मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण

<p>काठमाडौं । वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले सिन्धुपाल्चोकमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । आयोजनाको काममा कुनै पनि किसिमको सुरक्षा चुनौती हुन नदिने उद्देश्यसहित प्रमुख दाहालले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनसहितको टोली लिएर आयोजनाका कामको आकस्मिक निरीक्षणसगैँ सुरक्षा चुनौतीका बारेमा बुझेका थिए । वागमती प्रदेशको [&hellip;]</p>

काठमाडौं । वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले सिन्धुपाल्चोकमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

आयोजनाको काममा कुनै पनि किसिमको सुरक्षा चुनौती हुन नदिने उद्देश्यसहित प्रमुख दाहालले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनसहितको टोली लिएर आयोजनाका कामको आकस्मिक निरीक्षणसगैँ सुरक्षा चुनौतीका बारेमा बुझेका थिए ।

वागमती प्रदेशको लागुऔषध नियन्त्रण र कोराना विरुद्ध सचेतनाअभियानकै क्रममा आज उनले आयोजनाको सुरक्षाका विषयमा आकस्मिक निरीक्षण गर्दै दाहालले सोही अवसरमा सुरक्षा अवस्था र समस्याबारेमा विशेष चासो समेत राखेका हुन् ।

आयोजनाको काम, प्रगति र सुरक्षा अवस्थाका विषयमा आयोजनाका ई. शेखर खनालले जानकारी गराएका थिए । निरीक्षणका क्रममा उनले आयोजनाको काममा सुरक्षाको दृष्टिकोणले कुनै असर आउन नदिन निर्देशन दिए ।

साथै, प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील, निष्पक्ष र निःस्वार्थ हुनसमेत थप निर्देशन दिएका थिए ।

सो अवसरमा जिल्ला प्रहरी प्रमुख महर्जनले आफुहरुले देशकै महत्वपूर्ण आयोजना भएकाले गम्भीरताका पूर्वक निगरानीसहित सुरक्षा दिईरहेको जानकारी गराए ।

यसअघि उनले दोलखाको अपर तामाकोशी र सिन्धुपालचोकको मध्यभोटेकोशीको सुरक्षा चुनौतीका विषयमा स्थलगत निरीक्षण गरिसकेका थिए । सो अवसरमा वागमती प्रदेशका प्रहरी निरीक्षक देवराज काफ्ले, स्थानिय समाजसेवी ईश्वर दाहाल, प्रहरी नायब निरीक्षक खड्ग आचार्य समेत सहभागी थिए ।

मेलम्चीमा सिन्धुपाल्चोक प्रहरीको कोरोना भाइरस तथा लागुऔषध विरुद्धको सचेतना अभियान 

सिन्धुपाल्चोक । कोरोना भाइरस तथा लागुऔषध विरुद्धको सचेतना अभियानलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले विशेष रुपमा अगाडी बढाएको छ ।

वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहकार्यमा लागुऔषध तथा कोभिड (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको दुई स्थानमा यसअघि नै सचेतना कार्यक्रम सम्पन्न गरेको प्रहरीले आज मेलम्ची नगरपालिकमा आज विभिन्न समुदाय तथा जनप्रतिनिधिलाई लक्षित गरि सचेतना कार्यक्रम आयोजना गरेको हो।

सचेतना कार्यक्रममा सो प्रहरीको इलाकाभित्र पर्ने विशेष गरी कोरोना भाइरसबारेमा जानकारी दिन, नोभल कोरोना भाइरसका लक्षण, नोभल भाइरस सर्ने कारण र बच्ने उपायसम्बन्धी जानकारी वागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले गरेका थिए ।

सो अवसरमा जिल्लाका विभिन्न ठाउँमा प्रहरी समुदायको सहकार्य सचेतना अभियान तीव्र पारेको जानकारी दिदै सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रज्वल महर्जनले हेल्प डेक्सहित कोराना विरुद्ध प्रहरी थप सशक्त रुपमा लागको स्पष्ट पारे ।

सचेतनामूलक कार्यक्रममा विद्यार्थी तथा अभिभावक, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय, व्यापारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

यसै अवसरमा प्रदेश प्रमुख दाहालले प्रहरी र स्थानीय जनताबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्धेश्यले यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए ।

सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रज्वल महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ्ग प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा जिसस उपप्रमुख भगवती नेपाल, मेलम्ची नगरका प्रमुख डम्बर बहादुर अर्याल, ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख फलबहादुर तामाङ्ग, शसस्त्र प्रहरी वल नेपाल खानेपानी सुरक्षा वेस मेलम्चीका प्रमखु दिपेन्द्रकुमार पाण्डेको थिए ।

साथै, वागमती प्रदेशका प्रहरी निरीक्षक देवराज काफ्ले, स्थानिय समाजसेवी ईश्वर दाहाल, प्रहरी नायब निरीक्षक खड्ग आचार्यले सामुदाय प्रहरी साझेदारी अन्र्तगत चलाईएको अभियानले गाउँ गाउँको सचेतनामा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

कोरोना विरुद्ध सिन्धुपाल्चोकमा यात्रु सचेतना अभियान सुरु

सिन्धुपाल्चोक । कोरोना भाइरसको त्रास हटाउन जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले यात्रु सचेतना अभियान सुरु गरेको छ ।
जिल्लाको वनदेउ नाकाबाट एक समारोहका विच वागमती प्रदेश कार्यालय हेटौँडाका निमित्त प्रमखु किशोर कुमार दाहाल र कार्यालयका प्रमुख एसपी प्रज्वल महर्जनले संयुक्त रुपमा यात्रु तथा चालकलाई कोरोना बारेमा छोटो जानकारी र सचेतना मुलक पर्चा वितरण गरेका थिए ।

सो अवसरमा एसपी महर्जनको अगुवाईमा याुत्र सहायता कक्षसहित कोरोना हेल्प डेस्क स्थापना गरेर यात्रु सचेतना अभियान सुरु गरिएको थियो ।

छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाईरस विरुद्धको सचेतना अभियान वागमती प्रदेश प्रहरीको अभियानलाई साथ दिदै यात्रु सचेतना अभियान सुरु गरेको एसपी प्रज्वल महर्जनले बताए ।

सवारी चालक र यात्रुहरुलाई पर्चासहित गरिएको सचेतनाले महत्वपूर्ण भूमिका खेल्ने सो अवसरमा बोल्दै वागमती प्रदेश कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले बताए ।

वागमती प्रदेश प्रहरी कर्यालय हेटौँडाको कोरोना भाईरस विरुद्धको सचेतना अभियान अन्तर्गत चीनसगँ सिमा नाका जोडिएको यस जिल्लाबाट जाने तथा आउने यात्रुलाई वसमा नै चढेर सचेतना मुलुक पर्चा वितरण गर्दै यात्रु सचेतना अभियान सुरु गरिएको थियो।

दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभुति गराउने, कोरोना विरुद्ध सचेतना र स्वास्थ्य प्रति सजक गराउन कार्यक्रमको आयोजना गरेको एसपी महर्जनले प्रष्ट पारे ।

यो जिल्ला चीनसगँ सिमा जोडिएको छ, उनले भने जनताको स्वास्थ्यमा ध्यान दिदै सुरु गरिएको अभियानले राम्रो सन्देश दिने हाम्रो अपेक्षा हो ।

Share News