विकासन्युज

सानिमा लाईफ र सृजना फाइनान्सबीच जीवनवीमा सेवा सम्झौता

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र सृजना फाइनान्स विराटनगरबीच जीवनवीमा सेवा सम्झौता भएको छ । विराटनगरमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट महाप्रबन्ध शिवराम तिमिल्सीना र फाइनान्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृति भवानी शंकर चापागाइले सो सम्झौतापत्रमा हस्तक्षर गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख अधिकृत रञ्जन बराल, बरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक सुवास वासु तथा विराजनगर शाखाका प्रमुख सन्तोष आचार्य समेतको उपस्थिति रहेको छ । सम्झौत अनुसार ग्राहक फाइनान्सका मक्पूण सन्तोया आचार्य समेतको उपस्थिति रहेको थियो । सम्झौताअनुसार फाइनान्सका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवनवीमा सेवा उपभोग गर्न सक्ने व्यवस्था रहेको छ ।

दश वर्षमा निर्माण भयो धौलागिरि अञ्चल अस्पतालको भवन, निर्माणधीन ‘सी’ ब्लक अझै अलपत्र

काठमाडाैं । धौलागिरि अञ्चल अस्पतालको सुविधा सम्पन्न ‘बी’ ब्लक भवन निर्माण शुरु भएको १० वर्षमा पूरा भएको छ । तत्कालीन बागलुङ जिल्ला अस्पताललाई रुपान्तरण गरी अञ्चल अस्पतालका लागि चाहिने भवन निर्माण थालिएको १० वर्षपछि बल्ल पूरा भएको उक्त अस्पतालले जनाएको छ । अञ्चल अस्पतालको ‘ए’ ब्लक विसं २०६९ मा नै निर्माण भएको थियो । विसं २०६६ वैशाख १ गते दुई वर्षमा सम्पन्न गर्ने सम्झौता गरी आशिष, मिलेनियम, भीमज्योति, जयबाबा गोरख र नयाँबाटो निर्माण सेवाले जिम्मा लिएको ‘बी’ ब्लक हाल मात्रै निर्माण गरेका हुन् । अस्तपालतको ‘बी’ ब्लकको भवन रु छ करोड, ६० लाख ३९ हजार २१४ लागतमा निर्माण गर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीले रु छ करोड, ५१ लाख १६ हजार २८८ रकम लिएर पटक–पटक ताकेता गर्दासमेत सम्पर्कविहीन बनेको थियो । ठेक्का रद्द गर्ने अन्तिमपत्र निर्माण व्यवसायीलाई पठाएपछि हाल आएर निर्माण गरेकोे आयोजना कार्यन्वयन एकाइका लेखा अधिकृत महेश सिग्देलले बताएका छन् । उनका अनुसार अन्तिम भुक्तानी लिन आउने समयमा म्याद नागेको जरिवानासमेत कार्यालयले असुरउपर गर्ने जानकारी दिएका थिए । तीन तले सुविधा सम्पन्न उक्त भवनमा करिब ४० कोठा छन् । भवन अभावका कारण बिरामीलाई सहज सेवा प्रदान गर्न नसकिएका कारण भवन हस्तान्तरण नहुँदै नयाँ भवनबाट सेवा दिन बाध्य भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले जानकारी दिएका छन् । हाल सम्पन्न भएको भवनबाट केही सेवा दिन शुरु भइसकेको छ भने केही सेवा दिन बाँकी रहेको अस्पतालले जनाएको छ । ‘बी’ ब्लकबाट फार्मेसी, प्रयोगशाला, निःशुल्क औषधि वितरण कक्ष, टिकट काउन्टर, हाडजोर्नी तथा नसा रोग , नाक,कान र घाँटी, शल्यक्रिया, सामान्य उपचार सेवा, भिडियो एक्सरे, दन्तसेवा, बालरोग, स्त्री तथा प्रसूतिलगायत सेवा प्रदान गरिने अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिएका हुन् । पटक–पटक निर्माण व्यवसायीलाई भवन निर्माणका लागि ताकेता गर्दा गर्दै बल्ल आएर भवन निर्माण सम्पन्न भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले बताए । निर्माण व्यवसायीले समयमै भवन निर्माण गर्न नसकेकाले २०७५ असार मसान्तसम्म म्याद थप गरिएको कास्कीस्थित आयोजना कार्यान्वयन एकाइका प्रमुख नारायण भण्डारीले बताएका छन् । “निर्माण व्यवसायीले २०७५ असार मसान्तपछि म्याद नथपिकनै भवन बनाएको छ”, उनले भने, “कागजी प्रक्रियाका लागि म्याद थप गरी भवन हस्तान्तरण गर्नेछौँ ।” प्रमुख भण्डारीका अनुसार अस्पतालको निर्माणधीन ब्लकको भवन भने अहिले अलपत्रजस्तै बनेको छ । निर्माणाधीन ‘सी’ ब्लकसमेत सम्झौताअनुसार काम नगरेका कारण ठेक्का प्रक्रिया तोड्ने प्रक्रिया अगाडि बढाइएको छ । अस्पताल भवनको नमूना बनाउँदा तल्लो भाग जग (फाउण्डेशन) नमिलेको र समयमा नै विद्युत्को हाइटेन्सन लाइन विस्थापित नहुँदा निर्माण सम्पन्न गर्न समय लागेको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि शीतल ढकालले बताएका छन् । अस्पतालमा भौतिक संरचनाको अभावमा बिरामीलाई लाइनमा राख्नुपर्ने अवस्था रहेकामा नयाँ भवनबाट सेवा प्रदान गर्दा लाइन बस्नुपर्ने बाध्यता अन्त्य गरी टोकन प्रणालीबाटउपचार सेवा प्रदान गरिने भएको छ । रासस

बुद्ध एयरको सुर्खेत–काठमाडौँ सन्ध्याकालीन उडान स्थगित

काठमाडाैं । सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ । असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो । काठमाडाैंका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान शुरु भएको एक हप्ता नहुँदै यही  शुक्रबारदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले जानकारी दिएका छन् । बुद्ध एयरको सुर्खेत–काठमाडौँ सन्ध्याकालीन उडान हटाइने बुद्ध एयरका सुर्खेत इन्चार्ज पन्तले जानकारी दिँदै भने, “यात्रु अभावका कारण हटाउन बाध्य भएका हौँ”, हाल दुई उडानमा काठमाडौँका लागि ४० यात्रु बुद्ध एयरले पाएको छ । रासस

सीईओहरूले क्षमताभन्दा बढी तलब लिइरहेका हुन्छन् ? मान्छे के कारणले धनी बन्छ ?

काठमाडौं । यहाँ केही त्यस्ता तुलनात्मक रुपमा धनी व्यक्तिहरु छन् जसले राम्रो पारिश्रमिक आर्जन गरिरहेका छन् । त्यस्ता व्यक्तिले जिम्मेवारी ग्रहण गरेको कम्पनी जुन आफ्नो व्यवसायमा सफलतापूर्वक अघि बढिरहेको छ, त्यसैले यस्तो सोच्ने गरिन्छ कि ति व्यक्तिहरूको सफल नेतृत्वकै कारणले बजार अर्थतन्त्रमा यसको प्रभाव परेको छ । किनभने त्यस्ता व्यक्तिलाई कम्पनीले राम्रो पारिश्रमिक दिइरहेको छ, यसको अर्थ पक्कै यो हुनुपर्छ कि उनीहरु त्यो पारिश्रमिकका लागि योग्य छन् । केही अवस्थामा त्यो सही हुन सक्छ । केही अवस्थामा त्यो सही नहुन पनि सक्छ तर यो होइन किनकी बजार अर्थतन्त्रले उनीहरुकोअनुसार काम त्यसरी काम गर्दैन । मलाई गलत नठान्नुस् । कुनै बजार यदि त्यो पूर्ण हुनसक्छ, तर आजको समृद्ध, समुन्नत र स्वच्छ समाजअनुसार बजारलाई विकास गर्न केही बजार आयामहरु महत्वपूर्ण हुन्छन्, जसले धेरैजसो अवस्थामा विलाशिताको उचित आपूर्तिद्वारा हाम्रा आवश्यकताहरूलाई पूरा गर्दै आएको हुन्छ । तर बजारले त्यसरी जिम्मेवारी ग्रहण गर्ने व्यक्ति कति क्षमतावान छन् भन्ने आँकलन नै गर्दैनन् ता कि उनीहरुको क्षमताअनुसार पारिश्रमिक निर्धारण हुन सकोस् । त्यस्तो पारिश्रमिक निर्धारणमा बजारले कसरी काम गर्छ भन्ने कुरामा उनीहरु पूर्णरुपमा गलत हुन्छन् । जब बजारले मूल्य निर्धारण गर्छ, यसले अभाव र अधिक आपूर्तिको समस्यालाई दूर गरिदिनेछ भन्ने विश्वास राखिन्छ । ‘क्रेता’ले आपूर्ति पक्षलाई सुरक्षित गर्नको लागि एक अर्कासँग प्रतिस्पर्धा गर्छन् भने बिक्रेताले विक्री सुरक्षित गर्न एक अर्कासँग प्रतिस्पर्धामा उत्रिन्छन् । क्रेताले राम्रो पाउन र बिक्रेताले राम्रो नाफा पाउनेगरी बिक्री गर्न चाहन्छ त्यही शक्तिले नै मूल्य निर्धारण प्रणालीलाई निर्देशित गर्छ । मूल्य निर्धारण प्रणालीले मूल्य र मजदूरीको समायोजन गर्छ । धेरै उत्पादकत्व दिने मजदूरको मूल्य उच्च राखिन्छ, किनकी उसको उत्पादनले सम्भावित अभाव पूरा होस्, वा मूल्य न्यून गरिन्छ ताकि उच्च उत्पादन र बचतलाई त्यसले निरुत्साहन गरोस् र त्यसैगरी ज्यालाको मूल्य निर्धारण पनि हुन्छ । यदि कुनै सीईओलाई १० मिलियन डलर भुक्तानी गरिन्छ भने यसको अर्थ यो होइन कि उ त्यति भुक्तानीका लागि योग्य छ । यो यसकारण हुन्छ कि कुनै कम्पनीको बोर्डले उसलाई सुरक्षित गर्न १० मिलियन डलरको महशुस गर्छ । र यो पनि होइन कि एउटा कामदारले यदि घण्टाको १ डलर मात्रै पाउँछ भने उसले त्यति नै पाउने योग्यता राख्छ, बरु यो हो कि त्यस्तो कामदारलाई १ डलर प्रतिघण्टा दिँदैमा उसको श्रम सुरक्षित हुन्छ । बजारले अभावको क्षति र खेर जाने उत्पादनलाई निरुत्साहन गर्ने सन्दर्भमा मुख्य भूमिका खेलेको हुन्छ । तर यो त्यस्तो मेकानिजम होइन कि जसले कामदारलाई उसले कमाउनसक्ने क्षमताअनुसार भुक्तानी गर्न सक्छ । यदि तपाईँ धनी पनि हुनुहुन्छ र योग्य पनि हुनुहुन्छ भने यो एउटा संयोग मात्रै हो र तपाईँ बजारको अपवाद मात्रै हुनुहुन्छ, किनकी बजारमा यो नियम लागु हुँदैन ता कि ‘योग्य’ र धनीबीच अन्योन्याश्रित सम्बन्ध होस् । यदि कुनै व्यक्तिले उसको क्षमताअनुसार ज्याला पाउँछन् भने धनी व्यक्तिहरुको बीचमा गरिबहरुको पनि उत्तिकै उपस्थिति हुन्छ । यो कुरालाई हामीले इमान्दारितापूर्वक स्वीकार गर्नुपर्छ कि त्यस्तो धेरै कारणहरु छन् जसले धनी बन्ने व्यक्तिको धनी बन्ने कारणका लागि योगदान गरेको हुन्छ । उनीहरु कडा परिश्रमका कारणले पनि धनी भएका हुनसक्छन्, उनीहरु जन्मजात नै क्षमतावान भएका कारण नै धनी भएका पनि हुनसक्छन्, कोही कोही भाग्यको कारणले पनि धनी बनेका हुनसक्छन् भने कोही अनैतिक कामको कारणले पनि धनी भएको हुनसक्छन् । कहिलेकहिले यो एउटै मात्र कारणले मात्रै एउटा व्यक्तिको जीवनलाई धनी नबनाएर यीमध्ये कयैन कारणले पनि काम गरिहेका हुन सक्छन्, कहिलेकाँही त सबै पनि ! तर स्वच्छ समाजमा लागि यीमध्ये कुन कारणले धनी हुने विषयलाई नेतृत्व गर्नुपर्छ ? धेरैजसो व्यक्तिले भन्लान्, महत्वपूर्ण रुपमा प्रयोग हुने वस्तुहरू उत्पादनमा गरिने कडा परिश्रमका लागि धेरै मूल्य दिनुपर्छ र यसैको आधारमा धनी हुने विषय निर्धारित हुनुपर्छ । तर, को बढी क्षमतावान् भन्ने मापन चाहिँ कसरी गर्ने त ? राम्रो भाग्यले मात्रै पनि मान्छे अरुभन्दा क्षमतावान भएको निर्धारण गर्दैन । यदि त्यसो हुन्थ्यो भने को धनी हुने र को नहुने भन्ने विषय थप द्विविधायुक्त हुन्थ्यो र मान्छेले झुटको खेतीमार्फत् धनी बन्ने लक्ष्य पनि राख्दैनथे । यो प्रष्ट छ कि हामी पूर्ण रुपमा योग्यतायुक्त समाजमा बाँच्न सक्दैनौं– त्यस्तो समाज जहाँ मान्छेको शुद्ध योग्यतालाई पुरस्कृत गरिएको होस् । एउटा करोडपति व्यवसायीले यसो भन्न सक्छ कि उसले कडा मिहिनेत गर्यो । सायद उसँगै धेरै व्यवसायीले सोही समयमा कडा मिहिनेत गरे तर उनीहरु करोडपति भएनन् । त्यसबाहेक पनि केही बेइमानी, असामान्य व्यक्तिहरु धनी हुन्छन् किनकी केही प्रतिभाशाली र इमान्दारहरू अपेक्षाकृत गरिब छन् । त्यसैले यो स्पष्ट हुनु जरुरी छ कि जो व्यक्ति धनी हुन्छन् त्यो व्यक्ति क्षमतावान् हुनुपर्छ भन्ने केही छैन र जो व्यक्ति क्षमतावान् हुन्छन्, त्यो व्यक्ति धनी हुनैपर्छ भन्ने पनि छैन । वास्तवमा धनीपना र क्षमताबीचको अन्तरसम्बन्ध ज्यादै न्यून रुपमा मात्रै सकारात्मक हुन्छन् । बजार प्रणालीले यो विषयलाई राम्रोसँग चिन्न सक्दैन । कुनै व्यक्ति जोसँग धनी हुने योग्यता छैन तर उनीहरु धनी छ भने, म यो सुझाव दिन्छु कि उतीहरुले आफ्नो सम्पत्तिलाई रिफाइनान्सिङ गर्नुपर्छ र योग्य, क्षमतावान् र कडा परिश्रम गर्नेलाई दिनुपर्छ । तर यदि कुनै व्यक्ति योग्य छ भन्ने स्वीकार गरिन्छ भने पनि यहाँ अर्को समस्या छ कि ऊभन्दा योग्य अरु छ कि छैन वा ऊ अझै बढी योग्य त छैन ? तर बजारमा यस्ता नैतिक चासोहरूको कुनै उत्तर छैन । सरकारले यो विश्वास दिलाउन सक्नुपर्छ कि हामी यसलाई लागु गछौं, यसले देशमा भ्रष्टाचार निवारणका लागि महत्वपूर्ण भूमिका खेल्छ । तपाईँ हामीले त्यस्तो निष्पक्ष पुनर्वितरण प्रणाली व्यवस्थित गर्न सक्छौं जसले बजार संयन्त्रको अभाव र अधिक आपूर्तिको मेकानिजमको कारणले अर्थतन्त्र विघटन हुनसक्ने सम्भावना कम गर्छ तर यो विषय निकै कठिन हुन सक्छ । तर हामीले आधारभूत आयको प्रणाली व्यवस्थित गर्न भने सजिलै सक्छौं, जसले सबै आन्तरिक तथा बाह्य कामदारहरूको भुक्तानी प्रणालीलाई नियमित र व्यवस्थित बनाउँछ र उनीहरुको दैनिक जीवनको आवश्यकतालाई पूरा गर्ने पर्याप्तता सुनिश्चित गर्छ । यहाँ मेरो उद्देश्य व्यक्तिको योग्यता कति थियो जानकारी गराउनु थिएन, बरु सबै व्यक्तिहरू बाँच्नका लागि ‘डिजर्भ’ गर्छ भन्नु थियो र त्यसका लागि सबैले आधारभूत स्रोतहरुसँगको पहुँचको योग्यता पाउनुपर्छ भन्ने थियो र त्यसका लागि आधारभूत रुपमा पारिश्रमिक निर्धारण हुनुपर्छ भन्ने हो न कि बजारको माग र आपूर्तिका आधारमा । बजारको आधारभूत नियमभन्दा बाहिर रहेर हामीले काम गर्नुपर्छ किनकी बजारले अनुचित वा निष्पक्ष छुट्याउँदैन, कडा काम, प्रतिभा र भाग्यको उचित रिवार्ड गर्दैन । तर कमसे कम समाजमा रहनको लागि र प्रचलित सभ्यतासँग काम गर्नको लागि वा मानव जीवित रहन आधारभूत आवश्यकताको लागि ऊ योग्य छ, जसको कुनै पुष्टी गरिरहनुपर्ने आवश्यकता छैन । medium.com अनुदित

प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा स्थगित, स्नाकोत्तरकाे भने नराेकिने

काठमाडाैं । यही असार ७ गते सञ्चालन गर्ने धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगन गरेको छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले स्नातक तहको एमबीबीएस, बीडीएस, बिएस्सी नर्सिङ र बीएम आइटीको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरेको जानकारी दिएका छन्। दश जोड दुईको नतिजा नआउँदासम्म प्रवेश परीक्षा नलिन शिक्षा मन्त्रालयले आग्रह गरेको थियो । संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा समेत परीक्षाबारे प्रश्न उठेको थियो । नेपाली विद्यार्थीको सहभागितालाई ध्यानमा राखेर प्रवेश परीक्षा स्थगित गरिएको उपकुलपति रौनियारले जानकारी दिए । तर, स्नाकोत्तर तहका सबै परीक्षा भने असार ७ गते नै सञ्चालन हुने उनले बताएका छन् । एमडी/एमएस, एमडी एचए, एमीएस, एमएसी, र एमपीएचको परीक्षा भने ७ गते शनिबार नियमित हुनेछ । प्रतिष्ठानले गत वैशाख २४ गते प्रवेश परीक्षाको सूचना निकालेको थियो । रासस

नेपाल र मलेसियाबीच श्रम साझेदारी कार्यान्वयन गर्ने विषयमा छलफल

काठमाडौं । नेपाल र मलेसिया श्रम साझेदारी कार्यान्वयनमा लैजाने विषय छलफल भएको छ । अन्तर्राष्टिय श्रम सम्मेलनमा सहभागि हुने क्रममा स्विटजरल्याण्डमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दहालले मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनसँग सो विषय छलफल भएको बताएका छन् । मंगलबार साँझ भएको भेटका क्रममा दुइ देशबीचको श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भयो । नेपालको प्रतिनिधी मण्डलमा रहेका मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए । नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंगाउने गरि छलफल केन्द्रित भएका हुन् । त्यसका लागि एक महिना भित्रै दुवै देशको संयुक्त प्राविधिक समितीको बैठक बस्ने र छलफलमा दुवै देशले अहिले सम्म गरेका तयारीका बारेमा जानकारी गराएका दिएका छन् ।

एकै दिन एनआईसी एशियाको तीन शाखा रहित बैंकिङ्ग सेवा विस्तार

काठमाडौं । एनआईसी एशिया बैंकले एकैसाथ तीन शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा बुधबारबाट आफ्नाे ३३, ३४ र ३५ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । उक्त बैंकले सीतापुर शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले गरेका हुन् भने गाडागल्ली र मेचीडाँगी शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन मेचीनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष पासाङ्ग तामाङ्ले गरेका हुन् । उक्त सेवाबाट स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंँड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । करिब १६ लाख ग्राहक प्रभावित भएको यस बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा/शाखारहित बैंकिङ्ग सेवा संचालन गर्ने योजना अगाडि सारेको प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताएका छन् । उक्त बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउण्टर एवं ३५ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सिटिजन लाईफले गर्यो मृत बिमितलाई २ करोड ६१ लाख रुपैयाँ भुक्तानी

काठमाडौ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले मृत बिमितहरूलाई २ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले स्थापनाकालदेखि हालसम्म ५१ जना मृतक विमितलाई भुक्तानी दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बताए । कम्पनीको सम इन्स्योर्ड (हकवालाले पाउने भुक्तानी) रकम भने २ करोड ५९ लाख रुपैयाँ रहेको तथ्याङ्कमा देखिन्छ । उक्त कम्पनी २०७४ भदौ ७ गते बीमा कम्पनीबाट लाईसेन्स प्राप्त गरेपछि संचालनका आएको हो । कम्पनीले २०७४ साल कात्र्तिक २ गतेबाट बीमा सेवा भने दिन सुरु गरेको हो । उक्त इन्स्योरेन्स हालसम्म कम्पनीले ६२ वटा शाखाबाट बीमा सेवा प्रदान गर्दै आएको छ । उपत्यका सात र उपत्यका बाहिर भने ४४ जना बिमितले मृत्युवरण गरेका थिए । मृत्युवरण गर्ने बिमितहरु २० वर्षदेखि ५४ वर्ष उमेर समूहको रहेका छन् । अधिकांश बिमितहरू ३० वर्षकै हाराहारीमा रहेका छन् । मृत बिमितमा महिलाको भन्दा पुरुषको संख्या धेरै रहेको तथ्याङ्कले देखाउँछ । मृत बिमितहरु काठमाडौ उपत्यका बाहिरको मात्र रहेका छन् । ३ नम्बर प्रदेश बीमा चेतनामा अगाडि रहेको अन्य तथ्यले प्रमाणित गर्दै आएको छ । तर, उक्त तथ्याङ्कमा भने मृत बिमित सबैजसो राजधानी बाहिरका देखिएका छन् । पछिल्लो समय बीमा कम्पनीहरु राजधानी भित्र भन्दा बाहिर फस्टाउने क्रममा रहेका छन् । पौडेलले भने ‘नयाँ बीमा कम्पनीहरू उपत्यका भित्र नभइ उपत्यका बाहिर पनि बिमितलाई सेवा दिन लागि परेका छन् । हामीले बीमा शहर भन्दा गाउँ केन्द्रीत गर्न जोड दिँदै आएका छौ ।’ कम्पनीको तथ्याङ्कमा उपत्यका बाहिरकै बिमित बढी भएको अवस्थामा बीमा कार्यक्रमा गाउँ–शहर सबैतिर वृद्धी गर्नु पर्ने पक्षमा रहेको बताएका छन् ।