विकासन्युज

मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा ‘डिम्याट’ निःशुल्क

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बचत खाता खोल्दा डिम्याट खाता नि शुल्क खोल्ने व्यवस्था ल्याएको छ । बचत खाताहरुमा नविनत्तम सुविधाहरु प्रदान गर्दै, नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हित ग्राही खाता (डिम्याट खाता) खोल्न सकिने ब्यवस्था मिलाइएको जनाएको छ । देशभर सञ्चालनमा रहेका कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वंयम उपस्थित भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टा भित्रहित ग्राही खाता उपलब्ध गराइने ब्यहोरा समेत बैंकले जनाएको छ । भौतिक सेयर प्रमाणपत्र लाई अभौतिकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतिकरण गर्न समेत सकिने छ । यो योजना सीमित अवधिको लागि मात्र लागु हुनेछ । यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

मलेसियामा एकैदिन भेटियाे १ सय ९० जनामा कोरोनाकाे संक्रमण

मलेसिया । मलेसियाले आईतबार १ सय ९० जनामा कोरोनाको संक्रमण रिपोर्ट गरेको छ। यसमा धेरै संक्रमण मस्जिदमा भएको धार्मिक कार्यक्रममा फैलिएका बताईएको छ । यो नयाँ केस सहित मलेसियामा संक्रमण संख्या ४ सय २८ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती मार्फत जनाएको छ । मन्त्रालयले सबै मस्जिदमा आएका मानिस र उनीहरुसँग सम्बन्धित मानिसहरुलाई १८ दिन क्वारेण्टाईनमा राख्ने बताएको छ । मलेसियन स्वास्थ्य अधिकारीहरुले फेब्रुअरी २७ तारिखको दिन भएको उक्त धार्मिक कार्यक्रममा १६ हजार मानिस सहभागी भएको जनाएको छ । यसमा १४ हजार ५ सय जना मलेसियन रहेको बताईएको छ ।

राष्ट्रिय बीमा संस्थान शाखाहरूको अर्धवार्षिक गोष्ठी सम्पन्न

काठमाडौं । राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालयको आयोजनामा शनिबार शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीको उद्घाटन सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले गरे भने सञ्चालन  संस्थानका सह व्यवस्थापक शुलक्षणा पण्डितले गरेका हुन् । गोष्ठीमा नायव महाप्रवन्धक महेश रिमालले  संस्थानको उपलब्धी र भावी रणनीतिबारे प्रकाश पारे भने शाखा कार्यालयका प्रवन्धकहरुले आ–आफ्नो शाखाको बर्तमान स्थिति र भावी कार्यक्रमहरु प्रस्तुत गरेका थिए । समापन मन्तव्यको क्रममा संस्थानका प्रशासक कविप्रसाद पाठकले शाखा कार्यालयका प्रवन्धकहरुले उठाएका समस्याहरुको सम्भव भएसम्म समाधान गर्दै जाने र प्रवन्धकहरुले पनि संस्थानको व्यवसायिक योजनाले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न अझ बढी मेहनत गर्नुपर्ने सुझाव दिए ।

एउटै गाउँपालिकामा १३ जलविद्युत् आयोजना निर्माणाधीन

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साना ठूला गरी १३ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् तर ती आयोजनाको काम भने सुस्तगतिमा रहेको पाइएको छ । जिल्लामा सबैभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन रहेकोे जुगल गाउँपालिकामा केही अवाञ्छित गतिविधिमा संलग्न तत्वको अमूर्त मागका कारण विद्युत्का लगानीकर्ता हच्किएको व्यवसायी रेशम स्याङ्बोले बताए । “लगानीकर्ताको मनोबल बढाउन सरकारले सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्ने खाँचो छ,” उनले भन्नुभयो, “स्थानीयवासीको अवरोध र राजनीतिक खिचातानीले विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेका ती जलविद्युत् आयोजनाको काममा प्रगति हुन नसकेको हो । गाउँपालिकाभित्र अपर ब्रह्मायणी १५ मेगावाट, इन्टिग्रेटेड हाइड्रो ३५ मेगावाट, अपर बलेफी हाइड्रोपावर लिमिटेड ४६ मेगावाट, विजी हाइड्रोपावर प्रालि ३५ मेगावाट, अपर बलेफी हाइड्रोपावर लिमिटेड ३६ मेगावाट पिपिए भएर निर्माणको क्रममा छन् । यी आयोजनामध्ये सबैभन्दा बढी काम गरेको अपर बलेफीले ७० प्रतिशत काम सम्पन्न भएको छ । त्यसैगरी, ग्रीनभेन्चर पावर लिमिटेड २३ दशमलव पाँच मेगावाट, मुनलाइट हाइड्रो २२ मेगावाट, याम्बालिङ हाइड्रो सात दशमलव आठ मेगावाट, घट्टेखोला साना जलविद्युत् आयोजना ९७० किलोवाट, राइजिङ हाइड्रो ९९० किलोवाट, सेवा हाइड्रो प्रालि एक दशमलव पाँच मेगावाट, सिन्धुज्वाला हाइड्रोपावर लिमिटेड ६५ मेगावाट र ४३ मेगावाट क्षमताको लोअर नेसम हाइड्रोपावर लिमिटेडले निर्माणको कामलाई सशक्तरूपमा अगाडि बढाउन सकेका छैनन् । जुगलकै वडा नं ५ मा युनिक हाइडेल चार दशमलव तीन र तीन दशमलव दुई मेगावाट क्षमताका गेलुङखोला हाइड्रोपावर प्रालिले उत्पादन शुरू गरेका छन् । ट्रान्समिसन लाइनमा स्थानीयवासीको विरोधले गेलुङखोला हाइड्रोपावरबाट उत्पादित विद्युत् केन्द्रिय प्रसारणमा जोड्न समस्या परेको छ । आयोजनालाई नै प्रभावित पार्ने गरी केही स्थानीयवासीले राजनीतिक पूर्वाग्रहमा विभिन्न माग राख्दै अवरोध गरिरहेको आयोजनाका अध्यक्ष चुर्णप्रसाद श्रेष्ठले बताए । “अवरोधका कारण प्रसारण लाइनमा विद्युत् जोड्ने कार्य रोकिएको छ”, उनले भने, “अवरोध हटाउन स्थानीय सरकारले चासो नदिएका कारण आयोजनाको काम नियमित सञ्चालन हुन नसकेको हो ।” आयोजना सुस्त हुनुमा स्थानीयवासी र आयोजनाबीच समन्वयको कमी देखिएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ बताउँछन् । “आयोजनालाई निर्वाध सञ्चालन गर्न दिनु स्थानीयवासीको कर्तव्य हो”, उनले भने, “आयोजनाले पनि स्थानीयवासीको मागलाई सम्बोधन गर्नुपर्ने देखिन्छ ।” आयोजनाले स्थानीयवासीको मागलाई बेवास्ता गर्ने र स्थानीयवासीले हचुवामा अवरोध गर्ने गरेका कारण जलविद्युत् आयोजनाको निर्माण सुस्त हुन पुगेको उनको भनाइ छ । त्यसका लागि पालिकाले समन्वयको पहल शुरू गरेको उनले बताए । रासस

देश संकटमा पर्यो, हामी रातदिन नभनी काम गरिरहेका छौं : मन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल कोरोनाको कारणले देश संकटमा परेको बताएका छन् । आइतबार विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कूरा बताएका हुन् । ‘कोरोनाको कारणले विश्वभर नै संकट परिरहेको बेला नेपालमा पनि त्यस्तै संकट सुरु भएको छ, यसको विरुद्दमा लड्का लागि मन्त्रालयले रातदिन नभनी काम गरिरहेका छ’, उनले भने । देशभर नै कोरोनाको क्रास बढिरहेको बेला मन्त्रालयले सक्रिय भएर काम गरिरहेको उनले बताए । सबैभन्दा धेरै काम उद्योग मन्त्रालयको भएका कारणले पनि काममा सक्रिय देखाएको उनको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उत्पादन र मौज्दातभन्दा धेरै वस्तु माग भएका बेला मन्त्रालयलले कसरी काम गर्ने भन्ने विषयमा कार्यविधि तयार गरिरहेको बताए । विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोनाको उच्च जोखिमको सुचिमा राखे पछि नेपालमा संकट सुरु भएको बुझ्न सकिन्छ । हाल संगठनले कोरोनालाई महामारीको संज्ञा पनि दिइसकेको छ । चीनबाट सुरू भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसगैं नेपाल पनि संकटमा छ । हाल कोरोना भाइरस १ सय ४९ वटा देशमा फैलिसकेको छ ।  

सिप्यान क्रिकेट अवार्ड स्थगित

काठमाडाैं । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) ले यही चैतमा प्रदान गरिने भनिएको ‘सिप्यान क्रिकेट अवार्ड’ तत्कालको लागि स्थगन गरिएको छ । कोरोना भाइरसका कारण तत्कालको लागि अवार्ड कार्यक्रम स्थगन गरिएको सिप्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली क्रिकेट खेलाडीको प्रदर्शन र खेल कौशललाई मूल्याङ्कन गरी पुरस्कृत गर्दै लैजाने लक्ष्य लिएको उक्त अवार्ड यही चैत २१ गते वितरण गर्ने तय भएको थियो । विभिन्न पाँच विधामा प्रदान गरिने अवार्डमा वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान, उत्कृष्ट क्षण र लाइफटाइम्स अचिभमेन्ट अवार्ड प्रदान गर्ने तयारी थियो । वर्ष क्रिकेट खेलाडी पुरुष र महिलाले जनही रु एक लाख ३२ हजार प्राप्त गर्नेछन् भने अन्य विधाको खेलाडीले रु ६६ हजार प्रदान गरिने सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले जानकारी दिए । उनले अनुकूल परिस्थिति सिर्जना हुने वित्तिकै अवार्डको नयाँ मिति सार्वजनिक गर्ने बताएका छन् । रासस

हिमालय एयरलाइन्सकाे साउदी उडान स्थगित

काठमाडाैं । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगन गरेको छ । कम्पनीले आज जरुरी सूचना निकालेर मार्च १५ देखि मार्च २८ २०२० सम्मका लागि काठमाडौँ–दमामा–काठमाडौँ उडान स्थगन गरेको जनाएको हो । कोभिड–१९ को प्रकोप फैलिन नदिन साउदी सरकारले मार्च १५ देखि दुई साताका लागि अस्थायी प्रतिबन्ध लगाएकाले उडान रोक्नुपरेको कम्पनीले उल्लेख गरेको छ । उडानका लागि टिकट लिइसकेका यात्रुले अतिरिक्त शुल्कबिना, यात्राको मिति परिवर्तन गर्ने आफ्नो ट्राभल अथवा बुकिङ एजेन्टसँग सम्पर्क राख्न पनि अनुरोध गरेको छ । कम्पनीले यसअघि चीनका पाँचवटै गन्तव्यको उडान स्थगन गरिसकेको छ भने गत फागुन २७ देखि लागू हुनेगरी कतारको दोहा गन्तव्यको उडान रोक्ने निर्णय गरेको थियो । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएकाले अर्को सूचना जारी नभएसम्मका लागि हाललाई दोहा उडान रोकिएको कम्पनीले सूचनामा उल्लेख गरेको छ । त्यस्तै, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पनि फागुन २७ देखि लागू हुनेगरी कतारको दोहामा गर्दै आएको नियमित उडान अर्को निर्णय नभएसम्म हाललाई स्थगन गरेको विज्ञप्तिमार्फत जनाएको थियो । रासस

एनआईसी एशिया बैंकका ग्राहकलाई अकामा होटलमा २० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउने भएका  छन् । बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत साे मात्रामा छुट पाउने सम्बन्धी  सम्झौता भएकाे हाे । उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी र होटलका महाप्रबन्धक राजु श्रेष्ठले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन् । साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । समझदारीका सर्तहरू एक वर्षको लागि लागू हुनेछन् । यसैगरी ग्राहकले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने ठूलो शाखा सञ्जाल भएको छ ।