तीनवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान, हेरौँ क-कसले पाए ?
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले तीनवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान गरेको छ । विभागले जानकी ग्यास उद्योग नवलपरासी, मेट्रो ग्यास उद्योग धादिङ र एनएल ग्यास उद्योग वीरगञ्जलाई आज गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । विभागले उक्त ग्यास उद्योगमा दुई पटक निरीक्षण गरी गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । नेपालमा सञ्चालित ५५ ग्यास उद्योगमध्ये हालसम्म चारवटा उद्योगले मात्र गुणस्तर प्रमाणपत्र लिई सञ्चालन गरेका छन् । बिहीबार थप तीनवटालाई गुणस्तर प्रमाणपत्र प्रदान गरेपछि सो संख्या सात पुगेको छ । अठचालीस ग्यास उद्योगले अहिलेसम्म गुणस्तर प्रमाणपत्र लिएका छैनन् । गुणस्तर प्रमाणपत्र लिनेमा मनोज ग्यास उद्योग वीरगञ्ज, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग धादिङ र नेपाल ग्यास उद्योग बालाजु रहेका छन् । गुणस्तर प्रमाणपत्र नलिई सञ्चालन गरेको व्यापक जनगुनासो आएपछि विभागले यही पुसमा विभिन्न ठाउँका १० उद्योगको अनुगमन गरेको थियो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले दुई महिनाभित्र सम्पूर्ण ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिने गरी विभागले सबै उद्योगसँग आवश्यक कागजात मगाइरहेको बताए । ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न नियमावलीको अनुसूची-२ अनुसार आवश्यक कागजात र प्रक्रिया पूरा गरेपछि मात्र विभागले गुणस्तर प्रमाणपत्र दिने गरेको छ । रासस
विद्युत्भार कटौतीको अन्त्यपछि औद्योगिक क्षमता बढ्यो
काठमाडौं । विद्युत्भार कटौतीको अन्त्यपछि मुलुकको औद्योगिक क्षमतामा ९ दशमलव १ प्रतिशतले वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको आर्थिक वर्ष २०७३/७४ को आर्थिक गतिविधिको अध्ययन प्रतिवेदनअनुसार आव २०७२/७३ भन्दा ९ दशमलव १ प्रतिशतले औद्योगिक क्षमतामा वृद्धि भएको पाइएको हो । आव २०७२/७३ मा औद्योगिक क्षमता ४८ दशमलव २ प्रतिशत रहेकामा आव २०७३/७४ मा ५७ दशमलव ३ प्रतिशतमा पुगेको बैंकले जनाएको छ । समीक्षा अवधिमा सबैभन्दा बढी क्षमता उपयोग गर्ने उद्योगमा पस्मिना उद्योग रहेको छ । सो उद्योगले ९८ दशमलव ५ प्रतिशत क्षमता उपयोग गरेको छ । यस्तै बियर उद्योग ८२ दशमलव १ प्रतिशत, चाउचाउ उद्योग ७९ दशमलव १ प्रतिशत र प्रशोधित चिया उत्पादन गर्ने उद्योग ७८ दशमलव ६ प्रतिशत क्षमता उपयोग गरेका छन् । गत वर्ष यी उद्योगको क्षमता उपयोग क्रमशः ८८ प्रतिशत, ६२ दशमलव ८ प्रतिशत, ८३ दशमलव ३ प्रतिशत र ६५ दशमलव ५ प्रतिशत रहेको थियो । बैंकका अनुसार सबैभन्दा कम क्षमता उपयोग गर्ने उद्योगमा चामल उद्योग २८ दशमलव ८ प्रतिशत, चिनी उद्योग ३१ दशमलव २ प्रतिशत र इँटा उत्पादन गर्ने उद्योग ३५ दशमलव ७ प्रतिशत रहेका छन् । ऊर्जा आपूर्तिमा सुधार भएको, बन्द हडताललगायतका आपूर्तिजन्य अवरोधमा कमी आएको, पुनःनिर्माण कार्यका कारण निर्माणजन्य सामग्रीको मागमा वृद्धि भएको तथा औद्योगिक श्रम सम्बन्धमा सुधार आएको बैंकले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाका अनुसार सहज ऊर्जाको उपभोग नै औद्योगिक क्षमता बढ्नुको खास कारणका रुपमा पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले घरायसी उपभोगका लागि २४सै घण्टा विद्युत् उपलब्ध गराए पनि औद्योगिक करिडोरमा भने गत वर्ष दैनिक चार घण्टा र यस वर्ष दैनिक तीन घण्टामात्रै विद्युत्भार कटौती गर्दै आएको छ । महासंघका अध्यक्ष राणा उद्योगले २४सै घण्टा विद्युत् पाउने हो भने औद्योगिक क्षमता वार्षिक रुपमा १५ प्रतिशतभन्दा बढी पुग्ने बताए । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले केही दिन पहिले आयोजना गरेको कार्यक्रममा राणाले औद्योगिक क्षमता वृद्धिको प्रमुख आधार ऊर्जा नै भएकाले थप सहजीकरण हुनुपर्ने बताएका थिए। समीक्षा अवधिमा वनस्पति घ्यू तथा तेल समूहको उत्पादन ३९ दशमलव २, समग्र पेय पदार्थको उत्पादन २७ दशमलव २ र लत्ताकपडा समूहको (धागो, सिन्थेटिक कपडा र पस्मिनाको औसत) उत्पादन २८ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अन्न तथा पशुदाना समूहको उत्पादन १९ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । अन्य खाद्य पदार्थ समूहअन्तर्गत बिस्कुट, चाउचाउ र प्रशोधित चियाको उत्पादनमा वृद्धि भएको छ भने चिनी र चकलेटको उत्पादनमा कमी आउँदा अन्य खाद्य पदार्थ समूहको समग्र उत्पादनमा १५ दशमलव ३ प्रतिशतले ह्रास आएको छ । क्षेत्रगत रुपमा काठमाडौँ क्षेत्रमा मुख्यतया प्रशोधित दूध, हल्का पेय पदार्थ, पस्मिना, चाउचाउ, रंग, औषधि, जुत्ता आदिको उत्पादन हुने गरेको छ । विराटनगर क्षेत्रमा वनस्पति घ्यू, तेल, चिनी, चाउचाउ, चिया, जुटका सामान, प्लास्टिकका सामान, फलामको छड तथा पत्ती, धातुका उपकरण, सिमेन्ट आदिको उत्पादन प्रमुख रहेका छन् । यस्तै जनकपुर क्षेत्रमा चिनी, मदिरा, कागज, इँटा, सिमेन्ट आदिको उत्पादन बढी छ भने वीरगञ्ज क्षेत्रमा मुख्य रुपमा वनस्पति घ्यूउ, तेल, प्रशोधित दूध, पशुदाना, चिनी, हल्का पेय पदार्थ, चुरोट, छाला, लत्ताकपडा, सिमेन्ट, प्रशोधित छाला र औषधि उत्पादन हुने गरेको छ । यस्तै पोखरा क्षेत्रमा बिस्कुट, चाउचाउ, रबरजन्य वस्तु आदिको उत्पादन हुन्छ भने सिद्धार्थनगर क्षेत्रमा गहुँको पिठो, पेय पदार्थ, औषधि र सिमेन्ट उत्पादन हुने गरेको छ । वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा २१ प्रतिशतले कर्जा प्रवाह वृद्धि गरेका छन् । केन्द्रीय बैंकका अनुसार औद्योगिक क्षेत्रमा रु छ खर्ब ३७ अर्ब १८ करोड लगानी पुगेको छ । अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाले कूल औद्योगिक कर्जा लगानीमा काठमाडौं ५८ दशमलव ९, विराटनगर ११ दशमलव ४, वीरगञ्ज ९ दशमलव २, पोखरा ६ दशमलव ७, सिद्धार्थनगर ६ दशमलव ४, नेपालगञ्ज ३ दशमलव ४, धनगढी २ दशमलव २ प्रतिशत र जनकपुर क्षेत्रमा कूल १ दशमलव ८ प्रतिशत लगानी बढाएका छन् । ठूला बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय काठमाडाँैमा नै रहेका र कर्जा लगानीसम्बन्धी अख्तियारी रहिरहने भएकाले पनि कूल कर्जा लगानी बढी काठमाडौँमा नै देखिएको हो । पुनःनिर्माण प्राधिकरणबाट भूकम्पपीडितलाई दोस्रो तथा तेस्रो किस्ताको रकम वितरणमा ल्याएको तीव्रता, भत्किएका सरकारी संरचनाको पुनःनिर्मार्णले गति लिएको तथा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्थामा पूर्वाधार क्षेत्रमा निर्माणजन्य सामग्री इँटा, सिमेन्ट र फलामे छड बढी आवश्यक पर्ने भएकाले ती उत्पादन बढ्ने देखिएको बैंकको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरण उद्योगलाई बढीभन्दा बढी विद्युत् उपलब्ध गराउन प्रयासरत रहेको बताउँछन् । उद्योगमा एक युनिट विद्युत् बराबर रु १०० बराबरको औद्योगिक क्षमता बढ्न जान्छ । सहज विद्युत् आपूर्तिपछि सिमेन्ट तथा छड उद्योगको क्षमतामा समेत उल्लेख्य वृद्धि भएको पाइएको छ । सरकारी स्वामित्वको हेटौँडा र उदयपुर सिमेन्ट उद्योग धेरै वर्षपछि नाफामा गएको छ । कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि सबै उद्योगलाई २४सै घण्टा विद्युत् उपलब्ध गराइने जानकारी दिए । रासस
पशुपति पेन्ट्सको ‘महापर्वको रङ्गोत्सव’ योजनाको विजेता घोषणा, स्कुटरदेखि सुनसम्मको उपहार
काठमाडौं । पशुपति पेन्ट्स प्रालिले दशैं तिहारको अवसरमा सञ्चालित ‘महापर्वको रङ्गोत्सव’ उपहार योजनाको विजेताहरुको घोषणा गरेको छ । कम्पनीले गोलाप्रथा मार्फत भाग्यशाली विजेताहरुको छनोट गरी कुपन नं सार्वजनिक गरेको हो । कम्पनीले एक प्रेश विज्ञप्ति जारी गर्दै छनोटमा परेका भाग्यशाली विजेतालाई बधाई दिँदै कोड नं सार्वजनिक गरेको छ । विजेताहरुले उपहार दावीका लागि १५ दिन भित्र कुपनको अर्धकट्टी र सक्कल विलका साथ कार्यालयमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ । गोलाप्रथा मार्फत कुपन नं सीएस २०१०१५ बम्पर उपहार एनएस २०० बजाज पल्सर विजेताका रुपमा छनोटमा परेको छ । त्यसैगरी, कुपन नं सीएस ४०१४९२ पहिलो पुरस्कार सुजकी लेट्स स्कुटर विजेताको रुपमा छनोट गरिएको छ । त्यसैगरी विजेता घोषित अन्य भाग्यशाली कुपन नंहरु यस प्रकार रहेका छन् ः