यूनियन लाइफ इन्स्योरेन्सको प्रादेशिक कार्यालय काठमाडौंको बबरमहलमा
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं ३ अन्तर्गतको प्रादेशिक कार्यालय काठमाडौंको बबरमहलमा सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयको उद्घाटन बिहीबार(आज) बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाई, कम्पनी संचालक समितिका अध्यक्ष शुलभ अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो कार्यालयबाट प्रदेश नं. ३ अन्तर्गतका शाखा तथा उपशाखा कार्यालयहरुको समन्वय एवं ब्यवस्थापनको काम गरिने व्यवस्था गरिएको छ । उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईले यूनियन लाइफ इन्स्योरेन्सले बीमा क्षेत्रमा आगामी दिनमा उल्लेख्य योगदान गर्न शुभकामना दिएका छन् । साथै, देशमा बीमा व्यवसायका लागि अनुकुल वातावरण बनाउन बीमा समिति सक्रिय भएर लागि परिरहेको बताउँदै नेपालमा बीमाको कभरेज २० प्रतिशतभन्दा बढि पुग्ने अवस्था रहेको उनले बताए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लाल कर्णले कम्पनीले आ.व. २०७५।७६ को जेष्ठ मसान्त सम्म १ अर्ब ९२ करोड प्रथम बीमा शुल्क संकलन गरेको जानकारी दिए । कम्पनीले ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरी शाखा तथा उपशाखा कार्यालयहरुको कार्य संचालन प्रणालीलाई प्रभावकारी बनाउने नीति लिएको छ । कम्पनीका देशभर १५६ शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा रहेको छन् ।
आशा राणा अधिकारी सनराइज बैंकको कामु सीइओमा बढुवा
काठमाडौं । आशा राणा अधिकारी सनराइज बैंक लिमिटेडको कामु सीईओमा बढुवा भएकी छिन् । बैंकको गत जेठ २२ गतेको बैठकले अधिकारीलाई कामु सीईओमा बढुवा गर्ने निर्णय गरेको हो । साथै निजले हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालेकि छिन् । विगत ३१ वर्षदेखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहेकी अधिकारी सनराइज बैंकमा, बैंकको स्थापना कालदेखि नै कार्यरत थिइन् । सनराइज बैंकमा आउनु अघि उनले हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्ष भन्दा बढी काम गरिसकेकी छिन् ।
सुरु भयो मेलम्ची खानेपानी आयोजनाको काम, कहिले आउला पानी ?
काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम अब सुचारु भएको छ । केही महिनादेखि ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालय अन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य गरिरहेको छ । सुरुङ भित्र गरिने भेन्टिलेसन साफ्टको कामलाई समितिले अगाडि बढाएको छ भने सुन्दरीजलमा बढी भएको पानी बाग्मतीमा खसाल्ने आउट फलको काम पनि सुरु भएको छ । समितिले मेलम्ची आयोजनाको सुरुङ फिनिसिङ र हेड वक्र्स निर्माणको कार्य अघि बढाउन दुई वटा मुख्य प्याकेजको राष्ट्रिय बोलपत्र आव्हान गरेको थियो । जसमा सुरुङ फिनिसिङका लागि गरिएको बोलपत्र ९टेण्डर० आव्हानको समय सकिएकाले यसको मूल्यांकन भईरहेको छ । हेडवक्र्स (मुहानको संरचना ) निर्माणको कार्यका लागि गरिएको बोलपत्रको अन्तिम समयावधि असार १६ गतेसम्म रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए । प्रवक्ता शाक्यले भने, ‘अब मेलम्चीको काम सुरु भइसकेको छ । सुरुवाती चरणमा भेन्टिलेसन साफ्टका लागि ड्रिलिङको काम सुरु भएको छ । उता सुन्दरीजलमा पानीको आउट फलका लागि काम अघि बढाइएको छ ।’ मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार मेलम्ची आयोजनाको बाँकी कामलाई मुख्य दुईवटा प्याकेजमा विभाजन गरिएको र त्यसभित्र स साना गरी १० वटा प्याकेजमा बाँडिएको छ । ‘पहिलो प्याकेजमा हेड वक्र्स अन्तर्गत ड्याम निर्माण र पुल निर्माण लगायत छन्, उनले भने, ‘दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट निर्माण र भेन्टिलेसन साफ्ट लगायतका निर्माण कार्य छन् । अब मेलम्चीमा देखिएको अन्यौलता समाप्त भएको छ ।’ सुरुङ फिनिसिङ कार्यका लागि गरिएको बोलपत्र आव्हानमा बोलपत्र दर्ता गरेका कम्पनीहरुको मूल्यांकन गरी छिट्टै अन्य बाँकी काम सुचारु गर्ने तयारी मेलम्ची समितिले गरिरहेको छ । एक महिनाअघि मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको कानुनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रालयले समितिलाई मेलम्चीको काम तत्काल सुचारु गर्न निर्देशन दिएकाले काम अघि बढेको हो । गत पुसमा इटालियन कम्पनी सिएमसी दि राभेनाले आफू आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी काम छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो । रोकिएको मेलम्चीको काम अघि बढाएर तोकिएको समयभित्रै काठमाडौंमा पानी ल्याउन सरकार गम्भीर भएर लागेको प्रवक्ता शाक्यले बताउनुभयो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने खानेपानी मन्त्रालयको लक्ष्य छ । याङग्री र लार्के आयोजना अघि बढाउने तयारी मेलम्चीको पहिलो चरणको सुरुङ निर्माणको काम अघि बढ्ने भएपछि एसियाली विकास बैंक (एडीबी) याङ्ग्री र लार्केको सुरुङ लगायत अन्य संरचनामा लगानी गर्न इच्छुक देखिएको छ । यसअघि एडीबीले पहिलो चरणको मेलम्चीको काम सम्पन्न गर्न सरकारलाई आग्रह गरेको थियो । मन्त्रालयले अब दोस्रो चरणको मेलम्ची आयोजनाको काम अघि बढाउने तयारी समेत गरेको छ । परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मेलम्ची खानेपानी विकास समितिलाई बुझाइसकेको छ । इप्टिसाले डीपीआरलाई अन्तिम रूप दिएर समितिलाई बुझाएको हो । सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाबाट १७—१७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । यी खोलाबाट थप पानी काठमाडौं ल्याउन निर्माणको कार्य सुरु गर्न लागिएको हो । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि छ । मेलम्चीको अम्बाथान (हेडवक्र्स) बाट २ किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङग्रीको मुहानसम्म २ किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेडवक्र्स अम्बाथानमा मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङग्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी सुरुङको माध्यमबाट अम्बाथानदेखि २७ किलोमिटर टाढा सुन्दरीजलमा ल्याइनेछ ।
नेशनल बैंकिङ इन्स्च्युट र अफ्लाटोन इन्टरनेशनलबीच वित्तीय शिक्षा सम्बन्धी सम्झौता
नेशनल बैंकिङ इन्स्च्युट (एनबीआई) र “अफ्लाटोन इन्टरनेशनल” बीच १९ जुन २०१९ मा दक्षिण अफ्रिका, जोहानेस्वर्गमा आयोजित एक समारोहका बीच सम्झौता भएको छ । नेशनल बैंकिङ इन्स्च्युट (एनबीआई) का प्रमुख कार्यकारी अधिकृत सन्जीब सुब्बा र अफ्लाटोन इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत रोयल्याण्ड मोनाशले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । “अफ्लाटोन इन्टरनेशनल” नेदरल्याण्डमा आधारित एक गैरसरकारी संस्था हो । नेशनल बैंकिङ इन्स्च्युट र अफ्लाटोन इन्टरनेशनलको साझेदारी तथा विभिन्न सम्बद्ध पक्षहरुको सहभागीता मार्फत युवा तथा बालबालिकाका लागि सामाजिक तथा वित्तीय शिक्षाको व्यवस्था गर्नका लागि योजना निर्माण गर्नु, बहस पैरवी गर्नु र सामाजिक तथा वित्तीय शिक्षाको विकास गर्नु यस सम्झौताको मुख्य उद्धेश्य रहेको छ । नेदरल्याण्ड आधारित अफ्लाटोन ईन्टरनेशनल सन् १९९१ मा मुम्बई, इन्डियामा स्थापना भए यता निरन्तर रुपमा वित्तीय साक्षरता सम्बन्धि पाठयक्रम विकासको क्षेत्रमा विश्वव्यापी रुपमा नेतृत्व गर्न सफल संस्था हो । विभिन्न ३५ मुलुकका सरकार एवं २ सय ७५ वटा साझेदारहरु सहितको मजबुत सञ्जालमार्फत यो संस्थाले वार्षिक १ सयभन्दा बढी राष्ट्रका ८६ लाख भन्दा बढी युवा तथा बालबालिकाहरुमा पहुँच पुर्याई उनीहरुलाई सामाजिक शिक्षा तथा वित्तीय साक्षरतामा शिक्षित बनाउँदै आईरहेको छ । सीवाईएफआईले युवाहरुमा वित्तीय पहुँच विकास गर्न एवं युवा तथा बालबालिकाहरुलाई वित्तीय साक्षरता तथा वित्तीय पहुँच सबन्धी सचेतना जगाउन १ सय ७० भन्दा बढी मुलुकका सरकार, बैंक तथा गैर सरकारी संस्थाहरु एवं हजारौं साझेदार संस्थाहरुसंगको सहकार्य गरेको छ ।
टोयोटाको नयाँ गाडी अब जनकपुरको श्रेया अटोमोबाईल्समा, एकदिनमै ७ वटा गाडि बुकिङ्ग
जनकपुर । विगत ५२ बर्ष देखि टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले जनकपुरमा पनि आफ्नो डिलर विस्तार गरेको छ । विगत केहि महिनादेखि सञ्चालनमा आएको श्रेया अटोमोबाईल्स डिलरको बिहीबार मात्र उद्घाटन भएको हो । उक्त अटोमोबाईल्सले जनकपुरमा हालसम्म २५ वटा गाडि बिक्री गरिसकेको छ । उद्घाटनकै दिनमा ७ वटा टोयोटाका गाडिहरु बुकिङ्ग भएको कम्पनीले जनाएको छ ।
सिटिजन्स बैंकद्धारा म्याग्दीको तातोपानी कुण्ड व्यवस्थापन समितिलाई आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंकले तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारहरूको विकासको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । २०७६ साल असार ४ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा स्थित प्राकृतिक उपचार केन्द्र तातोपानीमा आउने विरामी , स्थानिय तथा अन्तराष्ट्रिय पर्यटकलाई लक्षित गरी भौतिक पूर्वाधारहरूको निर्माणार्थ उक्त रकमको प्रयोग गरिने कुरा आयोजितकार्यक्रममा समितिद्वारा जानकारी गराईएको छ । यस किसिमको सहयोगबाट देश तथा विदेशबाट उक्त कुण्डमा आउने पर्यटकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालनगर्ने कुरा जानकारी गराएको छ । “योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको यस सिटिजन्स बैंकको ८१ वटा शाखा, ७६ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
जनरल इन्स्योरेन्सको वार्षिक कार्यक्रममा सम्पन्न
काठमाडौं । जनरल इन्स्योरेन्सले पहिलो वार्षिक कार्यक्रममा सम्पन्न गरेको छ । गत २०७५ असार ६ गतेबाट अठारौ निर्जिवन बिमा कम्पनीको रुपमा व्यवसायिक कारोवार शुरुवात गरेको प्रथम बर्ष पुरा भएको अवसरमा रक्तदान कार्यक्रम गरेको थियो । उक्त रक्तदान कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रले रगत ब्यवस्थापनको कार्य गरेको छ । कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नु हुने सम्पुर्ण रक्तदाता महानुभाव, रक्तदान कार्यक्रमको रगत व्यवस्थापनमा सहयोग गर्नु हुने नेपाल रेडक्रस सोसाईटी रक्तसंञ्चार केन्द, कार्यक्रममा सहभागी जनाउने हुने एसबिआई क्यापिट, आइडिपिएस एजुकेशन कन्सल्टेन्सी, स्माट होडिडे र यस कम्पनीका सम्पुर्ण कर्मचारीहरु प्रति आभार व्यक्त गरेको छ ।
पुँजी पुगे पनि नेपाल इन्स्योरेन्सको बोनस शेयर प्रस्ताव
काठमाडौं । बीमा समितिले तोकेको तोकेको चुक्ता पुँजी पुरा भए पनि नेपनल इन्स्योरेन्सले थप पुँजीबढाउनेगरी बोनस शेयर प्रस्ताव गरेको छ इन्स्योरेन्सको असार ५ गते बसेको सञ्चालक समिति बैठकले बीमा समिति तथा साधारण सभाको स्वीकृति पश्चात् वितरण गर्नेगरी आ.व. ०७४/०७५ नाफाबाट ७.५ प्रतिशतले हुन आउने सात करोड चौसठ्ठी लाख बत्तिस हजार रुपैंया बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो उक्त वोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ लाग्ने रकम समेत नगद लाभांशको रुपमा दिने निर्णय समेत समितिले गरेको छ ।