विकासन्युज

वोमी लघुवित्तको एसजीएम असोज २ गते, नागरिकसँगको सेयर स्वाप रेसियो पारित गर्ने

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा(एसजीएम) असोज २ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको विहीबार बसेको बैठकले बिहान ११ः३० बजे धुनिबेशी नगरपालिका खानीखोला स्थिति होटल ह्वाइट हिल्स धादिङमा साधारण सभा गर्ने निर्णय गरेको हो । विशेष सधारण सभामा वोमी लघुवित्त र नागरिक लघुवित्त एक आपसमा गाभ्ने÷गाभिनेबारे छलफल गरिने छ । साथै नागरिक लघुवित्तसँग गाभ्ने÷गाभिने प्रयोजनको लागि डीडीए समेतको आधारमा सेयर स्वाप रेसियो पारित गर्ने जनाइएको छ । साथै विशेष साधारण सभा प्रयोजनका लागि सेयर दाखिला खारेज बन्द(बुक क्लोज) भदौ २० गते १ दिने हुने संस्थाका प्रबन्धक घनश्याम भट्टराईले जनाएका छन् ।

सुनको मूल्यमा गिरावट, शुक्रबार १ हजारले घट्यो

काठमाडौँ । पछिल्लो डेढ महिनादेखि निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ । छापावाला सुनको मूल्य रु ७२ हजार ४०० कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजारले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार १०० कायम भएको छ । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार १०० रहेको थियो । चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला रु १० ले घटी रु ८८५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला रु ८९५ मा खरिदबिक्री भएको थियो ।

एनआईबिएल समृद्धी फण्ड-१ का इकाईधनीलेले ६.५ प्रतिशत लाभांश पाउने

काठमाडौँ । एनआईबिएल समृद्धी फण्ड-१ का इकाईधनीलेले ६.५ प्रतिशत लाभांश पाउने भएका छन् । एनआईबिएल एस क्यापिटल सञ्चालक समितिको विहीबार बसेको बैठक लाभांश दिने निर्णय गरेको हो । एनआईबिएल समृद्धि फण्ड १ का इकाईधनीहरुलाई कर सहित ६.५ प्रतिशतले हुन आउने रकम ६ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय भएको नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मेखबहादुर थापाले जनाएका छन् ।

एनएलजी इन्स्योरेन्सको साधारण सभा असोज ८ गते, बुक क्लोज कहिले ?

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीको तेह्रौँ वार्षिक साधारण सभा असोज ८ गते हुने भएको छ । कम्पनी सञ्चालका समितिको विहीबार साँझ बसेको बैठकले बिहान ११ बजे अम्रपाली ब्याङ्केट बालुवाटार काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि भदौ २५ गते १ दिन सेयर दाखिला खारेज बन्द(बुक क्लोज) हुने जनाइएको छ । सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०७४/७५ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिने छ । साथै लेखा परीक्षकको प्रतिवदेन सहितको २०७५ असार मसान्तसम्मको वासलात, आव २०७४/७५ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने जनाइएको छ । कम्पनीको हालको पूँजी ६४ करोड ४ लाख ६ हजार २ सय रुपैयाँ रहेको छ । यसअघि जेठ १४ गते सम्पन्न विशेष साधारण सभाबाट हालको चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित भएको थियो ।

एनआईसी एशियाको नयाँ योजना, ‘विदेशबाट आएको पैसा प्राप्त गर्नेलाई रु.१०० को रिचार्ज’

काठमाडौँ । एनआईसी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद रु. १०० को मोबाइल रिचार्ज गर्ने योजना ल्याएको छ । साथै विदेशबाट बैंकको खातामा रकम पठाउँदा रु. ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ । उक्त विप्रेषण रकम बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई एवम् ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ । यो योजना अंग्रेजी महिनाको १ सेप्टेम्बर २०१९ देखि ३१ अक्टोबर २०१९ सम्म दुई महिनाको लागि लागू हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले जनाएका छन् ।

एस्सिडब्लुइसीले बर्मामा नेपाली उत्पादनको प्रदर्शनी गर्ने

काठमाडौँ । सार्क चेम्बर महिला उद्यमी परिषद, नेपाल(एस्सिडब्लुइसी ) संग आबद्ध एक टोली शुक्रबार नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्ने उद्देश्य सहितवर्माको याङ्गनतफ प्रस्थान गर्दैछ । वर्मास्थित नेपाली राजदुताबासको निमन्त्रणामा एस्सिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित सो टोलीले वर्माको याङ्गनमा भ्रमण गर्न लागेको हो । सो टोलीले याङ्गनको पाइनओ ओलीन शहरमा अवस्थित नेपाली दुताबासको प्राङ्गणमा भदौ १४ देखि १६ गते सम्म नेपालका विभिन्न उत्पादनहरुको प्रबद्र्धनात्मक प्रदर्शनीको आयोजना गर्ने भएको जनाइएको छ । सो प्रदर्शनीमा नेपाली हस्तकलाका सामाग्री, महिलाहरुले प्रयागगर्ने पोते, किलीप , चुरा, कुशन कभर, दौरा सुरुवाल, साडी र चोली, मखमलीचप्पल, बिभिन्न प्रकारका हाते झोलाहरु, गाग्री , खड्कुलो जस्ता सामाग्रीहरुको प्रदर्शनीमा राखिने भएको छ । त्यसैगरी सो टोलीले बर्माका विभिन्न शहरहरुमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गरी नेपालमा पर्यटक भित्र्याउने पनि योजना बनाएको छ ।

आशा लघुवित्तद्वारा एकै साथ दश शाखा कार्यालय विस्तार

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले एकै साथ दश वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । भदौ १२ गते एकैसाथ नयाँ शाखा सञ्चालनमा ल्याएको हो । मोरङ्ग जिल्लाको धनपालथान गाउँपालिका, धनुषा जिल्लाको औरही र बट्टेश्वर गाउँपालिका, महोत्तरी जिल्लाको सोनमा गाउँपालिका, सर्लाही जिल्लाको चन्द्रनगर र रामनगर गाँउपालिका, रौतहट जिल्लाको गढीमाई नगरपालिका, नवलपरासी (पश्चिम) जिल्लाको सुस्ता गाउँपालिका, कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका र दाङ्ग जिल्लाको बबई गाउँपालिकामा शाखा स्थापना गरिएको हो । यी शाखा कार्यालयहरु थप भएसंगै वित्तीय संस्थाको ७ वटै प्रदेशको २९ जिल्लामा ५५ वटा शाखा कार्यालयहरु सञ्चालनमा आएको जनाइएको छ । विपन्न वर्गलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्ने उद्देश्य लिई स्थापित वित्तीय संस्थाले ग्रामीण भेगमा वित्तीय पहुँच अभिवृद्धिका क्रममा शाखा कार्यालयहरु स्थापना गरेको प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले जानकारी दिए । नेपाल राष्ट्र बैंकबाट घ वर्गको वित्तीय संस्थाको रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले ४६ हजार भन्दा बढी सदस्यहरुलाई समूहमा आवद्ध गराई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । रु. १ अर्ब ९७ करोड भन्दा वढी कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट करिब ५१ करोड भन्दा वढी निक्षेप संकलन गरेको प्रमुख कार्यकारी अधिकृत दुलालले बताए ।

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छिन् । भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले शर्मालार्ई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो । शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रुपमा कार्य गरिसकेको अनुभव रहेको छ ।