वल्र्ड मर्चेन्टको सीईओमा पुष्पप्रसाद श्रेष्ठ चयन
काठमाडौँ । वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुष्पप्रसाद श्रेष्ठ चयन भएका छन् । २०७३ साल माघ १२ गतेदेखि रिक्त रहेको सीइओ पदमा श्रेष्ठ नियुक्त भएका हुन् । भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १० गतेदेखि लागु हुने गरी श्रेष्ठलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव भरतबहादुर थापाले जनाएका छन् । वल्र्ड मचेन्ट समस्याग्रस्त अवस्थाबाट साउन १५ गतेदेखि फुकुवा भएको हो ।
सानिमाको शाखा कैलालीको बौनियाँमा
काठमाडौं । सानिमा बैंकले आफ्ना नयाँ शाखा विस्तारका क्रममा भदौ १५ गते कैलालीको बौनियाँमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र संचालक भरत कुमार पोखरेलबाट संयुक्त रुपमा उद्घाटन भएको हो । उद्घाटन समारोहमा सानिमा बैंकका संचालक भरत कुमार पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे । त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत ी भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँ शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् यसरी, सानिमा बंैकको नयाँ शाखासहित ७९ वटा शाखा संजाल तथा ७५ वटा ए.टि.एम. रहेका छन । त्यसैगरी, यस बैंकको पुँजीकोष १३.११ प्रतिशत र निष्क्रिय पुँजी ०.०८ प्रतिशत रहेको प्रमुख निक्षेप व्यवस्थापन–रिटेल विमल बास्तोलाले जानकारी दिएका छन् ।
विमानस्थलद्वारा ९०० कर्मचारीलाई नैतिकतासम्बन्धी तालिम प्रदान
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्ना कर्मचारीलाई यात्रुसँगको व्यवहार सहज र राम्रो बनाउन सकारात्मक सोचसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । ‘अतिथि देवो भव’ को भावनाबाट विमानस्थल कर्मचारी विमुख नहुन भनेर सबै कर्मचारीका लागि नैतिकतासम्बन्धी प्रशिक्षण आयोजना गरिएको हो । साथै, कर्मचारीमा आज गर्न सकिने काम सकेसम्म आजै गर्ने भन्ने सोचको विकास गर्न र भोलि भन्ने बानी हटाउन प्रशिक्षण प्रभावकारी हुने बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज उक्त प्रशिक्षण शुभारम्भ गर्दै यस्ता प्रशिक्षणले यात्रुसँगको व्यवहार राम्रो हुनाका साथै सम्बन्ध पनि कायम हुने बताएका छन् । सोही मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रशिक्षणपछि कर्मचारीमा राम्रो सोचको विकास भए नभएको अनुगमन गर्न सम्बन्धित निकायलाई सुझाव दिएका हुन् । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दैनिक करिब २० हजार यात्रु ओहोरदोहोर गर्ने विमानस्थलका कर्मचारीले यात्रुसँग राम्रो व्यहार गरून् भन्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको बताए । विमानस्थल कार्यालयले पाँच दिनमा विभिन्न ‘सिफ्ट’ गरी करिब ९०० कर्मचारीलाई विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइने जनाएको छ । यो प्रशिक्षणपछि अर्को महिना विमानस्थलका ट्याक्सी चालकलाई पनि यस्तै प्रशिक्षण दिइने भएको हो । विमानस्थलका कर्मचारीले यात्रुसँग झर्कनुका साथै सहज व्यवहार नगरेको भन्ने गुनासो आएपछि मन्त्री भट्टराईको निदर्नेशनमा सो प्रशिक्षण आयोजना गरिएको महाप्रबन्धक क्षेत्रीले जानकारी दिएका छन् । रासस
एटीएम ह्याकिङले मोबाइल बैंकिङ प्रभावित नहुने, साइबर सुरक्षाबारे सजग छौं : सुभाष शर्मा
काठमाडौं । एटीएम ह्याकिङ प्रकरणपछि अधिकांश बैंकको एटीएम सेवा बन्द भइरहेको अवस्थामा यसले इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङलाई भने प्रभाव नपार्ने भएको छ । मोबाइल तथा इन्टरनेट सेवा प्रदायक संस्था एफवान सफ्टले अहिलेको ह्याकिङ प्रकरण कार्ड सिस्टममा भएको भन्दै यही कारणले इन्टरनेट र मोबाइल बैंकिङमा असर नगर्ने भन्दै प्रयोगकर्तालाई ढुक्क हुन आह्वान गरेको हो । एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुभाष शर्माले मोबाइल तथा इन्टरनेट बैंकिङमा अहिले कुनै समस्या नरहेको भन्दै प्रयोगकर्ताले मोबाइल तथा इन्टरनेट बैंकिङबाट रकम ट्रान्सफर गर्नसक्ने व्यवस्था निरन्तर रहने बताए । उनले आफूहरु साइबर सुरक्षाबारे सजग रहेको र यो घटनापछि थप सजगता अपनाउने समेत बताए । ‘मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाचाहिँ पूर्ण रुपमा सुरक्षित छ त भन्ने प्रश्नमा शर्माले भने – ‘साइबर क्षेत्रमा पूर्ण सुरक्षा भन्ने कुरा कहिले पनि हुँदैन, तर अहिले आएको ह्याकिङसँग मोबाइल बैंकिङको सरोकार छैन ।’ ५/६ ओटा बैंकको एटीएममा ह्याकिङ भएपछि अहिले राष्ट्र बैंकले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । बैंकले आवश्यक देखे अल्पकालिन रुपमा सम्पूर्ण एटिएम बन्द गर्ने निर्णय समेत हुनसक्छ ।
अन्तरबैंकिङ एटीएम सेवा बन्द, कसैको खाताबाट पैसा हराएको छैन नआत्तिनु : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम ह्याकिङबाट कुनैपनि ग्राहकको खाताबाट रकम डेबिट नभएको भन्दै ढुक्क हुन सर्वसाधारणलाई आह्वान गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी सेवा प्रणालीका कार्यकारी निर्देशक बमबहादुर मिश्रले ह्याकिङका कारण भएको क्षति बैंकहरुकै भएको प्रारम्भिक निष्कर्ष निस्किएको भन्दै बैंकका ग्राहकहरु आत्तिनुपर्ने अवस्था नरहेको समेत बताए । उनले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो बैंकबाट केकस्तो क्षति भयो हेरेर राष्ट्र बैंकलाई जानकारी दिन निर्देशन दिएको भन्दै यसबारे साँझसम्म विवरण आइसक्ने बताए । उनले कुनै ग्राहकको खाताबाट पैसा हराएको पाइएमा तत्काल राष्ट्र बैंकमा खबर गर्न आह्वान समेत गरे । अन्तरबैंकिङ एटिएम सेवा बन्द एउटै नेटवर्कमा आवद्ध अर्को बैंकको एटीएमबाट पैसा झिक्न पाउने सुविधा अल्पकालका लागि बन्द गरिएको छ । कार्डमार्फत् हुने भुक्तानी प्रणाली ह्याकिङ भएपछि अल्पकालको लागि यस्तो सेवा बन्द गरिएको कार्यकारी निर्देशक मिश्रले जानकारी दिए ।
फोर स्टारमा गैर आवासीय नेपालीको लगानी: अकामा अर्थात सर्वोत्कृष्ट सेवा
‘अकामा अर्थात सर्वोच्च’ संस्कृत भाषाको शब्दलाई सेवामा ब्राण्डिङ गर्ने सोचका साथ नयाँ होटल खुलेको छ, ‘अकामा’ । गैर आवासीय नेपालीको लगानीमा अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट सेवा दिने उद्देश्य लिएर थालिएको अकामाले धेरैलाई आकर्षण गर्नेछ ‘नामले पनि । धुम्बाराही चोकबाट उत्तर-पूर्व फर्केर हेर्दा कलात्मक भब्य भवन देखिन्छ । टायल (ढुंगा) र शताब्दीयौं देखि नेपाली निर्माणमा प्रयोग हुँदै आएको कलात्मक इँटा (डाँछी) बाट बनेको नौ तले भवनले हिमाली र नेवारी दुबै संस्कृतिको प्रतिनिधित्व गरेको छ । ११ रोपनी जमिनमा नेपाली मौलिकतालाई झल्काउने गरी बनाइएको उक्त होटलले नामजस्तै माथिल्लोस्तरको सेवा प्रदान गर्ने प्रतिवद्धता लिएको छ । संस्कृति जर्गेना गर्दै आधुनिक शैलीमा निर्माण गरिएको होटल बाहिरबाट हेर्दा जति कलात्मक देखिन्छ भित्र त्योभन्दा सुन्दर र शान्त छ । चक्रपथको छेवैमा अवस्थित होटलभित्र पस्ने वित्तीकै एक प्रकारको छुट्टै आनन्दको सुखानुभूती हुन्छ । बुद्धत्व झल्काउने माने र हिन्दुत्व झल्कने घण्टाले होटलमा थप आकर्षण थपेको छ । लवी मात्रै होइन जताजतै काष्ठकलाले भरिएको छ होटल अकामा । भर्याङ झ्याल, ढोका सबैमा उड कार्भिङ गरिएकोले लिच्छवी कालीन काष्ठकलाको अनुपम नमुनाले होटलमा थप सुन्दरता थपेको छ । सहरी भिडभाडदेखि एकैछिन बाहिर निष्केर होटलको नौ तलामाथि रहेको चाइनिज र इटाली रेष्टराँमा बसेर खानासँग काठमाडौंको सुन्दरतालाई नियाल्नुको मज्जा नै अर्कौ । होटलका जनरल म्यानेजर राजु श्रेष्ठ भन्छन् ‘लोकेसनका हिसावले होटल एकदमै उपयुक्त स्थानमा छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकदम नजिक छ होटल ।’ यसैले पनि पर्यटनको रोजाइमा होटलमा पर्ने विश्वास व्यवस्थापकको छ । अन्य होटलजस्तै गरी होटल निर्माण गरिएको भए २० प्रतिशतभन्दा बढी घट्थ्यो होला । होटल अकामाको आफ्नै मौलिकता छ । यो होटलमा छिर्ने वित्तीकै पर्यटनकले अन्य ठाउँमा छिरेको महसुस नगरी नेपालमा छिरेको महसुस गरोस् भन्ने हाम्रो चाहना हो । लबीमा उड वर्क, माने राखिएको छ । अन्य होटलमा जाँदा नेपाल छिरेको होकि अन्य देशको होटलमा छिरेको हो बुझ्न सकिन्न । होटलका रुममा पनि उड कार्भिङ गरिएको छ । काष्ठकला र धातुकलाबाट होटल सजाइएको छ । मानेबाट लाइट आउने व्यवस्था मिलाएको छ । होटलको किचेनमा कन्टामेशन नहुने सामान प्रयोग गरिएको छ । होटलमा नेपाली खाना बारा, यमडी, गुन्द्रुक भटमास, बदेलदेखि विश्वबजारमा चलेका सबै प्रकारका खानाको यहाँ सुविधा छ । रुममामात्र होइन खानामा पनि नेपालीपन पाइन्छ होटलमा । होटलमा रहेको टिभि स्क्रीनमा खानाका मेनु देख्न पाइन्छ । रुममा राखिएको टिभिबाट मेनु छनोट गरेर अडर गर्न सकिन्छ । पशुपति, बौद्ध, स्वयम्भु, भक्तपुर र पाटन दरवार स्वायर पनि सहजै पुग्न र देख्न सकिन्छ । रिङरोट बाहिर भएकोले ट्राफिक जाममा पर्दैन । यहाँ विश्व सम्पदा सूचीमा पर्ने सात वटा स्थान छन् । यसले गर्दा पनि नेपाल भिजिटमा आएको कुनैपनि पर्यटकको पहिलो गन्तव्य भनेको काठमाडौं नै हो । यसका साथै होटलभित्रै जिम, एरोबिक रुम, स्विमिङ पुल, ब्यांकेट, बेकरी, रेस्टुराँ, बार, क्याफेटेरिया, लन्ड्री रुमलगायतका सुविधा उपलब्ध छन् । पैसा तिर्न सके जो कोही बस्न सक्छ प्रेसिडेन्सिय रुपमा चार तारे होटलको स्वीकृत लिने प्रक्रिया अघि बढाएको काठमाडौंको अकामा होटलभित्र अत्याधुनि सुविधा सम्पन्न प्रेसिडेन्सियल रुम छ । यो रुम विशिष्ट पहुनालाई लक्षित गरी तयार गरिएको हो । सो रुम प्रयोग गरे वापत एक दिनको तीन सय २५ अमेरिकी डलर तिर्नुपर्छ । होटलले तोकेको शुल्क तिरेर जो कोही उक्त रुपमा बस्न सक्छन् । जनरल म्यानेजर श्रेष्ठले सुनाए ‘प्रेसिडेन्सियल रुपले ६० स्वायर मिटर स्थान ओगटेको छ ।’ यो सहित होटलमा एक सय ८ वटा कोठा छन् । होटलभित्र रहेको सुपरियर रुममा समेत फाइभ स्टारको सुविधा र सर्भिस उपलब्ध छ । सुपेरियर, डिलक्स, डिलक्स स्वीट, फेमिली स्वीच र प्रेसिटेन्ट स्वीट गरी होटलमा ५ प्रकारका रुम छन् । होटलमा स्वदेशी र विदेशी पाहुनाका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ । प्रेसिडेन्टल रुममा एउटा वटा बेड रुम छ । रुममा सेप्रेट लिभिङ, डाइनिङ रुम सहित सानो किचेन पनि छ । किचेनमा हल्का खानाहरू बनाउन सकिन्छ । लिभिङ र डाइनिङ रुममा ६/६ जना बसेर मिटिङ गर्न सकिन्छ । बाथरुपमा ज्याकुजी, सावर एरिया, डब्लुसी र भेनिटी गरी बाथरुपका फो फिचर छन् । प्रेसिडेन्ट रुमको किङ्ग साइजको माष्टर बेडबाट बुढालिकण्ठ, शिवपुरीको सबै साइड सिन देख्न सकिन्छ । हिउँदमा त होटलबाट हिमाल नै देख्न सकिन्छ,’ जनरल म्यानेजर श्रेष्ठ हौसिएर भने ‘होटलमा बसेर उपत्यकाको डाँडाकाँडा र घना बस्तीको उपत्यका नियाल्नुको मज्जा नै अर्कै ।’ ६० स्वायर मिटर साइजको फेमिली स्वीट रुपमा दुई वटा किङ्ग साइजको बेड रुम र बीचमा एउटा लिभिङ रुम छ । बीचमा कमन लिभिङ रुम छ । होटलमा चारवटा डिलक्स स्वीट रुम छ । ४० स्वायर मिटरको यो रुममा माष्टर किङ्ग साइजको बेड र लिभिङ रुम छ । बाथरुममा चार फिचर नै छन् । बाहिर लिभिङ रुम छ । होटमा ६ वटा डिलक्स रुम छ । ४० स्वायर मिटरको । माष्टर बेडरुमका साथै फो फिचरको बाथरुम छ । सुपेरियर रुपम २६ देखि ३० स्वायर मिटरसम्मको छ । बाथरुपमा थ्री फिचर छन् । सावर, डब्लुसी र वासरुम छ । किङ्ग साइज बेड छ । रेट भनेको मार्केटमा भर पर्छ । अहिले नर्मल रुपमा बस्नेले एक रातको ६० डलर प्लस ट्याक्स तिर्नुपर्छ । डिलक्स रुमको ७० डलर प्लस ट्याक्स, डिलक्स स्वीट १६२ डलर, फेमिली स्वीटको २२४ डलर प्लस ट्याक्स सहित ब्रेक फास्ट पाउँछ । अन्य शुल्क भने आफूले आन्तरिक सेवा सुविधा उपभोग गरेअनुसारको चार्ज लाग्नेछ । मध्यमस्तरका पर्यटकलाई लक्षित गरी होटल निर्माण गरिएको हो श्रेष्ठले भने ‘पैसा तिर्न सके जो कोहीले होटलमा बस्न र खान सक्छन् । भारत, चीनलगायत नेपाली बजारलाई लक्षित गरी होटल संचालनमा ल्याइएको हो । करिब हजार रुपैयाँ तिरेपछि होटलमा नेपाली खाना सहित विभिन्न परिकारको स्वाद लिन पाइन्छ । होटल फो स्टारको भएपनि सेवा सुविधा भने फाइभ स्टारको उपलब्ध छ । होटलमा सानिमा गु्रपको दुई अर्ब ९० करोड लगानी रहेको छ । होटल निर्माण कार्य चार वर्ष अघि भएको हो । गत मध्ये फेब्रुअरीमा होटलको सफ्ट ओपनिङ गरिएको हो । १५ अगष्टमा होटल पूर्ण रुपमा संचालन आयो । त्योभन्दा पहिला पूर्ण रुपले होटल संचालनमा नआएकोले होला मान्छेहरूमा त्यति विश्वास थिए । अब सबैलाई होटलमा सबै प्रकारका सेवा पाइन्छ भन्ने पूर्ण विश्वास भैसकेको छ । अहिले विभिन्न मानिसहरूबाट होटलका वारेमा सोधबुझ गर्ने काम भइरहेको छ । अब सिजन पनि आउन लागेको छ । सेप्टेम्बर अक्टोम्बर आउन लागेको छ । यो पर्यटकका लागि आकर्षक महिना हो । अहिले नै होटल बुकिङ हुन थालिसकेको जनरल म्यानेजर राजु श्रेष्ठले बताए । होटल बन्न चार वर्ष लाग्यो । सानिमा बैंक हाइड्रोपावर, इन्स्योरेन्स कम्पनी सबै सहभागी छन् । अन्यमा जस्तै कर्पोरेटको हिसावबाट लगानी भएको छ । काठमाडौंमा पर्यटक एक दिन विताउँछ नै । २० वर्षको ग्यापमा नयाँ ठूला होटल खुलेका छैनन् । नेपाल एउटा यस्तो देश हो जहाँ पर्यटनको ठूलो सम्भावना छ । देशले यसमा फड्को मार्ने लक्ष्य लिएको छ । नेपाल भारत र चीनबाट पर्यटन आउने क्रम बढ्दो छ । भिजिट नेपाल २०२० पनि आइरहेको छ । यस्तो अवस्थामा नयाँ र अत्याधुनिक होटलको आवश्यकता पनि थियो । त्यत्रो वर्ष होटल खुलेन । यसमा सम्भावना देखेर गु्रपले नयाँ क्षेत्रमा लगानी गरेकोे हो । सानिमा गु्रपले मिडिया र हस्पिटलमा समेत लगानी गरिरहेको छ । विस्तारै हाम्रो विजनेश बढाउँदै लैजाने हो । हाम्रो पछिल्लो संस्कणको रुपमा होटल आएको छ । उपत्यका बाहिर पनि होटल खोल्ने हाम्रो लक्ष्य छ । तर, अहिले भने केही योजना छैन । हामी आफ्नै व्यवस्थापनमा होटल संचालनमा ल्याएका छौं । यद्यपी सानिमा गु्रपको यो नयाँ र होटल सेवामा पहिलो व्यवसाय भएपनि राम्रो गर्न सक्छौ भन्ने व्यवस्थापकको विश्वास छ । होटलमा ५० प्रतिशत रेभिन्यू जेनेरेट रुमबाट हुन्छ भने अन्य ५० प्रतिशत अन्यबाट हुन्छ । नेपाल फाइभस्टार होटल धेरै छन् । नेपालमा आउने पर्यटन सामान्यतया मिडिल क्लासका हुन्छ । सबैको पहुँच पुग्ने गरी होटल बनाइएको छ । होटलमा ठूलो बस पनि हसजै छिर्छ । होटलले मार्केटिङको लागि अमदामा ट्राभल ट्रेड फेयरमा भाग लिने योजना बनाएको छ । त्यसबाट चार/पाँच हजार पर्यटक आउने विश्वास छ । बाहिरतिर कनेक्सन भएका ठाउँमा पनि होटलको प्रचार प्रसार गरिएको छ । ठूला ट्राभल जसले नेपाल बेचिरहेको छन्, उनीहरूसँग होटलले सहकार्य गर्ने सम्झौता भएको छ । लण्डनमा हुने डब्लुटीएमा हुने अन्तक्रियामा होटल पनि सहमागिता रहने छ । होटल सम्बन्धि मागेजिनमा पनि यसका वारेमा पढ्न र बुझ्न पाइन्छ । होटल दुईदेखि तीन वर्षको बीचमा ब्रेक इभनमा पुग्ने श्रेष्ठको विश्वास छ । १ सय जना कर्मचारीले होटल धानेका छन् । प्रविधिले जनशक्तिमा सुविधा र सुलभता थपेको छ । १२५ जना स्टाफले राम्रोसँग होटल चलाउन सक्ने अठोट श्रेष्ठसँग छ । प्रविधि नभित्र्दा एउटा रुमको लागि दुई जना स्टाफ चाहिन्थ्यो । होटलका जनशक्तिसँग विभिन्न विदेशी फाइभ स्टार होटलमा दशक काम गरेको अनुभव छ । यसले होटलको सर्भिस राम्रो बनाएको छ । होटल पूर्ण रुपमा संचालनमा आएको दुई सातामा २० देखि २२ प्रतिशत अकुपाइ भइसकेको छ । सेक्टम्बरदेखि बढ्ने अनुमान देखिएको छ । विजनेशमा चुनौती भइहाल्छ । नयाँ होटल आइरहेका छन् । अन्य होटलभन्दा कसरी फरक सेवा प्रदान गर्ने भन्ने हाम्रो चिन्तन हो । होटललाइनमा काम गरेको ३५ वर्ष अनुभव भएकाले राम्रोसँग होटल संचालन गर्न सक्ने दृढ सकल्प र विश्वास भएर नै कुनै चेनमा आवद्ध नभएको श्रेष्ठले बताए । रुममा जेबीडी फ्रेच कम्पनीका सामान राखिएको छन्, वल्र्डको नम्बर वान ब्राण्डको म्यार्टेस विछाइएको छ । गुणस्तरीय र छिटोछरितो सेवा होटलको पुरा ध्यान छ । विदेश जाने ट्रेनले जनशक्ति टिकाउन गाह्रो भएपनि युवा पुस्तालाई सिप सिकाएर टिकाउन होटल व्यवस्थापन लागि परेको छ । विदेशी नम्बर वान ब्राण्डका सामान राखिएपनि नेपालीपन छ । नयाँ भन्ने वित्तीकै सबैले चाख बढ्नु स्वभाविक पनि हो । होटलमा दुई वटा रेष्टराँ छन् । चाइनिज र इटालियन चावाभेला रेष्टुराँ छ । रेष्टुराँसँगै स्वीइमिङ पूल र माथि जीम हल छ । जीम हलमा साउन, ज्याकुजी, स्टीम छ । होटलमा ५ वटा हल छ । सानिमा भन्ने ठूलो हल छ । ३२ सय स्वायर फिटको उक्त हललाई दुईवटामा विभाजन गर्न सकिन्छ । नदीनाला भनेको देशको सम्पत्ति भएकोले सानिमा गु्रपले हाइड्रोपावरका रुपमा डेभलप गरेको नदीनालाबाट हलको नामाकरण गरिएको हो । यसले व्यवसाय प्रवद्र्धन गर्ने विश्वास लिइएको छ । माईभन्ने ५० जना अट्ने अर्को हल छ । सुनकोशी हल छ । होटलको टपमा गएर पनि काठमाडौंको दुष्य हेर्दै विभिन्न कार्यक्रम गर्न सक्ने गरी तमोर हल निर्माण गरिएको छ । अरु होटलभन्दा अकामा फरक छ । कुनै वाधा व्यवधान छैन । होटलमा पहुनाले प्रयोग गर्ने सामान सबै फाइभ स्टार बराबरका छन् । होटलले काठमाडौं बासीलाई लक्षित गरी ब्रन्च प्याकेज ल्याएको छ । १८ सय तिरेर दिनभरि होटलमा बसेर रमाइलो गर्न, स्वीइमिङ गर्दै रमाउन सकिन्छ । साउना, ज्याकुजी, जिमहलको सुविधा यसै प्याकेजमा पाउन सकिन्छ । बस्न दिनभरिनै सकिन्छ । अब होटलले यस्तो प्याकेज बेला बेलामा ल्याउने भएको छ । सुरक्षा र सरसफाइलाई विशेष ध्यान दिएका छौं । ८० वटा गाडी अटन सक्ने दुईवटा पार्किङ स्थल छ ।
आर्थिक वृद्धि र प्रशासनिक काममा सरकारले इतिहासमै फड्को मार्योः मन्त्री पण्डित
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले आर्थिक वृद्धि हासिल गर्ने कुरामा र प्रशासनिक काममा इतिहासमै फड्को मारेको दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले आर्थिक वृद्धिमा पनि नेपालले ७ प्रतिशतको वृद्धिद्धर हाँसिल गरेर इतिहासमा फड्को मारेको सुनाए । त्यस्तै, प्रशासनिक रुपमा पनि अति छिटो काम भएको उनको दाबी छ । उनले भने,‘कर्मचारी समायोजनको कुरा भन्नुहोस वा सांगठनिक संरचना निर्माण गर्ने कुरा, हामीले द्रुत गतिमा काम गरिरहेका छौं ।’ उनले वर्तमान सरकार संविधानअनुसार ऐन, कानून बनाउँदै सफल संघीय लोकतान्त्रिक दिशामा संघ, प्रदेश र स्थानीय तीनै तहबीच अन्तरसम्बन्ध स्थापित गर्दै अघि बढिरहेको सुनाए । उनले भने,‘हामी आईपरेका समस्याहरु समाधान गर्दै अघि बढिरहेका छौं । नयाँ परिवर्तन तुरुन्तका–तुरुन्त सबै कुरा एकैचोटी हुँदैन । यसको लागि समय लाग्छ । रातारात सबै काम हुँदैन । एकै दिनमा, एकै रातमा सबै कुरा व्यवस्थित् हुँदैन ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिमार्फत निर्णय गर्नुपर्दा कतिपय विषयमा केही समय लाग्ने सुनाए । उनले थपे,‘एकपछि अर्को काम गरेर जानुपर्छ । धेरै कानून बनाएर संविधान कार्यावयन गर्ने सन्दर्भमा हामी अघि बढिरहेका छौं ।’ उनकाअनुसार कतिपय कानून संघीय संसदमा पुगेको, कतिपय छलफलको क्रममा रहेको र कतिपय कानूनहरु मस्यौदाको प्रक्रियामा रहेका छन् । मन्त्री पण्डितले स्थानीय, प्रदेश र संघ तीनवटै तहबीच अन्तरसम्बन्ध रहेकोले कानुन निर्माण गर्दा पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले विश्वका कुनै पनि मुलुक जो केन्द्रात्मकबाट संघात्मक व्यवस्थामा जाँदा नेपालले जस्तो तिव्र गतिमा काम गरेको इतिहास नभएको जिकिर गरे । यद्धपी उनले जनताले चाहेकोजस्तो र उनीहरुको भावनाअनुसार काम भने हुन केही समय लाग्ने विश्वास दिलाए । उनले भने,‘जनताको चाहनाअनुसार अब काम अघि बढ्छन् ।’ उनले कर्मचारी समायोजनको बाँकी काम र पदस्थापनको काम पनि आवश्यकत्ताअनुसार हुँदै जाने बताए । उनले भने,‘आवश्यकत्तालाई ध्यानमा राखेर हामी अघि बढ्छौं ।’ स्थानीय तहलाई ध्यानमा राखेर पहिलो चरणको लोकसेवा आयोगको विज्ञापन खोलिसकिएको र अब संघ र प्रदेशको लागि विज्ञापन खोल्ने प्रक्रियामा रहेको पनि उनले सुनाए । उनले मानव संशाधनको व्यवस्थापन गर्नेतर्फ पनि सरकार सचेत रहेको सुनाए । पण्डितले राष्ट्रसेवकहरु सरकारले खटाएको ठाउँमा जानुपर्ने बताए । उनले भने,‘यदि कोही राष्ट्रसेवक सरुवा गरेको ठाउँमा गएनन भने उनीहरुलाई कारबाही र दण्डित गर्छौं ।’ उनले अब प्रदेश र स्थानीय तहमा पनि विकास निर्माणका कामले गति लिने विश्वास दिलाए । उनले भने,‘अहिले कहीँ कतैबाट पनि अवरोध र रुकावट छैन । तीनै तह मिलेर अघि बढ्नुपर्छ ।’ सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा साकार गर्नेगरी तीनवटै सरकार मिलेर अघि बढ्ने उनको विश्वास छ । उनले अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सक्रिय रुपमा काम गरेको अवस्था सुनाए । उनले भने,‘अख्तियारले अहिले सक्रिय भएर काम गरेको अवस्था छ । अख्तियारको थुनुवा कोठा अहिले सबै भरिभराउ छन् । सरकार भ्रष्टाचारीलाई कारबाही गर्ने कुरामा निर्मम भएर प्रस्तुत भएको छ । दोषी जो भएपनि सरकार कारबाही गर्न पछि हट्दैन ।’ मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीहरुको सम्पत्ति विवरण पनि बुझाउनुपर्ने कुरामा अहिले छलफल भैरहेको सुनाए । उनले भने,‘अहिले कर्मचारीहरुको सम्पत्ति सार्वजनिक गरिएको छैन । हामी छलफलकै क्रममा छौं ।’ उनले लोकसेवा आयोगको विज्ञापन संविधानको मर्म र भावनाअनुसार आएकोले यसबारेमा अफवाह फैलाउन नहुने जिकिर गरे । उनले भने,‘आरक्षण र समावेशीको कुरा हटाएका छैनौं ।’ फरक प्रसँगमा मन्त्री पण्डितले गौहत्या भएको विषयमा पनि सरकारले अनुशन्धान गरिरहेको सुनाए । उनले भने,‘यो प्रकरणमा कोही कसैले अपराध गरेको प्रमाणित भए सरकारले कारबाही गर्छ । दण्डित गर्छ ।’ सर्लाहीका श्याम परदेशीले सयौं गरिब, दुःखी जनतालाई सलामी ऋण कागज बनाएर दुःख दिएको कुरा बाहिर आएको विषयमा पनि सरकार गम्भिर रहेको उनको भनाई छ । उनले भने,‘हामीले यो विषयमा विशेष चासो दिएका छौं । हामी गहिराईमा पुगेर अनुशन्धान गरिरहेका छौं । यो प्रकरणमा दोषी देखिएकालाई दण्डित गर्छौं ।’
कहाँबाट ‘ह्याकिङ’ भइरहेको छ, त्यो थाहा पाउने प्रविधि जडान भइसक्योः सूचना प्रविधि मन्त्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेतृत्वको सरकारले अगाडि बढाएका कार्यक्रमले नतिजा दिन थालेको बताएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को समाजवादी नारामा जनताका विविध कार्यक्रम अगाडि बढाएको बताउँदै तराई, पहाड र हिमालका जनतामा खुशीको सञ्चार प्रवाह हुन थालेको उल्लेख गर्नुभयो । राजनीतिक संक्रमण अन्त्य भएको र जनताको बलिदानबाट प्राप्त उपलब्धि व्यवस्थित गर्न सरकार प्रतिबद्ध भएर लागेको स्पष्ट पारे । सरकारका कामकारवाही र समसामयिक विषयमा राष्ट्रिय समाचार समितिका प्रतिनिधि रमेश लम्साल, हरि लामिछाने र राजेन्द्र विष्टसँग गरिएको कुराकानीको सम्पादित अंशः सरकारको काम कारवाहीलाई तपाईले कसरी मूल्याङ्कन गर्नुभएको छ ? जनताले त सरकारको काम प्रभावकारी भएन भन्ने गुनासो गरेका छन् नि ? संविधान जारी भयो, राजनीतिक सङ्क्रमणकाल अन्त्य भई व्यवस्थापकीय सङ्क्रमणकाल शुरु भयो । संविधान जारी भएपछि अरु कानूनका कुराहरु पूरा गर्नुपर्ने आवश्यकता थियो । तीन सय ३८ कानूनमध्ये ३०९ कानून एक वर्षमा बने । एक वर्ष सङ्घीयता कार्यान्वयनको आधार वर्षका रुपमा हामीले व्यतीत ग¥यौँ । सामाजिक सुरक्षा अभियान शुरु ग¥यौँ, यसै अवधिमा ‘डिजिटल नेपाल फ्रेमवर्क’ को काम शुरु ग¥यौँ । विगतको विरासतबाट आएको आर्थिक सामाजिक रुपान्तरणका कार्यक्रमलाई निरन्तरता दिइयो । नयाँ कार्यक्रम पनि शुरु भयो । अन्धाधुन्ध ठेक्का लगाउने काम पनि हामीले बन्द ग¥यौँ । स्रोत सुनिश्चित भएका आयोजनामा मात्रै स्रोत उपलब्ध गराउनेतर्फ हामी लाग्यौँ । वित्तीय सुधारको काम पनि शुरु भयो । केही मान्छेलाई अहिले पनि केही काम भएजस्तो लाग्दैन । बजेटको सुनिश्चिताबिना कार्यक्रम घोषणा गर्नु भनेको दिगो विकासका लागि राम्रो कुरा होइन । अनेक क्षेत्रमा काम भइरहेका छन् । कृषि, पर्यटन, सञ्चार, रेलमा भएका छन् । पानीजहाजको त कार्यालय नै शुरु भइसकेको छ । विदेश सम्बन्ध पनि एकदमै राम्ररी अगाडि बढेको छ । यो सबैभन्दा राम्रो सम्बन्धका रुपमा विकास भएको छ । आमरुपमा कर्मचारीतन्त्रमा मात्रै सीमित रहेको नेपालको विदेश सम्बन्धलाई अहिले ‘पोलिटिकल लेभल’बाट अगाडि बढाइएको छ । यसै अवधिमा हामीले लगानी सम्मेलन ग¥यौैँ, ‘सगरमाथा संवाद’ गर्दैछौँ । ‘भिजिट नेपाल २०२०’ हामीले आयोजना गरेका छौँ । रेलमार्ग धमाधम बन्न थालेका छन् । राजमार्ग धमाधम निर्माण भइरहेका छन् । आजको भोलि त सबै कुरा हुँदैनन् तर सोचहरु क्रमशः सकारात्मक दिशामा अगाडि बढेका छन् । ‘भिजन’ ‘मिशन’ तथा ‘प्रोगाम’ र बजेटसहित हामी अगाडि बढेका छौँ । आर्थिक वृद्धि पनि विगतका वर्षभन्दा झण्डै एक प्रतिशतले बढेको छ । यो कुनै चानचुने कुरा होइन । आलोचना र विरोधका बीचमा हामी सफलताको दिशामा केन्द्रित भएका छौँ । भन्न त मान्छेहरु भन्छन् आयात बढेको छ । हामी आत्मनिर्भर अर्थतन्त्रतर्फ जाने प्रयास गरिरहेका छौँ । अब क्रमशः यसका असरहरु देखिन थालेका छन् । हामीले उत्पादन बढाउनुपर्छ । त्यस हिसाबले हामी गइरहेका छौँ । कृषि, सिँचाइ, ऊर्जामा पनि हामीले ठूलो परिवर्तन देखिने गरी काम गरिरहेका छौँ । अनेकन क्षेत्रमा प्रगति भएको छ । कहीँ पनि निराश हुनुपर्ने र खिन्न हुनुपर्ने अवस्था छैन । केही पुनःउत्थानवादी तत्वहरु इतिहासको रङ्गमञ्चबाट गलहत्याइएको पीडा सहन नसकेर अहिले केही पनि भएन भनेर ‘दुन्दुभी’ बजाइरहेका छन् जुन कुरा जनताले पत्याइरहेका छैनन् । तपाईंहरु ठाउँठाउँमा जानुस् २४७ वटा नयाँ पुल बनेका छन् । ती पुल उभिएकै स्थानमा लाइन लगाएर देखाउने त होइन होला नि रु २४७ स्थानमा नै हेर्न जानुपर्छ होला नि । हिमाल, पहाड, तराईमा नै हेर्न जानुपर्छ होला नि । हुलाकी राजमार्ग बनिरहेको छ कि छैन ? रेल्वे बनिरहेको छ कि छैन ? पानीजहाज कार्यालय खुल्यो कि खुलेन रु हामीसँग हिन्द महासागर छैन, प्रशान्त महासागर छैन, हाम्रो नदीमा चलाउने भन्ने कुरा चानचुने कुरा हो रु त्यसैले विपक्षीका कुरा एउटा हुन्छ तर यो गणतन्त्र नै मन नपराउने पनि एउटा तप्का छ । ती चाहिँ सरकारको केही कमजोरीलाई ल्याएर प्रणालीमाथि प्रहार गर्ने गलत प्रक्रियामा छन् तर हामी काम गरिरहेका छौँ । नेकपाको सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को सङ्कल्प पूरा गर्न तपाईँहरुले के गरिरहनुभएको छ ? हामीले कार्यसम्पादन करार सम्झौता गरेका छौँ । यो कोही कसैप्रतिको अविश्वास होइन । परिभाषित काममा केन्द्रित बन्नुपर्छ । त्यसैमा केन्द्रित बन्नुपर्छ भन्ने हो । हामीले सोही आधारमा कामहरु अगाडि बढाएका छौँ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा समाजवादको एउटा नारा हो । यो थाहा पाउनुपर्छ सबैले । चीनमा समाजवाद लागू भएको ७० वर्ष भयो । अहिले पनि चार पाँच करोड मानिस गरीबीको रेखामुनि छन् । त्यहाँको व्यवस्था खराब होइन नि । निरन्तर सङ्घर्ष गर्नुपर्छ । अमेरिका पूँजीवादको संसारको सबैभन्दा बलशाली तागत भएको मुलुक हो । त्यहाँ नभएको चिज नै केही छैन । अमेरिकामा ‘होमलेस’ कति छन् ? गरीब कति छन् रु समस्या त्यहाँ छैन ? छ । त्यसैले हामीले हाम्रा देशका जनतालाई सुखी राख्नका निम्ति राज्यको तर्फबाट सके जति विवेक पु¥याएर विवादरहित ढङ्गले पहलकदमी लिनुपर्छ । मौलिक हकसँग सम्बन्धित कानूनहरु बने कि बनेनन् ? यसले भूमिहीन समस्या समाधानका लागि मद्दत पुग्छ । नागरिकलाई सम्मान र सुखको नाराभित्र समेट्छ । सुख र समृद्धि दिन्छ । पैसा मात्रै भएर मात्रै मान्छे खुशी हुँदैन । त्यसो भए खर्बपतिले पनि आत्महत्या गरेको सुन्नु पर्दैनथ्यो होला । सुखभित्र के कुरा आउँछन्भन्दा, सम्मान र सुरक्षा पनि सुखका कुरा हुन् । अब हामीले सन् २०२२ मा त अल्पविकसित देशबाट माथि उक्लने कुरा गरेका छौँ । त्यस बेलासम्म हामी आधारभूत खानेपानीको कुरा टुङ्गो लगाउँछौँ । अहिले नै हामी सुरुङमार्गतर्फ अगाडि बढिरहेका छौँ । सम्पर्क सञ्जालको विस्तारले सहज बनाउँछ । यो असाध्यै महत्वपूर्ण चिज हो । संसार नै आज ‘कनेक्टिभिटी’मा चलेको छ । रोड, समुद्र, यातायातका सञ्जाल पनि त्यहीभित्र पर्छ । सञ्चारको पनि एउटा सञ्जाल हुन्छ । रोडको पनि अर्को हुन्छ । त्यसले हामीलाई जोडिदिन्छ । त्यसैले हामीले अब राजनीतिक लडाइँ पार गरेर र अधिकारको लडाइँको प्रश्न सकिएको हुनाले अब राष्ट्रको सम्पूर्ण ध्यान भनेको त्यता जानुपर्छ । म बताउन चाहन्छु कि ‘आफ्नो गाउँ, आफैँ बनाऔँ’ भन्ने तत्कालीन मनमोहन अधिकारीको सरकारले एउटा गाउँमा रु तीन लाख दिँदा बसाइँसराइँको समस्या रोकिएको थियो । तीन लाखले ३० औँ लाखको काम भएको थियो । जनपरिचालन त्यसरी भएको थियो । त्यसैले मान्छेमा उत्साह भर्ने कुरा हो । यो सरकारले पर्याप्त उत्साह भरेको छ तर के छभन्दा सरकारले गरेको कामको परिणाम आजको भोलि नआउने भएकाले केही धैर्य चाहिने र केही समय लाग्ने देखिन्छ । हाम्रो कर्मचारी संयन्त्र पनि विधि पु¥याउने मानसिकताबाट चलेको हुनाले र यसबीचमा व्यवस्थापकीय सङ्क्रमणको कारणले कर्मचारीको समायोजनले केही समय खायो । हामी काम गर्दैथ्यौँ, विपक्षी आरोप लगाउँदै थियो । कामभन्दा आरोपको स्वर नै ठूलो भयो । विशेष गरी सोसल मिडियाले पनि नकारात्मकताको खेती मच्चाएर लग्यो । अहिले क्रमशः त्यो आरोप खारेज हुँदै गएको छ । प्रदेशले काम गरेका छन्, स्थानीय तहले काम गरेका छन् । पुनःनिर्माण नै कति भएको छ । भैरहवा–बटौलीको बाटो अहिले कस्तो भएको छ । जो कोही हिँडेको छ भने त्यो काम भएको देख्दैन र रु भएको काम जति अरु कसैले गरिदिएको, हुन नसकेको काम जति यो सरकारले नगरेको भनेर कराउनु नि पर्दैन । कारण के छ भने यो सरकारलाई हतारो पनि छैन । यो सरकारलाई जवाफदेहिताबाट उम्कने ठाउँ पनि छैन । कारण के भने यो नेकपाको सरकार जसले जे भने पनि, ‘नाङ्लो ठटाए’ पनि पाँच वर्ष निरन्तर जान्छ । यो सरकार पाँच वर्ष चल्छ भनेपछि दिगो विकासतर्फ अगाडि बढ्छ । हामी अत्तालिनु पर्दैन । हामीलाई ‘पपुलिस्ट’ हुनु छैन । ‘पपुलर’ हुनुपर्ला, तर ‘पपुलिस्ट’ हुनु पर्दैन । आत्मप्रचारको शिकार हुन चाहँदैन । जे गर्नुपर्ने हो, त्यसको ‘मेन कोर्स’ बाट विचलित हुन सक्दैनौँ । त्यसबाट दायाँबायाँ पनि हुन सक्दैनौँ । सुख, समृद्धिबाट लोकतन्त्र, शान्ति समृद्धिका मुद्दामा कानूनी, आर्थिक, सामाजिक सांस्कृतिक सम्पूर्ण कुरा पूरा गरेर अगाडि बढ्छाँै जसले गर्दा समृद्ध समाजवादको आधारशिला निर्माण गर्नेछ । यस वर्ष हामीले के भनेका छौँ, भने अघिल्लो साल आधार वर्षका रुपमा रह्यो । यस वर्ष कार्यान्वयन र अरु वर्ष हाम्रा परिणामका वर्ष हुनेछन् । यस हिसाबले हामी जान सक्छौँ । सञ्चारको क्षेत्रमा ‘क्लिन फिड’ कसैले ल्याएको थियो ? यसअघि पनि सरकारहरु थिए नि ? सूचना प्रविधिको पहुँच ६० प्रतिशतमाथि पुगेको छ । सञ्चार प्रविधिलाई दुरुपयोग गर्ने काम पनि उत्तिकै बढेको छ । त्यसलाई रोक्नका लागि यहाँबाट भएको पहललाई कसरी व्याख्या गर्नुहुन्छ ? मैले भन्दै आएको छु कम्युनिष्ट विरोधी ‘फोबिया’का केही माध्यम छन् । माध्यम नै त नभनौँ । माध्यम आफैँमा त्यस्तो हुँदैन । केही व्यक्तिहरु छन् मिडिया क्षेत्रमा । उनीहरु कम्युनिष्टको ‘क’ पनि सुन्न चाहँदैनन् । उनीहरु यति पनि सत्य बुझ्दैनन् कि यो कम्युनिष्ट पार्टीको शासन होइन, कम्युनिष्ट पार्टीको सरकारको शासन हो । उनीहरु यति पनि बुझ्दैनन् र हरेक कुरालाई नकारात्मक प्रचार गर्छन् । मैले अघि नै भनिसकेँ, उनीहरु इतिहासको रङ्गमञ्चबाट फालिएका छन् । उनीहरुलाई पाँच वर्ष कुर्न पनि गाह्रो भएको छ । उनीहरु अधैर्यशील भए । हामीलाई थाहा छ यो सरकार जननिर्वाचित सरकार हो । पाँच वर्षपछि पनि हामी जनताको बीचमा जानुपर्छ । त्यतिखेर पनि हामी प्रतिस्पर्धामा जानुपर्छ । हाम्रा प्रतिस्पर्धीलाई पराजित गर्ने काम कुनै बल प्रयोगले होइन, हाम्रा काम र विश्वासका आधारमा जनतालाई विश्वासमा लिएर हामी गर्न सक्छौँ । यो हाम्रो दृढता हो । समाजलाई स्वतन्त्रता चाहिन्छ । स्वतन्त्रताको कुनै सीमा हुँदैन तर मर्यादाको सीमा हुन्छ । मान्छे स्वतन्त्रताका निम्ति लड्दै आएको छ तर मर्यादा हुन्छ कि हुँदैन ? कुनै पनि समाजको मर्यादा हुन्छ कि हुँदैन ? भारतमा रक्सी किन्नुप¥यो भने बाबुको नाम, रक्सी पिउने मान्छेको नाम राख्छ कि राख्दैन ? त्यो अनुशासन होइन ? अमेरिकामा १८ वर्ष नपुगी रक्सी किन्न पाइँदैन । त्यो केही भएन । त्यो तानाशाही भएन, निरङ्कुशता भएन । यहाँचाहिँ १२ बजेपछि रक्सी खान पाइँदैन भन्यो भने ‘कम्युनिष्ट सरकार’, ‘दुइतिहाइको सरकार निरङ्कुश’ भयो भनिन्छ । मान्छे बाटामा गएर लडेको हुन्छ । भोलिपल्ट उसले सरकारको आलोचना गर्छ । यो तरिकाले त चल्दैन । समाजले पनि आफ्नो समाजको दिशा कता लान खोजेको हो स्वतन्त्रतातर्फ वा स्वच्छन्दतातर्फ ? स्वच्छन्दतातर्फ जाने हो भने कुनै न कुनै दिन हाम्रो समाज दुर्घटनामा पर्छ, भीडहरुद्वारा निर्देशित र नियन्त्रित हुन्छ । भीड भनेका खहरेजस्ता हुन्, त्यो क्षणिक हुन्छ । त्यसको दर्शन हुँदैन, विचार हुँदैन । अनुशासन हुँदैन, मर्यादा हुँदैन, लगाव हुँदैन र गन्तव्य पनि हुँदैन । त्यो जम्माजम्मी आवेग र आक्रोश मात्रै हुन्छ । हाम्रो समाजलाई निर्देशित र ‘गाइडेड’ गराउने गरी कुनै पनि प्रकारको नाममा देखापरेका छन् ‘सोसल साइट’ । ‘मिडिया’ र ‘सोसल साइट’ फरक कुरा हुन् । रासस, टेलिभिजन, रेडियो यिनीहरु संस्थागत हुन् । यिनीहरु जवाफदेहिता बोक्छन् । यसलाई कानूनी व्यवस्थापनका लागि नियमनका निम्ति, आवश्यक कारवाहीका निम्ति मर्यादाका निम्ति, कानून त ल्याएकै छ । सूचना प्रविधि विधेयक ल्याइएको छ । यसमा करको प्रश्न पनि छ । जनताले कमाएको पैसा कर नतिरी कसैले लगिरहेको कुरा पनि छ । सजिलो कुरा पनि छैन नि, देश बनाउने भन्ने अनि आफ्नो पैसाको सदुपयोग नगरेर हुन्छ ? कमाउनुको अर्थ अनावश्यक दुरुपयोग रोक्नु पनि प¥यो । दुरुपयोग रोक्नु । उत्पादनसरह हो । सदुपयोग गर्नु पनि उत्पादन गरेसरह हो । त्यस हिसाबले फेसबुक, ट्वीटर, युट्युबले अर्बौँ कमाएका छन् तर तिनीहरु पैसा तिर्दैैैनन्, कर तिर्दैनन् । हामीले विद्यालय कहाँबाट बनाउने, बाटो कहाँबाट बनाउने, हाम्रा विकास निर्माणको काम कहाँबाट गर्ने रु हामीलाई अरुले ल्याएर दिन्छन् ? हामी सधैँ भिख मागेर हिँड्ने । हाम्रै बलबुतामा देश चलाउनुपर्छ । त्यसो भएपछि हाम्रो स्रोत र साधनको थैली पनि राम्रोसँग बाँध्नुपर्छ । कानूनहरु अवश्य नै आउँछन् । त्यो नियन्त्रणका निम्ति होइन, नियमनका लागि । स्वतन्त्रतालाई अक्षुण राख्नका निम्ति तर स्वच्छन्दता र अराजकता कानूनले रोक्ने नै हो । कानून त्यस कारणले चाहिन्छ । कुनै बेला कविला युग थियो, त्यसको आफ्नै विधि थियो होला । आज समाज कहाँ आइपुगेको छ रु यहाँ कानून पनि चाहिन्छ भने जब केही चिज बाँध्नुपर्ने हुन्छ, मानिसहरु मान्दैनन्, तब कानून चाहिन्छ । त्यो आउँछ । सामाजिक सञ्जालको दुरुपयोग बढेको छ, अराजकता पनि निम्त्याउन खोजिएको छ । त्यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला त त्यसो भए ? यसमा त म दावाका साथ भन्छु सरकारको काम तथा असन्तुष्टिलाई भन्दा पनि प्रणालीलाई खत्तम बनाउन खोज्ने भीड पनि छ । कसैले उरालेको भीड पनि छ । केही दिनअघिको प्रदर्शनमा तस्वीर कसका थिए ? ढाडमा बोकेको तस्वीर कसका थिए रु नारा के लागेको थियो ? अनि कानूनले पत्रकारिता र अपराधलाई एउटै भन्छ ? पत्रकारको एउटा कार्ड बोकेर हिँड्दैमा तरबार बोकी मान्छे काट्दै हिँड्न पाइन्छ ? मार्दै हिँड्न पाइन्छ ? जे पायो त्यही गरेर हिँड्न पाइन्छ ? त्यो त अपराधीकरण हुन्छ । त्यसैले समाजमा अपराधीकरणलाई कुनै ठाउँ छैन । यो कुरा थाहा पाउनुपर्छ । यस्ता केही अपवादका घटना हुँदा र छानबिन गर्दा, कसैलाई छानबिन नै गर्न पाइँदैन भन्ने हो भने ‘मत्स्य न्याय’को समाज स्थापना गर्न लागेको हो कि एक्काइसौँ शताब्दीको गणतन्त्र नेपालको ? राज्य संविधानको सर्वोच्चता र कानूनी विधिद्वारा निर्देशित र नियन्त्रित हुन्छ । परिचालित हुन्छ । कुन समाज बनाउन खोजेको हामीले ? त्यस हिसाबले यस्ता अराजकता मच्चाउन खोज्ने र अराजकतातर्फ लान खोज्ने वा जान खोज्ने काम क्षणिक अभ्यास हो । जसले चाह्यो, यो उनीहरुलाई पनि थाहा हुनुपर्छ । यो गणतन्त्र कसैले लादेर ल्याइदिएको होइन । यो गणतन्त्र जनताले रगत बगाएर ल्याएको हो । एक दिनको हो ? एक जना मान्छे मरेर आएको हो ? लहडमा आएको हो ? सन्तानब्बे सालको शहीद पर्वदेखि आजसम्म कति मान्छे मरेर आएका छन् ? निरङ्कुश, जहानीयाँ व्यवस्था, वंशको व्यवस्था जनताद्वारा निर्वाचित थिएन, जनतालाई मन परेको थिएन । समाजको नेतृत्व गर्दैनथ्यो । त्यस्तालाई हटाउन त जनताले कत्रो बलिदान दिनुपर्यो । चार जना उफ्रेर जनताले लडेर ल्याएको लोकतन्त्रलाई चुनौती दिन खोज्नु चाहिँ बेकारको कुरा हो । यसमा कोको रमाउन रमाउन । रमाउन पाइन्छ । आँखामा पट्टि बाँधेर संसार अँध्यारो छ भन्न पाइन्छ रु कानूनहरु आउँछन्, आउँछन् । आमसञ्चारसँग सम्बन्धित कानून पनि आउँछ । कानून त आउँछ । सामाजिक सञ्जाल, मिडिया काउन्सिल पनि छ । आमसञ्चार पनि आउँछ । ड्राफ्ट गरिसकेका छौँ । विज्ञापन कानून आइसकेको छ । सूचना प्रविधि पनि आउँछ । हुलाक पनि आउँछ । सूचना प्रविधिको प्रयोगसँगै प्रविधिको दुरुपयोग पनि बढेको छ । बैंक, बीमा, सरकारी डाटा पनि ‘ह्याक’ हुन थालेको छ । विद्युतीय कारोवारलाई सुरक्षित राख्दै विद्युतीय अपराध रोक्नेतर्फ सरकारको तयारी के छ ? त्यसम्बन्धी कानून आइसक्यो त । ‘ह्याकिङ’ गर्ने, बैंकिङ कसूर गर्ने, साइबर क्राइम गर्नेलाई कारवाही गर्ने प्रक्रिया शुरु भइसकेको छ । साइबर सेक्युरिटी केन्द्र शुरु भइसकेको छ । डाटा सेन्टर स्थापना भएको छ । कहाँबाट हमला भइरहेको छ, कहाँबाट ‘ह्याकिङ’ भइरहेको छ, त्यो थाहा पाउने प्रविधि जडान भइसकेको छ । इमेल निर्देशिका हामीले बनाएर कार्यान्वयन गरिसकेका छौँ । डाटा रिकभरी सेन्टर हेटौँडामा खोलिएको छ । यी त भएका काम हुन् नि । पत्रकारसँग सम्बन्धित दुईतीन वटा कानून आए । पत्रकारका लागि रु पाँच करोडको कोष स्थापना भएको छ । अरु गफ गरेर हिँडेका थिए । लामो समय सरकार चलाएकाले स्वतन्त्रताको गफ छाँटेकै थिए । हामीले व्यवहारमा नै देखाएका छौँ । विज्ञापनसम्बन्धी कानून त संसद्बाट पास नै भइसकेको छ । त्यसले ‘क्लिन फिड’को कुरा ल्यायो जसबा मिडिया थप बलियो बन्ने अवस्था सिर्जना भएको छ । कर्मचारी, पत्रकार जो श्रमजीवी छन्, उनीहरुले सरकारको समर्थन गरेका छन्, तर सञ्चारमाध्यमका मालिकले भने सरकारको आलोचना गरेका छन्, यसलाई के भन्नुहुन्छ ? लडाइँ नै त्यही हो, त्यसैमा हो । समाजवादका विरोधी तत्व त्यसका विरुद्ध उभिन्छन् । तिनीहरु त्यसका अतिरिक्त साधन, स्रोत, विवेक, षडयन्त्र सबै प्रयोग गर्छन् र आफ्नो तागत जोगाउन लागिपर्छन् । यो साधारण कुरा हो, त्यसलाई हामी छिचोलेर अगाडि बढ्छौँ । सूचना महामार्गको बारेमा केही कुरा गरौँ, प्रक्रिया कहाँ कसरी अगाडि बढिरहेको छ ? केही बताइदिनुहुन्छ कि ? सूचना महामार्गको काम शुरु भइसकेको छ । प्रदेश १, २ र ३ को नेपाल टेलिकमलाई जिम्मा लगाइसकेका छौँ । गण्डकी प्रदेश र प्रदेश नं ५ को ठेक्का भएर पनि काम हुन सकेको छैन, त्यो दुःखद् छ । युटिएलले गरेको काम नभएर दुई वर्षदेखि ‘पेन्डिड’ र ‘होल्डिड’मा छ । त्यसलाई परियोजना फिर्ता लिएर नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि काम राम्ररी भएको छैन, विधि र प्रक्रिया पु¥याएर नयाँ तवरले काम शुरु हुन्छ । यसै वर्ष बुटवल र विराटनगरमा ‘इन्टरनेट एक्सचेञ्ज सेन्टर’ स्थापना गर्ने तयारीमा छौँ । डाटा सेन्टर काठमाडौँ, इटहरी र नेपालगञ्जमा राख्छौँ । कर्णाली प्रदेश र २ नं प्रदेशमा ‘ब्रोड व्याण्ड इन्टरनेट’ पु¥याउने कुरा करीब करीब अन्तिम चरणमा छ । टेलिकमको फोर जी परियोजना पनि अगाडि बढेको छ । नेपाल टेलिकमको फोरजी सेवा आगामी कात्तिकसम्म २५ वटा प्रमुख शहरमा पुर्याउँदै छौँ । आगामी वैशाख÷जेठभित्र यो परियोजना सम्पन्न गर्छौँ । फोरजी विस्तारले स्मार्ट सिटीको अवधारणालाई पनि सहयोग गर्छ भन्ने तपाईँको आशय हो ? स्मार्ट सिटी त छँदैछ, त्यसभन्दा अगाडि बढेर सरकारले डिजिटल नेपाल फ्रेमवर्कको काम पनि शुरु गरेको छ । त्यसमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ऊर्जालगायतका महत्वपूर्ण क्षेत्रमा जनशक्तिको परिचालन पनि हुन्छ । जनशक्ति परिचालन र उत्पादनमा सजिलो बनाउँछौँ । जस्तो अहिले पहाडको फेदीमा रहेको कुनै संरचनालाई ‘स्वीच अन’ गर्न मान्छे हिँडेर जानुपर्ने बाध्यता छ । त्यस्तो बाध्यतासमेत अन्त्य हुनेछ । मोबाइलमा क्लिक गरेपछि ‘स्वीच अन’ हुन्छ । ट्याङ्की भरिएपछि मोबाइलबाटै अफ गर्न सकिन्छ । यो सबै ब्रोडब्यान्ड कनेक्टिभिटीले गर्छ । अहिले हामी विद्यालयमा यसको प्रयोग गरिरहेका छौँ । एक हजार विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेटसहितको सूचना प्रविधि पु¥याउने काम गर्दैछौँ । सात वटा विद्यालयमा शुरु भइसक्यो । जनकपुर, पोखरालगायत स्थानमा उद्घाटन नै भइसक्यो । अबको सम्पत्ति भनेको खेतको पाटो होइन । सूचना प्रविधिमा आधारित ज्ञान हो । आगामी दिनमा गरीबी र प्रविधिबीचको द्वन्द्व नै प्रमुख चुनौती हुनेछ । त्यसैले डिजिटल दूरी कम गर्नका निम्ति हामी डिजिटल नेपाल ‘फ्रेम वर्क’लाई कार्यान्वयन गर्न लागिपरेका छौँ जहाँ समाजको तल्लो वर्गले पनि लाभ पाउनुपर्छ । राज्यले झण्डै एक हजार मिलियन डलरको यो प्रोजेक्ट अगाडि बढाउँदै छौँ । त्यसभित्र स्याटलाइटको पनि कुरा छ जसले नेपालमा इन्टरनेट जेनेरेट गर्छ । त्यसमा हामी सम्झौताको विन्दुमा पुगेका छौँ । त्यसले हामीलाई आत्मनिर्भर पनि बनाउँछ । एकातिर बचत हुन्छ भने अर्कोतिर आत्मनिर्भरता पनि हुन्छ । सेक्युरिटी प्रिन्टिङ व्यापारसँग पनि जोडिएको छ । झण्डै रु १२ अर्ब प्रिन्टिङका लागि बाहिरिँदै आएको छ । त्यो स्थापना हुनासाथ झण्डै ६० प्रतिशत रकम बचत हुन्छ । त्यसबाट नाफा हुन थाल्छ । हामी पासपोर्ट छाप्न थाल्छौँ । हाम्रो नोट छापिन्छ । हुलाक टिकट, शैक्षिक प्रमाणपत्र, धनीपुर्जा छापिन्छ । त्यो डिजिटलसमेत हुन्छ । विभिन्न कार्डहरु जस्तै स्मार्टकार्ड, एटिएम कार्ड, सिमकार्ड छापिन्छ जसमा धेरै पैसा बाहिर गएको छ । हामीेले सक्ने जति सबै काम गरिरहेका छौँ । यी परियोजना महत्वाकाङ्क्षी पनि छन् । नगरिकन भएको पनि छैन । हामीले यी परियोजना शुरु गरिसकेका छौँ र केहीको भने यसै वर्षदेखि कामै शुरु हुन्छ । प्रमको फ्रान्स भ्रमणका क्रममा नै स्याटेलाइट विषयमा सम्झौता गर्ने तयारी थियो । के कारणले रोकियो ? त्यसको शुरुआती चरणका म आफैँ फ्रान्स गरेर समझदारी पत्रमा हस्ताक्षर गरेको थिए । ‘लेटर अफ इन्टेन’ भएको हो । प्रमको भ्रमणको क्रममा त्यो समझदारी सैद्धान्तिक रुपमा थप सुदृढ भयो । सही त गर्ने तर कति लागत, कति बजेट, कुन मोडालिटीमा गर्ने हाम्रो लगानी कति हुने, उनीको कति हुने, बंैकको ब्याजदर के कति हुने त्यसको उतारचढाव हुने कि नहुने, कति वर्षमा तिर्ने भन्नेजस्ता कुरामा सहमति हुनुप¥यो । ती सबैकुरा प्रम जाँदा भएका थिएनन् । त्यसैले सो काम सकारात्मकरुपमै अगाडि बढाउने गरी प्रक्रिया अघि बढिरहको छ । मैले मेरो मन्त्रालयको मात्र कुरा गरेकोे होइन । अरु धेरै काम पनि भएको छ । लगानी सम्मेलनमा ७७ बढी परियोजना अगाडि सारेका छौँ । निजीका २५, सरकारी क्षेत्रमा ५० वटा त्यसमा समावेश छ । जसमध्ये झण्डै रु ३० खर्ब बराबरको अपेक्षित प्रतिबद्धता आएको छ । कार्यान्वयनमा लैजान चुनौती छन् । विस्तारै अगाडि बढ्छ । प्रमको चीन भ्रमण भएको छ । भारत, फ्रान्स, स्वीट्जरल्याण्ड ९डावोस०मा संसारभरिका लगानीकर्ताको सम्मेलनमा सम्बोधन गर्नुभएको छ । संयुक्तराष्ट्र सङ्घमा गएर सम्बोधन गर्नुभएको छ । अरु देशमा पनि आइराख्नुभएको छ । त्यसैले हामी खुम्चँदोबाट फैलदो क्रममा छौँ । हाम्रो अर्थतन्त्र फैलँदो छ । सोचाइ फैलँदो छ । गणतन्त्र मौलाउँदै छ । केही केही समस्या पनि हुनसक्छ तर यो क्रमशः उत्साहजनक ढङ्गले अगाडि बढेको छ । ऊर्जा क्षेत्र त्यस्तै परिवर्तन भएको छ । सिँचाइको आयोजना अगाडि बढेका छन् । मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, जस्ता भौतिक पूर्वाधार अगाडि बढिरहेका छन् । ‘कनेक्टिभिटी’ र ‘प्रोडक्टिभिटी’ एकापसमा जोडिएका छन् । जसले हामीलाई रोजगारी आफँै सिर्जना गरिरहेको छ । अहिले हामीलाई उपलब्ध महत्वपूर्ण शक्ति भनेकै मानव शक्ति हो । त्यो हामीसँग पर्याप्त छ । जल, जमीन, खनिजतत्व मात्रै होइन सबैभन्दा बढी काम गर्ने १५ देखि ६० वर्ष उमेरसम्मको जनसङ्ख्या ६० प्रतिशको हाराहारीमा छ । देशका लागि यो सुनौलो अवसर हो । हाम्रो देशका युवाले अरु देश बनाइरहेका छन् । हामीले अपिल गरेका छौँ । विभिन्न प्रकारको ज्ञान र सीपको सहकार्य गरौँ, काम गरौँ, उत्पादकत्व वृद्धि गरौँ । भिडियो कन्फ्रेन्सलाई चर्को विवादमा पार्र्ने प्रयास भयो नि रु के भन्नुहुन्छ ? सार्वभौम जनताले चुनेको प्रधानमन्त्रीले कुनै विदेशी नागरिकता लिएर जानुभएको होइन । विदेशबाट अन्य कुनै विषयमा भिडियो कन्फ्ररेन्स गरिएको पनि होइन । उहाँ नेपाली जनताको प्रतिनिधि हो । नेपाली नागरिक हो । उहाँ केही समयका निम्ति उपचारका लागि जानुभएको हो । त्यसकारण कुनै सार्वभौमसत्ताका विषयमा प्रश्न उठाउनुपर्छ, विवाद गर्नुपर्छ भन्ने कुरै आउँदैन । त्यसदिन मन्त्रिपरिषद् बैठक बसेको थिएन । त्यो केबल भिडियो कन्फ्ररेन्स मात्रै हो । प्रविधिको प्रयोग गर्न सकिन्छ । सबै कुरा असुरक्षित हुँदैन । शङ्का गर्ने र विरोधका लागि विरोध गर्ने र ‘पानीमाथिको ओभानो’ बन्नेलाई मेरो भन्नु थप केही छैन । खोक्रो राष्ट्रवादको ‘दुन्दुभी’ नबजाउन म पुनः सबैलाई आग्रह गर्दछु । त्यस्ता कुराका कुनै तुक छैन । वाहियात कुरा गर्नेसँग केही लाग्दैन । मैले जानेको मात्रै धर्तीको अन्तिम सत्य हो भनेर नहिँड्न म सम्बद्ध पक्षलाई सुझाव दिन्छु । यस्ता कुरालाई जनताले पत्याउनेवाला पनि छैन । ठूलो स्वर गरेर कोही हच्कनेवाला पनि छैन । बहस गर्न आए हुन्छ । नेपाली जनता र पार्टीका नेता कार्यकर्तालाई भ्रममा पार्न यस्तो गरिएको भए त्यसो नगर्न मेरो सुझाव छ । गुणस्तरीय टेलिकम्युनिकेशन सेवा नेपाली जनताले कहिलेसम्म पाउँलान् मन्त्रीज्यू ? प्रविधि महँगो पनि छ । अब हामी कानून बनाइरहेका छौँ । त्यसले निर्धारित गर्दछ । भूगोलको कारणले महँगो पनि पर्न गएको छ । हाम्रो पूर्वाधार बनिनसकेर पनि हो । दोस्रो गुणस्तरयुक्त सेवा पाउन पूर्वाधारमा लगानी गर्नैपर्छ । हामी सहप्रयोगमा पनि जाँदैछौँ । रेडियो नेपालको टावरमा नेपाल टेलिकम र टेलिभिजनको उपकरण राख्न सकिन्छ । तीन तीनवटा टावर एकैठाउँमा राख्नु पर्दैन, एउटैमा शक्तिशाली उपकरण राख्न सकिन्छ । सहप्रयोगबाट लागत समय सबै घट्न जान्छ । मनिटरिङ र क्षमता अभिवृद्धिबाट पनि गुणस्तर कायम हुन सक्छ । हाम्रो क्षमता अभिवृद्धि कमजोर छ । ज्ञान पनि कमजोर छ । अब हामी टेलिकमको तार जमीनमुनिबाट लैजान्छौँ जसबाट पानी छिर्दैन । अब हामी फाइवरबाट जाँदैछौँ । त्यसकारण नयाँनयाँ प्रविधि अपनाउँदै जाँदा गुणस्तरीयतामा पनि ध्यान दिन सक्छौँ । नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा ढिलाइ भयो भन्ने गुनासो छ, यहाँको केही टिप्पणी छ कि ? हामीले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको लागि काम शुरु गरिसकेका छौँ । काम धेरै अगाडि बढिसकेको छ । आगामी कात्तिकसम्म देशका २५ प्रमुख शहरमा सो सेवा विस्तार हुन्छ भने आगामी वैशाख/जेठसम्म सबै काम पूरा हुन्छ । केही समय विभिन्न निकायका कारण ढिला भए पनि अहिले आएर यसले गति लिइसकेको छ । आशा गरौँ तोकिएको अवधिभित्रै नेपाली जनताले टेलिकमको फोरजी सेवा उपभोग गर्न पाउँछन् ।