विकासन्युज

कोरोना पुष्टि भएपछिकाे सबै उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । काेराेना भएको पुष्टिभएपछिकाे उपचार खर्च सबै सरकारले बेहोर्न भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले आईतबार बसेकाे राष्ट्रिय सभाको बैठकमा काेराेना भएको पुष्टिभएपछिकाे उपचार खर्च सबै सरकारले बेहोर्न बताएका हुन् । उनले यो स्वास्थ्य मन्त्रालयको मात्र नभएर समग्र नेपाल सरकारको निर्णय भएको बताएका छन् । कोरोना देखिहाले उपचार खर्च कसले बेहोर्छ भन्ने धेरै जनाको चाँसोको विषय थियाे । सरकारले तोकेको अस्पतालमा बिरामीले उपचार गर्न चाहेको अवस्थामा सबै खर्च सरकारले बेहोर्न स्वास्थ्य मन्त्रालयका सुचना अधिकारी गणेश श्रीभास्तभले पनि बताएका छन् । उनी भन्छन्, ‘सरकारले तोकेका बाहेका अन्य स्वास्थ्य संस्थामा गरिएको उपचार खर्च भने सरकारले बेर्होेदैन । ’ बैठकमा बोल्दै मन्त्री ढकालले देशभरमा २ सय ३५ शैया आइसियु कोरोनाका बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको पनि जानकारी दिए। उनका अनुसार उपत्यकामा १ सय २० र उपत्यकाबाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसियु तयारी गरिएको छ। कोरोनाले विश्वबजारमा पारेको प्रभावले मानिसहरु त्रसित छन् । विश्व स्वास्थ्य संगठनले यसलाई गतसाता महामारी घोषण गरिसकेको छ । नेपालमा भने हालसम्म १ जनामा कोरोना देखिएर निको भईसकेपछि दोस्रो व्यक्तिमा कोरोना देखिएको छैन । यधपी नेपालीहरुमा कोरोनाकाे त्रास बढ्दो छ । सरकारको तयारीमा मानिसहरु विश्वास गर्न सकिरहेका छैनन तर सरकारले कोरोना विरुद्धका आफ्नो रणनितिहरु भने शुक्रबार प्रस्तुत गरिसकेको छ । संसारभर यस महामारीबाट जम्मा १ लाख ५६ हजार ८ सय ८० जना संक्रमित भईसकेका छन् । यस्तै ५ हजार ८ सय ३९ जनाको मृत्यु भईसकेको छ भने ७५ हजार ९ सय ३७ जना निको भएर घर फर्किसकेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण

काठमाडौं । वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले सिन्धुपाल्चोकमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । आयोजनाको काममा कुनै पनि किसिमको सुरक्षा चुनौती हुन नदिने उद्देश्यसहित प्रमुख दाहालले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनसहितको टोली लिएर आयोजनाका कामको आकस्मिक निरीक्षणसगैँ सुरक्षा चुनौतीका बारेमा बुझेका थिए । वागमती प्रदेशको लागुऔषध नियन्त्रण र कोराना विरुद्ध सचेतनाअभियानकै क्रममा आज उनले आयोजनाको सुरक्षाका विषयमा आकस्मिक निरीक्षण गर्दै दाहालले सोही अवसरमा सुरक्षा अवस्था र समस्याबारेमा विशेष चासो समेत राखेका हुन् । आयोजनाको काम, प्रगति र सुरक्षा अवस्थाका विषयमा आयोजनाका ई. शेखर खनालले जानकारी गराएका थिए । निरीक्षणका क्रममा उनले आयोजनाको काममा सुरक्षाको दृष्टिकोणले कुनै असर आउन नदिन निर्देशन दिए । साथै, प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील, निष्पक्ष र निःस्वार्थ हुनसमेत थप निर्देशन दिएका थिए । सो अवसरमा जिल्ला प्रहरी प्रमुख महर्जनले आफुहरुले देशकै महत्वपूर्ण आयोजना भएकाले गम्भीरताका पूर्वक निगरानीसहित सुरक्षा दिईरहेको जानकारी गराए । यसअघि उनले दोलखाको अपर तामाकोशी र सिन्धुपालचोकको मध्यभोटेकोशीको सुरक्षा चुनौतीका विषयमा स्थलगत निरीक्षण गरिसकेका थिए । सो अवसरमा वागमती प्रदेशका प्रहरी निरीक्षक देवराज काफ्ले, स्थानिय समाजसेवी ईश्वर दाहाल, प्रहरी नायब निरीक्षक खड्ग आचार्य समेत सहभागी थिए । मेलम्चीमा सिन्धुपाल्चोक प्रहरीको कोरोना भाइरस तथा लागुऔषध विरुद्धको सचेतना अभियान  सिन्धुपाल्चोक । कोरोना भाइरस तथा लागुऔषध विरुद्धको सचेतना अभियानलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले विशेष रुपमा अगाडी बढाएको छ । वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहकार्यमा लागुऔषध तथा कोभिड (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक जिल्लाको दुई स्थानमा यसअघि नै सचेतना कार्यक्रम सम्पन्न गरेको प्रहरीले आज मेलम्ची नगरपालिकमा आज विभिन्न समुदाय तथा जनप्रतिनिधिलाई लक्षित गरि सचेतना कार्यक्रम आयोजना गरेको हो। सचेतना कार्यक्रममा सो प्रहरीको इलाकाभित्र पर्ने विशेष गरी कोरोना भाइरसबारेमा जानकारी दिन, नोभल कोरोना भाइरसका लक्षण, नोभल भाइरस सर्ने कारण र बच्ने उपायसम्बन्धी जानकारी वागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले गरेका थिए । सो अवसरमा जिल्लाका विभिन्न ठाउँमा प्रहरी समुदायको सहकार्य सचेतना अभियान तीव्र पारेको जानकारी दिदै सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रज्वल महर्जनले हेल्प डेक्सहित कोराना विरुद्ध प्रहरी थप सशक्त रुपमा लागको स्पष्ट पारे । सचेतनामूलक कार्यक्रममा विद्यार्थी तथा अभिभावक, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय, व्यापारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । यसै अवसरमा प्रदेश प्रमुख दाहालले प्रहरी र स्थानीय जनताबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्धेश्यले यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए । सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रज्वल महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ्ग प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जिसस उपप्रमुख भगवती नेपाल, मेलम्ची नगरका प्रमुख डम्बर बहादुर अर्याल, ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख फलबहादुर तामाङ्ग, शसस्त्र प्रहरी वल नेपाल खानेपानी सुरक्षा वेस मेलम्चीका प्रमखु दिपेन्द्रकुमार पाण्डेको थिए । साथै, वागमती प्रदेशका प्रहरी निरीक्षक देवराज काफ्ले, स्थानिय समाजसेवी ईश्वर दाहाल, प्रहरी नायब निरीक्षक खड्ग आचार्यले सामुदाय प्रहरी साझेदारी अन्र्तगत चलाईएको अभियानले गाउँ गाउँको सचेतनामा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । कोरोना विरुद्ध सिन्धुपाल्चोकमा यात्रु सचेतना अभियान सुरु सिन्धुपाल्चोक । कोरोना भाइरसको त्रास हटाउन जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले यात्रु सचेतना अभियान सुरु गरेको छ । जिल्लाको वनदेउ नाकाबाट एक समारोहका विच वागमती प्रदेश कार्यालय हेटौँडाका निमित्त प्रमखु किशोर कुमार दाहाल र कार्यालयका प्रमुख एसपी प्रज्वल महर्जनले संयुक्त रुपमा यात्रु तथा चालकलाई कोरोना बारेमा छोटो जानकारी र सचेतना मुलक पर्चा वितरण गरेका थिए । सो अवसरमा एसपी महर्जनको अगुवाईमा याुत्र सहायता कक्षसहित कोरोना हेल्प डेस्क स्थापना गरेर यात्रु सचेतना अभियान सुरु गरिएको थियो । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाईरस विरुद्धको सचेतना अभियान वागमती प्रदेश प्रहरीको अभियानलाई साथ दिदै यात्रु सचेतना अभियान सुरु गरेको एसपी प्रज्वल महर्जनले बताए । सवारी चालक र यात्रुहरुलाई पर्चासहित गरिएको सचेतनाले महत्वपूर्ण भूमिका खेल्ने सो अवसरमा बोल्दै वागमती प्रदेश कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले बताए । वागमती प्रदेश प्रहरी कर्यालय हेटौँडाको कोरोना भाईरस विरुद्धको सचेतना अभियान अन्तर्गत चीनसगँ सिमा नाका जोडिएको यस जिल्लाबाट जाने तथा आउने यात्रुलाई वसमा नै चढेर सचेतना मुलुक पर्चा वितरण गर्दै यात्रु सचेतना अभियान सुरु गरिएको थियो। दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभुति गराउने, कोरोना विरुद्ध सचेतना र स्वास्थ्य प्रति सजक गराउन कार्यक्रमको आयोजना गरेको एसपी महर्जनले प्रष्ट पारे । यो जिल्ला चीनसगँ सिमा जोडिएको छ, उनले भने जनताको स्वास्थ्यमा ध्यान दिदै सुरु गरिएको अभियानले राम्रो सन्देश दिने हाम्रो अपेक्षा हो ।

सावधान रहनुस्ः पैसाबाट पनि कोरोना सर्न सक्छ

काठमाडौं । पैसाको माध्यमबाट कोभिड–१९ ९कोरोना० भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो। यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ। न्यूयोर्क युनिभर्सिटिले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ। चिकित्सकहरुले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन्। पैसामा तीन हजार भन्दाबढी प्रकारका कीटाणु जस्तै भाइरस, व्याक्टेरिया, सामान्य कीटाणु, ढुसी देखा परेका छन्। त्यस अध्ययनमा बैंकबाट निकालिएको पैसामा आठ प्रकारका व्याक्टेरिया देखिएका थिए। अध्ययनअनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ। विभिन्न किसिमका प्राणघातक सरुवा रोगको व्याक्टेरियाले पैसामा सङ्क्रमण भएको पुष्टि गरेको छ। संयुक्त राज्य अमेरिकाको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेशनल’ले प्रमाणित गरिसकेको छ। हेपाटाइटिस सीको स्रोतका रुपमा कोकेनलाई लिइन्छ। यसैगरी दक्षिण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक व्याक्टेरिया तथा ढुसीबाट दूषित भएको पाइएको छ। मास्टर कार्डका अनुसार शौचालय र जुत्ताको तलुवा भन्दा पैसा बढी फोहोर भएको परीक्षणका क्रमममा पाइएको थियो। कोरोना भाइरसले विश्वव्यापी रुपमा प्रभाव जमाउँदै गएसँगै विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ। पैसामा ब्याक्टेरिया कसरी विकसित हुन्छन् ? विभिन्न कारणबाट पैसामा ब्याक्टेरियाका फैलावट हुने इन्जिनियर राम बाडे बताउँछन्। पैसाको प्रयोग गर्दा जथाभावी कच्याककुचुक गरी राख्ने गरेमा अझ बढी व्याक्टेरिया भाइरस फैलने सम्भावना ज्यादा हुन्छ। ुदैनिक रुपमा पैसा एक हातबाट अर्को हात हुँदै अत्यधिक आदानप्रदान हुनु भनेकै एक व्यक्तिको रोग अर्को व्यक्तिमा सार्ने जस्तै होु, उनले भने, ुजति बढी पैसाको प्रयोग आउँछ उति नै बढी प्रदूषण फैलने सम्भावना हुन्छ।ु दैनिक रुपमा प्रयोगमा आएका पैसामा मानिसहरुको थुक, दिशा पिसाब, खोकी तथा हाच्छ्युँ आदिबाट समेत दूषित हुन्छ। नेपाली पैसाको प्रदूषण स्तर जाँच गर्दा प्रष्टै देखिने उनको भनाइ छ। कसरी कीटाणुनाशक बनाउने ? पैसामा भएको व्याक्टेरिया तथा भाइरसलाई विभिन्न तरिकाबाट हटाउन सकिने उनको भनाइ छ । ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ र ‘प्लाज्मा आयोन टेक्नोलोजी’ बाट सहज रुपमा कीटाणुनाशक बनाउन सकिन्छ। ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ बाट पैसालाई कीटाणुनाशक बनाउँदा मानव शरीरप्रति नकारात्मक प्रभाव पार्ने भएकाले ‘प्लाज्मा आयोन टेक्नोलोजी’ अहिलेको अत्याधुनिक प्रविधि भएको उनी बताउँछन्। संयुक्त राज्य अमेरिका, कोरिया, सिङ्गापुर, चीन, भारत, जापान, अस्ट्रेलिया, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, बेलायत, कुवेत र संयुक्त अरब इमिरेट्स ९युएई० लगायत कतिपय मुलुकका बैंक तथा वित्तीय संस्थाले पैसामा हुने प्राणघातक व्याक्टेरिया तथा भाइरसको कीटाणुनाशक बनाउने उपकरण प्रयोगमा ल्याएका छन्। नेपाली पैसामा के कस्ता प्राणघातक रोगको सुक्ष्म जीव छन् भनी अध्ययन अनुसन्धान गर्नु अपरिहार्य भइसकेको उनको भनाइ छ। ‘यस्तो प्राणघातक रोगबाट बच्ने के कस्तो उपाय छन् सोसम्बन्धी कीटाणुनाशक उपकरण लगाउने र जनचेतना जगाउने खालका कार्यक्रम ल्याउन जरुरी भइसकेको छु, उनले भने। पैसालाई कीटाणुनाशक बनाउन उपकरण प्रयोग गर्ने र पैसा प्रयोग गरिसकेपछि साबुन पानीले राम्रोसंग हात धुने गर्नुपर्छ। रासस  

बैंकका कर्मचारीले दलको सदस्यता लिन नपाउने, महिलाले गर्भवती भएको जानकारी दिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको कर्मचारी विनियमावलीको नयाँ मस्यौदा तयार पारेको छ । नयाँ मस्यौदामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पाउने सेवा सुविधा, कर्मचारी भर्ना प्रक्रिया र व्यवस्था, पालना गर्नुपर्ने आचरण जस्ता विषय उल्लेख गरिएको छ । कर्मचारीले राजनीतिक दलको सदस्यता लिन नहुने व्यवस्था गरिएको छ । तर पेशागत संघ संगठनको सदस्यता लिन भने छुट दिइएको छ । ‘कर्मचारीले राजनीतिक दलको सदस्य वन्न वा राजनैतिक पदको लागि हुने निर्वाचनमा उम्मेदवार हुन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारले प्रभाव पार्न हुँदैन । तर, प्रचलित कानून बमोजिम आफुले पाएको संगठन दर्ता गर्न तथा मतदान गर्ने अधिकार प्रयोग गर्न तथा पेशागत संगठन (जस्तै नेपाल वार एसोशियन, नेपाल मेडिकल एसोशियन, नेपाल चार्टर्ड एकाउण्टेण्ट सस्था, नेपाल व्यवस्थापन संघ, नेपाल प्राध्यापक संघ आदि) मा प्रतिनिधित्व गर्न यस विनियमले बाधा पुर्याएको मानिने छैन,’ विनियमावलीमा भनिएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थामा कार्यरत महिला कर्मचारीले आफू गर्भवती भएको जानकारी सम्बन्धित बैंक वा वित्तीय संस्थालाई दिनुपर्ने भनिएको छ । यस्तो जानकारी भने गर्भवती महिलालाई के कस्तो सुरक्षा प्रदान गर्ने भन्नका लागि हो । ‘महिला कर्मचारीले आफू गर्भवती भएको जानकारी बैंक/वित्तीय संस्थालाई दिनु पर्नेछ । यसरी जानकारी प्राप्त भएमा निजलाई रातको समयमा वा लगातार उभिनु पर्ने काममा वा चिकित्सकले निजको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भनी उल्लेख गरिदिएको काममा लगाईने छैन,’ विनियमावलीमा भनिएको छ । कर्मचारीले पाउने बिदाको किसिम मातृत्व संरक्षण बिदा (१) गर्भवती महिला कर्मचारीलाई प्रसुति हुनु भन्दा अघि वा पछि सेवा अवधिमा दुई पटक सबै सुविधा सहितको मातृत्व संरक्षण बिदा दिइनेछ । (२) बैंक/वित्तीय संस्थाको सेवामा रहेका महिला कर्मचारीले प्रसुति हुनुभन्दा अगाडि र पछाडि गरी १४ हप्ताको मातृत्व संरक्षण बिदा पाउनेछ । यस्तो विदामा बस्ने कर्मचारीले ६० दिन सम्म पुरा तलव भत्ता पाउनेछ र ६० दिन भन्दा बढी निजले उपभोग गरेको मातृत्व संरक्षण बिदा निजले पाउने अन्य बिदाबाट कट्टी हुने गरी हिसाव मिलान गर्न सकिनेछ । (३) गर्भवती महिला कर्मचारीले प्रसुति हुने संभावित मितिभन्दा कम्तिमा एक हप्ता अगाडिदेखि अनिवार्य बिदामा वस्नु पर्नेछ । सम्वन्धित कर्मचारीले माग गरेमा यस्तो विदा लगातार ६ हप्तासम्म पनि थप गर्न सकिनेछ । यस्तो बिदा अन्य संचित विदाबाट कट्टी हुने गरी हिसाव मिलान गरिनेछ । (४) मातृत्व संरक्षण बिदा कुल सेवा अवधिमा दुई पटक सम्म प्रदान गरिनेछ । (५) सात महिना वा सोभन्दा बढी गर्भ रहेको महिला कर्मचारीको शिशु मृत जन्मिएमा वा गर्भपतन भएमा समेत यस विनियम बमोजिम बिदा दिईनेछ । (६) निसन्तान कर्मचारीले छ महिना उमेर सम्मको शिशुलाई कानून बमोजिम धर्मपुत्र/धर्मपुत्री राखेमा निजलाई समेत यस विनियम बमोजिमको बिदा सुविधा प्रदान गर्न सकिनेछ । (७) महिला कर्मचारीले आफु गर्भवति भएको जानकारी बैंक/वित्तीय संस्थालाई दिनु पर्नेछ । यसरी जानकारी प्राप्त भएमा निजलाई रातको समयमा वा लगातार उभिनु पर्ने काममा वा चिकित्सकले नीजको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भनी उल्लेख गरिदिएको काममा लगाईने छैन । (८) मातृत्व संरक्षण र प्रसुती स्याहार बिदा लिन चाहने कर्मचारीले संभावित मिति उल्लेख गरी एक महिना अगावै बैक/वित्तीय संस्थालाई लिखित जानकारी दिनु पर्नेछ । (९) मातृत्व संरक्षण बिदामा रहेको महिला कर्मचारीले त्यस्तो बिदा समाप्त भएको मितिले तीन महिनाभित्र बैंक/वित्तीय संस्थामा जन्म दर्ता प्रमाणपत्र पेश गर्नु पर्नेछ । कुनै कारणले त्यस्तो प्रमाणपत्र पेश गर्न नसक्ने भएमा शिशु जन्मेको अस्पताल वा स्वास्थ्य चौकीले दिएको शिशु जन्मेको प्रमाणपत्र (बर्थ सर्टिफिकेट) पेश गरी बिदा स्वीकृत गराउन सकिनेछ । (१०) कुनै महिला कर्मचारी वा बैंक/वित्तीय संस्थाको कर्मचारीको पत्नीको गर्भ पतन भएको वा मृत शिशु जन्मेको रहेछ भने त्यस्तो कर्मचारीले सम्बन्धित अस्पताल वा स्वास्थ्यचौकीले दिएको सोव्यहोरा पुष्टि हुने प्रमाण/प्रतिवेदन (मेडिकल रिपोर्ट) पेश गरेको अवस्थामा पनि यस विनियम बमोजिमकोसुविधा प्रदान गर्न सकिनेछ । प्रसुती स्याहार बिदा (१) पुरुष कर्मचारीलाई निजको श्रीमती प्रसुती भएको अवस्थामा कुल सेवा अवधिमा दुई पटकसम्म प्रत्येक पटक पन्ध्र दिनका दरले पूरा तलबभत्ता सहितको प्रसुती स्याहार बिदा दिइनेछ । (२) बच्चा जन्मेको चौधहप्ता नपुग्दै शिशुको आमाको मृत्यु भएमा त्यस्तो शिशुको स्याहारको लागि पुरुष कर्मचारीलाई समेत खण्ड (घ) मा उल्लेख भए बमोजिम बाँकी विदा औचित्यताको आधारमा दिन सकिनेछ । घर बिदा (१) प्रत्येक कर्मचारीले बैंक/वित्तीय संस्थामा काम गरेको अवधिको अठार दिनको एक दिनका दरले घर बिदा पाउने छ र यस्तो घर विदा वर्षकोबीस दिनभन्दा बढी हुने छैन । आर्जित गरेको घर विदा नव्वे दिनसम्म संचित गर्न पाउनेछ र सोभन्दा बढी संचित विदाको निजले पाउने तलबभत्ता बराबरको रकम भुक्तानी दिन वा अनिवार्य रुपमा विदामा बस्न लगाउन सकिनेछ । कर्मचारीले घर बिदा लिंदा त्यस्तो विदाको अवधिभित्र अरु कुनै बिदा पर्न गएमा त्यस्तो विदा घर बिदामा समावेश गरिनेछैन । कुनै कर्मचारीले राजिनामा दिएमा वा स्वास्थ्यको कारणबाट अवकाश पाएमा वा सेवा निवृत्त भएमा वा मृत्यु भएमा वा उपदान पाएमा वा कुनै कारण सेवाबाट अलग भएमा निजको सञ्चित घर बिदा वापत निजले खाईपाई आएको तलबभत्ता बराबरको रकम भुक्तानी दिइनेछ । (२) घर बिदा बसेको कर्मचारीले पुरा तलव भत्ता पाउनेछ । बिरामी बिदा कर्मचारीले वर्षमा १२ दिन तलबभत्ता सहितको बिरामी बिदा पाउनेछ । बिरामी विदा संचित गर्न पाइनेछ । यस्तो संचित बिरामी बिदा वापत कर्मचारीले खाईपाई आएको तलवभत्ताको आधारमा हिसाव गरी कर्मचारी सेवाबाट अलग भएका बखत वा ४५ दिन भन्दा बढी बिदा संचित भएपछि कर्मचारीले रकम लिन चाहेमा ४५ दिन बिदा संचित राखी बढी दिनको बिदाको रकम एकमुष्ठरुपमा प्रदान गरिनेछ । भैपरी आउने बिदा (१) कर्मचारीले वर्षमा बाहृ कार्य दिन पूरा तलबभत्ता सहितको ज्ञड भैपरी आउने बिदा पाउनेछ । (२) यो बिदा अर्को आर्थिक वर्षको लागि संचित हुने छैन । (३) यो बिदा आधा दिन पनि लिन सकिनेछ । (४) यो बिदा एक पटकमा बढीमा लगातार तीन दिनभन्दा बढी लिन पाईने छैन । (५) यो बिदा अन्य बिदामा गाभिने छैन । भैपरी आउने बिदा गणना गर्दा यस्तो बिदाको बीचमा परेको सार्वजनिक बिदाका दिनलाई गणना गरिने छैन । किरिया बिदा कुनै कर्मचारीको आमा, बुबा, श्रीमान्, श्रीमती र छोरा छोरीको मृत्यु भई आफैकिरिया बस्नु पर्ने भएमा पन्ध्र दिनसम्म किरिया बिदा पाउनेछ । महिला कर्मचारीको हकमा सासु, ससुराको मृत्यु भएमा वा कुल धर्म अनुसार निजको श्रीमान आफै किरीया बसेको अवधिमा श्रीमतीलाई समेत किरिया बिदा प्रदान गरिनेछ । यो बिदामा बसेको कर्मचारीले पूरा तलब भत्ता पाउनेछ । विशेष बिदा कम्तिमा पाँच वर्षसम्म बैंक/वित्तीय संस्थामा सेवा गरेको कुनै पनि स्थायी कर्मचारीले आफ्नो संचित बिदा लिई सकेपछि पनि आफ्नो घरायसी व्यवहार वा बिरामीका कारणले बिदा नबसी नहुने परिस्थिति परेमा एक आर्थिक वर्षमा बढीमा पन्ध्र दिनसम्म र नोकरी अवधि भरमा साठी दिनसम्म विशेष बिदा दिन सकिनेछ । यस्तो बिदा बेतलबी हुनेछ । विवाह बिदा कर्मचारीलाई निजको बिवाहको लागि सम्पूर्ण सेवा अवधि भरमा एक पटक तीन दिनको विवाह बिदा प्रदान गरिनेछ । विवाह बिदामा बस्दा बिदाको तलब भत्ता प्रदान गरिनेछ । बार्षिक विदा/अनिवार्य विदा कर्मचारीलाई वर्षमा न्यूनतम सात दिन कर्मचारी सेवा समितिको सिफारिसमा समितिले तोके बमोजिम पूर्ण सुविधा सहितको अनिवार्य बिदा दिइनेछ । यो बिदा लगातार लिएको हुनु पर्नेछ । अनिवार्य बिदा सात दिन भन्दा बढी भएको खण्डमा बढीमा दुई पटक गरी दामासाहीले टुक्रा गरेर लिन सकिनेछ । यो बिदामा सार्वजनिक बिदा परे पनि गणना गरिनेछ । यो बिदा संचित गर्न पाइने छैन । असाधारण बिदा सामान्य अवस्थामा कुनै पनि कर्मचारीले असाधारण बिदा पाउने छैन । तर मनासिव कारण सहित अनुरोध भई व्यवस्थापनले उचित ठानेमा कर्मचारी सेवा सुविधा समितिको सिफारिशमा समितिले कम्तिमा १० वर्ष स्थायी सेवा पूरा गरेका कर्मचारीहरुलाई बढीमा १ वर्षसम्म असाधारण बिदा प्रदान गर्न सक्नेछ । उक्त बिदामा बसेको कर्मचारीलाई तलब भत्ता तथा सुविधा दिइने छैन । यो अवधिलाई सेवा अवधिमा द्दण् गणना गरिने छैन । विशेष बिदा लगायत अन्य संचित बिदा बाँकी नरहेको स्थितिमा मात्र असाधारण बिदा प्रदान गर्न सकिनेछ । अध्ययन/तालीम बिदा बैंक/वित्तीय संस्थामा तीन वर्ष स्थायी सेवा गरेका कर्मचारीले समितिले तोकेको शर्त वन्देजको अधीनमा रहने गरी संस्थागत वा आफ्नै प्रयासमा स्वदेश वा विदेशमा अध्ययन गर्न चाहेमा नोकरी अवधिभरमा एक पटक वा पटक पटक गरी बढीमा पाँच वर्ष सम्मको आधा तलब पाउने गरी अध्ययन विदा पाउन सक्नेछ । बैंक/वित्तीय संस्थाले आफ्नो आवश्यकता अनुसार कर्मचारीलाई तलव भत्ता, सुविधा समेत प्रदान गर्ने गरी तालिममा पठाउन सक्नेछ । संक्रामक रोग लागेमा बिदा बस्न आदेश दिन सकिने (१) कुनै कर्मचारीलाई संक्रामक रोग लागी उपचार गराउनु परेमा उपचार अवधिभर काममा नआउन र बिदामा वस्नको लागि बिदा स्वीकृत गर्ने अधिकारीले निर्देशन दिन सक्नेछ । (२) उपविनियम (१) वमोजिमको निर्देशन पालना गर्नु सम्वन्धित कर्मचारीको कर्तव्य हुनेछ । (३) कुनै कारणले त्यस्तो कर्मचारीको बिरामी बिदा बाँकी नभएमा अन्य विदा स्वीकृत गर्न वा बेतलबी बिदामा पठाउन सकिनेछ । बिदामा वसेको कर्मचारीलाई काममा लगाउन सकिने किरिया बिदा, मातृत्व तथा प्रसुती स्याहार बिदा, अनिवार्य घर बिदा र बिरामी बिदामा बसेको कर्मचारीलाई बाहेक अन्य बिदा स्वीकृत गराई बसेका कर्मचारीलाई बैंक/वित्तीय संस्थाले आवश्यकता अनुसार बोलाई काममा लगाउन सक्नेछ । यसरी विदाको अवधिको बीचमै बोलाई काममा लगाएको अवस्थामा बाँकी दिनको बिदा संचित गर्न सकिनेछ । यसरी काम गरेवापत निजलाई सटृा बिदा वा तलव भत्ता बरावरको रकम दिनु पर्नेछ । राजनीति वा चुनावमा भाग कर्मचारीले राजनीतिक दलको सदस्य वन्न वा राजनैतिक पदको लागि हुने निर्वाचनमा उम्मेदवार हुन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारले प्रभाव पार्न हुँदैन । तर, प्रचलित कानून बमोजिम आफुले पाएको संगठन दर्ता गर्न तथा मतदान गर्ने अधिकार प्रयोग गर्न तथा पेशागत संगठन (जस्तै नेपाल वार एसोशियन, नेपाल मेडिकल एसोशियन, नेपाल चार्टर्ड एकाउण्टेण्ट सस्था, नेपाल व्यवस्थापन संघ, नेपाल प्राध्यापक संघ आदि) मा प्रतिनिधित्व गर्न यस विनियमले बाधा पुर्याएको मानिने छैन । प्रतिनिधित्व गर्नमा प्रतिबन्ध कर्मचारीले आफूलाई मर्का परेको विषयमा प्रचलित कानून बमोजिम आफै वा वारिस मार्फत सम्बन्धित निकाय वा पदाधिकारी समक्ष निवेदन दिन वाहेक अन्य कर्मचारी वा समुहको प्रतिनिधित्व गर्न पाउने छैन । तर प्रचलित कानून बमोजिम दर्ता भएको कर्मचारी युनियनको तर्फबाट प्रतिनिधित्व गर्दा यस विनियमले वाधा पुर्याएको मानिने छैन । यस्तो छ विनियमावली [pdf id=201014]

एकै दिन १५ सय रुपैयाँले घट्यो सुन, प्रतितोला ७७ हजारमा कारोबार

काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेकाे छ ।  गत फागुन मसान्तमा सुन प्रतिताेला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । भने चैत महिनाको दास्रो दिन आइतबार सुन एक्कासी १५ सय रुपैयाँ घटेर प्रतितोला ७७ हजारमा बिक्री भइरहेको छ । गत शुक्रबार प्रतितोला ७८ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै पछिल्लो समय चाँदी एक्कासी प्रतितोला ३० रुपैयाँ घटेर ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी ८ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

कोरोना भाइरसविरुद्धको रणनीति बनाउन सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा

काठमाडौं। काेराेना भाइरस (कोभिड १९) विरुद्ध लड्नका लागि योजना बनाउन सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच छलफल हुने भएको छ । छलफलका लागि सातै प्रदेशका मुख्यमन्त्री आज काठमाडौं आइपुग्दै छन्। विश्‍वव्यापी महामारी बनेको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम नियन्त्रण र पूर्वतयारीबारे मुख्यमन्त्रीहरूसँग बैठक तय गरिएको स्वास्थ्यमन्त्रालयले जानकारी दिएकाे छ । सबै प्रदेशमा अहिलेसम्म भइरहेका काम र अबको रणनीतिबारे छलफल केन्द्रित हुने मन्त्रालयले जनाएकाे छ ।

नागरिक लगानी कोषको १ लाख ६६ हजार कित्ता सेयर लिलामीमा, आधार मूल्य १७००

काठमाडौं । नागरिक लगानी कोषको १ लाख ६६ हजार ३२ कित्ता सेयर लिलामीमा आएको छ । एनआईसी एशिया बैंकले उक्त सेयर बढाबढ मूल्यमा बेच्न लागेको हो । संस्थापक सेयरको न्यूनतम मूल्य १७०० रुपैयाँ तोकिएको छ । बढी मूल्य कबोल गर्नेलाई सेयर बिक्री गर्ने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । गत विहीबार कोषको साधारण सेयर प्रतिकित्ता २६०२ रुपैयाँमा कारोबार भएको छ । गत तीन महिनामा कोषको सेयर मूल्य अधिकतम प्रतिकित्ता ३११० रुपैयाँमा कारोबार भएको थियो भने न्यूनतम १६८५ रुपैयाँमा कारोबार भएको थियो ।

काँग्रेस नेतासहितकाे नेपाली टाेलीद्वारा सीमास्तम्भ तोडफोड

भीमदत्तनगर । नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले केही दिनअघि मात्रै नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा सहायक सीमास्तम्भ ७८३/ ४ निर्माण गरेको जानकारी दिए । “शनिबार काँग्रेस कार्यकर्ताले नेपाली भूमिमा उक्त सीमास्तम्भ गाडिएको भन्दै तोडफोड गरेछन् ।” उनले भने, “सो सीमास्तम्भ जोर–बिजोरका आधारमा नेपाली पक्षले नै बिजोर भएकाले निर्माण गरेका थिए ।” गणपति साहुले दक्षिण क्षेत्रमा केही दिनयता सीमा विवादको विषय छलफलको विषय भन्दा सर्भे टोलीलाई काम गर्न पनि असहज भइरहेको बताए । तत्कालीन संविधानसभाका पूर्व सदस्य बहादुरसिंह थापा, दिवान विष्ट र काँग्रेस जिल्ला कार्यसमितिका पदाधीकारी सीमास्तम्भ गाडिएको क्षेत्रमा पुगेका थिए । केही महिनाअघि सीमावर्ती भारतीय बजार बनबासामा बसेको संयुक्त सीमा सर्भे टोलीले कैलालीको खङ्ग्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्मको सीमास्तम्भ पुनःनिर्माणदेखि व्यवस्थापन गर्न बैठक डाकेको थियो । रासस