विकासन्युज

देशभर २२ हजार औषधी पसल, नियमन गर्ने विभागमा छैन पर्याप्त जनशक्ति

काठमाडौं । देशभर २२ हजार औषधी पसल छन् । ती औषधी पसल मध्ये कयौँले अबैध धन्दा गरिरहेको गुनासो आउने गरेको छ । तर, ती औषधी पसलहरुको अनुगमन गर्न ३४ जनाको मात्रै जनशक्ति छ, जसका कारण प्रभावकारी अनुगमन हुन सकेको छैन । औषधी व्यवस्था विभागको तथ्याङ्क अनुसार नेपालमा हाल ५५ नेपाली औषधी उद्योग छन् । देशभर २२ हजार औषधी पसल र ३५० भन्दा बढी अन्तरराष्ट्रिय कम्पनीको औषधी नेपालमा विकी वितरण भईरहेको छ । विभाग र शाखा कार्यलयमा कार्यरत कर्मचारीको कूल संख्या १५० जना छ । औषधी व्यवस्था विभागमा स्थापनाकालदेखि कर्मचारी संख्या थप भएको छैन । जबकी औषधी उद्योग र पसलहरु भने बढीरहेका छन् । त्यसकारण विभागको काम प्रभावकारी हुन नकसको प्रवक्ता सन्तोष केसी पनि स्वीकार गर्छन् । काठमाडौंको बबरमहलमा केन्द्रीय कार्यालय र बिराटनगर, बीरगंज तथा नेपालगञ्जमा गरी जम्मा ३ वटा मात्रा शाखा कार्यालय रहेको छ । नेपाल स्वास्थ्य मन्त्रालयको मातहतमा औषधी व्यवस्था विभागको स्थापना २०३६ सालमा भएको हो । औषधी उत्पादन ऐन २०३५ अनुसार औषधी नियमन गर्नको लागि सरकारले औषधी व्यवस्था विभाग स्थापना गरेको हो । तर कर्मचारीको अभावमा प्रभावकारी काम गर्न सकिएको छैन–निमित्त महानिर्देशक प्यानबहादुर छेत्रीले बताए । औषधी जस्तो जनस्वास्थ्यसँग सम्बन्धित संवेदनशील बिषयमा सरकारले त्यति ध्यान दिएको पाइदैन । औषधी उत्पादन र बिक्री बितरणमा सानो कमजोरी भएमा मानिसको ज्यानै जान सक्छ । विभागले औषधीको उत्पादन, फार्मेसीहरुको दर्ता, विदेशी औषधीहरु दर्ता गर्ने र बजार अनुगमनको काम गर्दै आएको छ। बजारमा भएका औषधीहरुको गुणस्तर, औषधी पसलहरु नियम अनुसार चलेका छ वा छैनन्, औषधी पसल एन अनुसार दर्ता भई चलेका छ वा छैनन् भन्ने सबै कुराको नियमन र दण्ड सजाय पनि दिने गर्दछ । विभागले कारबाही गर्ने दुई पाटो छ। चेतावनी दिने, केही समयको लागि औषधी पसलहरु निलम्बन गर्ने र अर्को कारबाहीको पाटो भनेको कानूनी कारबाही हो ।

बेरोजगारी भत्ता लिने अमेरिकीहरुको संख्यामा सामान्य वृद्धि

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । विभागका अनुसार अगस्ट २४ सम्ममा अमेरिकामा बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्या चार हजारले वृद्धि भई दुई लाख १५ हजार पुगेको छ । अघिल्लो साता बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्याको संशोधित संख्या दुई हजारले वृद्धि भई दुई लाख ११ हजार पुगेको विभागको भनाई छ । संयुक्तराज्य अमेरिकामा बेरोजगारी मापनको प्रमुख सूचक मानिएको यस तथ्याँकले रोजगारी गुमाउनेको संख्यामा वृद्धि नभएको देखाएको छ । अमेरिकामा बेरोजगारी भत्ता लिनेहरुको संख्या तीन लाखभन्दा कम रहेकाले अमेरिकी श्रम बजार निकै प्रतिस्पर्धी रहेको विभागको अनुमान छ । अमेरिकी श्रम बजारमा रोजगारदाताहरुले जुलाई महिनामा मात्र एक लाख ६४ हजार नयाँ रोजगारी सिर्जना गर्न सफल भएका छन् । विभागका अनुसार अमेरिकी बेरोजगारी दर ३.७ प्रतिशतको हाराहारीमा रहेको छ । विभागले अगस्ट महिनाको बेरोजगारी दरसम्बन्धी प्रतिवेदन आगामी सेप्टेम्बर ६ मा सार्वजनिक गर्दैछ । रासस/सिन्ह्वा

जापानको रक्षा बजेटमा भारी वृद्धि

टोकियो । जापानको रक्षा मन्त्रालयले शुक्रबार हालसम्मकै सबैभन्दा बढी रक्षा बजेट सार्वजनिक गरेको छ । उत्तर कोरिया र चीनबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी जापानले लडाकू विमान र क्षेप्यास्त्र प्रणाली समेत खरिद गर्न ५० अर्ब अमेरिकी डलरको बजेट विनियोजन गरेको छ । जापानको यो प्रतिरक्षा बजेट गत वर्षको भन्दा करिब १।२ प्रतिशत बढी हो । तर जापानले विगत आठ वर्षदेखि लगातार रक्षा बजेटमा वृद्धि गरिरहेको छ । जापानले अमेरिकासँग छ वटा अत्याधुनिक एफ३५–बी लडाकू विमानको खरिदका साथै सामरिक महत्वका युद्धपोतको सुदृढीकरणमा खर्च गर्नेछ । उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण र आणविक कार्यक्रम अघि सारेको भन्दै प्रधानमन्त्री शिन्जो आबेले जापानको सैन्य क्षमता बढाउनुभएको छ । साथै चीन र रुसले जापानी समुद्र आसपास सैनिक गतिविधि बढाएका कारण पनि जापानले आफ्नो प्रतिरक्षा बजेट वृद्धि गरेको हो । प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष जापानको सैनिक क्षमता सुदृढ गर्न पटकपटक प्रस्ताव गर्नुभएको छ । दक्षिण कोरियाले जापानसँग सैनिक गुप्तचर सूचना आदानप्रदान गर्ने पुरानो सम्झौता खारेज गरेपनि यसले जापानी सैन्य सुदृढीकरणलाई कुनै असर नगर्ने जापानी अधिकारीहरुले बताएका छन् । जापानको रक्षा मन्त्रालयले पछिल्लो अवस्थामा जापानी सैनिक क्षमतालाई अन्तरिक्ष, साइबर र विद्युत–चुम्बकीय समेतका क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएको छ । रासस/एएफपी

नाडा अटो शोमा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन लञ्च

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जानरी नाडा अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लञ्च गरेको छ । आफ्नो वर्गको अन्य कार्यक्रमहरु मध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ प्यासेन्जर भेकलस्का लागी म्याक अल्फा जेनिथ फाइभ डब्लू–३० र म्याक अल्फा जेनिथ टेन डब्लू–३० र अर्काे म्याक रुवि ग्रीज पनि लन्च गरेको हो । नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इञ्जीनमा यस्को बहुबिशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ । म्याक लुब्रिकेन्ट भारत पेट्रोलियम कर्पोरेशनको उत्पादन मध्येको एक उत्पादन भएको सिप्रदी टे«डिङ्गका सिइओ राजनबाबु श्रेष्ठले बताए ।

दशैमा सौगात र सलोनको ‘घनचक्कर’, असोज १७ गते रिलिज हुने

काठमाडौं। यसपालिको दशैंमा चलचित्र ‘घनचक्कर’ रिलिज हुने भएको छ । असोज १७ गतेअर्थात् फूलपातीको अघिल्लो दिन देशै भरिको हलहलमा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र घनचक्कर सार्बजानिक प्रदर्शनमा आउन लागेको हो । चलचित्र घनचक्कर मार्फत नवनायिका कास्मिरा लामाले नेपाली रजतपट मा डेब्यु गर्दै छिन । कास्मिरा , सौगात मल्ल र सलोन संगै सरोज खनाल, शिशिर भण्डारी, जेवी डिसी, इश्वोरी खड्का, दामोदर पौडेल, आशान्त शर्मा, कृष्णभक्त महर्जन, जनक घर्ति मगर, प्रवन भुसाल, ममता प्रधान लगायत चलचित्रमा अभिनय रहेको छ । डेब्यु निर्देशक जितेन्द्र राजोपाध्यायले चलचित्रलाई निर्देशनगरेका हुन् । चलचित्रमा मित्र गुरुङको सम्पादन, कथा अर्जुन सिंह, कागी लिम्बुको स्क्रिनप्ले र डाइलग, प्रदीप श्रेष्ठ र सिमोन राजबंशी कोरियोग्राफी रहेका छन् । भट्ट एण्ड सन्स ब्यानरबाट निर्माण भएको चलचित्रको यसअघि ‘हिरो हिरो’ र ‘दाइको सालो’ गरि २ ओटा गित रिलिज भैसकेका छन् । कमेडी बेसमा बनेको फिल्मले छुट्टै छाप दर्शकमा छाड्ने चलचित्र निर्माता हरि भट्ट सुर्यनाथले बताए। छिट्टै चलचित्रको ट्रेलर रिलिज हुने उनले जानकारी दिए ।

नविलको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त, अध्यक्षमा शम्भु पौडेल व्याक

काठमाडौं । नविल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । उनी प्रवद्र्धक समूहको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । उनी यसअघि युनाइटेड इन्स्योरेन्सको अध्यक्ष थिए । नविल बैंकको सञ्चालक बन्ने भएपछि उनले इन्स्योरेन्स कम्पनीबाट राजीनामा दिएका थिए । कुमारी बैंकको सीईओ समेत भएका उपाध्यायसँग बैंकिङ क्षेत्रमा करिव ३ दशक काम गरेको अनुभव छ । युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा भरतबहादुर कार्की नियुक्त, उपाध्याय नबिलमा जाने त्यस्तै, बैंकको अध्यक्षमा शम्भुप्रसाद पौडेल फर्किएका छन् । राष्ट्र बैंकले सञ्चालक र सीईओको उमेरहद तोकेपछि साउन २१ देखि नविल बैंक जान छोडेका थिए । तर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा तत्काल रोक लगाएपछि पौडेल नबिल बैंक फर्किएका हुन् । पौडेलको अनुपस्थितिमा बैंक सञ्चालक समितिको बैठक निर्माण चौधरीको अध्यक्षतामा हुदै आएको थियो ।  

वित्तीय प्रतिवेदन बनाउन विकास बैंक र वित्त कम्पनीलाई सकस, राष्ट्र बैंकले दियो ३० दिनको मौका

काठमाडौं । एनएफआरएस अनुसार वित्तीय प्रतिवेदन बनाउन विकास बैंक र वित्त कम्पनीलाई सकस परेको छ । मोफसलमा रहेका विकास बैंक र वित्त कम्पनीहरुले २०७६ असार मसान्तको वित्तीय विवरण सार्वजनिक गर्न नसकेपछि नेपाल राष्ट्र बैंकले ३० दिनको समय थपेको छ । विकास बैंक र वित्त कम्पनीहरुले यस वर्षदेखि एनएफआरएस अनुसार वित्तीय विवरण प्रकाशित गर्नु पर्ने नियम राष्ट्र बैंकले लागू गरेको छ । तर केही संस्थाहरुले एनएफआरएस अनुसारको वित्तीय विवरण प्रकाशित गर्न थप समय माग गरेकोले एक पटकका लागि समय थप गरेको राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । ‘२०७५/७६ को चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्नको लागि मात्र ३० दिनको समय थप गरिएको हो । यो सुविधा एक पटकका लागि मात्र हो’ उनले भने । राष्ट्रिय स्तरको विकास बैंकहरु सबैले वित्तीय विवरण प्रकाशित गरिसकेको तर क्षेत्रीय तथा जिल्ला स्तरको विकास बैंकहरुले थप समय मागेकोले राष्ट्र बैंकले समय थपेको हुनसक्ने डेभलपमेन्ट बैंकर्स संघको अध्यक्ष गोविन्द प्रसाद ढकालले बताए ।

प्रभु मनि ट्रान्फरबाट कारोबार गरे सिजी इलेक्टिक सामान खरिदमा आकर्षक छुट

काठमाडौं । प्रभु मनि ट्रान्सफर पैसा कारोबार गर्नेले सिजी इलेक्टिक सामान खरिदमा आकर्षक छुट पाउने भएको छ । नेपालको अग्रणी रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सीजी इलेक्ट्रिकसंगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई सीजी इलेक्ट्रिकका विभिन्न ब्राण्डहरु एलजी, सीजी, गोदरेज, टीसीएल ब्राण्डका सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको प्रभु मनि ट्रान्सफरले जनाएको छ । यो योजनाबाट नेपाल भित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुने कम्पनीले जनाएको छ । कुनै पनि ग्राहकले प्रभु मनिट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी इलेक्ट्रिसका कुनै पनि शोरुमहरुबाट टिभी, फ्रिज, वाशिंग मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । तीज, दशैं, तिहार, छट लगायत चाड पर्वकाे अवसरमा ल्याएकाे याे याेजना सीमित अवधि मात्र चल्ने कम्पनीले जनाएकाे छ ।