विकासन्युज

वैकिङ् कसूर मुद्दामा फरार प्रतिवादी खड्का पक्राउ

काठमाडौं । प्रशान्त जैसवालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रमोदकुमार खड्का भएको बैंकिङ् कसुर मुद्दा पेश भएको छ । उच्च अदालत पाटनको गत बैशाख १६ गतेको फैसलाले जिल्ला काठमाडौं तारकेश्वर न.पा.वडां.९ बस्ने प्रमोदकुमार खड्कालाई एक महिना कैद र २३ लाख जरिवाना सुनाए पछि फरार रहेका थिए । उक्त फरार खड्कालाई निज प्रतिवादी यस ब्यूरोको टोलीले असार ३ गते चक्रपथ, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेका छ प्रतिवादी प्रमोद कुमार खड्काले आर्थिक ब्यबहार मिलाउने भनी जाहेरवाला प्रशान्त जैसवालसंग २३ लाख ऋण सापटी लिएको र सो रकम भुक्तान गर्नका लागि प्रयाप्त रकम हुदै नभएको नेपाल एस।बि।आई। बैंक शाखा कार्यालय गोंगवु, नंवर २०११५२४१४ ०४८८६ एनआरपी /सीबीए भएको खाताको २३लाख रकमको चेक जानी जानी २०७४ साल कात्तिक ११ मा जाहेरवालाको नाममा जारि गरेकोमा उक्त चेकबाट जाहेरवालाई नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको थियो । मिति २०७६ साल असार ४ गते फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएका निज प्रतिबादीलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाईएको छ ।

मेलम्ची खानेपानी आयोजनामा विवाद,स्थानीयले फर्काइदिए ठेकेदार

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई फर्काएका हुन् । सरकारले मुहानको हेडबक्स लगायतका अन्य काम गर्ने जिम्मा श्रेष्ठ कन्ट्रक्सनलाई दिएको थियो । कामको जिम्मा पाएपछि कम्पनी कामदार बोकेर मेलम्चीको मुहान पुगेको थियो । तर स्थानीयवासीले आयोजनामा आफूहरुको डुबेको रकम पहिला भुक्तानी दिएपछि मात्र काम सञ्चालन गर्नुपर्ने नत्र अवरोध हुने चेतावनी दिएपछि श्रेष्ठ कन्ट्रक्सनका मानिस फर्केको स्थानीय सङ्घर्ष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठले बताएका छन् । “काम गर्न आएका ठेकेदार कम्पनीका मानिसलाई हामीले आफ्नो समस्या र मागको बारेमा जानकारी गरायौँ, “स्थानीयवासीको उक्त आवाज सुनेपछि माथि कुरा गर्ने भन्दै श्रेष्ठ कन्ट्रक्सनका कर्मचारी फर्केका हुन्”, उनले भने । इटालेली कम्पनी सिएमसीले रकम नदिएर भागेपछि बोलपत्र खुलाएर मेलम्चीले अर्को ठेक्का प्रक्रिया थालेको थियो । स्थानीयवासी लगायत निर्माण व्यावसायीहरु डेढ अर्ब रुपैयाँ भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनरत छन् । “हाम्राे सल्लाहले नै आफूहरुले सिएमसीसँग गरेको कामको पैसा मागेका हौँ, रु तीन अर्ब धरौटी जफत भएकाले त्यहीबाट भुक्तानी दिनुपर्दछ”, श्रेष्ठले भने । आफूहरुले सरकारसँग रकम नमागेको भन्दै आयोजना छिटो शुरु गर्न पहल होस् भन्ने हाम्राे  माग भएको उनले बताएका हुन् । हाम्रो रकम भुक्तानी नदिएसम्म काम चल्न नदिने जानकारी सरोकारवालाहरुले यसअघिदेखि नै दिँदै आएका छन् । यता स्थानीय सरकारले पनि स्थानीय समस्या समाधान नगरी मेलम्ची लाने सपना नदेख्न खुलेर चेतावनी दिँदै आएको छ । खानेपानी आयोजनाको काम शुरु गर्न पहल गरिदिन आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई आग्रह गरेका  छन्  । रासस

नेपाललाई पर्यटकीय गन्तब्यको रुपमा चिनाउँदै: भियतनाम, कम्बोडिया र थाईल्याण्डमा प्रवद्र्धन

काठमाडौं । नेपालका लागि उदियमान पर्यटन बजारको रुपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो–नेपाल) सँगको सहकार्यमा नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्धार र एक आकर्षक पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल सेल्स मिसन २०१९ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोर्डकोतर्फबाट सहभागी प्रतिनिधिले नेपाल भ्रमण वर्ष–२०२० को बारेमा चर्चा गर्दै नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रमुख गन्तब्यका साथै एक पटक भ्रमण गर्नैपर्ने गन्तब्यको रुपमा प्रस्तुती दिएका थिए । सो अवसरमा बोर्डले तयार गरेको लुम्बिनीको वृत्तचित्र र सोट्टो नेपालले तयार गरेको नेपाल सम्बन्धी प्रवद्र्धनात्मक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्यायले नेपाल सरकारले पर्यटनलाई दिएको महत्वमाथि प्रकाश पार्दै नेपाल भ्रमण वर्ष–२०२० राष्ट्रिय अभियानका अवसरमा स्वदेशी र विदेशी पर्यटन व्यवसायीहरुलाई थप व्यवसायिक सम्बन्ध विस्तार गर्न आग्रह गरे । यस्तै सोट्टो–नेपालका अध्यक्ष मधुसुदन उपाध्यायले बौद्ध धार्मिक पर्यटन केन्द्रकोरुपमा नेपाल भ्रमण प्याकेज बिक्री गर्न कार्यक्रममा सहभागी स्थानीय पर्यटन व्यवसायी प्रतिनिधिहरुलाई अनुरोध गरे । उक्त अवसरमा नेपालबाट सहभागी भएका पर्यटन व्यवसायी र विदेशस्थित पर्यटन व्यवसायीबीच भियतनामको हनोई, कम्बोडियाको न्होम पेँह र थाईल्याण्डको बैंककमा व्यवसायिक गतिविधि विस्तार सम्बन्धमा अन्तक्रियासमेत सम्पन्न गरिएको थियो । नेपाली राजदूतावास बैंककको सहकार्यमा बैंककमा आयोजना गरिएको नेपाल साँझ–२०१९ मा थाइल्याण्डका लागि नेपालका राजदुत गणेशप्रसाद ढकालले नेपाल र थाईल्याण्डको साठी वर्ष पुरानो र सौहार्दपूर्ण दौत्य सम्बन्धको चर्चा गरेका थिए । उनले थाइल्याण्डका जनतामा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीप्रति अगाध आस्था रहेकोले लुम्बिनीलाई भ्रमण प्याकेजमा समावेश गर्न थाई पर्यटन व्यवसायीहरुलाई अनुरोध गरे । कार्यक्रमको अवसरमा लुम्बिनीका लागि सद्भावना दुत बिक्रम पाँडे काजीले बुद्धको जीवन र बुद्धिष्ट सर्किटको विषयमा गहन प्रस्तुती दिएका थिए । नेपाल सेल्स मिसन–२०१९ अन्तर्गत बौद्ध धमावलम्वीहरु बढी भएका तीन वटै देशका पर्यटन व्यवसायी र सञ्चारकर्मी माझ बौद्ध धार्मिक पर्यटनसहित नेपालका पर्यटकीय आकर्षण र नेपाल भ्रमण वर्ष–२०२० को प्रचारात्मक कार्य गरिएको थियो । तथ्यांकअनुसार सन् २०१८ मा भियतनामबाट १२ हजार ४ सय ५४ जना, कम्बोडियाबाट ३ हजार ७ सय ९० जना र थाईल्याण्डबाट ५३ हजार २ सय ५० जना पर्यटकहरु नेपाल भ्रमणमा आएका थिए । यता नेपाल वायु सेवा निगमले सातामा तीन पटक काठमाडौं–बैंकक–काठमाडौं हवाई सेवा संचालन गरिरहेको छ । यस सहज आवागमनले यी देशहरुबाट नेपालमा पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । नेपाल सेल्स मिसन कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट प्रबन्धकद्वय खड्ग बिक्रम शाह र सुमन घिमिरे, सोट्टो–नेपालका निवर्तमान अध्यक्ष अनिल लामा, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का प्रथम उपाध्यक्ष अच्युत गुराँगाईसहित नेपाली पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।

देश विकासमा केपी ओलीका १५ संकल्प

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देश विकासका लागि १५ वटा संकल्प राखेका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकमा प्रधानमन्त्रीले देश विकासमा देखिएको अवरोध र त्यसको समाधानका उपाय सुझाएका हुन् । उनले पुँजीगत खर्च बढाउन, तोकिएको समयमा आयोजना सम्पन्न गर्न, वित्तिय सुशासन कायम गर्न तथा गुणस्तरिय निर्माणका लागि बिशेष ध्यान दिन पनि निर्देशन दिए । राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक नभएकाले बिशेष ढंगले काम गर्न पनि निर्देशन दिए । यस्ता छन ओलीका संकलल्प १) राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठक गर्दै गर्दा चालु आर्थिक वर्ष २०७५/७६ को अन्तिम समयमा छौं । मन्त्रालयगत प्रगतिको समीक्षाबाट विकास कार्यक्रम र आयोजनाको प्रगति विगतमा भन्दा सुधारिएको भएता पनि अपेक्षित लक्ष्य हासिल गर्न गम्भिर भएर मेहनत गर्नुपर्ने छ । यो वर्षको लागि तोकिएका कार्यक्रम समयमै सम्पन्न गर्नु हुनेछ । २) चालु आर्थिक वर्षमा ७.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा ल्याइएकोमा लक्ष्यको नजिकको वृद्धिदर हासिल गर्न सकेका छौं । संघ, प्रदेश र स्थानीय तहमा भएको खर्चका कारण पुँजीगत खर्चमा वृद्धि हुनुको साथै निजी क्षेत्रका आर्थिक क्रियाकलापहरूमा भएको विस्तारका कारण लगानी उल्लेख्य रूपमा वृद्धि भएको छ । परिणामस्वरूप दुई अंकको आर्थिक वृद्धिको लक्ष्यसहित समृद्धि हासिल हुने बलियो आधार निर्माण भएको छ । पन्ध्रौं योजनाको आधारपत्र प्रकाशित भइसकेको सन्दर्भमा आगामी विकास नीति, योजना तथा कार्यक्रमहरू सो योजनामा उल्लेखित उद्देश्य, लक्ष्य, रणनीति तथा कार्यनीतिलाई केन्द्रमा राखी कार्यान्वयन गर्नेछौं । ३) यस अवधिमा धान, मकै, तरकारी, मासु र दुग्धजन्य पदार्थहरूको उत्पादनमा उल्लेख्य बृद्धि भई आधारभूत कृषि उत्पादनमा मुलुक आत्मनिर्भरता तर्फ उन्मुख भएको छ । ३ हजार २ सय हेक्टर क्षेत्रमा थप सिंचाइ सुविधा विस्तार भएको छ । यस उपलब्धीलाई कायम राख्दै आगामी दिनमा थप प्रगतिका साथ उत्पादन र उत्पादकत्व बृद्घि गर्न पहल गर्नुछ । ४) दीर्घकालीन सोच सहितको पन्ध्रौं योजनाको आधार(पत्र स्वीकृत भइ समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा हासिल गर्ने मार्गचित्र तयार भएको छ । पन्ध्रौं योजनामा उल्लेखित राष्ट्रिय लक्ष्यहरुसँग सामञ्जस्य हुनेगरी सबै प्रदेशहरुले प्रादेशिक खण्डीकृत तथ्यांक समावेश गरी आवधिक योजनालाई आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याउनेछ । सबै मन्त्रालयले विकास कार्यक्रम कार्यान्वयन गर्दा भौतिक तथा वित्तीय प्रगतिबीच सन्तुलन मिलाउने गरी कार्यक्रममा जोड दिनेछ । ५) संविधान कार्यान्वयन र वित्तीय संघीयताका लागि आवश्यक कानुन, जनशक्ति तथा संरचना छोटो समयमा तयार भई संविधान र वित्तीय संघीयताको कार्यान्वयनको यस अवधिमा भएका उपलब्धिहरू उत्साहप्रद नै छन् । ६) विकास योजना तथा कार्यक्रम कार्यान्वयनका सन्दर्भमा मासिक लक्ष्य निर्धारण गरेर हासिल गर्ने गरी सम्पूर्ण प्रयास केन्द्रित गर्नेछ । स्थानीय तहको विकास कार्यक्रम र योजना समेत प्रदेशका मुख्यमन्त्रीहरूले अनुगमन र सहजीकरण गर्नेछ । साथै, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन सम्बन्धी सम्पूर्ण तयारी यस आर्थिक वर्ष भित्रै सम्पन्न गर्नेछ । ७) राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय भित्र र तोकिएको गुणस्तर कायम गरी सम्पन्न गर्नको लागि सबै मन्त्रालय तथा निकायहरुले जिम्मेवारीपूर्वक र समन्वयात्मक रुपमा कार्य गर्नेछ । साथै, राष्ट्रिय गौरबका आयोजनाहरूको कार्यान्वयनमा सहजीकरण र अनुगमन गर्ने व्यवस्था मिलाउनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको आयोजना सहजीकरण समन्वय समितिलाइ प्रभावकारी रुपमा परिचालन गर्नेछ । ८) आयोजना सुशासनको क्षेत्रमा अझैपनि अपेक्षित सुधार हुन नसकेकाले आयोजना पहिचान, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्यांकनका क्षेत्रमा नतिजा, समय र उत्तरदायित्वमा विशेष ध्यान दिने। बजेट जेठ १५ गते नै प्रस्तुत हुने तर सरकारी ठेक्का माथिको चाप वर्षान्तमा पर्ने असङ्गतीयुक्त अवस्था हटाउनुपर्छ । विकास आयोजनाहरु पूर्व तयारी र कार्यान्वयन योग्य बनाएपछि मात्र आयोजना सञ्चालनमा ल्याउनुपर्छ । अन्तरनिकायका बीचको समन्वय सुदृढ, प्रभावकारी र छिटो–छरितो बनाई योजना कार्यान्वयनमा थप प्रभावकारिता ल्याउनुपर्छ । ९) पहिलो प्राथमिकताक्रमका ८० प्रतिशत भन्दा कम प्रगति भएका कार्यक्रम र आयोजनाहरुको तीव्र कार्यान्वयनका लागि विषय क्षेत्रगत मन्त्रालयका मन्त्री र सचिवले विशेष ध्यान र्पुयाई लक्ष्य प्राप्तिमा जोड दिनुपर्छ । १०) आयोजना सुशासनको क्षेत्रमा अझैपनि अपेक्षित सुधार हुन नसकेकाले आयोजना पहिचान, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्यांकनका क्षेत्रमा नतिजा, समय र उत्तरदायित्वमा विशेष ध्यान दिनुपनुपर्छ । विकास आयोजनाको पूर्व तयारी सम्बन्धी कार्यहरू सम्पन्न भएपछि मात्र आयोजना सञ्चालनमा ल्याउनुपर्छ । ११) विभिन्न मन्त्रालय तथा निकाय अन्तर्गत रहेका रुग्ण ठेक्का आयोजनाहरुको कार्यान्वयनस्तर सन्तोषजनक नरहेकोले रुग्ण आयोजनाहरु कानून बमोजिम फरफारक सहित शीघ्र आयोजना सम्पन गर्ने गरी ठेक्का व्यवस्थापन गर्न सबै मन्त्रालय तथा निकायहरु गम्भिर हुनुपर्छ । साथै, तोकिएको समयमा सम्पन्न हुन नसक्ने आयोजनाहरु खारेज गरी निर्माणको जिम्मेवारी लिएकाहरु लाई सम्बन्धित निकायले कानुनी दायरामा ल्याउनुपर्छ । १२) आगामी आर्थिक वर्षको लागि आवश्यक योजना, नीति तथा बजेटको कार्य सकिएकोले ती सबैको सम्पूर्णतामा कार्यान्वयन हुनेगरी पूर्व तयारीका साथ आजैदेखि क्रियाशील भै उक्त योजना, नीति र कार्यक्रमको कार्यान्वयनबाट “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पुरा गर्न सबै क्षेत्र तथा निकायहरूबीच पूर्ण सहकार्य गर्नुपर्छ । १३) आर्थिक वर्ष अगाडि नै बजेट स्वीकृत गरी कार्यान्वयनमा ल्याउँदा पनि पुँजीगत खर्चको प्रगति कम देखिएकोले सार्वजनिक खर्च प्रणालीमा थप सुधार गरी पुँजीगत खर्च वृद्धि गर्न जोड दिनुपर्छ । प्रदेश र स्थानीय तहको खर्चले आर्थिक क्रियाकलाप विस्तारमा सकारात्मक योगदान पुग्ने हुनाले पुँजीगत खर्चमा वृद्धि गर्नुपर्छ । १४) नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै तह र निकायले योजनावद्घ रुपमा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । १५) आगामी आर्थिक वर्षलाई उच्च आर्थिक वृद्धि र तीव्र विकासको लक्ष्य हासिल गर्नेगरी सम्पूर्ण साधन र स्रोतको परिचालन गर्नुपर्छ । आम नागरिकलाई सरकारले प्रत्याभूति गरेका सेवाको गुणस्तरमा सुधार गर्नुपर्छ । साथै, निजी क्षेत्रबाट प्रवाह भएका वस्तु र सेवाको गुणस्तर कायम गर्न नियमन प्रणालीलाई सुदृढ गरी कार्यान्वयन गर्नुपर्छ ।

सुरु भयो मनसुन, ३ दिन लगातार पानी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आंशिक मनसुन सुरु भएको बताएको छ । विभागले आगामी ३ दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै निरन्तर पानी पर्ने प्रक्षेपण गरेको हो । बिहिबारदेखि शनिबारसम्म देशका बिभिन्न भागमा मौसम बदली भई पानी पर्ने विभागले जनाएको छ । यस्तो छ ३ दिनको मौसम असार ५ गते (बिहीबार) दिउँसोः देशभर सामान्यतया वदली रही पूर्व र मध्यका केही र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षा सहित मेघगर्जन हुने सम्भावना छ्र रातिः देशको पूर्वी तथा मध्य क्षेत्रको साथै पश्चिमी पहाडी भूभागमा सामान्यतया वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ ्र देशका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ। असार ६ गते (शुक्रवार) दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। रातिः देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। असार ७ गते (शनिबार) दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। रातिः देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

कोपा अमेरिका कपबाट अर्जेन्टिना आउट !

काठमाडौं । कोपा अमेरिका कपबाट अर्जेन्टिना आउट हुने संघारमा पुगेको छ । कोलम्बीयासँग पराजित भएको अर्जेन्टिनाले पाराग्वेसँग बराबरी खेलेको छ । सुरुमै एक गोलले पछि परेको अर्जेन्टिनाले मेस्सीको पेनाल्टीबाट बराबरी खेलेको हो । ३७ औं मिनेटमा गोल खान पुगेको अर्जेन्टिनालाई ५७ औं मिनेटमा पाएको पेनाल्टीले हारबाट जोगाएको हो । हारबाट जोगिए पनि अर्जेन्टिनाको कोपा अमेरिका कपको यात्रा भने कठिन बनेको छ । ग्रुप बीमा रहेको अर्जेन्टिनाको १ अंक रहेको छ भने पहिलो स्थानमा रहेको कोलम्बीयाको ६ अंक छ । दोश्रो स्थानमा रहेको पाराग्वेको २ अंक छ । अब अर्जेन्टिनाले कतारमाथी स्पष्ट जित निकाले मात्रै अघिल्लो चरण प्रवेशको सम्भवना रहनेछ ।

तीन मन्त्रीकाे राजीनामा नआई गुठी आन्दाेलन नराेकिने, विधेयक फिर्ता लिन सरकार उदासिन

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको ठुठी ऐनविरुद्धको आन्दोलन नरोकिने भएको छ । राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिले जारी आन्दोलनलाई नरोक्न जनाएको हो । समितिले उक्त विधेयक ल्याउने भूमिसुधारमन्त्री पद्मा अर्याल, गुठी विधेयकविरुद्धको आन्दोलनमा दमन गर्न लगाउने गृहमन्त्री रामबहादुर थापा र गुठीयारहरुलाई सामन्ती भन्ने सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामाको माग गरिएको छ । सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लिने हिजो बताए पनि अहिलेसम्म त्यसको लागि कुनै प्रक्रिया अघि बढाएको छैन । प्रचलित कानून र संघीय संसदको कार्यसञ्चालन नियमावली अनुसार पेश भएको विधेयक फिर्ता लिन मन्त्रीपरिषद्ले प्रस्ताव पेश गरी त्यसलाई संघीय संसदको दुवै सदनको बहुमतले अनुमोदन गर्नुपर्छ । बुधबार घाेषणा गरिएकाे सम्भावित आन्दाेलन टार्न भूमिसुधारमन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ताकाे घाेषणा गरेकी थिइन् तर त्यसकाे केही समयपछि पत्रकार सम्मेलन गरेका प्रधानमन्त्रीले साे समाचार आफुले पनि मिडियाबाट थाहा पाएकाे भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए ।

१० महिनामा ८ खर्ब २६ अर्ब रेमिट्यान्स भित्रियो, हिमाल महङ्गो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारबाट आठ खर्ब २६ अर्ब रेमिट्यान्स भित्रिएको छ । यो अवधिमा नेपाल भित्रिएको रेमिट्यान्स गएको आवको सोही अवधिकोभन्दा १९.४ प्रतिशत हो । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आवको खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.७ प्रतिशत रहेको छ भने हिमाल सबैभन्दा मह्गो भएको छ । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ । चालु आवको यस अवधिमा देशको व्यापार घाटा १० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा ११ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु तथा सेवा नेपाल भित्रिएका छन् भने ७८ अर्ब ५३ करोडको निर्यात भएको छ । यस अवधिमा चालु खाता घाटा विस्तार भएर दुई खर्ब २१ अर्ब पुगेको छ । गत आवको सो अवधिमा यस्तो घाटा एक ९२ अर्ब रहेको थियो । १० महिनाको यो अवधिमा मुलुकको शोधनान्तर स्थिति ६८ अर्ब २० करोड घाटामा रहेको छ । गएको आवको शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रहेको थियो ।