काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेकाे छ । गत फागुन मसान्तमा सुन प्रतिताेला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । भने चैत महिनाको दास्रो दिन आइतबार सुन एक्कासी १५ सय रुपैयाँ घटेर प्रतितोला ७७ हजारमा बिक्री भइरहेको छ ।
गत शुक्रबार प्रतितोला ७८ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै पछिल्लो समय चाँदी एक्कासी प्रतितोला ३० रुपैयाँ घटेर ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी ८ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।