नेपाल टेलिकमको खुद नाफा ७ अर्ब घट्यो, सेयरमा आकर्षण भने कायमै
काठमाडौ । नेपाल टेलिकमको नाफा घटेपनि तुलनात्मक रुपमा सेयरमा आकर्षण भने कायमै रहेको छ । आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा खुद नाफा ७ अर्ब २८ करोडले घटेको छ । एक वर्षअघि प्रति कित्ता ७ सय ३२ रुपैयाँ रहेको सेयर मूल्य भने अहिले ६ सय ६७ रुपैयाँमा कायम छ । यसरी हेर्दा नेपाल टेलिकमको नाफा जसरी घटेको छ, त्यही मात्रामा सेयर मूल्य भने घटेको छैन । यसले नेपाल टेलिकमको सेयरमा लगानीकर्ताहरुको आकर्षण दखाउँछ । कम्पनीले दिने नगद लाभांशका कारण सेयर लगानीकर्तामा सकारात्मक प्रभाव परेका टेलिकमले जनाएको हो । नेपाल टेलिकमले गत आवमा सरकारलाई तिर्दै आएको करमा ५ अर्ब कर्पोरेट ट्याक्स र लाइसेन्सका लागि थपिन गएकाले नाफा घटेको बताएको छ । खुद ७ अर्ब २८ करोड घट्यो नेपाल टेलिकमको खुद नाफा आव २०७४/७५ भन्दा गत आव २०७५/७६ मा ७ अर्ब २८ करोड रुपैयाँ घटेको छ । आव २०७४/७५ मा कम्पनीको खुद नाफा १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ थियो भने आव २०७५/७६ मा घटेर १० अर्ब २० करोड ८१ लाखमा सीमित भएको छ । यस्तो छ सेयर मूल्य २०७५ साल भदौ १७ गते आईतबार नेपाल टेलिकमको सेयर मूल्य ७ सय ३२ रुपैयाँ थियो । झण्डै एक वर्ष पश्चात २०७६ साल भदौ १३ गते बिहीबार सो मूल्य ६ सय ६७ रुपैयाँमा झरेको पाइन्छ । २०७५ साल मंसिर १८ गते टेलिकमको सेयर मूल्य प्रतिकित्ता ८ सय रुपैयाँसम्म पुगेको थियो । १५ करोड कित्ता सेयर सूचीकृत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल टेलिकमको १५ करोड कित्ता सेयर सूचीकृत छ । हाल कम्पनीको चुक्ता पूँजी भने १५ अर्ब रुपैयाँ रहेको छ । बजार पूँजीकरण भने १ खर्ब ५ करोड रुपैयाँ रहेको छ । के भन्छन् सेयर लगानीकर्ता ? एशियन सेक्यूरेटीजमा आवद्ध एक लगानीकर्ता माधव खनालले भने–‘वर्तमान अवस्थामा अन्य कम्पनीमा लगानी गर्नुभन्दा नेपाल टेलिकम राम्रो विकल्प भएका कारण लगानीकर्ताहरुले टेलिकम रोजेका हुन् ।’ यस्तै, सेकुअर्ड सेक्यूरिटीजमा आवद्ध एक लगानीकर्ता डुपेन्द्र भट्टराईका अनुसार नेपाल टेलिकमको सेयरमा आकर्षण हुनुको मुख्य कारण भनेको आकर्षक रिजर्भ कोषका हो । नेपाल टेलिकमले नगद लाभांस दिने भएकाले पनि सेयर मूल्यमा तलमाथि हुन पनि केही समय लाग्ने बताए । साथै, राम्रो आम्दानी भएका व्यक्तीहरुले मात्र टेलिकमको सेयर खरिद गर्ने कारण हत्तपत्त मूल्य तलमाथि नहुने उनको बुझाई छ । ‘लगानीकर्ताको विश्वास छ’ नेपाल टेलिकमका म्यानेजिङ्ग डाईरेक्टर डिल्लीराम अधिकारीले ‘सेयर लगानीकर्ताको मर्म हामीले बुझेका छौँ, सोही कारण लगानीकर्ताले पनि हामीलाई विश्वास गर्छन् ।’ उनले पछिल्लो समय आफूहरुले लगानीकर्ताको पक्षमा काम गरेकाले सेयर मूल्य धेरै नघटेको बताए ।
बैंकर्सप्रति अर्थमन्त्रीको आक्रोश, एक वर्षमै १० प्रतिशत ब्याज बढाउन पाइन्छ ?
फाइल फोटो काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्जा प्रवाह गरिसकेपछि पटक पटक ब्याज बढाउने बैंकर्स प्रति आक्रोश व्यक्त गरेका छन् । आज शुक्रबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यामान चुनौती तथा अवसर विषयक कार्यक्रममा अर्थमन्त्री डा.खतिवडाले एक वर्षमै १० प्रतिशत ब्याज बढाउनु भनेको असह्य भएको बताए । अटो कर्जामा लिएको लोन एक वर्षमा थप १० प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याएको गुनासो आएपछि अर्थमन्त्रीले आक्रोस व्यक्त गरेका हुन् । उक्त कार्यक्रममा एक व्यापारीले ५.९९ प्रतिशतमा लिएको अटो लोन एक वर्षको अवधिमा १० प्रतिशत बढाएर १५ प्रतिशत पुर्याएको थियो । यस्तो गुनासो सुनेपछि अर्थमन्त्री डा.खतिवडाले यस विषयमा सचेत हुन बैंकहरूलाई निर्देशन पनि दिएका छन् । यसरी ब्याज बढाउने कुरा ठिक होइन, अर्थमन्त्री खतिवडाले भने । ‘नेपाली परिवेशमा निक्षेपको ब्याजदर भनेको ५-६ प्रतिशत ठिक्क हो,’ उनले भने ‘कर्जाको ब्याजदर भने ९ र १० को बीचमा हुनु उपयुक्त हुन्छ ।’ कमसेकम एक वर्षको लागि भने ब्याजदर नबढाउन समेत उनले दवाव दिए । ब्याजदर स्थायी हुनुपर्ने उनको भनाइ छ । लगानीकर्तालाई बैंकले ब्याजदरमा निश्चितता दिनुपर्नेमा उनको जोड छ । पछिल्ला वर्षहरूमा वित्तीय बजारमा लगानी योग्य पुँजी अभाव भएपछि बैंकहरूले निक्षेपको ब्याजमा कार्टेलिङ गर्दै कर्जाको ब्याजमा भने मनोमानी गर्दै आएका छन् । अर्थमन्त्रीले करिब १ घण्टा लामो सम्बोधनमा राजस्व छल्ने व्यवसायीलाई एक दिन भएपनि जेल हाल्ने बताए । राजस्व छलीका ठूला मुद्दाका पतियारलाई एक दिन भएपनि जेल हाल्नु पर्छ,’ उनले भने । व्यवसायलाई असर नपर्ने गरी सामाजिक दण्डका रुपमा केहि दिन जेल हाल्नु पर्ने हुन्छ । संसार भर ठूला कर छलीमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री, कलाकार र खेलाडीलाई समेत जेल हालेर सुशासनमैत्री बनाइएको उनले बताए । कार्यक्रममा अर्थमन्त्री खतिवडाले एक हजार भन्दा बढी भुक्तानीमा स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गरिएको विषयमा आवश्यक संसोधनका लागि छलफल अघि बढेको जानकारी दिए ।
अशोक लेलैण्डका गाडी किन्दा सिर्जना फाइनान्सबाट ७० प्रतिशत कर्जा पाइने
काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जनाफाइनान्स लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईं र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । यस सम्झौताअनुरुपआईएमईमोटर्सबाट सिफारिस पाएकाग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा सिर्जना फाइनान्स लिमिटेडबाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने जनाइएको छ ।
१४ करोड भ्रष्ट्राचार गर्ने शम्भु भारती भैसेपाटीबाट पक्राउ
काठमाडौं। दुई वर्ष अघि १४ करोड बीस लाख आठ हजार तीन रूपैयाँ तीन पैसा भ्रष्ट्राचार गर्ने शम्भु भारती पक्राउ परेका छन्। भारतीलाई केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले भैसेपाटी, ललितपुरबाट पक्राउ गरेको हो। भारतीलाई सर्वोच्च अदालतको मिति २०७४।१।१७ को फैसालाले ख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा १४ करोड बीस लाख आठ हजार तीन रूपैयाँ तीन पैसा जरिवाना र एक बर्ष कैद तोकेको थियो। डडेल्धुरा जिल्ला रूपाल गा.वि.स वडा नं ४ स्थायी घर भई साविक ललितपुर जिल्ला साविक सैंबु गा.वि.स. वडा नं. ८ का ४९ बर्सिय भारती २ बर्ष देखी फरार रहेका थिए।
व्यापारीहरुले अर्थमन्त्री समक्ष भने-‘भन्सारका घुस्याहा कर्मचारीलाई कहिले कारवाही हुन्छ ?’
काठमाडौं । व्यापारीहरुले समान आयात गर्दा भन्सारका कर्मचारीलाई घुस दिनु परेको गुनासो गरेका छन् । भन्सारका कर्मचारीलाई घुस नदिए समान अड्काई दिन्छन्, शुक्रबार राजधानीमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा आयोजित कार्यक्रममा व्यापारीहरुले भने-‘भन्सारका घुस्याहा कर्मचारीलाई कहिले कारवाही हुन्छ ?’ नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका चेम्बर अफ कमर्शका अध्यक्ष प्रकाश साउदले नेपालमा व्यापार गर्न सामान आयात गर्दा सरकारी कर्मचारीलाई घुस दिंदै आएको खुलासा गरे । उनले भने-‘ मैले सामान आयात गर्दा १० प्रतिशत घुस दिने गरेको छु ।’ अर्थमन्त्रीज्यू नेपालका व्यापारीले यो समस्या कहिलेसम्म भोगिरहने हो ? ‘म त्यो घुस लिने कर्मचारीको नाम दिन सक्छु, नाम दिए बापत मलाई कानुनी कार्वाही हुन्छ भने म जेल जान तयार छु’-उनको भनाई थियो । नेपालमा सामान ल्याउँदा कार्मचारीलाई दिने घुसको कारणले नै भारतमा १ सय नेपाली रुपैयाँमा पाइने सामान नेपालमा १ सय ५० रुपौयाँ पर्ने गरेको बताए । नेपालमा भन्दा भारतमा सामान सस्तो हुने कारण नेपालीहरुले भारतमा नै गएर सामान किने गरेको उनको भनाई थियो । ‘नेपालको अर्थतन्त्रका विद्ययमान अवसर तथा चुनौती’ विषयक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले घुसका कुरा बहानाबाजी मात्रै भएको बताए । उनले भने–‘जसले घुस मागेको छ, जानकारी गराउनुस्, कार्वाही भएन भने मलाई भोलिदेखि नै आलोचना गर्नुस् ।’ जानाजान गल्ती गर्ने व्यापारीलाई एक दिन मात्रै भए पनि सरकारले जेल हालेर नै छाड्ने बताए । विश्वमा राष्ट्रपति, सेलिबे्रटी र ठूला व्यापारीहरु पनि कानून अनुसार नै एक दिन भए पनि जेल बसेको थुप्रै उदाहरण भएको उल्लेख गरे । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यापारी र उद्योगीहरुको लागि व्यापार र उद्योग सञ्चालन गर्ने समस्या भएको र यसलाई सरकारले गहन रुपामा लिएर उद्योगी व्यवसायीहरुलाई उद्योग स्थापना र व्यापार गर्ने वातावरण सिर्जना गर्नु पर्ने बताए ।
पर्यटकीय क्षेत्र सौराहका भवनमा वातावरणमैत्री रङ, व्यवसायीले गरे स्वागत
चितवन । रत्ननगर नगरपालिकाले सौराहामा भवन निर्माण मापदण्ड लागू गरी भवन र त्यसमा लगाउने रङमा एकरुपता ल्याउने भएको छ । सौराहाको पर्यटन विकासका लागि नगरपालिकाले रचनात्मक कामको शुरुआत गरेको भन्दै व्यवसायीले त्यसको स्वागत गरेका छन् । सौराहाको प्राकृतिक सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीसँग सहकार्य गरी भवन निर्माण र रङमा एकरुपता लयाउन लागेको हो । छ महिनाअघि लागू गरिएको मापदण्डमा साढे दुई तल्लाभन्दा माथि भवन निर्माण गर्न नपाउने र सबै भवनमा वातावरणमैत्री रङ लगाउनुपर्ने अनिवार्य गरिएको नगर प्रमुख नारायण वनले जानकारी दिए । “यो व्यवसायीलाई समस्यामा पार्न गरिएको काम होइन”, उनले भने, “सौराहालाई आर्कषक बनाउन शुरु गरिएको अभियान हो ।” भवन निर्माण मापदण्ड कार्यान्वयनका लागि नगरपालिकाले बिहीबार सौराहाका व्यवसायीसँग छलफल गरेको छ । सो अवसरमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र प्रदेशसभा सदस्य कृष्णप्रसाद खनालले भवन निर्माण मापदण्डले सौराहाको महत्व जीवन्त राख्ने बताए । सौराहामा १२० होटल र ८० रेष्टुराँ रहेका छन् । नगरपालिकाले होटल सञ्चालनका लागि बनाउने भवनको जग्गाको क्षेत्रफल र खुला क्षेत्रसमेत निर्धारण गरी एकदेखि दुई कट्ठामा भवन बनाउँदा ६० प्रतिशत खुला क्षेत्र, दुईदेखि चार कट्ठामा भवन निर्माण गर्दा ५० प्रतिशत खुला क्षेत्र र चार कट्ठामाथि भवन बनाउँदा ४० प्रतिशत खुला क्षेत्र हुनुपर्ने अनिवार्य गरेको छ । रेष्टुराँको हकमा जग्गाको क्षेत्रफल छ घुरदेखि एक कट्ठासम्म ६० प्रतिशत खुला क्षेत्र र एक कट्ठाभन्दा माथि ५० प्रतिशत खुला क्षेत्र हुनुपर्ने छ । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरे, नगर उपप्रमुख विमला दुवाडी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख नारायण काफ्ले, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख रामकुमार अर्याल, प्रहरी उपरीक्षक दानबहादुर मल्ल, वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल, होटल सङ्घ नेपालका केन्द्रीय सदस्य ज्ञानेन्द्रकुमार विष्ट, रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मी, प्रहरी नायब उपरीक्षक भावेश रिमाल, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, व्यवसायी धु्रव गिरी, सुवासचन्द्र गौतम, गिरिधारी चौधरी, टीका गिरीलगायतले आआफ्नो राय दिएका थिए ।
खानीलाई उत्खनन्ः डेढ महिनामै ४ लाई अनुमति
काठमाडौँ । खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महिनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो । विभागका खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले खनिज उत्खननका लागि आएका निवेदनलाई आवश्यक अनुसन्धान गरेर अनुमति दिएको जानकारी दिए । विभागले आव २०७५/०७६ मा खनिज उत्खननका लागि नौ कम्पनीलाई अनुमति दिएको थियो । जसमध्ये चुनढुङ्गा उत्खननमा मात्र छ वटा रहेका रहेका छन् । विभागका अनुसार आव २०७५/०७६ मा चुनढुङ्गा उत्खननका लागि स्वीकृत दिएको कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प्रालि, सम्राट सिमेन्ट कम्पनी प्रालि र पञ्चकन्या सिमेन्ट प्रालि रहेका छन् । गत आवमा देशभर ८२ कम्पनीले खनिज उत्खनन गरेका खनिज सम्पदा महाशाखा प्रमुख घिमिरेले बताए । जसबाट सरकारले रु ६१ करोड ८१ लाख ५६ हजार १६५ राजश्व सङ्कलनसमेत गरेको थियो । यस्तै, विभागले आव २०७५/०७६ मा ऋद्धि गणेश हिमाल जेम्स एण्ड मिनिलर प्रालि र हिमालय रक एण्ड ह्याण्डिक्राफ्ट प्रालिलाई खनिज उत्खनन् रोक्का गरेको छ ।
पानी र पाउरोटी उद्योगको अनुगमन, अनुज्ञापत्रबिना नै उद्योग सञ्चालन
सुरुङ्गा । झापामा सञ्चालित केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा रहेका पाइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले बिर्तामोडमा सञ्चालित पानी र पाउरोटी उद्योगको अनुगमन गर्दा यस्तो पाइएको हो । अनुगमनका क्रममा दीपिका पाउरोटी उद्योग र सान्त्वना पानी उद्योगले अनुज्ञापत्र नलिएको पाइएपछि तत्काल अनुज्ञापत्र लिन निर्देशन दिइएको छ । पाउरोटी उद्योग मदन राजवंशी र पानी उद्योग रमेशराज उपाध्याय तथा आनन्द आचार्यले सञ्चालन गरेको बताइएको छ । बजारमा अखाद्य बस्तु बिक्री हुने गरेको गुनासो बढेसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बिहीबार अनुगमन शुरु गरेको हो । अनुगमनका लागि कार्यालयका खाद्य निरीक्षक भरत पुरी, बिर्तामोड नगरपालिकाका प्रतिनिधि लक्ष्मीप्रसाद बाँस्कोटा, राष्ट्रिय उपभोक्ता मञ्चकी सदस्य शीला उप्रेती, संवाद समूह झापाका प्रतिनिधि, सञ्चारकर्मी सहभागी थिए । रासस