
काठमाडौं। काेराेना भाइरस (कोभिड १९) विरुद्ध लड्नका लागि योजना बनाउन सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच छलफल हुने भएको छ । छलफलका लागि सातै प्रदेशका मुख्यमन्त्री आज काठमाडौं आइपुग्दै छन्।
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम नियन्त्रण र पूर्वतयारीबारे मुख्यमन्त्रीहरूसँग बैठक तय गरिएको स्वास्थ्यमन्त्रालयले जानकारी दिएकाे छ ।
सबै प्रदेशमा अहिलेसम्म भइरहेका काम र अबको रणनीतिबारे छलफल केन्द्रित हुने मन्त्रालयले जनाएकाे छ ।