सहकारी संस्था संचालन गरी रकम ठगी गर्ने ४२ बर्ष श्रेष्ठ पक्राउ

<p>काठमाडौं । सहकारी संस्था संचालन गरी ठगी गर्ने चाबहिल स्थित शाइन बचत तथा ऋण सहकारी संस्थाका संचालक ४२ वर्षका रोशन श्रेष्ठ पक्राउ परेका छन् । दिलशोभा खड्की समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रोशन श्रेष्ठ समेत भएको ठगी मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७३ साल जेष्ठ २५ गतेको फैसलाले गणेश बहादुर श्रेष्ठको छोरा जिल्ला [&hellip;]</p>

काठमाडौं । सहकारी संस्था संचालन गरी ठगी गर्ने चाबहिल स्थित शाइन बचत तथा ऋण सहकारी संस्थाका संचालक ४२ वर्षका रोशन श्रेष्ठ पक्राउ परेका छन् । दिलशोभा खड्की समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रोशन श्रेष्ठ समेत भएको ठगी मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७३ साल जेष्ठ २५ गतेको फैसलाले गणेश बहादुर श्रेष्ठको छोरा जिल्ला काठमाण्डौं का.म.न. ७ बस्ने प्रतिवादी रोशन श्रेष्ठलाई ८ लाख ४६ हजार २ सय ५० जरिवाना र २ बर्ष कैद हुने ठहर भएकोमा उल्लेख छ ।

सजाय बेरुजू रही फरार रहेका निज प्रतिवादीलाई यस ब्यूरोको टोलीले मिति २०७६ असार ४ गते कुपण्डोल, ललितपुरबाट पक्राउ गरेको छ । जाहेरवाला लगायतका सर्वसाधारण वचतकर्ताहरुलाई उक्त संस्थामा रकम जम्मा गरे रकमको बढी ब्याज पाईन्छ र दिने भन्ने झुठ्ठा प्रलोभनमा पारी झुक्याई जम्मा ३३ लाख ८५हजार ५सय रकम जाहेरवालाहरुबाट प्राप्त गरी साँवा रकम समेत फिर्ता गरेन ।

उक्त संस्था नै बन्द गरी ठगी गरेको भन्ने ठहर हुन आएको कसूरमा अदालतले प्रतिवादी रोशन श्रेष्ठको हकमा दामासायीबाट हुन आउने रकम रु ८लाख ४६ हजार २ सय ५० रुपैयाँ विगो कायम गरी सोही बमोजिम जरिवाना गरेको थियो । पक्राउ प्रतिवादी रोशन श्रेष्ठलाई मिति २०७६र०३र०५ गते फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएको छ ।

Share News