ्य, रोजगार, एवंम सवृद्ध नेपाल निर्माणका लागि प्रत्येक क्षण तत्पर रहेको प्रमुख शाक्यले जानकारी दिए । यस्ता छन् काठमाडौं महानगरपालिकाको कार्ययोजना महानगरमा रहेका धार्मिक तथा पुरातात्विक विशेषता बोकेका सम्पदाको खोजि तथा निर्माण गर्नुका साथै नेपाली मौलिकता झल्कने कलात्मक घरहरुलाई थप गर्न कार्यविधि बनाउने भएको छ । महानगरपालिका भित्र रहेको दुई वा दुई भन्दा बढी जग्गा धनीको सहमतिमा एउटै आवासीय भवन निर्माण गर्नका लागि नक्सा पेश गरेमा दस्तुरमा छुट दिने व्यवस्था ल्याएको छ । सफा सुन्दर तथा शान्त नगर निर्माण गर्न महानगर र प्रहरीको सहकार्यमा टोलथ्रि नम्वर सबै तिर लागु गर्ने तथा चोक चोकमा सिसी टिभि क्यामेरा जडान गर्नेछ । सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने साथै वरिष्ठ जेष्ठ नागरिकलाई सरकारले प्रदान गर्ने भत्तामा वार्षिक ५ हजार रुपैयाँ थप गरि विशेष भत्ता प्रदान गर्ने छ । महानगरका सडक निर्माण तथा सरसफाइका ब्रुमर थप्नुका साथै ठूलो सार्वजनिक सवारी साधनका लागि १५ करोड विनियोजन गरेको महानगर प्रमुखले योजना सार्वजनिक गरेका हुन् । काठमाडौं महानगरपालिका उपाध्यक्ष हरिप्रभा खड्की तथा विभिन्न सबै वडाका प्रमुख तथा नगरवासीको उपस्थिति रहेको थियो ।

कारोबार झिनो भए पनि सुधारियो नेप्से, गुराँस र मल्टिप्रोपाेजको सर्किट ब्रेक

काठमाडौं । कारोबार रकम खासै उत्साहप्रद नभए पनि बिहीबारको नेपाल स्टक एक्सचेञ्ज परिसूचकले सुधारको दिशा देखाएको छ । साताको अन्तिम कारोबार दिनको कारोबारमा परिसूचक ५.९० ले बढ्दा सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स दुवैमा सुधार देखिएको हो । उपसमूहतर्फ पनि फाइनान्स, निर्जीवन बीमा र उत्पादनमूलक क्षेत्रबाहेक अन्य सूचकहरुमा वृद्धि देखिएको छ यद्यपि सबै उपसमूहहरु १ प्रतिशत भन्दा कम विन्दुले नै घटबढ भएका छन् । बिहीबारको बजारमा कुल ३७ करोड ५३ लाख रुपैंया बराबरको कारोबार भएको थियो । शिवम् सिमेन्ट कारोबारका आधारमा उत्कृष्ठ कम्पनी बन्दै गर्दा मल्टिप्रोपोज फाइनान्स र गुराँस लाईफ इन्स्योरेन्सको शेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट लागेको छ ।

हिमालय बैंकद्धारा अनाथ बालबालिकालाई सहयोग

काठमाडौं । हिमालयन बैंकले ललितपुर महानगरपालिका २३, हात्तीवन स्थित नवकिरण अनाथ असहाय बाल उत्थान समाजका बालवालिकालाई सहयोग प्रदान गरेको छ । उक्त बाल उत्थान सामाज भित्र रहेका ४२ बालबालिकाका लागि खाद्यका सबै सामाग्री बैंकका तर्फबाट महाप्रबन्धक सुशील जोशीले हस्तान्तरण गरेका हुन् । देशका विभिन्न स्थानबाट ल्याइएका निकै साना अनाथ तथा विभिन्न उमेर समुहका बालबालिकालाई आश्रय तथा उचित शिक्षा प्रदान गर्ने गरेका छन् । बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । हाल बैंकले ५९ वटा शाखा र १ सय २० वटा एटिएमबाट ग्राहकहरुका लागी समय सापेक्ष सुविधाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा थप १४ वटा शाखाहरु विस्तार गर्ने जनाएको छ ।

वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग

काठमाडौँ ।  प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा सांसद रामबाबुकुमार यादवले वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गरेका छन्। उनले कारखाना सञ्चालन नहुँदा हजाराैं मजदूर बेरोजगार हुनाका साथै उखु किसानलाई मर्का परेको जानकारी दिए । बैठकमा सांसद गङ्गा चौधरीले गुठी विधेयक फिर्ता लिएर सरकारले श्रमजीवी किसानवर्गको अधिकार खोसेको आरोप लगाएका छन् । सांसद शशी श्रेष्ठले ऊर्जा विकास तीव्र गतिमा हुनुपर्ने, डिला सङ्ग्रौलाले भष्टाचार कम हुन नसकेको र राजकिशोर यादवले सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको आरोप लगाएका थिए। त्यसैगरी, सांसद सञ्जयकुमार गौतम, हितबहादुर गुरुङ र सरिताकुमारी गिरीले गरिब, दलित, जनजाति तथा पिछडिएका जनताका अधिकारलाई सुनिश्चित गर्नाका लागि सरकारको ध्यानाकर्षण समेत गराएका थिए । रासस

लागुऔषध दुरुपयोगसम्बन्धी सप्ताहव्यापी अभियान सुरू

काठमाडौँ ।गुऔषध दुरुपयोग एवं ओसारपसारसम्बन्धी सप्ताहव्यापी अभियान  शुरु भएको छ । गृहमन्त्रालयको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि ‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ जीवन’ भन्ने नाराका साथ बिहीबारदेखि असार ११ गतेसम्म सप्ताहव्यापी अभियान शुभारम्भ गरिएको हो । कार्यक्रममा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या वर्षेनी बढ्दै गएकाले तीनलाई न्यूनीकरण गर्न यस अभियानले सहयोग पुर्याउनाे विश्वास व्यक्त गरेका छन् । “पछिल्ला सर्वेक्षणले नेपालमा वर्षेनी ११.३६ प्रतिशतले लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि भएको देखाएको र कूल अपराधमा सात प्रतिशत लागुऔषधसँग सम्बन्धित भएकाले यसलाई नियन्त्रण गर्नु हामी सबैको दायित्व हो”, उनले भने, “ हाल नेपालका डेढ लाख युवा लागुऔषधको कुलतमा फसेकाले यसलाई नियन्त्रण गर्न अभियानले पनि सहयोग पुर्याउँछ । यसैक्रममा,गृहमन्त्रालयका सहसचिव एवं अभियानका संयोजक नारायणप्रसाद दुवाडीले लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा विशेष अभियान सञ्चालन गर्न लागिएको बताए । उक्त अभियानका क्रममा लागुऔषध रोकथाम नीति एवं मागदर्शन तर्जुमा, वैकल्पिक विकास प्रयास, औषधि ऐन कार्यान्वयन र समाधानका उपाय, सञ्चार माध्यममा चेतनामूलक कार्यक्रम, गाँजा/अफिमखेती फँडानी, नियन्त्रणात्मक कार्यक्रम, प्रभातफेरीलगायत कार्यक्रम सञ्चालन गरिने गृहमन्त्रालयले जनाएको छ । हाल नेपालमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानलगायतले लागुऔषध दुरुपयोग एवं ओसारपसार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । रासस