काठमाडौं । हिमालयन बैंकले ललितपुर महानगरपालिका २३, हात्तीवन स्थित नवकिरण अनाथ असहाय बाल उत्थान समाजका बालवालिकालाई सहयोग प्रदान गरेको छ । उक्त बाल उत्थान सामाज भित्र रहेका ४२ बालबालिकाका लागि खाद्यका सबै सामाग्री बैंकका तर्फबाट महाप्रबन्धक सुशील जोशीले हस्तान्तरण गरेका हुन् ।
देशका विभिन्न स्थानबाट ल्याइएका निकै साना अनाथ तथा विभिन्न उमेर समुहका बालबालिकालाई आश्रय तथा उचित शिक्षा प्रदान गर्ने गरेका छन् । बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।
हाल बैंकले ५९ वटा शाखा र १ सय २० वटा एटिएमबाट ग्राहकहरुका लागी समय सापेक्ष सुविधाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा थप १४ वटा शाखाहरु विस्तार गर्ने जनाएको छ ।