चीनबाहेक सबै देशका एप्पलका स्टोरहरु बन्द
वासिङ्टन । चीनबाहेक अन्य मुलुकको एप्पल स्टोर बन्द भएको छ । कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी मार्च २७ सम्म बन्द गरेको छ । एप्पलका प्रमुख कार्यकारी टिम कूकले ट्वीट गर्दै चीन बाहेक एप्पलका स्टोरहरु मार्च २७ सम्म बन्द गरिएको र कोरोनाको सङ्क्रमण रोकथाममा सघाउन एक करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका थिए । कम्पनीले चीन बाहेकका अन्य मुलुकमा रहेका आफ्ना कार्यालयका कर्मचारीलाई खुकुलो कार्यस्थलको व्यवस्था गरिएको जनाएको छ । कूकले अनलाइन स्टोर भने खुलै रहने बताए । कम्पनीले घरबाटै काम गर्न सक्ने भएमा त्यसै बमोजिमको व्यवस्था गर्ने तथा कार्यालयमै आएर काम गर्नु पर्ने कर्मचारीका लागि निर्देशिका बमोजिम आवश्यक सजकता अपनाइने बताएको छ । सिन्ह्वाका अनुसार चीनमा कोरोना सङ्क्रमणमा नाटकीय रुपमा सुधार आएका कारण एप्पलका सबै स्टोर खुला गरिएको छ । अमेरिकामा रहेका ठूला बहुराष्ट्रिय कम्पनीहरुले पनि आफ्ना कार्यालयको व्यवस्थापनमा नयाँ व्यवस्था गरेका छन् । रासस /एएनआई
नेपाल टेलिकमको फोरजी सेवा पर्यटकीय स्थल स्याङ्बोचेमा
काठमाडौं । नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात गरेको हो । विश्वकै सबभन्दा अग्लो शिखर सगरमाथा आरोहणका लागि जाने आरोहीहरु लगायत हिमालको दृश्यावलोकनका लागि विश्वभरबाट आउने पर्यटकहरुले यसबाट प्रत्यक्ष लाभ उठाउन सक्नेछन् । पर्यटकीय मौसममा स्याङ्बोचे हुँदै खुम्जुङ, खुण्डे तथा चर्चित गोक्यो ताल जाने पदयात्रीहरुको आवतजावत बाक्लो हुने गर्दछ । स्याङ्बोचे नजिकै रहेको एभरेष्ट भ्यु होटलबाट सगरमाथाको दृश्यावलोकन गर्ने विदेशीहरुको संख्या पर्यटकीय मौसममा दैनिक ५ सयभन्दा बढी पुग्ने गरेको छ । यसका साथै यहाँ नेपालकै सबैभन्दा अग्लो स्थानमा अवस्थित स्याङ्बोचे विमानस्थल समेत रहेको छ । पर्यटकीय दृष्टिबाट अत्यन्त महत्वपूर्ण सो स्थान आसपास पर्यटकीय मौसममा दैनिक ७ सयभन्दा बढी विदेशी पर्यटकहरु आउने गरेका इलाका प्रहरी कार्यालय नाम्चेका इन्सपेक्टर केशबकुमार कटुवालले बताए । स्याङ्बोचेमा स्थापित मोबाइल बीटीएसबाट त्यहाँ पुग्ने विदेशी तथा स्वदेशी यात्रुहरुले पनि उच्च गतिको डाटा र गुणस्तरीय भ्वाइस सुविधा सहितको फोरजी मोबाइल सेवा उपभोग गर्न सक्ने छन् । सगरमाथा आरोहणका लागि वेस क्याम्प जाने मार्ग समेत स्याङ्बोचे हुँदै अघि बढ्ने भएकाले आरोहीहरुले यो सेवाको प्रयोग गर्न सक्ने छन् । यही मार्ग हुँदै पर्यटकीय मौसममा दैनिक आउने र जाने गरी एक हजारभन्दा बढी पर्यटकले फोरजी सेवा प्रयोग गर्न सहज हुनेछ । फागुन १५ देखि जेठ १५ सम्म र असोज, कात्तिक र मंसिरलाई त्यस क्षेत्रको भ्रमणका लागि उपयुक्त समय मानिन्छ । ती दिनमा नाम्चे, स्याङ्बोचे, खुम्जुङ, खुण्डे, चर्चित गोक्यो ताल लगायत स्थानहरु भ्रमण गर्ने तथा सगरमाथा आरोहण गर्ने पर्यटकको आवतजावत अत्याधिक हुने गरेको छ ।
निजी क्षेत्रप्रति पूर्व अर्थसचिवको आक्रोशः भवानी राणा, शतिश मोर र राजेशकाजीको फर्ममा छापा मारौं
काठमाडौं । पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षको उद्योग प्रतिष्ठानमा नै सरकारले छापा मार्नुपर्ने बताएका छन् । निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुकै उद्योग, प्रतिष्ठान र फर्महरुले उपभोक्तामाथि ठगी गरेको भन्दै उनले यस्तो बताएका हुन् । पूर्व सचिव बास्कोटाले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिश मोर तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको उद्योग, प्रतिष्ठान तथा फर्महरुमा सरकारले छापा मार्नुपर्ने बताए । सरकारले बजार अनुगमनको क्रममा साना व्यवसायीमाथि कारबाही गर्ने गरेको भएपनि बद्मासीको स्रोत ठूला उद्योगी व्यवसायी भएको र उनीहरुमाथि कारबाही हुन नसक्दा उपभोक्ता ठगीले निरन्तरता भएको बास्कोटाको भनाइ छ । ‘ठूला उद्योग प्रतिष्ठान र फर्महरुले नै उपभोक्ता ठगिरहेका छन्, उपभोक्ता ठगी रोक्नको लागि सरकारले बजार अनुगमन प्रभावकारी बनाउनु पर्छ, भवानी राणा, शतिश मोर र राजेशकाजी श्रेष्ठको उद्योग प्रतिष्ठान वा फर्ममाथि छापा मारेर गलत काम गर्ने कसैलाई पनि सरकारले छोड्दैन भन्ने सन्देश दिनुपर्छ,’ पूर्व अर्थसचिव बास्कोटाले भने । विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा बास्कोटाले यस्तो बनाएका हुन् । बास्कोटा तत्कालिन बाणिज्य विभागको पूर्वमहानिर्देशक पनि हुन् । बास्कोटा राजस्व सचिव भएको बेलामा चर्चित नक्कली मूल्य अभिबृद्धि कर (भ्याट) प्रकरण सार्वजनिक भएको थियो । सो प्रकणमा नेपालका अधिकांश व्यापारिक घराना संलग्न रहेको सरकारको भनाइ छ । सचिव बास्कोटाले सरकारी कर्मचारीले बजार अनुगमनलाई औपचारिक कार्यक्रम जस्तो बनाएको भन्दै असन्तुष्टि पनि जनाए । कर्मचारीले बजार अनुगमन गर्दा उद्योगी व्यापारीको राजनीतिक संलग्नता हेर्ने गरेका कारण कर्मचारीको विश्वसनीयत घट्दै गएको पनि बताए । ‘कर्मचारीको विश्वसनीयता घटेको छ, अनुगमनको गतिविधि र फेला परेका तथ्यहरु पनि गोप्य राखिन्छ, कुरो मिलेपछि त्यसलाई सार्वजनिक गर्ने गरिएको छ, म यो विभागको डीजी हुँदा अनुगमनमा जाने वित्तिकै संचारमाध्यमलाई त्यसको जानकारी दिन्थेँ, एक दिनमा नै १ सय ५० वटा मासु पसलको ढक तराजु समाएर सो विषय सार्वजनिक गर्दै कारबाही गरेको थिएँ, अहिले त्यस्तो हुन छोड्यो,’ बस्कोटाले भने । ढकको तौल कम गर्न व्यापारीहरुले अनेक हर्कत गर्ने गरेको पनि बास्कोटाले दाबी गरे । पसलको सटर बन्द गर्दा वा खोल्दा तथा अन्य कुनै बलियो बस्तुमा हिर्काउन ढक प्रयोग गर्ने र यसो गर्दा एक केजीको ढकको तौल ९ सय ग्राम मात्रै हुने गरेको बास्कोटाले बताए । खाद्य बस्तुमा अखाद्य बस्तु मिसाएको प्रष्ट देखिदा पनि सरकारी निकायले कारबाही नगरेको उनको गुनासो छ । यसरी प्रष्ट देखिएको बद्मासीमा स्थलगत कारबाही हुनुपर्ने बास्कोटाको भनाइ छ । ‘जेरीमा अखाद्य बस्तु मिसाइएको प्रष्टै देखिन्छ, अन्य बस्तुमा पनि यस्तै प्रष्ट देखिने बद्मासी हुन्छ, तर कारबाही हुदैन, यस्ता प्रष्ट देखिने बद्मासीमा ठाउँको ठाउँ कारबाही गर्न कसले र किन रोक्छ ?’ उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री, सचिवहरु, विभाका महानिर्देशकसहित उच्च सरकारी अधिकारी सहभागी भएको कार्यक्रममा बास्कोटाले प्रश्न गरे ।
अब भ्रमण वर्ष होइन, भ्रमण दशक मनाउने तयारीमा सरकार
काठमाडौं । सरकार अब भ्रमण दशक मनाउने तयारीमा जुटेको छ । यसअघि दुई पटक भ्रमण वर्ष मनाइसकेको सरकारले अब भने भ्रमण दशक मनाउने तयारी गरिरहेको हो । याे वर्ष अर्थात २०२० पनि नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेको थियो । तर, विश्वभरी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको कारण नेपाल सरकारले भ्रमण वर्ष २०२० स्थगित गरिसकेको छ । अब सरकारले एक वर्षलाई मात्र भ्रमण वर्षका रुपमा नभइ एक दशकलाई नै भ्रमण दशकका रुपमा मनाउन तयारी गरिरहेको बताइएको छ । आइतबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा सातै प्रदेशका पर्यटन मन्त्रालयसम्बन्धि अधिकारी र विभिन्न स्थानीय तहका जनप्रतिनिधीहरुबीच भ्रमण दशक मनाउने छलफल भइरहेको छ । यसका लागि विभिन्न प्रदेशका प्रतिनीधिहरुले प्रादेशिक अवधारणा पनि प्रस्तुत गरिरहेका छन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले पनि सरकार अब भ्रमण दशक मनाउने तयारीमा जुटेको बताए । उनले कोरोना भाइरसले विश्वमा ल्याएको क्षति र महामारीले नेपाली पर्यटन र समग्र अर्थतन्त्र पनि नराम्रो गरी असर पारेको बताउँदै अब सरकार भ्रमण दशक मनाउने तयारीमा रहेको बताए । यसका लागि सातै प्रदेशका पर्यटन सचिव, र स्थानिय तहका जनप्रनिधिहरुबीच छलफल भइरहेको उनले बताए । ‘हामी अब २०३० सम्म भ्रमण दशकको रुपमा मनाउँछौं, बरु प्रत्येक वर्षलाई विशेष तरिकाले मनाउँछौं, २०३० सम्म विभिन्न कार्यक्रम तथा पर्यटकीय प्याकेजहरु ल्याएर नेपालमा पर्यटक भित्र्याउँछौं’, उनले भने । यस्तै, मन्त्रालयका पर्यटन महाशाखाका प्रमुख घनश्याम उपाध्यायले नेपालको संविधान, दीगो विकास लक्ष्य पर्यटन र पन्ध्रौं योजनाका लक्ष्य, सहकार्य आयोजना सञ्चालनका लागि मार्गदर्शन, सावटै प्रदेशमा सञ्चालित पर्यटन विकास आयोजना तथा हिल स्टेशनको लागि प्रस्तावित स्थलहरुको प्रस्तुति दिँदै नेपाल भ्रमण दशक २०२०–३० मनाउने तयारी भइरहेको बताए । उनले पर्यटनमा पन्ध्रौं योजना गरेका प्रमुख लक्ष्यहरु प्रस्तुत गर्दै त्यसमा ३५ लाख पर्यटक, पर्यटकको बसाई अवधि १५ दिन, प्रति पर्यटक प्रतिदिन औसत खर्च ८० अमेरिकी डलर र यसले ५ लाख ९० हजारलाई रोजगारी सिर्जना गर्ने बताए । नेपाली पर्यटनले नेपालको कूल ग्राहस्थ उत्पादनमा १० प्रतिशत योगदान गर्ने उल्लेख गर्दै उनले सबै प्रदेशमा भएका भौतिक संरचना को निर्माण तथा पुनर्निर्माणमा ध्यान दिने बताए । भ्रमण दशकका लागि आयोजना बैंक सरकारले अब भ्रमण दशकका लागि आयोजना बैंक स्थापना गर्ने भएको छ । आयोजना बैंक अन्तर्गत विभिन्न प्रदेशमा विभिन्न पर्यटकीय हबहरु स्थापना गरी पर्यटकीय स्थलहरुको प्रचार तथा प्रचार गरिने बताइएको हो । सरकारले भ्रमण दशक २०२०–३० सम्म विभिन्न प्रदेशमा पर्यटन बसपार्क, प्रदेश पर्यटन सूचना केन्द्र, नमस्ते सेन्टर, एक प्रदेश– एक पर्यटन उपज निर्माण गर्ने बताइएको छ । एक प्रदेश एक पर्यटन उपजका लागि पचास करोड रुपैयाँ आवश्यक हुने बताइएको छ । यस्तै, प्रत्येक प्रदेशमा एक आयोजना सहकार्य निर्माण गरिने उल्लेख गरिएको छ । उपत्यका आसपासमा हाइकिङ रुटहरुको विकास गर्ने बताइएको छ । आयोजना बैंक अन्तर्गत कालिगण्डकी हाली र्याफ्टीङ धार्मिक महत्वका नदिको मूल बिन्दु समेट्ने, नारायणी नदि लगायतमा रिभर बिच विकास, विभिन्न ठाउँमा क्यासिनो जोनलगायतका काम गरिने अवधारणामा उल्लेख छ। पर्यटन तथा भ्रमण दशकका लागि वार्षिक अवधारणागत कार्यक्रम, अन्तर्राष्ट्रिय मिडियामा नेपालको प्रचार प्रसार, उपत्यकाका विभिन्न सम्पदाहरु जोड्ने संरचना निर्माण गर्ने कार्यक्रमहरु राखिएका छन् । भ्रमण दशकमा पर्यटकहरुका लागि पर्यटक उद्दार अस्पताल सञ्चालन गर्ने कार्यक्रममा उल्लेख गरिएको छ । सातै प्रदेशमा हिल स्टेशन उपाध्यायले प्रस्तुत गरेको अवधारणामा सातै प्रदेशका विभिन्न ठाउँमा हिल स्टेशन निर्माण गरिने उल्लेख गरिएको छ । सातवटै प्रदेश अन्तर्गत प्रदेश एकको श्रीअन्तु, इलाम, प्रदेश दुईको गढीमाई सिम्रौनगढ,बारा, बागमती प्रदेशको इन्द्रसरोवर क्षेत्र मकवानपुर, गण्डकीको हुस्पेकोट, नवलपरासी पूर्व, प्रदेश पाँचको नरपानी, अर्घाखाँची, कर्णालीको गुराँसेडाडा, दैलेख र सुदूरपश्चिम प्रदेशको भातकाँडा,कैलालीमा हिल स्टेशन निर्माण गरिने बताइएको छ ।
कोरोना प्रभाव चलचित्रमा, ‘सिनेमा क्षेत्र बन्द गर्ने तयारी’: मन्त्री ढकाल
काठमाडौं । कोरोनाको त्रास बढेसँगै नेपाली सिनेमा हल बन्द गर्ने कुरा भइरहेको छ । सिनेमा हलमा भिड हुने हुँदा राेग फैलिने प्रमुख स्थान भएका कारण केही अनिश्चितकालका लागि बन्द गर्न पर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए । राष्ट्रिय सभाको बैठकमा स्वास्थ्यमन्त्री ढकालले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि आगामी दिनमा भिडभाड हुने सबै क्षेत्र बन्द गर्न अनिवार्य रहेको बताए । तत्कालका लागि यस्ता संघसंस्थाहरु बन्द गर्ने विषय छलफल भइरहेको जानकारी दिए । उनले उक्त प्रतिनिधि सभाको बैठकमा बोल्दै कोरोना भाइरसबाट टाढा बस्नका लागि सबै मानिस आफू नै सेफ क्वारेन्टाइनमा बस्नु पर्नेछ । यदि कोही व्यक्तिमा कोरोनाको संक्रमण देखिएको खण्डमा सरकारले नै उपचार खर्च व्यहोर्ने जनाए ।
अब सातै प्रदेशमा पर्यटकीय सूचना केन्द्र बनाइने
काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले अब सातवटै प्रदेशमा पर्यटकीय सूचना केन्द्र बनाउने बताएका छन् । आइतबार सातै प्रदेशका पर्यटन मन्त्रालयका सचिव र स्थानिय जनप्रतिनिधीहरुसँग देशको पर्यटन क्षेत्र र पर्यटन विकासको अवधारणाका बारेमा छलफल गर्दै उनले सो कूरा बताएका हुन् । उनले सातवटै प्रदेशमा आउने पर्यटकले सुचना केन्द्रबाट सूचना लिन सक्ने बताए । उक्त सूचना केन्द्रबाट पर्यटकहरु गाडी राख्न सक्ने गरी सूचना केन्द्र निर्माण गर्ने तयारी भइरहेको उनले बताए । अब हामीले सय गन्तब्यमा छनोट भएका तर कुनै प्रगति नभएका पर्यटकीय गन्तव्यहरुलाई यथावथ राख्ने उनकाे भनाइ छ। हामी हिल स्टेशनको अवधारणामा जान्छाैँ, क्यासिनो निर्माण गर्छाै, पर्यटकलाई लिने राजश्वको पनि एकिन कार्यविधि बनाएर अघि बढ्छाै,’ उनले भने । लगानी र नाफामा पनि साझेदारी गरी अगाडि बढ्ने तयारीमा रहेकाे बताउँदै उनले वायुसेवा निगमसँग साझेदारी गरी प्रदेश सरकार आफैले जहाज किन्न सक्ने बताएका छन् । साथै, संघीय सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक पर्यटन प्रवर्द्दनमा प्रदेश सरकार लाग्नु पर्ने उनले बताए ।
आजदेखि लागु भयाे कोटेश्वर-कलंकी सडकमा लेन प्रयोगको नयाँ नियम
काठमाडौं । कोटेश्वर-कलंकी ८ लेन सडक खण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजी,साना सवारी साधनहरू सधैँ दाहिने दुर्त लेनबाट मात्र चलाउने नयाँ व्यवस्था आजदेखि लागू गरेको छ । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले कोटेश्वरमा एक कार्यक्रम बीच संयुक्त रूपमा रिवन काटेर यो व्यवस्थाको शुरूवात गरेका छन् । सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति वसाउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरूले बोल्दै यस व्यवहारिक र रचनात्मक कार्यलाई अगाडी बढाउन उत्साहवर्धन गर्दै आगामी दिनमा साथ र सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गरे । कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल, केदार घिमिरे लगायत प्रहरी अधिकृत, यातायात व्यवसायीहरू उपस्थिती रहेको थिए । ट्राफिक नियम सचेतनाको लागि सारङ्गी टोलीले प्रस्तुति समेत दिएको थियो । सचेतनाको लागि प्ले कार्ड सबै नागरिकहरूलाई लेन प्रयोगसम्बन्धी जानकारीका ३० भन्दा बढी जानकारीमूलक बोर्डहरू राखिएका छन् । उक्त सडकखण्डका चोकहरूमा लेन प्रयोगसम्बन्धी प्ले कार्डहरू बोकी ट्राफिक प्रहरीहरूद्धारा जानकारीसमेत प्रदान गर्ने गरिएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले सडक सुरक्षा र त्यसको प्रयोगमा सम्बन्धमा स्थानीय तह लगायत अन्य सरोकारवाला निकायहरूलाई जिम्मेवारपूर्ण बनाई यस नियमलाई कडाईका साथ पालनाका लागी पर्याप्त ट्राफिक प्रहरीहरू खट्टाईएको बताए । केही समय पश्चात नियम नमान्ने सवारी साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँचसय सम्म जरिवाना गर्न सक्नेछ र सोभन्दा बढी यातायात व्यवस्था कार्यालयमार्फत कारबाही हुने उनले बताए । मासिक ८० को हाराहारीमा सवारी दुर्घटना देशकै पहिलो ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८० को हाराहारीमा सडक दुर्घटना बढेपछि महाशाखाले उक्त लेन अनुशासनलाई कडाईका साथ लागू गरेको हो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार सडकमा लेन हुँदा पनि सवारी चालकहरूले सही लेन प्रयोग नगरेको र लेन परिवर्तन गर्दा पनि लापरवाहीका साथ गरेकाले सडक दुर्घटना भएको छ । सवारी दुर्घटना न्यूनीकरण गरी उक्त सडकलाई नमुना बनाउन लेन अनुशासन नियम कार्यान्वयनमा ल्याइएको जानकारी श्रेष्ठले दिए । सरोकारवाला सबैलाई राखेर शुरू गरिएको यो अभियानको अनुगमन र प्रभाबकारी कार्यान्वयनमा सघाउका लागी सम्बन्धित सरोकारवाला संघ संस्था, नागरिक समाजबाट प्रतिनिधीत्व हुने गरि अनुगमन समिति समेत गठन गरिएको छ । पछिल्लो समय उपत्यकाको सवारी आवागमनलाई थप सहज एव प्रभाबकारी बनाउन स्थलगत रूपमा समस्याको पहिचान गरी ठाउँको ठाउँ कार्यान्वयनको लागि महाशाखाका प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले सुझाव पेश गरेको थियो ।
ह्वावे वाई सेभेन पी नेपाली बजारमा, यस्ता छन् विशेषता, मूल्य २३,९९०
काठमाण्डौं । ह्वावे कन्ज्युमर बिजनेस ग्रुपले ह्वावे वाई सिरिजअन्तर्गतको स्टाइलिस नयाँ मोबाइलफोन ह्वावे वाई सेभेन पी नेपाली बजारमा सार्वजनिक गरेको छ । एआई ट्रिपल क्यामरासहितको उक्त मोबाइल बजारमा भित्र्याएको हो । ४८ एमपीको मेन क्यामरासहितको ट्रिपल क्यामरा सिस्टम रहेको ह्वावे वाई सेभेन पी मूल्यअनुसारको सही उत्पादन खोज्ने ग्राहकहरूका लागि एकदमै सही रोजाई हो । यो स्मार्टफोन कालो (क्लासिक मिडनाइट ब्ल्याक) र नीलो (युनिक ओरोरा ब्लु) रंगहरूमा उपलब्ध छ । ४ जीबी र्यानम तथा ६४ जीबी स्टोरेज भएको यस ह्वावे वाई सेभेन पी को मूल्य नेपाली बजारमा २३,९९० रुपैयाँ तोकिएको छ । अल–राउण्ड फोटो खिच्ने अनुभव ह्वावे वाई सेभेन पीमा रियर ट्रिपल क्यामरा सेट अप रहेको छ । यसमा एफ÷ १.८ वाइड एपर्चर लेन्ससहितको ४८ एमपीको मेन क्यामरा रहेको छ जसमार्फत् हाई रेजलुसनको तस्वीरहरू लिन मिल्दछ । यसमा रहेको ८ एमपीको अल्ट्रा वाइड क्यामराले ल्यान्डस्केप सटहरू, समूहमा खिचिने फोटोहरू तथा वाइड एंगल भिडिओ खिच्नका लागि १२० डिग्री फिल्ड अफ भ्यूलाई सपोर्ट गर्दछ साथै यसमा कुनै पनि आकर्षक पोट्रेटहरू खिच्नका लागि चाहिने डेप्थ अफ फिल्ड इफेक्ट सपोर्ट गर्ने २ एमपीको डेप्थ असिस्ट क्यामरा रहेको छ । ठूलो १/२ ईन्च सेन्सर भएको ह्वावे वाई सेभेन पी कम प्रकाश भएको ठाउँमा पनि आकर्षक फोटोहरू खिच्दछ । साथै नाइट मोडले पनि ६ सेकेण्डभित्र खिचिने फोटोहरूका लागि स्टेबलाइजेसन सपोर्ट गर्दछ । ह्वावे वाई सेभेन पीमा एआई सिन रेकग्निशन क्यामराहरू रहेको छ जसले रियर क्यामराहरूलाई पाँच सयभन्दा बढी सिनहरू चिन्दछ र रियल टाइम कस्टम म्यानेजमेन्ट इन्ह्यान्समेन्ट गर्दछ । यसका साथै यसमा भएको पन्च फूल भ्यू डिस्प्ले ह्वावेको क्यामरा एआई एल्गरिदमहरू सपोर्ट गर्ने शक्तिशाली ८ एमपी फ्रन्ट क्यामरा हो । सधैँ एक्सेसिबल हुने स्मार्ट कम्प्यानियन ह्वावे वाई सेभेन पीको पछाडिको भागमा रिफेक्लेटिभ लेयर रहेको छ जसले फ्युचरिस्टिक ग्लेर इफेक्ट दिन्छ । मिड फ्रेमले दुई साइडहरूलाई बिना कुनै अवरोध कनेक्ट गर्दछ जसले हेर्दा निकै आकर्षक लाग्ने स्ट्रीमलाइन्ड यूनी बडी दिन्छ । ग्राहकलाई लोभ्याउने खालको डिस्प्ले शोस्टपरका रुपमा डिजाइन गरिएको ह्वावे वाई सेभेन पी मा आकर्षक पन्च फूल भ्यू डिस्प्ले जडित रहेको छ । ६.३९ ईन्च अग्लो र थोरै बेजल भएको यस मोबाइलफोनले १५६०ह ७२० एचडी प्लस रेजलुसन सपोर्ट गर्दछ । मोबाइलफोनको बाँया पट्टिको माथि रहेको कुनामा ४Þ.५ एमएम चौडाईको ब्लाइन्ड होल (प्वाल) छ जुन मोबाइलफोन इन्डष्ड्रीमा हुने मध्येकै सबैभन्दा सानो हो। सन्तुलित तथा दिगो कार्यक्षमता किरिन ७१० एफमा आधारित रहेको प्रयोग गर्न सजिलो इन्टेलिजेज्ट ईएमयूआई ९.Þ१ ह्वावे वाई सेभेन पी को उत्कृष्ट कार्यप्रदर्शन र मनोरञ्जनसम्बन्धी एपहरू चलाउँदा प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्दछ। ४ हजार एमएएच क्षमताको ब्याट्री तथा ह्वावेको एआई पावर सेभिङ प्रविधियुक्त ह्वावे वाई सेभेन पीको ब्याट्री आयु लामो र टिकाउ हुने गर्दछ। प्रि–इन्टल्ड ह्वावे एपग्यालरी ह्वावे वाई सेभेन पीको कोरमा ह्वावे मोबाइल सर्भिसेस– एचएमएस जडित छ जसमार्फत् प्रयोगकर्ताहरूले आफ्नो मोबाइलफोनमा एपहरू सजिलै डाउनलोड गर्न सक्ने प्लेटफार्म ह्वावे एप ग्यालरीसहित आवश्यक कैयौँ स्मार्टफोन विशेषताहरू रहेका छन् । थप खुशी प्रदान गर्ने स्टाइलिश तथा व्यवहारिक डिजाइन – ट्रेन्ड सेटिङ पन्च फूल भ्यु डिस्प्ले – विशेष डिस्प्ले प्यानल – मोबाइलफोन इन्डष्ट्रीकै अग्रणी ब्लाइन्ड होल सलुसन एआई असिस्टेड क्यामराका साथमा प्रोफेशनल जसरी फोटो खिचौँ – ४८ एमपी मेन क्यामरासहितको रियर ट्रिपल क्यामरा – फोटो तथा भिडिओ सेयर गर्नका लागि १२० डिग्री एंगल अफ भ्यू – परिष्कृत नाइट मोड – एआई सिन रेक्गनिशन – ब्याकलिट फोटोग्राफीका लागि एचडीआर मोड – वाइड एपर्चर इफेक्टहरू – फ्रन्ट फेसिङ ८ एमपी सेल्फी क्यामरा दिगो ब्याट्री आयु – ४ हजार एमएएचको ठूलो ब्याट्री उत्कृष्ट स्मार्टफोन कार्यक्षमता – किरिन ७१० एफ ः उच्च प्रदर्शन तथा कम पावर खपत गर्ने – फुल सिन एक्सलरेसन – ४ जीबी र्याचम तथा ६४ जीबी स्टोरेज ईएमयूआई ९.१ का कारण रोचक मोबाइलफोनको प्रयोगको अनुभव – इनोभेटिभ फाइल सिस्टमका कारण थप सम्भाव्यताहरू सम्भव – सुरक्षित तथा छिटो अनलकका लागि फेस अनलक २.० – आँखाका लागि टियूभी रेइन्ल्याण्ड सर्टिभाइड आई कमर्फट मोड – ह्वावे हिसन ६.० सराउण्ड साउण्ड – डुअल सिम तथा ५१२ जिबीसम्मको मेमोरी कार्ड लागि ट्रिपल स्लट